Thursday, January 12, 2012

फिस्टेल एअरको हेलिकप्टर दुर्घटना, मानवीय क्षति भएन


काठमाडौ,२८पुस - विदेशी पर्यटकलाई उद्दार गर्न गएको फिस्टेल एअरको हेलिकप्टर हिमालपारीको जिल्ला मनाङमा दुर्घटना भएको छ । दुर्घटनामा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
ट्रेकिङमा गएका अन्दाजी २२ बर्षीय अष्ट्रेलियन नागरिक विलियमको उद्दारकालागि गएको हेलीकोप्टर उपल्लो मनाङको टंकीमनाङ गाविसमा बिहीबार दिउँसो चार बजेतिर ल्याण्ड गर्ने क्रममा पंखा ढुंगामा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
पश्चिमाञ्चल प्रहरी प्रमुख डिआईजी राजेन्द्रसिंह भण्डारीका अनुसार ४ हजार ४ सय मिटर उचाईको थोराङफेदीमा ल्याण्ड गर्ने क्रममा पंखा ढुंगामा ठोकिएको थियो

No comments:

Post a Comment