Monday, January 30, 2012

बुद्ध एयरले १८ फागुनबाट काठमाण्डौं– वाराणसी उडान थाल्ने

काठमाडौ÷रास– निजी वायुसेवा कम्पनी बुद्ध एयर प्रालिले छिमेकी मुलुलुक भारतका विभिन्न शहरहरुमा सेवा विस्तार गर्ने अवधारणा अनुरुप आगामी १८ फागुनबाट काठमाण्डौं वाराणसी काठमाण्डौं उडान सेवा शुरु गर्ने भएको छ ।
बुद्ध एयरलाइन्सले आईतबार, मंगलबार, विहिबार र शनिवार एक एक उडान गरि  साताको ४ उडान गर्न लागेको जनाएको छ । सो जानकारी दिन बुद्ध एयरद्धारा आइतबार जारी विज्ञप्तिमा धार्मीक दृष्टीकोबाट नेपालमा अवस्थित पशुपतिनाथ र वाराणसी स्थित विश्वनाथ रहेकाले काठमाण्डौ र वाराणसीको प्राचिनतम संवन्ध र भगवान गौतम बुद्धले बुद्धत्व प्राप्त गरे पश्चात आफ्नो प्रथम प्रबचन प्रस्तुत गरेको स्थान सारनाथ पनि वाराणसीकै नजिक रहेको, जुन धार्मिक दृष्टिकोणले बौद्ध, हिन्दू तथा जैन धर्म मान्नेहरुका लागि पवित्र स्थलकै रुपमा मानिएकाले धार्मिक पर्यटकलाई हवाई सेवा दिन उडान सेवा विस्तार गर्न लागेको उल्लेख  छ । सो विज्ञप्तिमा काठमाण्डौबाट वाराणसीको उडान समय दिउंसो ३ बजे राखिएको छ ।  यसैगरि काठमाण्डौबाट वाराणसीको शुरुवाती एकतर्फी भांडादर प्रति व्यक्ति ५हजार ३१ रुपैयाँ कायम गरिएको छ ।

No comments:

Post a Comment