Saturday, January 28, 2012

छाला जुक्ता प्रदर्शनीमा अवलोकनकर्ताको भीड

काठमाडौ, १४ माघ–राजधानीको प्रदर्शनी मार्ग स्थित राष्ट्रिय सभागृहमा सञ्चालित स्वदेशी छाला जुक्ता प्रदर्शनीमा अवलोकनकर्ताको ओइरो लागेको छ ।
स्वदेशी उत्पादनको प्रवद्र्धन गरौं भन्ने मुल नाराकासाथ गत ९ माघदेखि सञ्चालित सो प्रदर्शनीमा अहिले स्वदेशी जुक्ता खरिद गर्नेहरुको बाक्लो भिड लागेको छ ।
आगामी १८ माघसम्म चल्ले सो प्रदर्शनीमा उच्च गुणस्तरीय सस्तो जुक्ता खरिद गर्न बाक्लो भिड लागेको जुक्ता उत्पादक कम्पनीहरुले जनाएको छ ।
मुलुककै चर्चित तीन ओटा जुक्ता उत्पादक कम्पनीहरु स्काई सुज इन्डस्ट्रीज, बीएफडियर हिल सुज र शिखर सुज इन्डस्ट्रीजको संयुक्त आयोजनामा बिबाहको मौसममा उपभोक्तालाई सहुलियत दरमा छालाका स्वदेशी जुक्ता बिक्री गर्ने उदेस्यले सञ्चालित प्रदर्शनीमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म दुर्गम गाउँका उपभोक्ता आईरहेका छन ।
छाला जुक्ता तथा वस्तु उत्पादक संघ नेपालका अध्यक्ष एवं बीएफडियर हिल सुज इन्डस्ट्रीजका प्रवन्ध निर्देशक होमनाथ उपाध्याएले प्रदर्शनी सुरु भएको छैटौं दिन शनिबारसम्म तीनओटै स्टलबाट करिब ४ हजार ५सय जोर जुक्ता बिक्री भएको बताए । दैनिक मेला हेर्न आउनेहरुको चाप बढेको जानकारी गराउँदै उनले  बिबाहको मौसममा न्युन आए भएका उपभोक्ताले पनि सस्तो जुक्ता प्रयोग गर्न पाओस भनेर तीनओटा कम्पनी मिलेर सो मेला आयोजना गरिएको बताए । उनले सस्तो जुक्ता खरिद गर्न अहिले दुर्गम गाउँ देखि शहरीय सबै उपभोक्ता आइरहेको बताए । स्काई सुज इन्डस्ट्रीजका प्रवन्ध निर्देशक मनोजकुमार श्रेष्ठले प्रदर्शनीमा निकै उत्साहजनक कारोबार भएको बताए ।
उनले बिबाहको मौसम उपभोक्तालाई सहुलियत दरमा जुक्ता उपलब्ध गराउन एवं स्वदेशी छालाजन्य वस्तुबारे उपभोक्तालाई जानकारी गराई उत्पादक र विक्रेताबीच सम्पर्क बढाउने उद्देश्यले सञ्चालन गरिएको मेलामा अपेक्षा गरिएभन्दाबढी भिड लागेको बताए ।
नेपाली ब्रान्डको प्रयोग नै स्वदेशी उद्योगको सम्मान भन्ने नाराका साथ आयोजित मेलामा आउनेहरुले निकै अभिरुचीपूर्वक स्वदेशी जुक्ता खरिद गरिरहेको श्रेष्ठको भनाई छ ।
शिखर सुज इन्डस्ट्रीजका प्रवन्ध निर्देशक रामकृष्ण प्रसाइँले मेला अवधीभर उपभोक्तालाई सहुलियत दरमा उच्च गुणस्तरीय जुक्ता उपलब्ध गराइरहेको बताए ।   
 यस पटक मेलामा आउनेलाई प्रवेश निशुल्क गरिएकाले बाक्लो भीड लागेको जानकारी गराउँदै उनले क्यान इन्फोटेकमा पुग्ने सबै यहाँ आइरहेकाले बढी भीड देखिएको बताए ।  यसैगरि  स्काइ सुजको स्टलमा पार्टी सुज खरिद गर्दै गरेका अछामका रविन्द्र रावलले विदेशबाट आयात हुने भन्दा स्वदेशी  जुक्ता बढी टिकाउपूर्ण भएकाले आफु यहाँ आइपुगेको बताए ।

No comments:

Post a Comment