Friday, January 27, 2012

कतार एयरवेजद्वारा हिथ्रो विमानस्थलमा नयाँ विशिष्ट कक्ष सञ्चालन

काठमाडौ, १३ माघ – कतारको राष्ट्रिय ध्वजावहाक कतार एयरवेजले लन्डनस्थित हिथ्रो विमानस्थलमा नयाँ विशिष्ट कक्ष सञ्चालन गरेको छ । दोहाबाट लन्डन पुग्ने हवाई यात्रुले कतार एयरवेजले यसै सातादेखि सञ्चालन गरेको सो विशिष्ट कक्षमा आराम गर्न पाउनेछन् । बिजनेस कक्षको टिकट लिएर दोहाबाट त्यस क्षेत्रको हवाई यात्रा गर्ने पहिलो यात्रुलाई सो विशिष्ट कक्षमा आराम गर्ने व्यवस्था मिलाइएको नेपालस्थित कतार एयरवेज कर्पोरेट कार्यालयले जनाएको छ ।  शुक्रबार विज्ञप्ति जारी गरी कतार एयरवेजले सो जानकारी गराएको हो । सो एयरवेजद्वारा जारी विज्ञप्तिमा दोहाबाट लन्डन हुँदै विभिन्न मुलुकतर्फ जाने हवाई यात्रुलाई थप सेवा प्रदान गर्न लन्डनस्थित हिथ्रो विमानस्थलमा नयाँ विशिष्ट कक्ष सञ्चालन गरेको उल्लेख छ । यसैगरी, सो एयरवेजले सन् २०१२ मा विभिन्न ९ ओटा नयाँ गन्तव्यमा हवाई उडान विस्तार गर्न लागेको जनाएको छ । जसमा अजरबैजानको बाकु, जर्जियाको तिविल्सी, रोवान्डाको किजली, साउदी अरेबियाको गसिम, फिनल्यान्डको हेल्सिकी, क्रोसियाको जग्रिव, केन्याको मोवात्सा, तान्जेनियाको जन्जिवा र अस्टे«लियाको पर्थ रहेका छन् ।    


 

No comments:

Post a Comment