Saturday, January 21, 2012

सातौं कृति अवार्ड बिजनेस एडभान्टेज र वेलकम एडभर्टाइजिङलाई

काठमाडौँ,७ माघ
यस वर्षको सातौँ कृति अवार्ड दुई ओटा विज्ञापन एजेन्सीहरु बिजनेस एडभान्टेज प्रालि र वेलकम एडभर्टाइजिङ एण्ड मार्केटिङ प्रालिले संयुक्त रुपमा हात पारेका छन् । नेपाल विज्ञापन संघ ( आन) को आयोजनामा शनिबार सम्पन्न सातौँ कृति अवार्डका लागि १ सय १८ ओटा विज्ञापन एजेन्सी सहभागी थिए । आनले ४ सय १० ओटा नामाकरण गरिएका विज्ञापनलाई २४ ओटा विधामा विभाजन गरी सातौँ अवार्ड वितरण गरेको थियो । सो अवार्डकालागि एस टुर एण्ड ट्राभल डटकमले प्रायोजन गरेको थियो । उत्कृष्ट टिभिसी अवार्डमा नेपाल समाचारपत्रको ‘अब यसरी सोचौँ न’ विज्ञापनले अवार्ड प्राप्त गरेको छ । सो विज्ञापन बिजनेस एडभान्टेज प्रालिले रचना गरेको हो । यसैगरि उत्कृष्ट क्रियटिभ युथ कृति बेन्चामार्क कम्युनिकेसन प्रालिका बिधान राजभण्डारी र छिरिङ तामाङले पाएका छन ।
विचित्र एजेन्सीले सिजर्ना गरेको ‘वाइ वाइ हाम्रो मनमा वाई वाइ’ले उत्कृष्ट कमर्सियल क्याम्पेन अवार्ड जितेको छ । यसैगरि वेलकम एजेन्सीले सिर्जना गरेको जगदम्बा स्टीलको ‘नेपालको नम्वर १ स्टिल’ले मोस्ट पपुलर टिभिसी अवार्ड हात पारेको थियो ।
मुन्ज एड प्राइभेट लिमिटेडको ज्ञानोदय (पुटिङ सोल इनटु एजुकेशन) विज्ञापनबाट उत्कृष्ट मोडल पुरुष अवार्ड हात पार्ने निशांक याकथुम्बा, लिनेज प्रालिले तयार पारेको डिस होम ब्राण्डको टिभी हेर्ने अन्ताराष्ट्रिय स्टायल डिलाइफुल लाइफ स्टाइल’मार्फत उत्कृष्ट महिला मोडेल अवार्ड मनिषा कोइरालाले प्राप्त गरेकी थिइन । यसैगरि मोस्ट रेडियो स्पट अवार्ड एनसेलले, सोसल एड युनिसेफ एमआरइ १ ले, प्रिन्ट एड एन टि ३ जि सर्भाइस( युज लाईभ भिडियो कल) विज्ञापले पं्रप्त गरेको छ । उत्कृष्ट टिभिसी इडिटर अवार्ड पेप्सप्डेन्टले, उत्कृष्ट टिभिएस क्यामेरापर्सन अवार्ड एनसेलले, उत्कृष्ट टिभिएस स्क्रिप राइटर सालिमार पेन्टस्ले, उत्कृष्ट इभेन म्यानेजर अवार्ड फिलिप्स कन्जुमर लाइभ एजेन्सीले प्राप्त गरेका छन् ।
उत्कृष्ट बिल बोर्ड अवार्ड एनसेलले, उत्कृष्ट जिंगल रियलले सिजर्ना गरेको ‘रियल जिन्दगी रमाउँछ!ले, उत्कृष्ट रेडियो स्पट मार्स एजेन्सीको सिजी सोलार ब्राण्डले पाएको छ । यसैगरी उत्कृष्ट कम्पोजर अवार्ड आउट रिचले, उत्कृष्ट लिरिक अवार्ड राइजिङ नारी बचतले उत्कृष्ट साउण्ड रेकर्डिङ नवयुग सञ्चारमाध्यमले, उत्कृष्ट फोटोग्राफर अवार्ड बिजनेस एण्ड एडभर्टइजिङले र उत्कृष्ट कपी राइटर अवार्ड फ्रिज मार्कले प्राप्त गरेका छन् ।

No comments:

Post a Comment