Sunday, January 1, 2012

सन् २०११ मा हवाईमार्गबाट आउने पर्यटको संख्या करिब साढे ५ लाख

काठमाडौ, १७ पुस
अघिल्लो वर्षको तुलनामा शनिबारदेखि विदा भएको सन् २०११ मा हवाईमार्गबाट नेपाल आउने पर्यटको संख्या २१ दशमलब ४ प्रतिशतले बृद्धि भएको छ । सन २०११ को १२ महिनाभित्र कुल ५ लाख ४४ हजार ९ सय ८५ जना पर्यटक हवाईमार्गबाट नेपाल भित्रिएका छन । सन २०१० मा विभिन्न मुलुकबाट जम्मा ४ लाख ४८ हजार ७ सय ६९ जना पर्यटक नेपाल आइपुगेका थिए । हवाई मार्गबाट आउने पर्यटकको संख्या अघिल्लो वर्षको भन्दा यस वर्ष ९६ हजार २ सय १६ जनाले बढी हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन कार्यालयको तथ्याङकलाई आधार मानेर नेपाल पर्यटन बोर्डले सो जानकारी गराएको हो । बोर्डका अनुसार अघिल्लो वर्षको तुलनामा सन् २०११ को अन्तिम महिना डिसेम्बरमा हवाई पर्यटको संख्या २० दशमलब ४ प्रतिशतले बृद्धि भएको छ । डिसेम्बरमा मात्र ४३ हजार ७ सय २१ जना पर्यटक हवाईमार्गबाट नेपाल भित्रिएका छन ।  सो संख्या निकै उत्साहजनक भएको बोर्डले जनाएको छ ।
पर्यटक आगमनको संख्या बृद्धि भएको जानकारी दिन बोर्डद्धारा आइतबार जारी विज्ञप्तिमा सार्क ,एसियाली  र युरोपियन मुलुकहरुबाट आउने पर्यटको संख्या उत्साहजनक रहेको उल्लेख छ ।      
सो अवधीमा छिमेकी मुलुक चीनबाट आउनेहरुको संख्या सबैभन्दा उत्साहजनक देखिएको छ ।  तर, समिक्षा अवधीमा थाइल्याण्ड, सिंगापुर र मलेसियाबाट आउनेहरुको संख्यामा भने लक्ष्य अनुरुप सुधार आएको छैन । यसैगरि छिमेकी मुलुक भारतबाट आउनेहरुको संख्या २६ दशमलब १, पाकिस्तानबाट १९ दशमलब २, बंगलादेशबाट २९  र श्रीलंकाबाट आउनेहरुको संख्या ४० दशमलब ७ प्रतिशतले बृद्धि भएको छ ।  युरोपियन मुलुक र अमेरिकाबाट आउनेहरुको संख्यामा पनि विगतका वर्षहरुमा भन्दा केही सुधार आएको छ । यसैगरि सन २०११ मा स्थलमार्गबाट आउनेहरुको संख्यापनि उत्साहजनक रुपमा बृद्धि भएको बोर्डले जनाएको छ ।






No comments:

Post a Comment