Thursday, January 12, 2012

जलवायु परिवर्तनको असर न्यूनिकरणमा जोड दिन राष्ट्रपतिको आग्रह

काठमाडौं,२८ पुस–राष्ट्रपति डा. रामवरण यादवले जलवायु परिवर्तनका कारण नेपालमा पर्न जाने नकारात्मक असर न्यूनिकरण अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्न आरोही एवं सरोकारवालाहरुलाई आग्रह गरेका छन । 
विश्वकीर्तिमानी आप्पा शेर्पाको नेतृत्वमा विश्वको सबैभन्दा लामो पदमार्ग ‘द गे्रट हिमालय टे«ल’ पदयात्रामा जान लागेको टोलीलाई शुभकामना दिन विहिबार राष्ट्रपति भवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति यादवले न्युनिकरण गर्ने कुरामा सबैले तत्परता देखाउनुपर्ने बताए । सो अवसरमा राष्टपति यादवले टोलीको यात्राको सफलताका लागि बधाई तथा शुभकामना व्यक्त गरे । यो पदयात्राबाट जलवायु परिवर्तनको नकारात्मक असरबारे जनचेतना जगाउने अभियानको औपचारिक सुरुवात भएको भन्दै पदयात्रालाई सहज बनाउन सरोकारवाला सबैलाई आआफनो ठाउबाट सहयोग गर्न अपिल पनि गरे ।
जलवायु परिवर्तनबाट पर्वतीय क्षेत्रमा पर्नजाने नकारात्मक प्रभाव न्युनिकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको गे्रट हिमालय टे«ल परिक्रमाको औपचारिक सुरुवात आगामी १ माघदेखि हुदैछ । सो टोलीमा दावा स्टेभन शेर्पा, सौरभ ढकाल र समिरजंग थापा रहेका छन । विश्वको सबैभन्दा लामो पदमार्ग ‘द ग्रेट हिमालय टे«ल’ १७ सय किलोमिटरको दुरी र एक सय २० दिन लाग्ने छ । नेपालको पूर्वी मेचीदेखी सुदुरपश्चिम महाकालीसम्म रहेको सो पत्रमार्ग ताप्लेजुङ जिल्लाको घुन्साबाट सुरु भएर दार्चुलामा सम्पन्न हुनेछ ।
यस पदमार्गले नेपालको ७५ मध्ये २० जिल्लालाई छोएको छ । पर्यटन तथा नागरिक उडडयन मन्त्रालयको नेतृत्वमा सञ्चालित द गे्रट हिमालय टे«ल विश्वकै सबैभन्दा लामो र मनोरम पदमार्ग हो । जुन संसारको दशमध्ये ८ अग्ला हिमचुचुराका फेदी पार गर्नुपर्छ । पदयात्राको क्रममा सोलुखुम्बु जिल्लास्थित ५ हजार ७५५ मिटर उचाईमा रहेको टासिलाप्चा पिकसम्म पुग्नुपर्ने हुन्छ । यो अभियानको लागि करिब १ लाख १४ हजार पाउण्ड खर्च लाग्ने आयोजकको अनुमान छ । द गे्रट हिमालय टे«ल पुरा गर्नको लागि टिम्सकार्डबाहेक ३२ सय अमेरीकी डलर सरकारलाई राजस्वमात्र तिनुपर्ने हुन्छ ।
पदयात्राको क्रममा अतिआवश्यक सामाग्रीबाहेक सबै स्थानीय उत्पादनहरु नै प्रयोग गरेर पर्यटन प्रवद्र्धनलाई विशेष जोड दिइने बताइएको छ । पदयात्रा टोली प्रमुख तथा विश्वकिर्तिमानी आप्पा शेर्पाले जस्तो सुकै चुनौतिको सामना गरेरै छोड्ने बताए । ‘विश्वको शिखरबाट पनि मैले नै सन्देश प्रवहा गरेको थिए अब सबैभन्दा लामो पदयात्राबाट जलवायु परिवर्तनबारे जनमानसमा सन्देश प्रवहा गर्न चहान्छु’ आप्पाले भने ।  यसैबीच, राष्ट्रपति यादवले पदयात्रा टोलीलाई नेपालको झण्डा हस्ताण्तरण गरेका थिए ।

No comments:

Post a Comment