Monday, January 30, 2012

पर्यटन बोर्डको संरचना तत्काल खारेज गर्न माग

काठमाडौ, १५ माघ–पर्यटन क्षेत्रसँग सम्बन्धीत विभिन्न संस्थाका प्रतिनिधीहरुले आइतबार पर्यटन मन्त्री लोकेन्द्र बिष्टमगरलाई भेटेर नेपाल पर्यटन बोर्डको वर्तमान संरचनालाई तत्काल खारेज गरी पुनर्गठन गर्न माग गरेका छन ।  होटल संघ नेपालका कार्यवाहक अध्यक्ष बीके श्रेष्ठ, नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स( नाट्टा)का अध्यक्ष पवित्रकुमार कार्की, नेपाल एसोसिएसन अफ टूर अपरेटर्स ( नाटो) का अध्यक्ष असोक पोख्रेल, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल( टान) का अध्यक्ष महेन्द्रसिँह थापा, नेपाल पर्वतारोहण संघ( एनएमए) का अध्यक्ष जिम्बाजाङबु शेर्पा , पाटा नेपाल च्याप्टरका अध्यक्ष पवन तुलाधर , हिमालय उद्धार संघका अध्यक्ष सन्त सुब्बा, नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्ट्स( नारा) का अध्यक्ष नानीकाजी थापा र रेस्टुरेन्ट एण्ड बार एसोसिएसन अफ नेपाल ( रेवान) का अध्यक्ष तेजेन्द्य्रनाथ श्रेष्ठ लगायतले पर्यटन मन्त्रीसँग भेटी पर्यटन बोर्डको वर्तमान संरचनालाई तत्काल खारेज गरी पुनर्गठन गर्न माग गरेका हुन ।, उनीहरुले संयुक्तरुपमा पर्यटन मन्त्रीलाई बुझाएको ज्ञापन पत्रमा पर्यटन उद्योगसंग प्रत्यक्ष रुपले संबंधित संघ–संस्थाहरुको गत ८ माघमा  बसेको बैठकले पर्यटन बोर्डको सदस्य मनोनयन गर्ने प्रक्रिया संग सम्बन्धीत सम्पूर्ण क्रियाकलापका बारेमा बृहत् छलफल गरि सो सम्बन्धमा सर्व सम्मत रुपले असन्तुष्टि व्यक्त गरेको उल्लेख छ । यसैगरि उनीहरुले पर्यटन बोर्डको गरिमालाई थप शुद्ध र पारदर्शी बनाउन समेत आग्रह गरेका  छन ।


No comments:

Post a Comment