Tuesday, November 26, 2013

१० जना निर्माण व्यवसायी प्रत्यक्ष निर्वाचनमा विजयी

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, ९ मंसिर
गत ४ मंसिरमा सम्पन्न दोस्रो संविधान सभा निर्वाचनमा प्रत्यक्ष तर्फ चुनावी मैदानमा उत्रिएका करिब २ दर्जन निर्माण व्यवसायी मध्ये १० जनाले विजयी हासिल गरेका छन भने अन्य पराजित भएका छन । प्रत्यक्षतर्फ विभिन्न दलबाट उठेका व्यवसायी मध्ये राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा), नेपाली काँग्रेस, एमाले र सद्भावना पार्टीका तर्फबाट १० जना व्यवसायीले विजयी हासिल गरेका हुन । संविधानसभा सदस्य पदकालागि मुलुकका विभिन्न स्थानबाट निर्वाचित भएका निर्माण व्यवसायीहरुमा राप्रपाका तर्फबाट चितवन Ôेत्र नं ५ बाट निर्माण व्यवसायी विक्रम पाण्डे विजयी भएका छन । कालिका कन्स्ट्रक्सनका अध्यक्ष एवं कालिका समुहका अध्यक्ष पाण्डे राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय महामन्त्री पनि हुन । राप्रपाबाट प्रत्यक्ष चुनावी मैदानमा उत्रिएका निर्माण व्यवसायी पाण्डेले उनका निकटतम् प्रतिद्धन्दी वैदेशिक रोजगार व्यवसायी एवं नेकपा एमालेका दान वहादुर तामाङलाई २ हजार ३ सय ७५ मतले पराजित गर्दै विजयी हासिल गरेका हुन । निर्माण व्यवसायी पाण्डेले कुल १० हजार ७ सय ७९ मत ल्याएर विजयी भएका छन । उनी पछि दोस्रो स्थान हासिल गर्ने एमालेका तामाङले ८ हजार ४ सय ४ मत प्राप्त गरेका थिए । पहिलोपटक संविधानसभा सदस्य पदमा निर्वाचित भएपछिको यस जितसँगै अहिले चितवनमा पाण्डेका समर्थक , आफन्तजन एवं शुभचिन्तक लगायत ठुलो संख्यामा भेला भई भब्यताकासाथ विजयी उत्सव मनाइरहेका छन् । निर्माण व्यवसायी पाण्डेले अखन्ड चितवन र विकास निर्माणलाई आङ्खनो मुख्य नारा बनाएर चुनावी मैदानमा उत्रिएका थिए । यसपालीको निर्वाचनमा सबैभन्दा बढी मुलुकको विकास निर्माणलाई विशेष एजेण्डा बनाएका कालिका समुहका अध्यक्ष व्यवसायी  पाण्डे चितवन स्थित कालिका एफ एम ९५ .२ मेगाहर्जका संस्थापक पनि हुन् । चितवन – ५ मा वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यÔ एवं अराउन्ड द वल्र्ड सभिर्सेज प्रालिका प्रबन्ध निर्देशक तामाङ एमालेबाट उठेका थिए । तामाङलाई निर्माण व्यवसायी पाण्डेले तिब्र प्रतिस्पर्धाका बाबजुतपनि २ हजार ३ सय ७५ मत बढी  ल्याएर हराएका हुन । सो निर्वाचन क्षेत्रमा वैदेशिक रोजगार व्यवसायी तामाङ दोस्रो स्थानमा थिए भने एकिकृत माओवादीका नेता अमिक शेरचनले जम्मा ४ हजार १ सय ५१ मत ल्याएर तेस्रो स्थान हासिल गरेका थिए । यसरी विजयी हासिल गर्ने अन्य व्यवसायीहरुमा नेपाली काँग्रेसका तर्फबाट नुवाकोट क्षेत्र नं. ३ बाट हिमलुङ एण्ड थोक्कर निर्माण सेवाका प्रवन्ध निर्देशक बहादुरसिंह लामा, काभ्रे क्षेत्र नं. १ बाट कुशेश्वर निर्माण सेवा प्रालिका प्रवन्ध निर्देशक तिर्थ लामा, स्याङजा क्षेत्र नं. १ बाट राजु थापा, डोटी–१ बाट बीरबहादुर बलायर, रामेछाप–१ बाट आङतावा शेर्पा र मकवानपुर–१ बाट इन्द्र बानियाँ रहेका छन । यसैगरि नेकपा एमाले पार्टीका तर्फबाट प्रत्यक्षमा निर्वाचित हुने व्यवसायीहरुमा रसुवा जिल्लाबाट सूर्यचन्द्र कन्स्ट्रक्सनका प्रवन्ध निर्देशक जर्नादन ढकाल र  डोल्पाबाट धनबहादुर बुढा रहेका छन । त्यसैगरि, सद्भावना पार्टीका तर्फबाट धनुषा क्षेत्र नं. ४ मा धुर्बतारा कन्स्ट्रक्सनका प्रवन्ध निर्देशक संजय शाह निर्वाचित भएका छन ।  निर्माण व्यवसायीको  क्षेत्रमा देखिएका समस्यालाई आफ्नो पार्टीको तर्फबाट पनि केही गर्न सकिन्छ भन्ने उदेस्यले चुनावी मैदानमा उत्रिएका शाहले उनका प्रतिस्पर्धी काँग्रेसका रामशरोज यादबलाई १ हजार ४० मत बढी ल्याएर हराएका हुन । शाहले १२ हजार ६ सय ६६ मत ल्याएर विजयी  भएका छन भने दोस्रो स्थान हासिल गर्ने यादवले जम्मा ११ हजार ६ सय २६ मत ल्याएका थिए । दोस्रो संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ उठेर निर्माण व्यवसायको क्षेत्रलाई माथी उकास्ने उदेस्यकासाथ नेपाली काँग्रेसका तर्फबाट मकवानपुर क्षेत्र नं. २ बाट चुनावी मैदानमा उत्रिएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष जयराम लामिछाने भने पराजित भएका छन । संविधान सभामा व्यवसायीको हक अधिकार स्थापित गर्न चुनावी मैदानमा उत्रिएर पराजित भएका लामिछानेले यस निर्वाचनलाई अहिलेसम्मकै ऐतिहासिक निर्वाचन भनेका छन । उनले सफलतापूर्वक सम्पन्न भएको यस निर्वाचनले अब मुलुकको आर्थिक गतिविधीलाई चलायमान बनाउने कार्यमा छिटै निकास दिन्छ भन्ने अपेक्षा निर्माण व्यवसायी महासंघले लिएको समेत जानकारी गराए । लामिछानेसँगै पराजित हुने अन्य निर्माण व्यवसायीहरुमा काँग्रेसबाटै दोलखा क्षेत्र नं. १ मा उठेका जिपछिरिङ लामा, भक्तपुर–१ बाट कृष्ण भँडेल रहेका छन । यसैगरि प्रत्यक्ष निर्वाचनमा पराजित हुने अन्य व्यवसायीहरुमा  सिन्धुपाल्चोकबाट धर्मराज भण्डारी, धनकुटाबाट धर्मराज राई, सप्तरी–३ बाट जयप्रकाश ठाकुर लगायत छन । सो निर्वाचनमा काभ्रे–१ बाट विजयी भएका व्यवसायी तिर्थ लामाले राजधानीसँग भने, ‘ म स्वयंम व्यवसायी भएकाले अब निर्माण व्यवसाय प्रवद्र्धन अनुकुलको नयाँ संविधान निर्माणकालागि प्रयत्न गर्ने छु’ । 

चुनावमा उठेका ४ वैदेशिक रोजगार व्यवसायी मध्ये गुरुङ मात्र विजयी , लिम्बू, तामाङ र श्रेष्ठ पराजित

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, ८ मंसिर
गत ४ मंसिरमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ चुनावी मैदानमा उत्रिएका ४ जना वैदेशिक रोजगार व्यवसायी मध्ये एकजनाले विजयी हाँसिल गरेका छन भने तीन जनाले सफलता पाउन सकेका छैनन् ।   
प्रत्यक्षतर्फ विभिन्न दलबाट उठेका व्यवसायी मध्ये नेपाली काँग्रेसका तर्फबाट मनाङ जिल्लाबाट टेकबहादुर गुरुङ विजयी भएका छन । मुलुककै सबैभन्दा कम मतदाता भएको र जिल्लाभर एउटा मात्र क्षेत्र रहेको हिमाल पारीको जिल्ला मनाङमा वैदेशिक रोजगार व्यवसायी टेकबहादुर गुरुङले १ हजार ५ सय २७ मत ल्याएर विजय हाँसिल गरेका हुन । राप्रपा नेपालका तर्फबाट उठेका अर्का पर्यटन व्यवसायी भुजुङ गुरुङ र राप्रपाका त्रिपाल गुरुङबीच भएको तिब्र प्रतिस्पर्धामा वैदेशिक रोजगार व्यवसायी टेकबहादुरले ६ सय १६ मत बढी ल्याएर विजयी भएका हुन । उनीसँगै दोस्रो स्थान हासिल गरेका राप्रपाका त्रिपाल गुरुङले ९ सय ११ मत ल्याएका थिए भने तेस्रो स्थान हासिल गरेका ठमेल स्थित मनाङ होटलका सञ्चालक भुजुङ गुरुङले जम्मा ४ सय ५० मत मात्र ल्याएका थिए ।  
वैदेशिक रोजगारीकौ क्षेत्रमा देखिएका समस्यालाई आफ्नो पार्टीको तर्फबाट पनि केही गर्न सकिन्छ भन्ने उदेस्यले नेपाली कांग्रेसले मनाङ जिल्लाबाट हिमाल मेनपावर सभिर्सेजका प्रबन्ध निर्देशक टेकबहादुर गुरुङलाई प्रत्यÔ उम्मेदवार बनाएर चुनावी मैदानमा उतारेको थियो । वैदेशिक रोजगार व्यवसायी गुरुङले तिब्र प्रतिस्पर्धाको बाबजुत पनि नेपाली काँग्रेस पार्टीबाट सजिलै जित्न सफल भएका हुन् । कांग्रेस मनाङ जिल्लाको सभापतिसमेत रहेका व्यवसायी गुरुङ विगतदेखि नै नेपाली कांग्रेसमा सक्रिय थिए ।
दोस्रो संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ उठेर वैदेशिक रोजगारीको क्षेत्रलाई माथी उकास्ने उदेस्यकासाथ चारजना वैदेशिक रोजगार व्यवसायी चुनावी मैदानमा उत्रिएका थिए । संविधान सभामा व्यवसायीको हक अधिकार स्थापित गर्न नेकपा एमालेले तीन र कांग्रेसले एक जना व्यवसायीलाई निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएर उठाएको थियो । एमालेले नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष एलपी साँवा लिम्बूलाई झापा क्षेत्र नं. ५ बाट उम्मेदवार बनाएको थियो । लिम्बुलाई झापा क्षेत्र नं. ५ बाट नेपाली काँग्रेसका केशवकुमार बुढाथोकीले जम्मा २ सय ४० मतले उछिनेर हराएका हुन । सो निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसका बुढाथोकीले १६ हजार ५ सय ८७ मत ल्याएर विजयी भएका छन भने व्यवसायी लिम्बुले १६ हजार ३ सय ४७ को झिनो मतले मात्र हारेका हुन । मतगणनाको अन्तिम परिणाम सार्वजनिक नभएसम्म वैदेशिक रोजगारी व्यवसायीबीच झापा क्षेत्र नं. ५ बाट लिम्बुले नै चुनाव जित्ने आँकलन गर्दै आएका थिए । तर अन्तमा आएर व्यवसायीको सो आँकलन पुरा हुन सकेन ।   नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यÔ एवं ग्लोबल एलायन्स कन्सल्टेन्सी मेनपावरका अध्यÔ लिम्बूलाई एमालेले सर्वसम्मत रूपमा सो क्षेत्रमा प्रत्यक्ष तर्फको उम्मेदवार उठाएको थियो ।
यसैगरी, चितवन क्षेत्र नं. ५ मा वैदेशिक रोजगार व्यवसायी संघकै पूर्वअध्यÔ एवं अराउन्ड द वल्र्ड सभिर्सेज प्रालिका प्रबन्ध निर्देशक दानबहादुर तामाङ एमालेबाट उठेका थिए । तामाङलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट उठेका निर्माण व्यवसायी विक्रम पाण्डेले २ हजार ३ सय ७५ मतले उछिनेर चुनावी प्रतिस्पर्धामा हराएका हुन । कालिका कन्स्टक्सनका अध्यक्ष पाण्डेले १० हजार ७ सय ७९ मत ल्याएर चितवन क्षेत्र नं. ५ बाट विजयी हाँसिल गरेका छन । सो निर्वाचन क्षेत्रमा वैदेशिक रोजगार व्यवसायी तामाङले ८ हजार ४ सय ४ मत ल्याएर दोस्रो स्थानमा थिए भने एकिकृत माओवादीका नेता अमिक शेरचनले जम्मा ४ हजार १ सय ५१ मत ल्याएर तेस्रो स्थान हासिल गरेका थिए । सो क्षेत्रमा वैदेशिक रोजगारीको क्षेत्रबाट निकै लोकप्रियता कमाएका भएपनि निर्वाचित नभएका व्यवसायी तामाङ नेपाल भलिबल संघका केन्द्रीय अध्यÔ पनि हन् ।
यसैगरी, एमाले पार्टीकै तनहुँ क्षेत्र नं. २ बाट प्रत्यक्ष तर्फ चुनावी मैदानमा उत्रिएका वैदेशिक रोजगार व्यवसायी कृष्णकुमार (किसान) श्रेष्ठले पनि सफलता पाउन सकेनन । नेपाली काँग्रेसका पार्टी उप सभापति एवं बरिष्ठ नेता रामचन्द्र पौडेलसँग भएको तिब्र प्रतिस्पर्धामा उनले दोस्रो स्थान हासिल गर्न सफल भएका छन । तनहुँ क्षेत्र नं. २ मा भएको तिब्र प्रतिस्पर्धामा काँग्रेस नेता पौडेलले ६ हजार ४ सय १० मतले श्रेष्ठलाई उछिनेर विजयी भएका हुन । सो क्षेत्रमा निर्वाचित भएका पौडेलले कुल १८ हजार १ सय ४९ मत ल्याएका थिए भने दोस्रो स्थान हासिल गर्न सफल व्यवसायी श्रेष्ठले ११ हजार ७ सय ३९ मत ल्याएका थिए । यसैगरि सोही क्षेत्रमा तेस्रो स्थानका एकिकृत माओवादीका ओमराज आलेले जम्मा ४ हजार ४ सय ९३ मत मात्र ल्याएका थिए ।  यसपालीको निर्वाचनमा निकै प्रयास गर्दा झिनो मतले हारेर असफलता हातलाए पनि वैदेशिक रोजगारी क्षत्रेको योगदानलाई कदर गर्दै र पार्टी  र समाज सेवामा खेलेको भूमिकालाई समेत मूल्यांकन गरी एमालेले व्यवसायीहरु लिम्बू, तामाङ र श्रेष्ठलाई प्रत्यक्षतर्फको चुनावी मैदानमा उतारेको थियो । 
रेमिट्यान्सको माध्यमबाट मुलुकको अर्थतन्त्र मजबुत बनाउन योगदान दिए पनि वैदेशिक रोजगारीको Ôेत्रमा देखिएका समस्या समाधानका लागि अझै कहिँकतैबाट ठोस पहलकदमी नभइरहेको बेला यी व्यवसायीले प्रत्यक्षतर्फबाट चुनाव जिते भने धेरै राम्रो गर्ने अपेक्षा व्यवसायीको थियो । तर, अहिले उनीहरुको अपेक्षा पुरा हुन सकेन । चुनावी मैदानमा उत्रिएका यी व्यवसायीहरूले वैदेशिक रोजगार व्यवसायीले दोस्रो संविधानसभामा प्रतिनिधित्व गर्न पाए स्वभाविक रुपमा नै मुलुकको अर्थतन्त्रको मेरुडण्डको रूपमा रहेको वैदेशिक रोजगार Ôेत्रका विÈयमा आवाज बुलन्द हुने बताउँदै आएका थिए । चारजना मध्ये एकजना विजयी भएपनि अब वैदेशिक रोजगारीको क्षेत्रमा देखिएका समस्या केही हदसम्म सम्बोधन हुने अधिकाँश व्यवसायीको  अपेक्षा छ । 

पर्यटन व्यवसायीको अपेक्षा संविधान लेखन र आर्थिक क्रान्ति

काठमाडौं, ७ मंसिर –गत मंगलबार सम्पन्न भएको दोस्रो संविधानसभा निर्वाचनपछि विभिन्न संगठनमा आबद्ध  पर्यटन व्यवसायीले संविधान लेखन र आर्थिक क्रान्तिको अपेक्षा गरेका छन् । निर्वाचनपछि अहिले उनीहरू पर्यटन विकास हुनेमा आशावादी नै देखिएका छन् । इतिहासमै सबैभन्दा बढी उत्साहपूर्वक मतदान गरेर अहिले धमाधम मुलुकभरका मत परिणामको नतिजा सार्वजनिक भइरहँदा व्यवसायीले यस्तो अपेक्षा गरेका हुन । ट्राभल व्यवसायीको छाता संस्था नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्ट) ले बिहीबार विज्ञप्तिमार्फत व्यवसायीको अपेक्षाबारे जानकारी गराएको हो ।
नाट्टाले ४ मंसिरमा नेकपा–माओवादीलगायत ३३ दलीय मोर्चाले निर्वाचन विथोल्न गरेको १० दिने यातायात बन्दका बाबजुत पनि मुुलुकभर एकैसाथ अत्यन्तै उत्साहजनक, शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न निर्वाचनपछि व्यवसायीलाई अब छिट्टै पर्यटनमैत्री संविधान बन्ने अपेक्षा गरिएको उल्लेख छ । नाट्टाका अध्यक्ष पवित्रकुमार कार्कीद्वारा जारी विज्ञप्तिमा मुलुकमा व्याप्त लामो बन्द र चक्काजामका बाबजुद आम–निर्वाचन सम्पन्न गराउन जनमानसमा स्वतः स्पूmर्तरूपमा देखा परेको उत्साह स्तुत्य रहेको र यसरी नै राष्ट्रिय मुद्दाहरूमा सम्पूर्ण नेपाली जनता गोलबद्ध हुँदै गएमा राष्ट्र विकासका कामहरू द्रुत हँुदै जाने सुनिश्चित देखिएको उल्लेख छ । यसैगरी,  विगतको द्वन्दकालमा मुलुकको पर्यटन उद्योगले भोग्नुपरेका यावत् पीडा बिर्संदै शान्ति स्थापनापश्चात् यस क्षेत्रमा केही सुधारका संकेत देखिँदै आएको सन्दर्भमा अब मुलुकले संविधान लेखनका साथै राजनीतिक स्थायित्व पाउँदै जाने र तोकिएकै समयभित्र सम्पूर्ण देशवासीको चाहना प्रतिविम्बित हुने गरी नयाँ नेपालको नयाँ संविधान लेखिने र मुलुकमा लामो समयदेखि अपेक्षा गरिएको पर्यटन विकासका माध्यमबाट सहमति एवं सहकार्यका आधारमा मुलुक आर्थिक क्रान्तिमा होमिँदै जाने पर्यटन व्यवसायीको अपेक्षा भएको पनि नाट्टाले जनाएको छ । 
राजनीतिक स्थायित्व र आर्थिक विकासको मुख्य आधार नयाँ संविधान तोकिएको समयमा बन्ने अपेक्षा हुँदाहुँदै पनि अहिले एकीकृत माओवादीले गरेको मतगणना बहिष्कारले भने अझै आफूहरूको आशामा अन्योल उत्पन्न भएको पर्यटन व्यवसायीको भनाइ छ । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) ले पनि संविधानसभा निर्वाचन सम्पन्न भएकामा खुसी व्यक्त गरेको छ । टान अध्यÔ रमेश धमलाले चुनाव सम्पन्न भए पनि मतगणनाका क्रममा एमाओवादीले देखाएको असहमतिले फेरि  नेपालको पर्यटन उद्योगमा अपेक्षाकृत विकास हुन्छ भन्नेमा व्यवासयी आशावादी नभएको बताए । उनले माओवादीको असमतिकै कारण अझै आर्थिक क्रान्तिका लागि सहमतिको प्रयासमा केही तुषारापात भएको बताए । एमाओवादीले मतगणना स्थल छाडेर जानुले नेपाली राजनीति पुनः अप्ठ्यरो बाटोमा हि“ड्न लागेको आशंकाले भने पर्यटन व्यवसायीलाई चिन्तित बनाएको उनको भनाइ छ ।  होटल एसोसियसन अफ नेपाल (हान) का अध्यÔ श्यामसुन्दरलाल कÔपतिले पनि गत मंगलबार निकै उत्साहपूर्ण वातावरणमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनले धेरै आशा जगाउने काम गरेको बताए । अहिले राजनीतिक शून्यता तोडिएको उनको भनाइ छ । उनले चुनावभन्दा पहिले नेकपा माओवादीको ३३ दलीय मोर्चाले चुनाव बिथोल्छ कि भन्ने चिन्ता रहेकामा निर्वाचन अनुमान गरिएभन्दा निकै उत्साह र शान्तिपूर्ण वातावरणमा सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै कÔपतिले भने, ‘अब चुनावपछि बाहिर बसेको पÔलाई मिलाउनुपर्छ भन्ने लागेको थियो । तर, अहिले चुनावभन्दा पहिलेका ठूला पार्टीले नै यसरी मतगणना बहिष्कार गरेर जनमतको उपेक्षा गर्नु राम्रो होइन ।’ उनले पनि एमाओवादीले पछिल्लो समय देखाएको यस्तो क्रियाकलापले नयाँ सरकार गठन र संविधान निर्माणमा केही समस्या पर्ने बताए । मुलुकमा स्थायी शान्ति र स्थिरता नहुन्जेल पर्यटन विकासको कल्पना गर्न नसकिने भन्दै उनले एमाओवादीको असहमतिका गतिविधिले पनि पर्यटनमा गम्भीर प्रभाव पर्न सक्ने बताए ।

यातायात बन्द र निर्वाचनले सुनसान राजधानीका रेस्टुरेन्ट सामान्य बन्दै

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, ५ मंसिर
नेकपा–माओवादी लगायत ३३ दलिय मोर्चाले गरेको १० दिने यातायात बन्द र निर्वाचनका कारण केही दिन सुनसान भएको राजधानीका रेस्टुरेन्ट बुधबारदेखि सामान्य बन्दै गएको छ ।   दोस्रो संविधानसभा निर्वाचनमा भाट हाल्न राजधानीबाट धेरै मान्छे बाहिरिएपछि यहाँका साना होटल एवं रेस्टुरेन्ट विगत केही दिन देखि सुनसान भएका थिए । निर्वाचनको समय नजिकि“दै गर्दा गाउ“–गाउ“मा चहलपहल बढे पनि राजधानीका रेस्टुरा“हरुमा भने चिया समेत पाकेको थिएन । जसका कारण त्यसबेला व्यवसायीले सुनसान भएको रेस्टुरेन्ट केही समय मात्र खोलेर बसिरहेका थिए ।  ४ मंसिरको निर्वाचनकै लागि विभिन्न दलका नेता–कार्यकर्ता एवं  शुभचिन्तकहरु गाउ“ गएपछि राजधानीका रेष्टुरा“मा चहलपहल घटेको व्यवसायीहरुले जानकारी दिएका छन । उनीहरु विगत एक महिना अघिसम्म निर्वाचनका लागि टिकट लिन गाउ“–गाउ“बाट नेता–कार्यकर्ता ओइरि“दा राजधानीका रेस्टुरा“ खचाखच भरिएका थिए । अहिले सो अवस्था फेरिएको अधिकाँश व्यवसायीहरुको भनाई छ । उनीहरुले निर्वाचनकालागि जनमत जित्न उम्मेदवार भोट माग्न र मतदाता भोट दिन गाउ“ गएपछि अहिले राजधानीमा सञ्चालित स– साना होटल तथा रेस्टुरा“को व्यापार घटेको जानकारी दिएका छन । 
गोंगबु स्थित नार्गाजुन रेस्टुरेन्टका सञ्चालक ज्ञानेन्द्र श्रेष्ठले गत साता देखि नै ग्राहक आउने क्रम निकै घटेपनि अहिले बिस्तारै सामान्य बन्दै गएको बताए । उनले अझै मुलुकभरका निर्वाचनको मत परिणामको नतिजा नआउन्जेलसम्म यहाँका रेस्टुरेन्टमा   ग्राहकको भिड नहुने जानकारी दिए । यसैगरि ठमेल स्थित ग्लेन्चि रेष्टुरेन्टका सञ्चालक कृष्ण मानन्धरले पनि पहिले दैनिक ८०–९० हजार रुपैया“सम्म कारोबार हुने यस रेष्टुरेन्टमा अहिले १२ हजार रुपैया“को कारोबार हुन पनि मुस्कील भईरहेको बताए ।
मुलुकभरका रेस्टुरेन्ट व्यवसायीको छाता संस्था रेष्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल ( रेवान) का अध्यÔ तेजेन्द्रनाथ श्रेष्ठले निर्वाचनमा धेरै मान्छे आ–आफ्ना गृह जिल्ला गएको र दसैंदेखि गाउँ पुगेका पनि अझै नआईसकेकाले विगत केही दिनदेखि सुनसान राजधानीका रेष्टुरा“ विस्तारै सामान्य उन्मुख भएको बताए । उनले अहिले राजनीतिक दलका नेता–कार्यकर्ता मात्रै नभएर उपत्यकाबाहिर घर भएका धेरै ग्राहक गाउ“मै रहेकाले यहाँका रेस्टुरा“ सुनसान भएको बताए ।  नेकपा–माओवादी सहित ३३ दलीय मोर्चाले गत २५ कात्तिकदेखि गरेको  १० दिने यातायात बन्द र मुलुकका विभिन्न ठाउँमा श्रृंखलाबद्ध रुपमा भइराखेका बम विस्फोटनका आतंकले पनि यस क्षेत्रमा गम्भिर असर परेको उनले दावी गरे । उनले अहिले यो अवस्था राजधानीमा मात्र भए पनि मोफसलका अन्य शहरहरुमा भने थप चहलपहल बढेको बताए ।
(रेबान) का अनुसार राजधानीमा करिब २ हजार भन्दा बढी रेष्टुरा“ सञ्चालीत छन् । यि रेष्टुरा“ तथा साना होटलहरु एक दिन मात्र बन्द हु“दा ८ देखि १० करोड रुपैया“ नोक्सान हुने सम्बन्धीत व्यवसायीको दाबी छ । माओवादी सहित ३३ दलीय मोर्चाको १० दिने यातायात बन्द मंगलबार साँझ देखि नै सकिएको छ । सोे बन्दले मुलुकको पर्यटन Ôेत्र समेत निकै प्रभावित भएको अधिकाँश पर्यटन व्यवसायीको भनाई छ ।  पर्यटनको मुख्य मौसममा भएको निर्वाचन र लामो यातायात बन्दले पर्यटकको चाप घटेकाले यस व्यवसायमा निकै समस्यामा परेको उनीहरुको भनाई छ । ठमेल स्थित अर्थबाउन्ड एक्सपीडिसन ट्रेकिङका अध्यक्ष  एवं मम हटका सञ्चालक राजन सिंखडाले बन्दको त्रासले अमेरिका लगायत विभिन्न मुलुकहरुले आफ्ना नागरिकलाई नेपाल भ्रमण गर्दा उच्च सुरक्षा सचेतना अपनाउन गरेको आग्रह (ट्राभल एड्भाइजरी) ले पर्यटक आगमन न्युन हुनुका साथै आएका पर्यटकले पनि बसाई अवधि छोट्याएर फर्किन थालेकाले पर्यटन क्षेत्र नराम्रोसित प्रभावित भएको बताए ।

आर्थिक समृद्धिका लागि छिट्टै संविधान बन्ने व्यवसायीको आशा








मधुजंग पाण्डे÷राजधानी
काठमाडौं, ४ मंसिर
औद्योगिक र लगानीमैत्री वातावरणका लागि संविधानसभा आवश्यक भएको बताउ“दै आएका उद्यमी, व्यवसायी एवं बैंकर्सहरूले मंगलबार सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा उल्लेखनीय सहभागिता जनाएका छन् । निकै उत्साहका साथ राजधानीलगायत मुलुकभरका अधिकांश व्यवसायी तथा बैंकर्सहरूले आ–आङ्खनो मतदाता नामावली भएको बुथमा पुगेर आर्थिक समृद्धिका लागि  छिट्टै संविधान बन्ने अपेक्षा गर्दै भोट खसालेका थिए ।
यसअघि २०६४ साल २८ चैतमा भएको पहिलो संविधानसभा निर्वाचनमा मुलुकभित्र विभिन्न दलहरूबाट चन्दा आतंक मच्चिएपछि अधिकांश व्यवसायी तथा बैंकर्स निर्वाचन अगावै विदेश पुगेका थिए । यसपटक चन्दा आतंक कम भएपछि धेरैजसो व्यवसायी निर्वाचनमा मतदान गर्ने कार्यमा सहभागी भएका हुन् । यसपालिको निर्वाचनमा विदेशमा रहेको व्यवसायी तथा बैंकर्सहरू पनि उत्साहका साथ स्वदेश फर्किएका थिए ।
मंगलबार सम्पन्न निर्वाचनमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यÔ सुरज वैद्यले काठमाडौंको बा“सबारीमा भोट हालेका थिए । बिहान १० बजे भोट खसालेका अध्यक्ष वैद्यले जतिसक्दो छिटो व्यवसायीले चाहेको संविधान बन्ने अपेक्षा गरेको बताए । उनले अहिले भोट हालेर चुनेका नेताले मुलुकको स्थायी शान्ति र आर्थिक समृद्धिका लागि निरन्तर काम गर्ने आशा व्यवसायीको भएको बताए । मतदान गर्ने क्रममा राष्ट्रिय व्यावसायिक पहलका महासचिव सुरेन्द्रवीर मालाकारले काठमाडांै क्षेत्र नम्बर–६ ठहिंटी क्षेत्रपाटी मतदान केन्द्रबाट भोट हालेका थिए । मालाकारले पनि अहिले निजी क्षेत्रले व्यवसायीले चाहेको संविधान बन्ने आशामा निकै उत्साहकासाथ निर्वाचनमा भोट हाल्न र केही बुथको प्रवेक्षण गर्नसमेत भ्याएको बताए । यसैगरी, चौधरी समूहका अध्यÔ विनोद चौधरी र उनका छोरा निर्वाण चौधरीले काठमाडौंको रविभवनस्थित नाथम निर्वाचन केन्द्रबाट मत खसालेका थिए । उनले पनि अब मुलुकले चाहेको संविधान छिट्टै बन्ने अपेक्षा गरिएको बताए ।  नेउवा महासंघका उपाध्यÔ पशुपति मुरारकाले काठमाडौं १ नम्बर क्षेत्रको थापाथालीस्थित गुहेश्वरी माविबाट भोट हालेका थिए भने महासंघकै अर्का उपाध्यक्ष भवानी राणाले उनको गृह–जिल्ला बाँकेको नेपालगन्जबाट भोट हालेकी थिइन् ।
यसैगरी, गोल्छा अर्गनाइजेसनका निर्देशक शेखर गोल्छाले काठमाडौंको सीतापाइलाबाट, नेउवा महासंघका उपाध्यÔ प्रदीपजंग पाण्डेले महाराजगन्जबाट र  एभरेस्ट बैंकका सहायक प्रबन्धक हुमनाथ गुरुङले काठमाडौं Ôेत्र नम्बर –३ महांकालबाट भोट खसालेका थिए । उनीहरूले पनि स्थायी शान्ति, औद्योगिक वातावरण र आर्थिक समृद्धिका लागि अब आफूहरूले चुनेर पठाएका नेताहरू एक आपसमा मिलेर निरन्तर देश विकासका काम गर्ने अपेक्षासहित मतदान गरेको बताएका थिए । यसैगरी ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले काठमाडांैको विशालनगरको निर्वाचन केन्द्रबाट मतदान गरेका थिए । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष बलबहादुर तामाङले महाराजगन्ज चुनदेवीस्थित पञ्चकन्या माविबाट भोट खसालेका थिए । कमर्ज एन्ड ट्रस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनलराज भट्टराईले काठमाडौं Ôेत्र नम्बर–१ पुरानो बानेश्वरबाट भोट हालेका थिए । ग्लोबल आईएमई बैंकका सीईओ रत्नराज बज्राचार्यले ललितपुर Ôेत्र नम्बर–३ सानेपाबाट भोट हालेका थिए । यसैगरी, नेपाल हस्तकला महासंघका अध्यÔ हेमरत्न शाक्यले ललितपुर २ बाट भोट हालेका थिए । यसैगरी, व्यवसायी दिवाकर गोल्छाले काठमाडौं Ôेत्र नम्बर–१ शंखमूलबाट एनएमबी बैंकका सीईओ उपेन्द्र पौडेलले काठमाडौं Ôेत्र नम्बर–२ बत्तिसपुतलीबाट भोट हालेका थिए । दिनभर निकैबेर लाइनमा बसेर उत्साहपूर्वक भोट हालेका अधिकांश व्यवसायीले अब सबै दलका नेता मिलेर राजनीतिक सहमतिका आधारमा छिट्टै संविधान बन्ने अपेक्षा गरेका छन् ।
दिनभर पर्यटकलाई सटल बस सुविधा
काठमाडौं, ४ मंसिर –गृह प्रशासनबाट अनुमतिपत्र लिएका बाहेक सबै यातायातका साधन नचलेपछि निर्वाचनका दिन मंगलबार विभिन्न मुलुकबाट नेपाल भित्रिएका पर्यटकलाई भ्रमणमा असुविधा नहोस् भनेर नेपाल पर्यटन बोर्डले सटल बस सञ्चालन गरेर यातायातको सुविधा दिएको छ । बोर्डले पाँचओटा ठूला बस र ३५ ओटा साना हाइसमार्फत पर्यटकलाई यातायात सेवा प्रदान गरेको जनाएको छ । खासगरी चुनावको समयमा निजी तथा सार्वजनिक यातायातका साधन नचल्ने हु“दा पर्यटकलाई यातायातको सुविधा उपलब्ध गराएको नेपाल पर्यटन बोर्डका सञ्चार संयोजक शरद प्रधानले जानकारी दिए । उनले मंगलबार दिनभर सटल बसमार्फत काठमाडौं उपत्यकाभरि पर्यटकलाई यातायातको सुविधा उपलब्ध गराइएको बताए ।  बोर्डले सञ्चालन गरेका सटल बसले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राजधानीका विभिन्न होटलसम्म र होटलबाट पुनःविमानस्थलसम्म यातायातको सुविधा दिएको जानकारी दिए । उनले बोर्डको यस प्रयासले विभिन्न मुलुकबाट नेपाल भित्रिने र बाहिरिने पर्यटकलाई यातायातमा सहज भएको बताए ।

निर्वाचनमा जाने सवारी यात्रुसँग तेब्बर भाडा , हवाई टिकट पाउनै कठिन

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, २ मंसिर
लगातारको बन्दको मार भोग्न बाध्य सर्वसाधारण बन्दकै बहानामा यातायात व्यवसायीबाट नराम्रोसँग ठगिएका छन ।  मंगलबार हुने दोस्रो संविधानसभाको निर्वाचनका लागि आफुले रोजेको उम्मेदारलाई भोट हाल्न गृह जिल्ला र्फकनेहरुस“ग व्यवसायीले सावीकको भन्दा तेब्बर भाडा लिएर यात्रु ठगिरहेका छन् । विभिन्न रुटका यातायात व्यवसायी  व्यवसायीले
काठमाडौबाट पोखराकालागि साविक भाडा माइक्रोमा ५ सय र ठुलो बसमा ४ सय २५ रहेकामा अहिले माइक्रोमा १५ सय र बसमा एक हजार रुपैयाँसम्म लिईरहेका छन । यसैयगरि, काठमाडौंबाट लमजुङको वेसिसहरसम्मको  बस भाडा साविक ४ सय ५० रुपैया“ रहेकामा अहिले १ हजार लिएका छन् ।
काठमाडौबाट त्रिशुलीसम्म १ सय ८० बस र माइक्रोबसको भाडा २ सय साविक रहेकामा अहिले व्यवसायीले प्रति यात्रु ४ सय देखि ५ सय रुपैयाँ लिएका छन । नुवाकोट मदानपुरका रविन्द्र लामाले अहिले सावीक भन्दा तेब्बर भाडा लिएर पनि बालाजुबाट ककनी÷रानीपौवाको बाटो नलगेर व्यवसायीले थान्कोट नाकाबाट धादिङ–गल्छी हुँदै मात्र लगिरहेकाले आफुहरु थप मारमा परेको बताए । उनले काठमाडौ, त्रिशुली–धुन्चे जोड्ने पासाङ ल्हामु राजमार्गमा त्यस रुटमा चल्ने बस व्यवसायी समितिको काउन्टर नै नखोलेर  गत २५ कात्तिक देखि अहिलेसम्म यात्रुसँग बढी भाडा लिईरहेको जानकारी दिए ।
यसैगरि काठमाडौबाट थान्सिँह जान बालाजु माच्छा पोखरीमा छट्पट्टाईरहेकी निरु अधिकारीले पनि यहाँका काउन्टरबाट बसको टिकट नकाटेर व्यवसायीले यात्रुसँग बढी भाडा लिइरहेको बताइन् । उनले बढी भाडा दिन्छु भन्दा पनि फाट्टफुट्ट थान्कोट– गल्छीको बाटोमात्र चलेका सबैबसले रानीपौवासम्म जान नमानेकाले आफुहरु घर जान नसकेको बताइन् । सरकार र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले बन्दको अवज्ञा गर्दै मुलुकभरका सबै रुटमा सार्वजनिक र निजी सवारी पूर्ण रुपमा सञ्चालन गर्ने दावी गरेपनि अहिलेसम्म लामो दुरीका यातायात व्यवसायी समितिले टिकट काउन्टर समेत नखोलेका कारण बन्दको मार खेप्दै आएका यात्रुहरुले भोट हाल्न गृह जिल्ला फर्कन बढी भाडा तिर्नुपरेको उनको गुनासो छ ।   
यसैगरि, काठमाडौबाट चितवनसम्म  साविक ३ सय भाडा रहेकोमा अहिले ७÷८  सय रुपैया“सम्म भाडा लिएको अधिकाँश सर्वसाधारणले बताएका छन् । गत २५ कात्तिकदेखि जारी नेकपा–माओवादी लगायत ३३ दलीय मोर्चाले गरेको यातायात बन्दको त्रासमा पनि ज्यान जोखिममा राखेर भोट हाल्नकै लागि राजधानीबाट बाहिरिँदै गरेका सर्वसाधारणले यस्तो जानकारी दिएका हुन । विगत केही दिनदेखि आइतबारसम्म केही उम्मेदारले आफ्ना मतदातालाई खुःसी पार्न बस रिजर्ब गरेर स्कटिङ सहित यातायात सञ्चालन गरिरहेपनि सो बसमा जान नपाएकाहरुले अहिले बसले बढी भाडा लिएको गुनासो गरेका हुन ।  उनीहरु मध्ये पोखरा जान गोंगबुमा भेट्टिएका दिनेशकुमार श्रेष्ठले भने, ‘एकै परिवारका ५ जना मतदाता छौं, एकतर्फी भाडा मात्र ५ हजार तिर्नुपर्ने अवस्था छ’।  ‘भाडा बाहेक अन्य खर्च गर्दा ३०÷३५ हजार खर्च हुन्छ  त्यसैलै कसरी खर्चले धान्ने ’ उनले भने ।
उनले व्यवसायीले बन्द र निर्वाचनमा राजधानीबाट बाहिरिनेसँग मौकाको फाइदा उडाउँदै केहीले बढी भाडा भन्दा आफ्ना उम्मेदवारलाई भोट दिन पैसाको प्रवाह नगरी गृह जिल्ला फर्किरहेको जानकारी दिए । बन्दका बेला सवारी यात्रुले मात्र नभएर हवाई यात्रा गर्नेहरुले पनि टिकट पाउन निकै सास्ती भोग्नु परेको छ । अहिले काठमाडौबाट विभिन्न गन्तब्यतर्फ जाने आन्तरिक हवाई चाप निकै उच्च भएको सम्बन्धीत वायुसेवा सञ्चालकहरुले जानकारी दिएका छन । ति वायुसेवा सञ्चालक व्यवसायीहरुले निर्वाचनमा गृह जिल्ला जान खोज्नेहरुकै कारण विगत केही दिनदेखि देखिएको हवाई चाप सोमबार साँझसम्म मात्र हुने बताएका छन ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रवक्ता एवं महासचिव डालनाथ खनालले अहिले लगातारको तोडफोड र आगजनीका बाबजुत पनि व्यवसायीले गाडी चलाईरहेको दावी गरे । केही समितिका टिकट काउन्ट बन्द भएपनि गोंगबु स्थित नयाँ बसपार्कको टिकट काउन्ट खुल्ला रहेको जानकारी दिँदै उनले बन्दका बेला सुरक्षा जोखिम मोलेरै भएपनि केही बसहरुले साविक भन्दा भाडा लिएपनि उनीहरुलाई अहिले केही भन्न नसकिने बताए । उनले  बन्दका बोला तोडफोड र आगजनी भएका सवारी साधनका धनीले केही दिनअघि सरकारले क्षतिपूर्ति रकम उपलब्ध गराएपनि आइतबारदेखि सरकारी कार्यालय भन्न भएकाले नपाईएको जानकारी दिए । उनले सरकारको यस्तो भनाइले अब ५ मंसिरसम्म व्यवसायीले क्षेतिपूर्ति रकम नपाउने सम्भावना देखिएको बताए । 

चुनावका दिन पर्यटकलाई सटल बसको सुविधा

काठमाडौ, १ मंसिर  –आगामी मंगलबार हुने दोस्रो संविधानसभा निर्वाचनका दिन विभिन्न मुलुकबाट नेपाल भ्रमणमा आएका पर्यटकलाई सवारी सुविधा दिईने भएको छ ।  निर्वाचनका दिन सरकारले पास बाहेकका यातायात बन्द गर्ने भएकाले पर्यटकीय सेवामा असुविधा पर्न जाने हु“दा निर्वाचनका दिन पर्यटकलाई सवारी सुविधा उपलब्ध गराउन सटल बसहरु सञ्चालन गर्न लागिएको ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) ले जनाएको छ । नेपाल पर्यटन बोर्डस“गको समन्वयमा निर्वाचन आयोग र प्रमुख जिल्ला अधिकारीबाट अनुमति लिई विमानस्थलबाट पर्यटक बसेका विभिन्न तारे होटलहरु र पुनः विमानस्थलसम्म दिनभर तीन ओटा सटलबस सञ्चालन हुने बताइएको छ । जसका कारण पर्यटकलाई दिनभर यात्रा सहज हुने अपेक्षा गरिएको टानले जनाएको छ ।
पहिलो बस विमानस्थलबाट बसन्तपुर, न्युरोड, दरबारमार्ग स्थित अन्नपूर्ण र याक एन्ड यति होटल हु“दै ठमेल चोक, लाजिम्पार्ट स्थित एम्बेस्डर होटलबाट पुनः विमानस्थल जाने छ भने दोस्रो बस विमानस्थलबाट गौशाला दरबारमार्ग, ¥याडिसन होटल, महाराजगन्ज ह्यात होटल हु“दै पुनः विमानस्थल पुग्ने छ । त्यसैगरी तेस्रो बस विमानस्थलबाट तीनकुने बानेस्वर स्थित एभरेष्ट होटल हु“दै माइतीघर, हिमालय होटल, जावलाखेल, सोल्टी होटल हु“दै पुनः विमानस्थल सम्म पुग्ने व्यवस्था मिलाईएको टानले जनाएको छ ।
आगामी १७ वर्ष भित्र विश्व हवाई यात्रु ६ अर्ब नाग्ने आइकाओको आंकलन
काठमाडौ,१ मंसिर–
आइकाओका अनुसार सन् २०१२ सम्म ३ करोड १० लाख विमानले विभिन्न गन्तब्यमा उडान भरेका थिए । आइकाओले निकालेको प्रतिवेदनले आगामी १६ वर्Èपछि यो संख्या ५ करोड ९० लाख पुग्ने देखाएको छ । गत तीन वर्Èदेखि घटिरहेको कार्गो बजारमा अर्को वर्Èदेखि केही सुधार देखिने पनि सो संगठनले जनाएको छ ।
सन् २०३० सम्म विश्वको कार्गो बजार औसत वार्Èिक वृद्धिदर पा“च प्रतिशतको हाराहारीमा रहने अपेक्षा गरिएको छ । सोही प्रतिवेदनले हवाई Ôेत्रमा सन् २००८ देखि चुनौती देखापरेको उल्लेख गरेको छ । यसैगरि विगत केही वर्ष अमेरिका, युरोप, एसियाली लगायत सबै मुलुकहरुमा आर्थिक मन्दी हुनु र हवाई इन्धनको बजार भाउ लगातार बढ्न थाल्नुले हवाई उड्डयन क्षेत्रलाई केही  प्रभावित बनाएको पनि सो संगठनले जनाएको छ । सन् २००९ मा अघिल्लो वर्Èको तुलनामा यात्रु चाप ३ दशमलव १ प्रतिशतले घटेको थियो । केही समययता अन्तर्राष्ट्रिय अर्थतन्त्रमा सुधार आउ“दै गर्दा यसको सकारात्मक प्रभाव हवाई सेवामा पर्ने अनुमान गरिएको यस प्रतिवेदनले बताएको छ । यसैगरि, विश्व हवाई यात्रुको चापस“गै यसबाट हुने आम्दानी पनि उत्साहजनक हुने अनुमान आइकाओले गरेको छ । सन् २०१२ मा हवाई यात्रुबाट ५४ खर्ब डलर आम्दानी भएको तथ्यांक पनि संगठनको छ । सो तथ्याङक अघिल्लो वर्Èभन्दा करिब ५ प्रतिशतले बढी भएको आइकाओले जानकारी दिएको छ  ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले आगामी १७ वर्षभित्र (सन् २०३० सम्म) हवाई यात्रुको संख्या ६ अर्ब ४० करोड पुग्ने अनुमान गरेको छ । भर्खरै आइकाओले सार्वजनिक गरेको एक  अध्ययन अनुसार सन् २०१२ मा सो संख्या ३ अर्ब थियो । सन् २०११ को तुलनामा २०१२ मा देखिएको यात्रुको सो संख्या ४ दशमलव ७ प्रतिशतले बढी हो । यही अनुपातमा हवाई यात्रुको संख्या बढिरहेको खण्डमा सन् २०३० सम्म यात्रुको वार्Èिक वृद्धिदर करिब ४ दशमलव ४ प्रतिशत रहने आइकाओको अनुमान छ ।

Monday, November 25, 2013

दुई महिनाभित्र निगमलाई नयाँ जहाज

काठमाडौं, ८ मंसिर -  लामो समयदेखि जहाजविहीन भएको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आगामी २ महिनाभित्रमा २ वटा नयाँ जहाज पाउने भएको छ । एउटामात्र जहाजका कारण ठप्पप्रायः भएको निगमको आन्तरिक सेवाको निरन्तरताका साथै विस्तार गर्ने उद्देश्यले सरकारले विगत ५ वर्षदेखि गरेको प्रयास सफल हुन लागेको हो ।
चीन र नेपालका वरिष्ठ सरकारी अधिकारीहरूबीच कैयौँ चरणमा काठमाडौँ र बेइजिङमा भएका उच्चस्तरीय वार्ताको फलस्वरूप चीनले २ वटा जहाज अनुदानस्वरूप सरकारलाई उपलब्ध गराउने विषयमा सहमति भएको हो । चीन–नेपाल आर्थिक सहयोगअन्तर्गत चीनले १९ ‘सिट’को हार्विन वाई–१२ र ५८ सिटयुक्त एमए ६० जहाज प्रदान गर्न लागेको छ ।
अनुदानमा जहाज उपलब्ध गराउनेसम्बन्धी द्विपक्षीय सम्झौतामा यसैसाता हस्ताक्षर हुँदैछ । उक्त सम्झौतामा नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताई र अर्थसचिव शान्तराज सुवेदीले हस्ताक्षर गर्ने जनाइएको छ । दुवै देशका सरकारले उनीहरूलाई यो अख्तियारी दिइसकेका छन् ।
चीनबाट सरकारले थप ४ वटा जहाज खरिदसमेत गर्ने भएको छ । यसैसाता चिनियाँ एक्जिम बैंकसँग सहुलियतमा ऋण लिएर ती जहाज खरिद गरिने नेपाल वायुसेवा निगम सञ्चालक समितिका सदस्य तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रञ्जनकृष्ण अर्यालले जानकारी दिए । “अनुदान र ऋण सहायतासम्बन्धी २ बेग्लाबेग्लै सम्झौतामा एकैदिन अर्थमन्त्रालयमा हस्ताक्षर हुनेछ,” उनले भने ।
चीनको चालू आर्थिक वर्ष मंसिर १५ गते सकिने भएकाले चिनियाँ पक्षले यसै वर्षभित्र सम्झौता गर्न नेपाल सरकारलाई अनुरोध गरेको थियो । चिनियाँ अनुरोधअनुरूप सरकारले पनि मन्त्रिपरिषदबाट उक्त प्रस्ताव हालै अनुमोदन गरेको छ ।
अनुदानस्वरूप प्राप्त हुने २ वटा जहाजको मूल्य करिब २ अर्ब ९८ करोड रुपैयाँ छ भने एक्जिम बैंकबाट थप ३ अर्ब ६१ करोड ऋण लिई ४ वटा जहाज खरिद गरिने सदस्य अर्यालले बताए । साँवा र ब्याज गरी १३ वर्षमा निगमले एक्जिम बैंकको ऋण चुक्ता गर्नुपर्नेछ । उक्त बैंकले १.०५ प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउने छ ।
गत कात्तिकमा चिनियाँ अधिकारीहरूसँग काठमाडौंमा भएको छलफलमा उक्त सहमति भएको थियो । छलफलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, अर्थ, परराष्ट्र, कानुन मन्त्रालयका साथै नेपाल राष्ट्र बैंकका प्रतिनिधि सहभागी थिए ।
चीनमा निर्मित जहाज नेपालको आकासमा उडाउन उपयुक्त भएको प्रमाणपत्र नेपाल नागरिक उड्डयन प्राधिकरणले दिएपछि पर्यटन र अर्थमन्त्रालयले जहाज खरिद प्रक्रियालाई द्रुत गतिमा अघि बढाएका थिए ।
अनुदानमा जहाज प्राप्त गर्ने तथा ऋण लिनेसम्बन्धी सम्झौता यसै साता हुने जानकारी दिँदै अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदीले नेपाल वायुसेवा निगमको सेवा भरपर्दो बनाउन र उसको गुमेको साख फर्काउन अब सहज हुने बताए । “नागरिक उड्डयनको क्षेत्रमा प्रतिस्पर्धा हुनाका साथै निजी जहाज कम्पनीहरूलाई मौजुदा भाडादरमा पुनर्विचार गर्नुपर्ने अवस्था सिर्जना हुनेछ,” सरकारले निगमलाई नयाँ जहाज उपलब्ध गराएपछि बजारमा प्रतिस्पर्धा हुने बताउँदै उनले भने । आन्तरिक पर्यटनका साथै बाह्य पर्यटन प्रवद्र्धनमा उल्लेख्य योगदान पुग्ने विश्वास व्यक्त गर्दै उनले थलिएको राष्ट्रिय ध्वजाबाहकले पुनः गति लिने बताए ।
चीनबाट खरिद गरिने जहाज आगामी ५ महिनासम्ममा ल्याउन मन्त्रालय लागिपरेको सहसचिव अर्यालले बताए । जहाज खरिद आदेश नदिएसम्म प्रक्रिया प्रारम्भ नहुने भन्दै उनले सम्झौता हुने वित्तिकै आवश्यक कार्य तत्काल अघि बढाइने दृढता व्यक्त गरे ।

Friday, November 15, 2013

बन्दविरुद्ध सवारीसहित व्यवसायी सडकमा, तोडफोड र जलाउने क्रम जारी

मधुजंग पाण्डे÷राजधानी
काठमाडौं, २७ कात्तिक
नेकपा–माओवादीको नेतृत्वमा जारी यातायात बन्दविरुद्ध व्यवसायीले प्रतिकारसहित सवारी साधन चलाएका छन् । आ–आफ्ना सवारी साधनसहित बिहान खुला मञ्चमा भेला भएका व्यवसायीले बन्दको अवज्ञा गर्दै विभिन्न ठाउँमा सवारी ¥याली गरेका थिए । व्यवसायीले बन्दको प्रतिकार गरे पनि अझै सवारी साधन तोडफोड र जलाउने क्रम जारी छ । बुधबार दिउँसो राजधानीको कालोपुलमा एउटा भाडाको ट्याक्सी जलाइएको थियो भने साँझ सामाखुसीमा गुडिरहेको बा१ज ९८९१ नम्बरको सार्वजनिक माइक्रो बसमा अज्ञात समूहले पेट्रोल बम प्रहार गरेको थियो ।
नेपाल उद्योग वाणिज्य महासंघको अगुवाइमा सवारी साधनको ¥याली निकालेको छ । महासंघले विभिन्न पेसाकर्मी तथा व्यावसायीक संघ÷संस्थाहरूसँगको सहकार्यमा संयुक्त रूपमा बन्दको प्रतिकार स्वरूप सवारी साधनसहित बृहत् शान्ति ¥याली निकालेको हो । राजधानीका विभिन्न नाकाबाट सवारी साधनसहित बुधबार बिहान १० बजे खुलामञ्चमा जम्मा भएका व्यवसायी एवं पेसाकर्मीहरूले त्यहाँबाट पनि काठमाडांै, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा सवारीसहित सडक ¥याली गर्दै बन्द विरोधी कार्यक्रम आयोजना गरेका थिए ।
खुलामञ्चबाट सुरु भएको ¥यालीलाई सम्बोधन गर्दै महासंघका अध्यÔ सुरज वैद्यले बन्द सदाका लागि बन्द हुनुपर्ने भन्दै आफूहरू बन्दको प्रतिकारमा उत्रिएको बताए । यस्तो बन्दबाट राजनीतिक समस्या समाधान हुन नसक्ने र आमसर्वसाधारणलाई मात्र मार परेको भन्दै उनले महासंघले बन्दको प्रतिकारस्वरूप बृहत् शान्ति ¥याली आयोजना गरेको बताए । यो बन्द लक्षित वर्गलाई नभएर स्कुले विद्यार्थी र सर्वसाधारणले अनावश्यक सास्ती भोग्ने खालको भएकाले तत्काल फिर्ता गर्न माग गर्दै उनले राजनीतिक समस्याको समाधान राजनीतिक रूपमै खोज्न दलहरूलाई आग्रह गरे । यातायात बन्दले उद्योग व्यवसाय धराशयी भएको भन्दैै उनले निर्वाचनको मुखैमा आएर गरिएको यातायात बन्द तत्काल फिर्ता गर्न आग्रह गरे ।
होटल संघका अध्यÔ श्याम सुन्दरलाल कÔपतीले निर्वाचनको बेलैमा भएको यस्तो बन्दले होटल व्यवसाय धराशयी भएको भन्दै तीव्र आक्रोश व्यक्त गरे । पर्यटनको मुख्य सिजनमा भएको यस्तो बन्दले पर्यटन उद्योगमा ठूलो Ôति भएको भन्दै बन्दका बेला पर्यटकीय गाडीमा पनि तोडफोड हुनु निकै दुःखद भएको बताए ।
सो कोणसभामा राष्ट्रिय व्यावसायिक पहलका महासचिव सुरेन्द्रवीर मालाकार, हिसानका अध्यक्ष उमेश श्रेष्ठ, प्याब्सनका अध्यक्ष बाबुराम पोख्ररेललगायतले जुनसुकै नामबाट हुने राजनीतिक गतिरोधको विरोधमा सबै पक्ष सहभागी हुनुपर्ने बताएका थिए । खुला मञ्चबाट सुरु भएको राष्ट्रिय झण्डासहितको सो ¥याली माइतीघर, कोटेश्वर, लोकन्थली, जाउलाखेल, कुमारीपाटी, पाटन दरबार संरक्षण क्षेत्र हुँदै खुलामञ्चमा पुगेर सकिएको थियो । यसअघि पनि बन्दको विरोध गर्दै आएको महासंघले आगामी ४ मंसिरमा हुने संविधानसभा निर्वाचन बिथोल्ने उद्देश्यले गरिएको बन्दको समेत तीव्र विरोध गरेको बताएको छ ।
सवारी साधनसहितको ¥यालीमा नेपाल चेम्बर अफ कमर्स, राष्ट्रिय व्यावसायिक पहल, प्याब्सन, एनप्याब्सन, हिसान, होटल संघ नेपाल, नेपाल फ्रेट फरवार्ड्स एसोसिएसन (नेफा) लगायतका व्यावसायिक एवं पेसागत संघ÷संस्थाहरूको सहभागिता रहेको थियो । सो ¥यालीपछि राजधानीमा सार्वजनिक यातायातसमेत सञ्चालनमा आएका थिए । सरकार र व्यवसायीबीच मंगलबार Ôतिपूर्तिको विÈयमा सहमति भएपछि बुधबारबाट सवारी साधन चलाउने सहमति भएको थियो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार बुधबार राजधानीमा ८० प्रतिशत सवारी साधन सञ्चालनमा आएका थिए । महासंघका कोÈाध्यÔ सरोज सिटौलाले लामो दूरीका समेत सञ्चालनमा ल्याउने प्रयास भइरहेको जानकारी दिए ।
पर्यटक घाइते बनाएकोमा हानको भत्र्सना
काठमाडौं÷रास– पोखरातर्फ गइरहेको पर्यटक सवार गाडीमा केही अज्ञात समूहले आगजनी तथा तोडफोड गर्दा गाडीमा सवार पर्यटकलाई घाइते बनाएकोमा होटल संघ नेपाल (हान) ले घोर भत्र्सना गरेको छ ।
यसका साथै कास्की लेखनाथमा पार्किङ गरिराखिएका दुईओटा पर्यटक गाडी अज्ञात समूहद्वारा तोडफोड गरिएको घटनाप्रति होटल संघ नेपाल गहिरो दुःख व्यक्त गरेको छ । यस किसिमका क्रियाकलापबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा देशको छवि नै धुमिल हुन गई पर्यटक आगमनमा दीर्घकालीन असर पर्ने देखिएको हुनाले यससम्बन्धी आपराधिक र अराजक गतिविधिहरू रोक्न हानले सरकारसँग माग गरेको छ ।
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले पनि घटनाको गम्भीर भत्र्सना गरेको छ । हाम्रो संस्कृतिअनुसार पर्यटकहरूप्रति दर्साइनुपर्ने सद्भावनाको तिरस्कार गर्दै नेपाल भ्रमणमा आउने पर्यटकहरू चढेको अथवा पर्यटकहरूलाई सेवा प्रदान गर्ने सवारीहरूमाथि अन्धाधुन्ध प्रहार हुनु नितान्त निन्दनीय कार्य भएकाले राज्यले त्यस्ता तŒवहरूलाई पक्राउ गरि कानुनबमोजिम सजाय दिनुपर्ने माग नाट्टोको रहेको छ । यसैबीच, सो घटनाप्रति नाटोले पनि विरोध जनाएको छ ।

बन्दविरुद्ध महासंघले सवारीसहित राजधानीमा सडक ¥याली गर्ने

काठमाडौं, २६ कात्तिक –नेकपा–माओवादीको नेतृत्वमा भइरहेको यातायात बन्दविरुद्ध उद्योग वाणिज्य महासंघले बुधबार काठमाडौंमा सवारीसाधनसहितको ¥याली निकाल्ने भएको छ ।
महासंघले विभिन्न पेसाकर्मी तथा व्यावसायिक संघ÷संस्थाहरूसँगको सहकार्यमा संयुक्त रूपमा बन्दको विरोधमा प्रतिकार स्वरूप सवारीसाधानसहित बृहत् शान्ति ¥याली निकाल्न लागेको हो । राजधानीका विभिन्न नाकाहरूमा भेला भएका व्यवसायीहरूले सवारीसहित सडक ¥याली गर्दै बुधबार बिहान १० बजे टुँडिखेलमा जम्मा भएर बन्दविरोधी कार्यक्रम आयोजना गर्ने जनाएको छ । मंगलबार राजधानीको दरबारमार्गमै पत्रकार सम्मेलन गरेर महासंघले नेकपा–माओवादीसहित ३३ दलीय मोर्चालाई यातायात बन्द तत्काल फिर्ता लिन आग्रह गरेको हो ।
  यातायात बन्दले उद्योग व्यवसाय धराशयी भएको भन्दैै महासंघले बुधबार बिहान १० बजे टुँडिखेललगायत विभिन्न ठाउँबाट निकालिने शान्ति ¥यालीमा सवारीसाधनसहित सहभागी हुन निजी क्षेत्रलगायत सर्वसाधरण सबैलाई आग्रह गरेको छ । आगामी ४ मंसिरमा हुने दोस्रो संविधानसभा निर्वाचन बिथोल्ने उद्देश्यले गरिएको यातायात बन्द फिर्ता लिन महासंघले गरेको आग्रहलाई बन्दकर्ताले अस्वीकार गरेपछि महासंघले बन्दको प्रतिकार गर्न सडकमा उत्रने घोÈणा गरेको जनाएको छ ।
यातायात बन्दको प्रतिकार गर्न सडकमै आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष सुरज वैद्यले लामो समयदेखि जारी राजनीतिक अन्योलताले व्यवसायीले काम गर्न नपाएको र एक दिनको बन्दले मात्र निजी क्षेत्रले २ अर्बभन्दा बढीको आर्थिक घाटा बेहोर्नुपरेको भन्दै आफूहरू बन्दको प्रतिकार गर्न सडकमा निस्कन लागेको बताए । उनले दुई वर्षका लागि संविधान लेख्न पठाएका राजनीतिक दलले अहिलेसम्म संविधान बनाउनुको सट्टा उल्टै बन्द हडताल गरेर व्यवसायीलाई गरिखान नदिएकाले आफूहरू बाध्यतावश प्रतिकारमा उत्रिएको बताए ।
विभिन्न पेसाकर्मीहरूसँगको सहकार्यमा महासंघको बन्दविरोधी अवधारणा सार्वजनिक गर्दै महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले बुधबार बिहान हुने बन्दविरोधी कार्यक्रमका बारेमा जानकारी गराएका थिए । उनले सोही कार्यक्रममा महासंघले अहिलेसम्म आमहडताल र यातायात बन्दबाट भएका सबै स्थानको क्षतिपूर्ति रकम तत्काल सरकारसँग माग्ने जानकारी दिए । त्यसपछि सरकार र विभिन्न राजनीतिक दललाई बन्द फिर्ता गराउन आग्रह गर्ने पनि उनले जानकारी दिए । यसैगरी, राजकर्णिकारले महासंघले आफ्ना ९३ ओटा जिल्ला संघहरूलाई पनि १० बजे बन्दविरोधी कार्यक्रम गर्न समेत निर्देशन दिएको बताए ।
सो कार्यक्रममा पर्यटन व्यवसायी तेजेन्द्रनाथ श्रेष्ठ, राष्ट्रिय व्यवसायिक पहलका महासचिव सुरेन्द्रवीर मालाकार, हिसानका अध्यक्ष उमेश श्रेष्ठ, प्याब्सनका अध्यक्ष बाबुराम पोखरेल, एनप्याब्सनकी अध्यक्ष गीता राणालगायतले जुनसुकै नामबाट हुने राजनीतिक गतिरोधको विरोधमा सबै पक्ष सहभागी हुनुपर्ने बताएका थिए । उनीहरूले अहिले जारी यातायात बन्द लक्षित वर्गलाई नभएर केबल सर्वसाधारण र स्कुले विद्यार्थीले मात्र अनावश्यक सास्ती भोग्नुपर्ने खालको भएकाले तत्काल फिर्ता हुनुपर्ने धारणा राखेका थिए ।    
आजबाट सवारीसाधन चलाउने निजी Ôेत्रको उद्घोष
काठमाडौं, २६ कात्तिक –नेकपा–माओवादीसहित ३३ दलले आह्वान गरेको बन्द अवज्ञा गर्दै बुधबारदेखि निजी Ôेत्रले सवारीसाधन सञ्चालन गर्ने बताएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कोÈाध्यÔ सरोज सिटौलाले बुधबारदेखि पूर्ववत यातायात सञ्चालन हुने बताए ।
उनले Ôतिपूर्ति समयमै नपाउ“दा व्यवसायी अन्योलमा रहेकाले सवारीसाधन चल्न नसकेको उल्लेख गरे । उनले सरकारस“ग मंगलबार Ôतिपूर्ति, उपचार र बिमालगायतका विÈयमा सहमति भएकाले बुधबारदेखि सवारीसाधन सञ्चालन हुने जानकारी दिए । अखिल नेपाल यातायात मजदुर संघका महासचिव राजेन्द्र शर्माले राजनीतिक समस्या राजनीतिक रूपमा समाधान गर्नतर्फ लाग्नुको साटो जनतालाई दुःख दिने गरी बन्द गर्नु निन्दनीय भएको बताए । उनले यातायात सञ्चालन गर्न व्यवसायीलाई आह्वान गर्दै निर्वाचन बिथोलिए माओवादी कलंकित बन्ने चेतावनी दिए । नेपाल यातायात मजदुर संघका Ôेत्रीय अध्यÔ जगन्नाथ गौतमले निर्वाचनको मुखमा कुनै पनि किसिमको बन्द हुन नहुने भन्दै सरकारस“ग सहमति भएकाले बुधबार (भोली) बाट यातायात सञ्चालन हुने बताए । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यÔ प्रदीपजंग पाण्डेले बन्द नगर्ने प्रतिबद्धता व्यक्त गर्ने दललाई मात्रै मत दिन आग्रह गरे । बन्दले मुलुकको समृद्धि रोकिने भएकाले यसको सबैले विरोध गर्नुपर्ने उनको तर्क थियो ।
नेपाल चेम्बर अफ कमर्सका अध्यÔ सुरेश बस्नेतले सरकारले शान्ति सुरÔाको प्रत्याभूति गरेर बन्द खुलाउनुपर्ने बताए । उनले १० दिनको बन्दले राष्ट्रलाई ३० अर्ब घाटा हुने जानकारी दिँदै यस्तै अवस्था कायम रहने हो भने नेपालका उद्योगी व्यवसायीहरू चल्न नसक्ने ठोकुवा गरे । नेपाल पर्यटन बोर्डका सञ्चार संयोजक शरद प्रधानले बन्दले गर्दा नया“ बुक गरेका ४० प्रतिशत पर्यटकको बुकिङ क्यान्सिल हुने सम्भावना भएको भन्दै यसको असर पोखरा र सौराहाका होटलहरूमा देखिन थालेकोमा चिन्ता व्यक्त गरे । 
बन्दमा सवारी चलाउन व्यवसायी सहमत
काठमाडौं÷रास– सरकारबाट सुरÔा र उचित Ôतिपूर्तिको आश्वासन पाएपछि यातायात व्यवसायीले बन्दको अवज्ञा गर्दै सवारीसाधन चलाउन सहमत भएका छन् ।
सरकारले २५ हजारबाट ५० हजार रुपैयाँ तत्काल क्षतिपूर्ति दिने वचन दिएपछि व्यवसायी सवारीसाधन चलाउन सहमत भएका हुन् ।
यातायात व्यवसायी र भौतिक योजना, निर्माण तथा यातायात व्यवस्थामन्त्री छविराज पन्तबीच मंगलबार भएको केही समयको छलफलपछि यातायात व्यवसायी बन्दको अवज्ञा गर्दै यातायात सञ्चालन गर्न सहमत भएका हुन् ।
मन्त्रालयमा भएको छलफलमा मन्त्री पन्तले सरकारले सुरÔा तथा Ôति भएको अवस्थामा Ôतिपूतिर्को व्यवस्था मिलाएकाले ढुक्क भएर सवारी साधन चलाउन आग्रह गरेका छन् । छलफलको क्रममा यातायात व्यवसायीले सरकारले दिने भनेको Ôतिपूर्ति रकम बढाउनुपर्ने, कुनै घटना भएको अवस्थामा गाडीका मजदुरलाई पनि Ôतिपूति दिर्नुपर्ने लगायतका माग राखेका थिए । यातायात व्यवसायी र मन्त्रालयबीच सहमतिमा हस्ताÔर भएपछि यातायात व्यवसायी सवारी सधान चलाउन सहमत भएका हुन् ।

बन्दको हल्लाले बजारमा ग्याँसको अभाव

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, २३ कात्तिक
नेकपा– माओवादीसहितको ३३ दलले सोमबारदेखि गर्ने भनिएको बन्दको हल्लाकै कारण अहिले बजारमा खाना पकाउने एलपी ग्याँसको अभाव हुन थालेको छ ।
लामो समयसम्म हुने भनिएको बन्द, हड्तालको त्रासले आक्रान्त उपभोक्ताले बढी संचिती गर्न थालेको र व्यवसायीले पनि सोही मौकाको फाइदा उठाउँदै कृत्रिम अभाव गरिरहेकाले अहिलेदेखि नै बजारमा ग्याँस पाउन छाडेको हो । घरमा खाना पकाउँदा पकाउँदै सकिएको रित्तो सिलिण्डर लिएर गएका उपभोक्तालाई राजधानीका केही ग्याँस डिपोले गत बिहीबारदेखि नै ग्याँस छैन भनेर त्यसै फर्काउन थालेपछि बजारमा ग्याँस अभाव भएको खुलासा भएको हो ।
काठमाडौको नयाँ बजार र बालाजुका केही ग्याँस डिपोमा शुक्रबार देखि नै खाना पकाउने ग्याँसको अभाव भईरहेको छ । बालाजु बोहोराटारका उपभोक्ता नरेन्द्र पाठकले माओवादीले गर्न लागेको नेपाल बन्दको हल्लाकै कारण विगत तीन दिनदेखि आफुले ग्याँस नपाएको बताए । उनले बोहोराटारदेखि बालाजु हुँदै ठमेलसम्मका सबै डिपोमा चहार्दा पनि अहिलेसम्म आफुलाई आवश्यक एचपी ग्याँस पाउन नसकिएको जानकारी दिए । उनले आफुकहाँ भएका दुईथरि सिलिण्डर मध्ये एचपी ग्याँस भर्न धेरै डिपोहरुमा चहार्दापनि अहिलेसम्म नपाएको बताए । उनले नेपाल ग्याँस उद्योग बालाजुमा नै रहेकाले सो ग्याँस पाउन अन्य भन्दा केही सहज भए पनि एचपी ग्याँस पाउन मुस्कील भईरहेको बताए ।
अर्का उपभोक्ता बिरेन्द्र लामाले पनि माओवादीले गर्ने भनिएको नेपाल बन्दको हल्लाकै कारण अहिलेदेखि नै बजारमा खाना पकाउने ग्याँस लगायत दैनिक उपभोग्य बस्तुहरुको समेत अभाव हुन थालेको बताए । उनले व्यवसायीले पनि कृत्रिम अभाव सृर्जना गरिरहेकाले बजारमा ग्याँस पाउन नसकिएको बताए । उनले बन्दको हल्लाकै कारण उपभोक्ता र व्यवसायीले आवस्यक भन्दा बढी संचिती गर्न थालेकाले बजारमा ग्याँस अभाव भएको दावी गरे ।  
नयाँबजारका ग्याँस विक्रेता प्रमोद मानन्धरले पनि अहिले माग अनुरुप आपूर्ति नभएकाले उपभोक्तालाई भनेको बेलामा ग्याँस उपलब्ध गराउन मुस्कील भईरहेको बताए । उनले बजारमा उपलब्ध विभिन्न कम्पनीका ग्याँस मध्ये अहिले सबैभन्दा बढी एचपी ब्राण्ड ग्याँसको अभाव धेरै रहेको बताए ।
ग्याँस विक्रेता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले पनि १० दिने नेपाल बन्दको हल्लाले बजारमा ग्याँस अभाव भएको बताए । अहिलेसम्म त्यति अभाव नभएको जानकारी दिँदै अर्यालले भने, ‘बन्द हड्ताल भयो भने बजारमा ग्याँसको चरम अभाव हुने छ ’ । अहिले बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत र दैलेखमा चरम अभाव रहेको जानकारी दिँदै उनले सो अभाव न्युनिकरणका लागि सरकारले ग्याँसको सहज अपुर्तिका लागि आयात कोटा थप्नुपर्ने बताए । उनले ग्याँस विक्रेता महासंघको शुक्रबार सम्पन्न बैठकले माओवादीको नेपाल बन्द फिर्ता लिन र सरकारलाई उनीहरुका राजनीतिक मुद्दा तत्काल सम्बोधन गर्न आग्रह गरेको बताए ।
महासंघ सचिवालयको सो बैठकले सोमबारदेखि हुने भनिएको १० दिने नेपाल बन्दले मुलुकको आर्थिक क्षेत्रमा गम्भिर असर पार्ने बताउँदै उनले ग्याँसको आयात कटौती भएको जानकारी दिए । उनले अहिले मासिक २५ हजार मेट्रिक टन ग्याँसको माग रहे पनि जम्मा १५÷१६ हजार मेट्रिक टन मात्रै आइरहेको बताए । केही महिना अघिसम्म मासिक १७ हजार मेट्रिक टन ग्याँस आयात भईरहेकोमा अहिले सो आयातमा केही  कटौती भईरहेकाले उनले सिलिण्डरको आयात कोटा बढाईनुपर्ने बताए । सिलिण्डरको आधारमा ग्याँस विक्री गर्नुपर्नेमा सो नभईरहेको भन्दै उनले बन्दको हल्लाले मात्र होइन, तत्काल ग्याँसको कोटा नबढाए जाडो मौसम भरी ग्याँस अभाव कायम रहने दावी गरे । 

Saturday, November 9, 2013

ट्राभल एड्भाइजरीले धमाधम बुकिङ रद्द हुँदै

मधुजंग पाण्डे÷राजधानी
काठमाडौं, २२ कात्तिक
अमेरिका, बेलायत, अस्ट्रेलिया र क्यानडालगायतका मुलुकले आफ्ना नागरिकलाई नेपाल भ्रमणमा उच्च सतर्कता अपनाउन ट्राभल एड्भाइजरी जारी गरेपछि व्यवसायी चिन्तित भएका छन् ।  आगामी ४ मंसिरमा हुने दोस्रो संविधानसभा निर्वाचन बिथोल्न नेकपा–माओवादीले सोमबारदेखि गर्न लागेको दसदिने देश व्यापी आमहडतालका कारण नेपाल भ्रमणमा आउने मुख्य पर्यटन बजार अमेरिका, बेलायत, अस्ट्रेलिया र क्यानडाले नेपाल भ्रमण गर्नुअघि विशेष सतर्कता अपनाउन जारी गरेको ‘ट्राभल एड्भाइजरीले यहाँका व्यवसायी चिन्तित भएका हुन्।
होटल एसोसियसन अफ नेपाल (हान) का प्रमुख कार्यकारी अधिकृत माधवओम श्रेष्ठले अमेरिकालगायत विभिन्न चारओटा मुलुकले आफ्ना नागरिकलाई नेपाल भ्रमणमा सचेत रहन आग्रह गर्दै जारी गरेको ट्राभल एड्भाइजरी र माओवादीले आह्वान गरेको बन्दका कार्यक्रमले अहिले धमाधम होटल बुकिङ रद्द भइरहेको बताए ।
पर्यटकीय मौसम नोभेम्बरमा धेरै पैसा खर्च गर्ने अमेरिका र अन्य युरोपियन मुलुकले आफ्ना नागरिकलाई नेपाल भ्रमणमा सर्तकता अपनाउन लगाएको ट्राभल एड्भाइजरीले  मुलुकको पर्यटन उद्योगमा गम्भीर असर पर्ने उनको भनाइ छ । ती व्यवसायीका अनुसार अहिलेसम्म नेपाल आउने पर्यटकमध्ये अमेरिकी र युरोपेली धेरै दिन बस्ने र बढी पैसा खर्च गर्ने उच्च गुणस्तरीय पर्यटकका रूपमा चिनिन्छन् ।
अमेरिकाले सो एड्भाइजरीको अवधि आगामी ४ पुससम्म रहने जनाएको छ । यसैगरी बेलायतले पनि गत शुक्रबार नै  एड्भाइजरी जारी गरेको थियो । क्यानडाले १२ कात्तिकमा र अस्ट्रेलियाले गत २१ भदौमै एड्भाइजरी जारी गरी आफ्ना नागरिकलाई सचेत रहन आग्रह गरेको थियो ।
नेपाल एसोसिएसन अफ टुर अपरेर्टस् (नाट्टो) का अध्यÔ असोक पोख्रेलले अमेरिकालगायत चार ठूला देशले आफ्ना नागरिकलाई नेपाल आउनुअघि र आएपछि पनि उच्च सतर्कता अपनाउन आग्रह गर्दै ट्राभल एड्भाइजरी जारी गरेको जानकारी दिए । यस एड्भाइजरीले मुलुकको पर्यटन क्षेत्रमा दीर्घकालका लागि असर पु¥याउने बताउँदै पोख्रेलले भने, ‘यी मुलुकले एड्भाइजरीमार्फत आफ्ना नागरिकलाई नेपाल भ्रमणमा सतर्कता अपनाउनु भनेपछि भ्रमणमा निस्कने पर्यटक झस्किएका छन् ।’ उनले पनि अहिले पहिले बुकिङ भइसकेका पर्यटकीय प्याकेजसमेत धमाधम रद्द हुन थालेको जानकारी दिए ।
नेकपा–माओवादीले आह्वान गरेको आमहडतालसँगै निर्वाचन बिथोल्ने क्रममा हुने
प्रचारात्मक ¥याली, प्रदर्शन, विरोधलगायतका हिंसात्मक गतिविधिले यहाँको भ्रमण असुरक्षित हुने सम्भावना देखिएको भन्दै अमेरिकाले सो एड्भाइजरी जारी गरेको बताइन्छ ।
अमेरिकाले जारी गरेको ट्राभल एड्भाइजरीमा भनिएको छ, ‘नेपालका प्रमुख राजनीतिक दलहरूबीच निर्वाचन गर्ने सहमति भए पनि अहिले केही दल भने बहिष्कारको रणनीतिमा उत्रिएकाले चुनावी प्रक्रिया बिथोल्न सक्छन् ।’
 बेलायतले जारी गरेको एड्भाइजरीमा पनि नेपालको राजनीतिक अवस्था परिवर्तन भइरहेकाले बेलाबेला बन्द, विरोध, प्रदर्शन, ¥याली हुने गर्छन्, जसबाट हिंसा
भड्किन सक्ने तथा त्यसले व्यापक अवरोध आउन सक्ने उल्लेख छ ।
अस्ट्रेलियाले अनिश्चित राजनीतिक र सुरÔा अवस्था रहेको भन्दै आफ्ना नागरिकलाई नेपालमा उच्च सतर्कता अपनाउन सुझाव दिएको छ । ‘चुनावका बेला प्रदर्शन वा राजनीतिक ¥याली भएको ठाउ“मा सकेसम्म नजानू, आवागमन कम गर्नु र उच्च सतर्कता
अपनाउनू,’ अस्ट्रेलियाको एड्भाइजरीमा उल्लेख छ। यसैगरी क्यानडाले पनि नेपालको वर्तमान राजनीतिक अवस्था कमजोर र अस्थिर रहेकाले नेपाल भ्रमण गरिरहेका आफ्ना नागरिकलाई उच्च सतर्कता अपनाउन सुझाव दिएको छ ।  नेपाल भ्रमणमा आउ“दा अतालिनु पर्दैन, नडराईकन ढुक्कसँग आए हुन्छ
भनेका छौं,’ संसारभरका ४ हजारभन्दा बढी टुर अपरेटरलाई इमेलमार्फत आफूहरूले यसैगरी आश्वस्त पारिएको जानकारी दि“दै पोखरेलले भने, ‘हामीले जिम्मेवारी
सम्झेर इमेल पठायौं तर पर्यटक यहा“ आएपछि तिनको जिम्मेवारी कसले लिने
भन्ने अन्योल कायमै छ ।’ यस्तो ट्राभल एड्भाइजरीले मुलुकको पर्यटन उद्योगमा गम्भीर असर पार्ने र यो दीर्घकालीन पनि हुन सक्ने उनले बताए । ठूला देशले आफ्ना नागरिकको सुरÔाका लागि सतर्कता अपनाउनु स्वाभाविक भए पनि हाम्र लागि भने दुःखद भएको उनको भनाइ छ ।
ट्राभल एड्भाइजरी जारी गर्दैमा पर्यटक नआउने भन्ने होइन तर यसले दीर्घकालीन रूपमा असर पार्ने बताउँदै उनले नेपाल पर्यटकका लागि सुरÔित गन्तव्य हो भन्ने बुझाउन पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटन संघसंस्थालगायत सबैले पहल गर्नुपर्ने बताए । 
नाट्टोद्वारा बन्द फिर्ता लिन आग्रह 
काठमाडांै÷रास– नेपाल एसोसिएसन अफ टुर अपरेटर्स (नाट्टो) ले नेकपा–माओवादीले आह्वान गरेको १० दिने आमहडताल फिर्ता लिन आग्रह गरेको छ ।
नाट्टोले जारी गरेको विज्ञप्तिमा नेकपा–माओवादीले आगामी ४ मंसिरमा हुने
निर्वाचन बहिष्कार गर्ने भने पनि पर्यटन उद्योगमा अवरोध नपु¥याउने बताएको
उल्लेख छ । बन्दका कारण पर्यटक आगमनको मुख्य मौसममा गम्भीर समस्या पार्न सक्ने नाट्टोले सो विज्ञप्तिमार्फत जानकारी गराएको  छ ।
नेपाल भ्रमणका क्रममा पर्यटकले कुनै समस्या सामना गर्नुपरे उनीहरू नकारात्मक
सन्देश लिएर आफ्ना देश फर्कने समेत उसले  भनेको छ । 
सेफ्स अध्यक्षमा पुन ः थापाकाठमाडौं– सेफ्स एसोसिएसन अफ नेपालको अध्यक्षमा पुन रत्नबहादुर थापा निर्वाचित भएका छन् ।  एसोसियसनको १८औं साधारण सभाले थापालाई पुनः अध्यक्षमा निर्वाचित गरेको हो । एसोसियसनको सभाबाट अध्यक्षमा थापा सर्वसम्मत रूपमा निर्वाचित भएको एसोसियसनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
साधारण सभाले एसोसियसनको उपाध्यक्षमा खड्गविक्रम लामा, महासचिवमा सुरेशचन्द्र बस्नेत, सचिवमा पदमबहादुर आलेमगर र कोषाध्यक्षमा रेशमकुमार लामालाई निर्वाचित गरेको छ ।
यसैगरी सदस्यहरूमा रामप्रसाद सापकोटा, पदमनाथ ढकाल, रमेश रायमाझी, माधवहरि थापा, श्यामबहादर तामाङ, शिवहरि घिमिरे, ठाकुरप्रसाद पौडेल, गोविन्दनरसिंह केसी, सूर्यकिरण श्रेण्ठ, सुवर्णमान कर्माचार्य, श्रीकृष्ण गजुरेल र श्रीराम अधिकारी छन् ।
साधारण सभामा एसोसिएसनका महासचिव सुरेश बस्नेतद्वारा प्रस्तुत वार्षिक प्रगति विवरणमा मुलुकभर छरिएर रहेका विभिन्न होटल, रेस्टुरेन्ट, क्याटरिङ र अन्य ट्रेनिङ इन्स्टिच्युटमा काम गरिरहेका सबै तहका सेफ (कुकहरू) लाई एकत्रित गरी उनीहरूको बीचमा भाइचाराको सम्बन्ध ल्याई उनीहरूमा भएको सीप, दक्षता एवं बौद्धिक स्तर बढाउन संघले महŒवपूर्ण भूमिका खेल्ने उल्लेख छ ।
देशको पर्यटन विकासलाई समेत सहयोग पु¥याउने गरी अन्तर्राष्ट्रिय स्तरमा नेपाल र नेपाली खानालाई व्यापक रूपमा बढवा र चिनारी गरी त्यसको गुणस्तर कायम गर्न एसोसिएसन सफल भएको अध्यक्ष थापाले बताए । यस संस्थामा ९ सय २२ जना आबद्ध भइसकेका छन् भने  देशभर लगभग ३५ हजार जति कुकहरू यस सेफ्स पेसामा कार्यरत रहेका छन् ।  संघले बेसिक ६ महिने तालिम  तीन समूहबाट ४१ जना, सेवाकालीन तालिम दुई समूहबाट ३० जना, गरी कुल ७१ जना सेफ्सको क्षमता वृद्धि गर्दै आएको पनि उनले जानकारी दिए ।

अन्तर्राष्ट्रिय व्यापारबाट फाइदा लिन गतिशीलता चाहिन्छ , पर्यटनलाई तत्काल ठूलो उद्योगको रुपमा विकास गर्न सकिंदैन

सरकारले निर्यात प्रवर्द्धन गर्न विभिन्न नीतिगत परिमार्जन र इन्सेन्टिभ कार्यक्रम लागू गरे पनि निर्यातभन्दा आयातको वृद्धि दर उच्च भई व्यापार घाटा चुलिंदै गएको छ । गत आर्थिक वर्ष २०६९र०७० मा निर्यात ३।६ प्रतिशत बढेर ७७ अर्ब रुपैयाँ पुगेको थियो भने आयात २०।६ प्रतिशत बढेर ५ खर्ब ५७ अर्ब रुपैयाँ पुगेको थियो ।
केही वर्षअघिसम्म सकारात्मक रहेको सेवा व्यापार पनि अहिले प्रतिकूल बन्दै गएको छ । गत आवमा सेवा व्यापारबाट ७ अर्ब ५८ करोड रुपैयाँ मात्र बचत भएको छ । सन् २००४ मा विश्व व्यापार संगठनको सदस्यता लिएपछि नेपालले अन्तर्राष्ट्रिय बजारमा सुविधायुक्त प्रवेश र व्यापार क्षमता अभिवृद्धिको अवसर पायो तर त्यसको उपयोग गर्न नसक्दा व्यापार घाटा बढ्दै गएको हो ।
चिन्ताजनक रुपले बढिरहेको व्यापार घाटाको कारण र सुधारका उपायबारे नेपाल पर्यटन बोर्डका पूर्व कार्यकारी निर्देशक प्रचण्डमान श्रेष्ठसँग कुराकानी गरेको छ । वाणिज्य मन्त्रालयको सहसचिवबाट अवकाश हुनुभएका श्रेष्ठसँग अन्तर्राष्ट्रिय व्यापारमा राम्रो दखल रहेको छ । संस्थागत, कानुनी र मानव संशाधन सुधारमा ध्यान दिने हो भने सीमित निच प्रडक्टमार्फत नेपाल छिट्टै धनी हुन सक्ने उहाँको विश्वास छ ।



पछिल्लो समय सेवा व्यापारसमेत प्रतिकूल हुनुको कारण के होला ?

सन् १९९५ मा ग्याट आएपछि मात्र सेवा व्यापारको सुरुवात भएको हुनाले यसमा अनुभव कम छ । मुख्यतः पर्यटनले गर्दा सेवा व्यापारमा नेपालको राम्रो सम्भावना थियो । सन् २००५ सम्म पर्यटकको आम्दानी राम्रै भएकाले सेवा व्यापार अनुकूल थियो, त्यसपछि प्रतिकूल हुँदै गयो ।

Prachanda-Man-Shrestha-2यसको मुख्य कारण पर्यटनको जुन गतिमा विस्तार हुनुपर्ने थियो त्यो हुन नसक्नु हो । अर्को कारण दूरसञ्चार सेवाको आयात एकदमै बढ्नु हो । प्रत्येक कल वा क्लिकको शुल्क हामीले सेटलाइटलाई तिर्छौ, जुन विदेश जान्छ ।

दूर सञ्चार सेवा आयात बढ्नु राम्रो होइन ?

आयात राम्रो वा नराम्रो यसको प्रयोगमा आधारित हुन्छ । उत्पादनको लागि आयात भएको भए त्यसले भ्यालु एड गर्दछ । नेपालमा दूरसञ्चार आयात उत्पादनशील क्षेत्रभन्दा पनि उपभोगको लागि भएको छ ।

उत्पादनको लागि पनि उपयोग भएकै होला ?

हाम्रो सेवा र वस्तुको आयातको कति अंश थप उत्पादनमा प्रयोग भयो र कति उपभोगमा प्रयोग भयो भन्ने तथ्यांक छैन । तथ्यबिनाको नीति निर्माण जगबिनाको घर हुन्छ । तथ्यांक सूचनाको विश्लेषण र अनुसन्धान गर्ने चलन नहुनु सबैभन्दा ठूलो दुर्भाग्य हो ।

पर्यटनको सम्भावनालाई यथार्थमा रुपान्तरण गर्न के गर्नुपर्छ ?

पर्यटनको वृद्धि आकर्षक प्राकृतिक स्रोतले मात्र हुँदैन । त्यो त कच्चा पदार्थ मात्रै हो । त्यसलाई टुरिजम प्रडक्टमा रुपान्तरण गर्ने क्षमता भए मात्र त्यो उद्योगको रुपमा आउँछ । नेपालमा पर्यटनको विधा र क्षेत्र दुवै पहिचान र विकास गर्नुपर्छ ।

नेपाल आउने पर्यटकको क्रियाकलाप ५ वटा क्षेत्रमा पाँच वटा विधामा सीमित छ । काठमाडौंको साइट सिन, अन्नपूर्ण पदयात्रा, चितवनको वाइल्ड लाइफ, थोरै संख्यामा साहसिक पर्वतारोहण र अध्ययन अनुसन्धान गर्न पर्यटकहरु आउने गरेका छन् ।

श्रमलाई सेवा व्यापारमा कसरी आवद्ध गर्न सकिन्छ ?

रेमिट्यान्सले गर्दा हाम्रो शोधनान्तर स्थिति बचतमा छ । नेपाल आउने रेमिटान्सलाई विश्वले अझै पनि व्यापार मानेको छैन । दक्ष मानव श्रम निर्यातलाई मात्र व्यापारको मान्यता दिइन्छ । हाम्रो श्रम दक्ष त टाढाको कुरा अर्धदक्ष पनि छैन ।

अब हामीले बाहिर गएको श्रम शक्तिको अभिलेख राख्न सुरु गर्नुपर्छ । केही वर्षपछि अन्तर्राष्ट्रिय नेगोसिएसनमा जाँदा यसलाई पनि सेवा व्यापारमा राख्न प्रस्ताव गर्नुपर्छ । त्यसपछि व्यापार घाटा कम गर्न योगदान हुनसक्छ ।

होम स्टेको अवधारणले पर्यटन विस्तारमा कत्तिको योगदान दिएको छ ?

होम स्टेको दर्शन पूर्णत फरक छ । यो नेपालको साधारण जनतालाई पर्यटनसँग आवद्ध गर्ने प्रक्रियाको सुरुवात हो । यसले उद्योगको रुपमा प्रशस्त प्रतिफल दिंदैन । पाँच तारे होटलमा दैनिक २ सय डलर खर्च गर्ने पर्यटकले होम स्टेमा १ सय डलर पनि खर्च नगर्न सक्छ ।

नेपालको होम स्टे आन्तरिक पर्यटनको लागि हो । यसमार्फत आन्तरिक पर्यटकको बसाइ स्थललाई संस्थागत गर्न खोजेको मात्रै हो । भोलिका दिनमा यसको क्षमता विकास हुँदै गएमा अन्तर्राष्ट्रिय पर्यटक ल्याउन सकिन्छ, अहिले सुरुवात हो, मेचुरिटीमा पुग्न १०/१५ वर्ष लाग्छ ।

सिरुबारी र घले गाउँमा जस्तो विकास अरु गाउँमा गर्न सकिंदैन ?

त्यहाँको समुदायले अन्तर्राष्ट्रिय पर्यटकसँग सम्बन्ध कायम गर्ने क्षमता विकास गरेको कारण त्यहाँ होम स्टे सफल भयो । नेपालको धेरै समुदाय पर्यटनको सेवा प्रदान गर्न सक्ने क्षमतामा नपुगेको हुनाले धेरै समय लाग्छ । राज्यको स्थानीय र केन्द्रीय निकायको हस्तक्षेप, अभिमुखीकरण र तालिम चाहिन्छ । सीप विकास गर्न धेरै लगानी गर्नुपर्ने हुन्छ, त्यो अवस्थामा मुलुक पुगेको छैन ।

आफूले गर्न नसक्ने र राज्यले पनि गरिदिन नसक्ने भएपछि हामी ढिलो प्रक्रियामा गयौं । अर्कोतर्फ यसमा राष्ट्रिय नीति स्पष्ट हुनु जरुरी छ । थोरै पर्यटक ल्याएर धेरै आम्दानी गर्ने हो कि धेरै पर्यटक ल्याएर थोरै लाभ गाउँसम्म बाँड्ने भन्नेमा स्पष्ट हुनुपर्छ । एकातिर प्रति पर्यटक खर्च कम भयो पनि भन्छौं, यदि होम स्टे गर्ने हो भने अझै कम हुन्छ भन्ने कुरामा स्पष्ट हुनुपर्छ ।

सांस्कृतिक विविधतालाई पर्यटनको प्रडक्ट कसरी बनाउन सकिन्छ ?

हाम्रो संस्कृतिको भौतिक विधामा मठमन्दिर र जीवनशैलीमा रहनसहन, मेलापर्व पर्दछन् । समुदायहरु कति हदसम्म आफ्नो संस्कृतिलाई व्यावसायीकरण गर्न तयार छन् भन्ने कुराले सांस्कृतिक पर्यटनको आधार प्रष्ट हुन्छ । नेपालको सन्दर्भमा त्यो एकदमै ढिला हुन्छ ।

संस्कृति हाम्रो पहिचान हो । त्यो पहिचानलाई व्यापारमा प्रयोग गर्ने मनस्थिति जति बढ्दै जान्छ, त्यो आधारमा पर्यटकीय सम्भावना बढ्दै जान्छ ।

त्यसो भए पर्यटकको दु्रत विकास कठिन छ ?

भौतिक चिज जति प्रयोग गर्दै गयो, वातावरणलाई असर पर्ने हुँदा जोगाउनुपर्छ । सांस्कृतिक कुरामा मानिसहरु आफ्नो संस्कृतिलाई व्यापारको वस्तु बनाउन तयार हुनुपर्‍यो । त्यसैले, नेपालको पर्यटनलाई हामीले एकै पटक ठूलो उद्योगमा परिणत गर्न सकिंदैन र गर्न पनि हुँदैन । समुदायको क्षमता र सोचाइमा परिवर्तन गर्दै र व्यवस्थापनमा सदृढीकरण गर्दै आएको आधारमा मात्रै यो सफल हुन सक्छ ।

पर्यटकको संख्या बढ्ने तर आम्दानी त्यो अनुपातमा नबढ्ने देखिएको छ (वाषिर्क आम्दानी ३४ अर्ब) । यसको कारण के होला ?

नेपालमा पैसा कम आउनुमा तीन वटा प्रमुख कारण छन् । विदेशी एजेन्सीले पर्यटकलाई नेपालको गन्तव्य बेच्छन् । मानौं, पर्यटकले नेपालमा एक दिनको बसाइबापत विदेशी कम्पनीलाई दुई सय डलर तिरेको छ भने नेपालका ट्राभल वा टुर अपरेटरले मुश्किलले ५०/६० डलरमा ती कम्पनीसँग बिजनेश लिन्छन् ।

दोस्रो कारण, नेपालमा आएको पर्यटकले गर्ने खर्चमा ‘कम्पोनेन्ट एनालाइसिस’ गर्‍यो भने नेपाल आउन सबैभन्दा धेरै खर्च हवाइ भाडामा जान्छ । केही समयपहिले नेपालको ध्वजावाहक अन्तर्राष्ट्रिय यात्रीसम्म पुगेको कारण राष्ट्र बैंकमा पैसा आउँथ्यो, अहिले छैन । अरु एयरलाइन्सलाई तिरेको पैसा स्वतः बाहिरै जाने भयो ।
तेस्रो, आजकाल पैसा ल्याएर साट्नेभन्दा क्रेडिट कार्डको कारोबार बढी छ । त्यसरी भुक्तानी गर्दा कतिपय कम्पोनेन्ट पहिले नै आफ्नो अर्थतन्त्रबाट पे गर्न सकिने र नेपालमा नआउने पनि हुन्छ । त्यो सरकारी प्रशासन संयन्त्रको पकडभन्दा बाहिर छ ।

जहाँ पैसा तिरेको भए पनि नेपालमा सेवा लिएपछि यहाँ पैसा आउनुपर्ने हो तर हाम्रो कानुनले त्यो समात्न सक्यो कि सकेन भन्ने हो ? त्यसैले परिवर्तित अन्तर्राष्ट्रिय व्यापारअनुसार राष्ट्रको संस्थागत, नीतिगत र संलग्न जनशक्तिको कार्य शैली, क्षमतामा निरन्तर सुधार गर्नुपर्छ ।

नेपालको पर्यटन उद्योगमा जनशक्तिको अवस्था कस्तो छ ?

होटलमा पहिले मेनेजरहरु विदेशी ल्याउनुपर्दथ्यो, ३० वर्षअघि सोल्टीमा ओबराय समूह प्रवेश गरेपछि नेपालीलाई तालिम दियो । त्यसपछि सबै पाँच तारेमा नेपाली मेनेजर भए । तर आज ओबरायको तालिम प्राप्त जनशक्ति रिटायर्ड भएपछि फेरि पाँच तारे होटलमा रिक्त भएर विदेशी मेनेजर आएका छन् । सुरुवात भएको मानव संशाधन विकासलाई फलोअप ब्याकअप गरिदिएको भए हुन्थ्यो ।

पर्यटन अध्ययनका संस्था बढिरहँदा जनशक्ति कसरी अभाव भयो ?

पर्यटन र होटल व्यवस्थापनसम्बन्धी अध्यापन गराउने ३२ कलेज सञ्चालनमा छन् । तर, ती संस्थाले विदेशमा गएर निम्न स्तरको काम गर्ने जनशक्ति मात्र उत्पादन गर्छन्, उच्च स्तरको मेनपावर उत्पादन गर्न सकेका छैनन् । नेपालमा अन्यत्र काम नपाएका मात्र बस्ने स्थिति हटाउन राष्ट्रिय रणनीति खाँचो छ ।

नेपालमा एकै पटक धेरै पाँच तारे होटल थपिने चर्चा छ, वित्तीय सम्भाव्यता देख्नुहुन्छ ?

प्राकृतिक सुन्दरता भएको ठाउँमा सुविधा, हाइजिन र सुरक्षा भए उच्च गुणस्तरका पर्यटक आउँछन् । अहिले सुविधा चाहाने पर्यटकहरु नेपाल नआई अन्यत्र जाने प्रवृत्ति छ । सम्भवत: नेपालमा पाँच तारे होटलमा दुई हजारभन्दा थोरै कोठा छन् ।

विश्व बजारमा माथि भनिएजस्तो दबिएको माग देखेर पाँच तारे होटल आउन खोजेका हुन सक्छन् । पाँच तारे होटलसँग सबै प्रकारको क्षमता पनि हुने भएकाले उसले माग सिर्जना गर्न सक्छ । नेपालमा पाँच तारे होटल दशकदेखि थपिएका छैनन् ।

नयाँ होटलले यदि २० प्रतिशत लुकेको माग र अर्को ५० प्रतिशत आफैं प्रयास गरेर माग सिर्जना गर्न सके भने सम्भाव्य हुन्छ । नेपालीले मात्रै पाँचतारे खोल्यो भने विदेशमा प्रचार गर्न सक्दैनन्, इन्टरनेसनल चेनसँग टाइअप गर्नुपर्छ ।

नेपालमा जग्गाको मूल्य महँगो भएको कारण उद्योग गर्न उच्च लागत पर्दैन ?

पाँच तारे होटल गाउँमा खोल्न मिल्दैन, पूर्वाधार भएको ठाउँमा जग्गा अति महँगो छ । जग्गाको मूल्य राख्दा परियोजना असम्भाव्य हुन्छ । त्यसको विकल्प माल्दिभ्सको मोडल अपनाउनुपर्छ ।

अनकन्टार ठाउँमा पूर्वाधार पुर्‍याउन सरकारलाई महँगो हुन्छ । विदेशी कम्पनीलाई जे बनाउछौ, बनाऊ भनेर ३०/४० वर्ष भाडामा दिन सकिन्छ । पूर्वाधार उसले त्यही छोडेर जान्छ । सरकारलाई राजस्व र जनतालाई रोजगार प्राप्त हुन्छ ।

सन् १९६५ मा चितवन राष्ट्रिय निकुञ्ज घोषणा नहुँदै अफि्रकामा सफारी चलाउने कम्पनीले टाइगर टप्स खोलेर उसको भिजनले चिवतनलाई विश्व परिचित बनायो । उसको नक्कल गरेर स्थानीयले वरिपरि विकास गरे ।

बर्दियामा सरकारले विदेशीलाई नदिएको हुनाले नेपालीले लज बनाएर बस्ने मात्र काम भएको छ । त्यसरी पर्यटकीय स्थल लामो अवधिको लागि विदेशीलाई लिजमा दिंदा हाम्रो लगानीबीना छोटै समयमै धनी हुन्छौंं । विश्वव्यापीकरणले ल्याएको फाइदा नै त्यही हो । पुँजी, मानव संसाधन र प्रविधिको परिचालन उनीहरुले गर्छन् ।

विश्वमा यस्ता उदाहरण हुँदा हुँदै पनि नेपालमा किन लागू हुन नसकेका हुन् ?

नेपालमा दुर्भाग्य, जसले जे बुझेको छ, निर्णयकर्ताले त्यसको इनपुटलाई नलिने प्रवृत्ति बढ्दै गयो । पर्यटन बोर्डमा चार वर्ष हुँदा मलाई सिकाउन आउने मानिस मात्र भए, मैले जानेको भन्ने मौका पाइनँ । यहाँ पेट चिर्ने निर्णय डाक्टर होइन, स्वास्थ्य मन्त्री र सचिवले गर्छन् । पेशागत क्षमतालाई स्कोप दिने सोच विकास भएपछि नेपाल आजको भोली धनी हुन्छ ।

विश्व बजारमा हाम्रो व्यापार हिस्सा बढाउने उपाय के हो ?

अहिले संसारमा कुनै पनि पूर्ण सामान एकै ठाउँ बन्दैन, जहाँ जुन सस्तो हुन्छ, त्यहाँ त्यहि बन्छ । त्यसैले बहुराष्ट्रियसँग जति टाइअप गर्न सकियो, त्यत्ति हाम्रो अर्थतन्त्र बलियो हुँदै जान्छ । स्थानीय व्यवसायीले विदेशी बजारमा राम्रो स्थान पाउन एक्लो प्रयासले सम्भव हुँदैन, बहुर्राष्ट्रिय कम्पनीसँग सहकार्य गर्नुपर्छ ।

कानुनमा कस्तो सुधारको आवश्यकता छ ?

हाम्रो राष्ट्र धेरै पुरानो कानुनले चलेको छ, द्विपक्षीय सन्धिमा अन्तर्राष्ट्रिय व्यापार सीमित छ । हिन्दुस्तानी कम्पनीले अर्डर पाएको सामान त्यही बनाउँछ भन्ने हुँदैन, चीनमा बनाउन पठाउँछ र चीनबाटै तेस्रो मुलुक डेलिभरी हुन्छ । यस्तो परिवर्तित व्यापार प्रणालीलाई हाम्रो कानुनले समेट्नुपर्छ ।

दक्षिण एसिया विश्व व्यापारमा आफैं पछाडि छ । २००४ मा डब्लुटीओको सदस्य बन्दा नेपालले प्रतिवद्धता गरेको २५/३० कानुनको परिवर्तन एक दशकमा अझै हुन सकेको छैन । यसले गर्दा विश्वव्यापीकरणले ल्याएको मौका हामीले गुमायौं ।

डब्ल्यूटीओ सदस्य भएपछि व्यापार घाटा बढ्दै जानुको कारण के हो ?

सबै देशसँग पुँजी, व्यापार र लगानी खुला हुनुपर्छ । जहाँ जे सस्तो बन्छ र त्यहाँ व्यापारको दायरा बढ्छ । अहिले यूरोपियन सामान नेपाल मगाउँदा यूरोपबाटै मगाउनुपर्छ, भारतबाट भारतमा निर्मित मात्र अयात गर्न पाइने कानुन छ । यूरोपबाटै मगाउँदा महँगो पर्न जान्छ ।

अन्तर्राष्ट्रिय व्यापारबाट फाइदा लिन गतिशीलता चाहिन्छ । हरेक मिनट नयाँ कानुन तर्जुमा गर्नुपर्छ तर नेपालमा ऐन बनाउन ५ देखि १० वर्ष र नियम परिवर्तन गर्न ३ देखि ५ वर्ष लागेको अनुभव छ । त्यो बेलासम्म मौका गुमिसकेको हुन्छ ।

आउँदो डिसेम्बर बालीमा हुने डब्ल्यूटीओ सम्मेलनमा नेपालले उठाउनुपर्ने मुद्दा के हुन् ?

व्यापार बचत हुने विकसित मुलुकले निश्चित रकम योगदान गरेर एउटा कोष बनाउनुपर्छ । हाम्रो जस्तो मुलुकमा पूर्वाधारको कमी, ड्राइपोर्ट, रेल मार्ग नभएकाले व्यापार लागत बढी भएको हो । त्यो कोषबाट पूर्वाधार र मानव संशाधनको विकासमा सपोर्ट पाउनुपर्छ ।

अति कम विकसित राष्ट्रलाई विकसित मुलुकले अहिले पनि सहयोग गरिरहेकै छन्, होइन ?

हामीले द्विपक्षीय वार्ता गरेर सहायता लिने होइन किनकि त्यसमा शर्त हुन्छ । बहुपक्षीय कोष खडा गरेर लिने हो । एक/दुई सामानलाई सहुलियत होइन, स्थायी लाभ लिनुपर्छ ।

विकसित र अविकिसित मुलुकबीच व्यापार हुन धेरै गाह्रो छ । हामीकहाँ भएको सामान विकसित देशबाट माग हुँदैन । समान स्तरका मुलुकको माग धान्न हाम्रो उद्योगीको क्षमताले भ्याउँछ ।

नेपाललाई विभिन्न देशले शून्य भन्सार सुविधा दिंदा पनि किन निर्यात हुन सकेको छैन ?

नेपाल भूपरिवेष्ठित भएका कारण कारोबार लागत महँगो पर्न गएको छ । भन्सार र बजार पहुँच सुविधाले मात्र हुँदैन । उसको बजारको मापदण्ड पूरा गर्न सक्ने समान उत्पादन गर्ने हाम्रो क्षमता भएन । प्राविधिक अवरोध, गुणस्तर समस्या आउँछ । हामीलाई कस्ट र क्वालिटी दुवैको समस्या छ ।

एक जना नेपाली विश्व व्यापार संगठनको पदमा पुग्नु भएको छ, यसबाट हामीले केही आशा गर्न सक्छौं ?

रत्नाकार अधिकारीलाई नेपालको समस्या र अवसर थाहा छ, तर पदमा बसिकेपछि उहाँले नेपालको मात्र हित हेरेर हुँदैन । अरु देशलाई पनि चित्त बुझाएर निर्णय गर्नुपर्छ, नेपाल जस्तै अरु मुलुकको स्वार्थ मिल्नुपर्छ । यद्यपि नेपालबारे थाहा भएको नाताले कतै न कतै उहाँको निर्णय प्रक्रिया र रणनीति निर्माणमा नेपालको हित गर्ने कुरा निश्चित छ ।

डब्लूटीओमा गएपछि नेपालले प्रत्यक्ष फाइदा पाएको के हो ?

दुई कुरामा नेपालले प्रत्यक्ष फाइदा पाएको छ । डब्लूटीओको सदस्य बनेपछि भारतले तामाको तारमा एन्टि डम्पिङ्ग शुल्क लिन पाएको छैन । एन्टि डम्पिङ्ग लगाउने हो भने भारतले औचित्व पुष्टि गरेर डब्लूटीओमा प्रतिवेदन पेश गर्नुपर्छ ।

अर्को, तेस्रो मुलुकमा बालश्रम प्रयोग भएको भनेर गार्मेन्ट फिर्ता गर्नु परेको छैन । बालश्रम प्रयोग भएको आरोपको भरमा सामान फिर्ता गर्न पाइदैन, उजुरी प्रमाणित हुनुपर्छ । नेपाल सरकारले अब त्यस्तो नहुने प्रतिवद्धता व्यक्त गरेमा गइसकेको सामान फिर्ता हुँदैन ।

अब नेपालले वस्तु र सेवा केमा बढी ध्यान दिनु आवश्यक छ ?

बस्तु र सेवामा सीमित हुन जरुरी छैन । अन्तर्राष्ट्रिय व्यापारको प्याटर्न परिवर्तन भएको छ । आयात गरेर पनि इनटेन्जिबल भ्यालु एड गर्न सकिन्छ । जापानमा कुनै कच्चा पदार्थ छैन, तर गाडी र विद्युतीय सामान निर्यात गर्छ । प्रतिस्पर्धात्मक कोर एड्भान्टेज मानव साधन सीपले अरु व्यापार घाटालाई पनि कभर गर्दछ ।

नेपालले पनि त्यही गर्ने हो । वस्तु र सेवा जे भए पनि निच प्रडक्ट बनाउनुपर्‍यो । मैले गार्मेन्ट व्यवसायीलाई भनेको छु, सबै व्यवसायी मिलेर कच्चा पदार्थ आयात कार्टेल गर्नुस् । छुट्टा-छुट्टै आयात गर्दा मूल्य महँगो पर्छ । कच्चा पदार्थ पठाउने मुलुकलाई हाम्रो हिमालको घाँसघुस पनि पठाएर मिसाइदेउ भन्नुस् । त्यसपछि हामीले हिमालयन फाइबर मिसाएको गार्मेन्ट भनेर अरुभन्दा महँगोमा बेच्न सकिन्छ ।

नेपालमा व्यवसायीबीच पारदर्शिता र सहकार्यको त्यस्तो संस्कृति छ र ?

पश्मिना र छाला जुत्तामा त्यस्तो अभ्यास भइसकेको छ । उद्यमीको मनस्थिति परिवर्तन नगरी सानो देशले फाइदा लिन सक्दैन, क्रमशः सुधार हुँदै पनि आएको छ ।

नेपालजस्तै मुलुक डब्ल्यूटीओ सदस्य भएर अर्थतन्त्र बलियो पारेको उदाहरण कुन हो ?

कम्बोडिया र नेपाल सँगै सदस्य भएका हुन् । एलडिसी -अति कम विकसित) ले बिक्री गर्ने गार्मेन्टमा आधाभन्दा बढी बंगलादेश र कम्बोडियाको छ । कम्बोडियाले प्रतिवद्धता गरेको समयमा कानुन सुधार गर्न सक्यो, संसद नगई कानुन सुधार गर्ने अधिकार सम्बन्धित निकायलाई दिइयो ।

बंगलादेश नेपाल जस्तै बन्द हड्ताल हुने देश हो । गार्मेन्टमा सरकारले हड्ताल गर्न नपाउने कानुन बनाइदिएपछि बंगलादेशले धेरै विकास गर्‍यो । निर्यात गर्ने चिजमा यहाँ पनि सकरारले बन्द गर्न नपाउने कानुन बनाउन सक्यो भने दुई वर्षमा हामी धेरै माथि पुग्छौं ।

सरकारले २०१० मा १९ वस्तुको निर्यात प्रवर्द्धन गर्ने घोषणा गर्‍यो तर अहिलेसम्म प्रगति देखिएको छैन, किन ?

एनटीआईएस प्राज्ञिक अध्ययनमा सीमित भयो । सरकारले त्यो रणनीति कार्यान्वयन गरेन । ती वस्तु उत्पादन गर्ने उद्योगमा बन्द हड्ताल गर्न पाइन्न भन्न सकेको भए अहिलेसम्म धेरै परिवर्तन भइसक्थ्यो । व्यापारीले आफ्नो कुरा सरकारलाई बुझाउन सकेनन् भने प्राज्ञले बनाएको कुरा मिडियामार्फत जनतामा धारणा बनाउन सकिएन । त्यसैले हामी पछाडि पर्‍यौं ।

नेपाललाई अन्तर्राष्ट्रिय व्यापारबाट लाभ पुग्ने चुरो के हो ?

१० वर्षमा नेपाल जहाँ पनि पुग्न सक्छ, मात्र चारवटा निच प्रडक्ट भए पुग्छ । अफगानिस्तानको यूएन अफिसमा सेक्युरिटी काम गर्ने धेरै जसो नेपाली छन् । बि्रटेन र यूरोपमा गोर्खा भनेको लोयल, ब्रेभ र सिनसियर हुन्छ भन्ने ब्राण्ड बनेको छ ।

सेक्युरिटी सेवा अहिले सबैभन्दा बढ्दो छ । हामीले गोर्खा ब्राण्डमा सुरक्षा गार्ड निर्यात गर्न सक्यौं भने अहिलेको तुलनामा १०० गुणा बढी रेमिटान्स भित्राउन सक्छौं । सरकारी जंगी तालिम केन्द्रमा एक/दुई महिना तालिम दिएर पठायौं भने हुन्छ ।

सगरमाथाको पानी भनेर महँगोमा बेच्न सकिन्छ । सधैं खाने पानी विदेशमा आपूर्ति गर्न हामीसँग क्षमता र पूर्वाधार पनि छैन । थोरै मात्रामा धनीहरुले विशेष अवसरमा खाने पानीलाई ब्राण्डिङ्ग गरेर बेच्न सकिन्छ ।

अन्त्यमा, दलका घोषणापत्रमा उल्लेखित पर्यटन विकासबारे तपाईंको विश्लेषण के छ ?

पर्यटनलाई कुन दलले प्राथमिकता दियो भन्ने महत्वपूर्ण होइन, सबैले दिएकै छन् । कुन दलले कार्यान्वयनको लागि के गरेको छ भन्ने महत्वपूर्ण छ । केही दलले लक्ष्य पनि राखेका छन् तर लक्ष्य हासिल गर्ने प्रक्रिया अस्पष्ट छ । त्यसले गर्दा भोलि कार्यान्वयनमा गाह्रो पर्छ ।

राजनीतिक दललाई तपाईको सुझाव के छ ?

सबै कुरामा सहमति नहोला, प्रमुख दलले पर्यटनमा पाँच वर्षभित्र यो गर्ने भनेर साझा सहमति गरे भने पछि कार्यान्वयन गर्न सहज हुन्छ । अब दलले राजनीतिक होइन, आर्थिक एजेण्डामा सहमति गरे भने अब हामी पछि पर्दैनौं ।

Friday, November 8, 2013

रेमिट्यान्स रकम सदुपयोग गर्न विमानस्थलबाट बाहिरिनेहरूका सुझाव

मधुजंग पाण्डे÷राजधानी
काठमाडौं, २० कात्तिक
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिनेहरूले आफूहरूले पठाएको रेमिट्यान्स रकम सही रूपमा सदुपयोग गर्न दलहरूलाई सुझाव दिएका छन् । वैदेशिक रोजगारीका लागि घरजग्गा बन्दकी राखेर बिदेसिएकाहरूले पठाएको रेमिट्यान्स रकम दलका नेताहरूकै मिलेमतोमा दुरुपयोग भइरहेको भन्दै उनीहरूले यस्तो सुझाव दिएका हुन् । आगामी ४ मंसिरमा हुने संविधानसभाको निर्वाचनका लागि विभिन्न दलले घरदैलो कार्यक्रममार्फत चुनावी प्रचारका गतिविधिलाई तीव्रता दिइरहेका बेला निर्वाचन र भर्खरै सकिएको तिहारको पर्वाह नगरी घर परिवार छोडेर हिँडेकाहरूले विभिन्न राजनीतिक दलका नेतालाई यस्तो सुझाव दिएका हुन् । तिहारमा विमानस्थलबाट कतार जाँदै गरेका सिन्धुलीका रुद्रबहादुर खातीले धेरै समय संघर्ष गर्दा पनि स्वदेशमै रोजगारी नपाएपछि बाध्यतावश तिहारको बेलामा पनि बिदेसिन लागेको जानकारी दिँदै खातीले भने, ‘अहिले मलाई चुनावको कुनै मतलब छैन । निकै संघर्ष गर्दा पनि स्वदेशमै रोजगारी नपाएपछि तिहारमा त परिवार छोडेर बिदेसिँदै छु भने मलाई निर्वाचनको के पर्वाह ?’ विमानस्थलभित्र भेट्टिएका खातीले भने, ‘अब रेमिट्यान्स रकम सदुपयोग भएमात्र पुग्छ ।’
नेपाल वायुसेवा निगमको जहाजबाट राति ११.२० बजे दोहा जाँदै गरेका खातीले स्वदेशमै दैनिक घर खर्चसम्म चल्ने काम पाइदिएको भए यसरी तिहारकै दिन घर छोडेर बिदेसिनुनपर्ने तीतो यथार्थ सुनाए । सोही उडानबाट वैदेशिक रोजगारीका लागि दोहा जाँदै गरेका अर्का कामदार भुवनबहादुर सुनारले पनि अहिले आफूलाई आगामी निर्वाचनको भन्दा सुरक्षित रोजगारीको चिन्ताले सताइरहेको बताए ।
पहिलो पटक जन्मभूमि र घरपरिवार छोडेर बिदेसिदै गरेका भुवनले पनि स्वदेशमै रोजगारी पाएको भए अर्काको देसमा जानै नपर्ने धारणा राखे । उनले अब आफूहरूलाई निर्वाचनमा भोट हाल्न पाइएन भन्दा पनि विभिन्न देशबाट भित्रिएको रेमिट्यान्स रकमको सही सदुपयोग हुनुपर्छ भन्ने चिन्ता भएको बताए । विमानस्थलमै भेट्टिएका अर्का कामदार रमेश खतिवडाले पनि आगामी संविधानसभाको निर्वाचनका लागि भोट माग्दै गरेका नेताहरूलाई रेमिट्यान्स रकम स्वदेशमै रोजगारी हुने खालका विकास निर्माणमा खर्च गर्न आग्रह गरे । हाल वैदेशिक रोजगारीका लागि मात्र दैनिक २ हजारको संख्यामा विमानस्थलबाट बाहिरिँदै गरेका अधिकांशले स्वदेशमै रोजगारी र रेमिट्यान्स रकम सदुपयोग हुनुपर्ने बताएका छन् ।
आगामी निर्वाचनका लागि एकीकृत माओवादी, नेपाली कांग्रेस र एमालेलगायत प्रमुख तीन ठूला राजनीतिक दलले आङ्खनो चुनावी घोषणापत्रमा मुलुकभित्रै रोजगारी सिर्जना गरी वैदेशिक रोजगारीलाई निरुत्साहित गर्ने महŒवकांक्षी योजना अघि सारेका छन् । तर पनि वैदेशिक रोजगारीका लागि बाहिरिँदै गरेकाहरूले चुनावभन्दा आफ्नै रोजीरोटीलाई प्राथमिकतामा पारेका छन् ।
मुलुकभित्रै रोजगारी स्थापनालाई प्राथमिकता राखेका राजनीतिक दलले आन्तरिक श्रम बजारलाई व्यवस्थित बनाएर वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्ने योजना अघि सारे पनि अहिले विमानस्थलबाट कामको खोजीमा हिँड्नेहरूले दलका नेताले बोलेका कुरामा विश्वास नै गर्न नसकिने उनीहरूको भनाइ छ ।  यसअघि, पहिलो संविधानसभामा सबैभन्दा ठूलो दल बनेको एमाओवादीले मुलुकमा रोजगारी नपाएपछि वार्षिक ठूलो श्रमश्रक्ति बिदेसिन बाध्य भइरहेको अवस्थामा देशमा श्रमिक र व्यवस्थापनबीच सौहार्दपूर्ण सम्बन्ध कायम गर्दै श्रमिकको हकहित संरक्षण गर्न विशेष ध्यान केन्द्रित गर्ने योजना आफ्नो घोषणापत्रमा समेटेको छ । एमाओवादीले देशभित्रै सम्मानजनक रोजगारीको व्यवस्था नभएसम्म वैदेशिक रोजगारीमा जानेको हकहित संरक्षण गर्न र उनीहरूमाथि हुने ठगी, शोषणको अन्त्य गर्न विशेष पहल गरिने प्रतिबद्धतासमेत जनाएको छ ।
उसले आगामी १५ वर्षमा देशभित्रै सबैलाई रोजगारीको व्यवस्था गरेर बेरोजगारीको अन्त्य र नेपाली युवा विदेशमा रोजगारीका लागि जानुपर्ने बाध्यताको अन्त्य गर्ने वस्तुसंगत कार्ययोजना पनि एमाओवादीले अघि सारेको छ । नेपाली कांग्रेसले पनि दीर्घकालीन रोजगारको स्वदेशमै सिर्जना गरी वैदेशिक रोजगारीमा जान निरुत्साहित गरिने प्रतिबद्धता आङ्खनो घोषणापत्रमा समेटेको छ । राज्य तहबाटै दक्ष र सीपयुक्त बनाउने संस्था निर्माण गरी प्रत्येक नागरिकलाई आफ्नो खुट्टामा उभिन सक्ने व्यावसायिक शिक्षाको प्रवद्र्धन गर्ने, तत्काललाई वैदेशिक रोजगारमा जाने व्यक्तिलाई सीपमूलक तालिमको व्यवस्था गरी दक्ष जनशक्तिका रूपमा पठाइने तथा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाइने प्रतिबद्धता उसले घोषणापत्रमा व्यक्त गरेको छ ।
वैदेशिक रोजगार ऐनमा व्यवस्था गरिएअनुसार ५ हजारभन्दा बढी नेपाली श्रमिक कार्यरत देशमा रहेका नेपाली दूतावासमा श्रम सहचारी नियुक्त गर्ने, राजदूतावासमा मर्कामा परेका व्यक्तिलाई सहयोग गर्न छुट्टै सहायता कक्षको व्यवस्था गर्ने, दूतावासमा महिलाको हक, हित र सुरक्षाका लागि विशेष व्यवस्था गर्नेजस्ता योजनालाई अहिले सबै दलले आफ्ना घोषणपत्रमा समेटेका छन् । सुरक्षित र मर्यादित वैदेशिक रोजगारीको पक्षमा आङ्खनो प्रतिबद्धता सबै दलका घोषणापत्रमा समटिए पनि अझै विमानस्थलबाट बाहिरिनेहरूले सजिलै पत्याउन सकिरहेका छैनन् ।

Wednesday, November 6, 2013

बोझ बन्यो संशोधित मापदण्ड तारे होटललाई

काठमाडौं,२० कात्तिक–  नेपालका विभिन्न स्थानमा सञ्चालनमा रहेका तारे होटलहरुमध्ये ३१ वटा होटलहरु मापदण्ड बाहिर परेका छन् । सरकारले संशोधनसहितको नयाँ मापदण्ड लागु गरेपछि उक्त होटलहरु मापदण्ड बाहिर परेका हुन् । डेढ दशकपछि सरकारले होटल मापदण्ड संशोधन गरी लागु गरेको छ ।

हाल नेपालमा १ सय ५ वटा तारे होटलहरु सञ्चालनमा रहेका छन् । नयाँ मापदण्डअनुसार अधिकांश तारे होटलहरुले सेवा-सुविधाहरु विस्तार गर्नुपर्ने भएपनि ३१ वटा होटलहरुले कोठाहरु समेत थप गर्नुपर्ने भएको छ । मापदण्डअनुसार मुलुकभित्र रहेका १० वटा पाँचतारे होटलमध्ये काठमाडौंमा रहेको होटल मल्ल र पोखरामा रहेको होटल ग्रान्डले कोठासहित सेवा-सुविधाहरु थप्नुपर्ने छ ।
त्यसैगरी, २७ वटा तीनतारे होटलमध्ये १३ वटा, ३५ वटा दुईतारे होटलमध्ये १४ वटा र ३१ वटा एकतारे होटलमध्ये २ वटा मापदण्डबाहिर परेका छन् । मापदण्ड बाहिर परेका यी होटलहरुले पहिलो चरणमा कोठाहरु थप्नुपर्ने भएको छ भने अन्य सेवा सुविधाहरु पनि थप्नुपर्ने भएको छ ।
सरकारले सार्वजनिक गरेको मापदण्डअनुसार एकतारेमा २०, दुईतारेमा ४०, तीनतारेमा ६०, चारतारेमा ८०, पाँचतारेमा १ सय र पाँचतारे डिलक्समा २ सयवटा सुत्ने कोठा अनिवार्य हुनुपर्नेछ । यसअघि, ०५५ सालमा तोकिएको मादपण्डअनुसार एकतारेमा १५ कोठा, दुईतारेमा २०, तीनतारेमा ३०, चारतारेमा ५० र पाँचतारेमा ७० कोठा भए पुग्थ्यो ।
पाँचतारे होटल हृयात रिजेन्सी, र्‍याडिसन र सोल्टी होटलले नयाँ मापदण्डले तोकेका अधिकांश सर्त पालना गरेका छन् । २ सयभन्दा बढी कोठा भएकाले यी होटलले डिलक्समा स्तरोन्नति पाउने सम्भावना समेत रहेको छ ।

यस्ता हुनुपर्छ सुविधाहरू
नयाँ मापदण्डअनुसार होटलहरुले भौतिक सुविधा, सार्वजनिक क्षेत्र, खाद्यपदार्थ, हाउस किपिङ, सेवाको स्तर, सुत्ने कोठा, पार्किङ, लबी, सुरक्षालगायतमा थप सुविधा दिनुपर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । त्यस्तै, सबै तारे होटलमा सुरक्षाका लागि सीसीटीभी हुनुपर्ने, ढोका बन्द विद्युतीय माध्यमबाट हुनुपर्ने, पाँचतारे र डिलक्समा स्पा सुविधा अनिवार्य हुनुपर्ने, डिलक्समा ५ वटासम्म रेस्टुराँ हुनुपर्नेलगायतका सुविधाहरु थप गर्नुपर्ने व्यवस्था लागू गरिएको छ । मापदण्डअनुसार एकतारे होटलका कोठा १ सय ६९ वर्ग फिटको हुनुपर्छ । एकतारे होटलमा कम्तीमा २५ वटा गाडी अटाउने पार्किङस्थल हुनुपर्नेछ । पाँचतारे डिलक्समा २ सय ५० वर्गफिट क्षेेत्रफलका कोठा हुनुपर्नेछ । त्यस्तै, जम्मा कोठा क्षमताको २५ प्रतिशतभन्दा बढी सवारी पार्किङ स्थल हुनुपर्नेछ ।

Saturday, November 2, 2013

कारोबार मिठाइ, मसला र झिलिमिली बत्तीको


मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, १३ कात्तिक
आगामी शुक्रबारदेखि सुरु हुने यमपञ्चक (तिहार)  नजिकिँदै गर्दा अहिलेदेखि नै बजारमा मसलाजन्य बस्तुहरु र विभिन्न स्वादका मिठाइका परिकार खरिद विक्री गर्नेहरुको चहल पहल भईसकेको छ । सर्बसाधारण बजार पसेर अहिल्यैदेखि नै तिहारलाई आवस्यक भाई मसलाको जोहो गर्न थालिसकेका छन ।  हिन्दु नेपालीहरुका घर आ“गनमा पाइला टेकिसक्नै लागेको तिहारमा आ–आफ्ना दाजुभाई र दिदिबहिनीलाई मन पर्ने मसला, फलफुल, मिठाई र आकर्षक उपहार दिने प्रचलन छ ।  मखमली र सयपत्री मालाले सम्पूर्ण वातावरण सुसज्जित हुने यस पर्वमा भाई मसला, विभिन्न परिकारका मिठाई, गृहसज्जाका सामान, रंगीचंगी बत्ती र फलफूलको बढी कारोबार हुने गर्दछ । त्यसैले अहिलेदेखि नै तिहारमा दिदीभाई र दाजुबहिनीका उपहार, झिलिमिली सामाग्री लगायतका किनमेलले बजारलाई निकै तताउ“न थालिसकेको सम्बन्धीत व्यवसायीहरुले बताएका छन् । तिहारका सामाग्री कारोबारमा समलग्न व्यवसायीहरुले उपभोक्तालाई आफ्ना पसलमा तान्न विभिन्न आकर्षक उपहार एवं छूट दिने योजना ल्याएका छन ।
राजधानी लगायत मुलुकभरका विभिन्न स्थानका मुख्य शहर स्थित तिहार बजारमा अहिले विशेÈगरि तिहारमा प्रयोग हुने वस्तुहरु देउसी खेल्न आवस्यक मादलदेखि मैनबत्ती, ढाकाटोपी, फूल, सप्तरंगी टीका, झिलिमिली बत्ती, पाला, विभिन्न स्वादका मिठाईका परिकार र भाई मसलाका सामग्रीको व्यापार दैनिक रुपमा बढ्दै छ । अहिले यि बस्तुहरुको मुल्य पनि विगतका वर्षहरुमा भन्दा दोब्बर बृद्धि भएको अधिकाँश उपभोत्ताहरुको भनाई छ ।  तिहारमा  मात्रै हरेक वर्ष करिब २२ करोड रुपैया“ बराबरको झिलिमिली बत्ती खपत हुने गरेको नेपाल विद्युतीय सामाग्री व्यवसायी महासंघले जनाएको छ । महासंघका अध्यÔ गोविन्दप्रसाद क“डेलले यस्ता सबै भिलिमिली बत्ती दशैं र तिहार बीचको १५ दिनभित्र आयात हुने गरेको बताए ।  यस पर्वमा हुने झिलिमिली बत्तीको खपत वर्Èेनी बढ्दै गए पनि अहिलेसम्म नेपालमा यस्ता सामाग्री उत्पादन हुन नसकेको उनले जानकारी दिए । पा“च वर्Èअघिसम्म अधिकाँश यस्ता बस्तुहरु छिमेकी मुलुक भारतबाट आयात हुने गरेकोमा अहिले भने त्यसको ९५ प्रतिशत बजार चिनिया“ सामानले ओगटेको उनले जानकारी दिए । वर्षकै सबैभन्दा धेरै कारोबार हुने दसैं र तिहार जस्ता ठूला चाडपर्वको अवसरमा यहाँको बजार निकै अनियन्त्रित हुने गर्दछ ।  उपभोक्ताहरुको अत्यधिक भिडभाड र बढी कारोबार हुने बेलामा कालाबजारियाहरुले मौकाको फाइदा उठाउँदै सर्बसाधारण ठग्ने गरिरहेपनि अझैसम्म सरकारले अनियन्त्रीत बजारको मुल्य बृद्धि रोक्ने प्रयास गरेका छैनन । यसैगरि उपभोक्ता अधिकारकर्मीहरु एवं आगामी ४ मंसिरमा हुने दोस्रो संविधानसभाको निर्वाचनकालागि भोट मागिरहेका विभिन्न राजनीतिक दलका नेताहरुले पनि अहिलेको सर्बसाधारणले थेग्नै नसक्नेगरि अकासिएको महँगी नियन्त्रणमा ध्यानै दिएका छैनन् ।  जसका कारण अहिले  बजारमा नक्कली, अखाद्य बस्तु तथा अवैध सामानले प्रश्रय पाएको देखिन्छ । यस्ता गुणस्तरहीन, कमसल र स्वास्थ्यकर हानिकारक सामानले उपभोत्तालाई मात्र होइन सक्कली र गुणस्तरीय सामान कारोबारमा समलग्न विक्रेताहरुलाई समेत नोक्सानी  पु¥याएको सम्बन्धीत सरोकारवालाहरुको भनाई छ  ।
राष्ट्रिय उपभोत्ता मञ्चका अध्यÔ प्रेमलाल महर्जनले बजारमा अखाद्य वस्तु छयापछयाप्ती विक्री भइरह“दा पनि सम्बन्धित निकायले अहिलेसम्म केही गर्न नसकेको बताए । उनले वर्षकै सबैभन्दा बढी मिठाई, भाई मसला र फलफलको कारोबार हुने तिहारमा सरोकारवाला निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, वाणिज्य विभाग र आपूति मन्त्रालयले बजार अनुगमन गर्ने कार्यलाई तीब्र बनाउनु पर्नेमा सो नभएको दावी गरे । तीन महिना अघि खाद्य नमूना संकलन गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अहिलेसम्म प्रतिवेदन दिन नदिन सकेको छैन भन्दै उनले अब सम्बन्धीत निकाएले बजार अनुगमन गर्ने कार्यलाई तिब्रता दिनुपर्ने बताए ।  खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भने  यसपालीको  तिहार बजारलाई अहिलेदेखि नै राजधानीका विभिन्न स्थानमा दुइओटा समूह बनाएर अनुगमन गरिरहेको दावी गरेको छ ।  बजार अनुगमनमा खट्टिएका अनुगमनकर्ताहरुले  उपत्यकाका विभिन्न स्थानमा बेच्न राखेका मिठाई लगायत अन्य खाद्य बस्तुहरुको गुणस्तर परीÔण गर्दै आएको विभागले जनाएको छ ।  उपभोत्ता अधिकारकर्मी संस्थाका प्रतिनीधिहरुले भने विभागको परम्परागत पुरातन शैलीको अनुगमन कार्य  प्रभावकारी हुन नसकेको बताईरहेका छन । अहिले तिहारलाई लÔित गरेर ठुला डिपार्टमेण्टल स्टोरदेखि स–साना खुद्रा पसलले समेत माटामा पालादेखि झिलिमिलि बत्ती लगायत भाई मसला र मिठाईका परिकार आकर्षक ढंगले सजाएर राख्न थालिसकेका छन । केही वर्Èअघिसम्म शहरी Ôेत्रमा मात्रै यस्ता बस्तुहरु पाइन्थे भने अहिले शहरबाट धेरै टाढाका गाउ“गाउ“मा पनि तिहारका सामानहरु सहजै पाउन सकिन्छ । साना व्यापारीदेखि थोक विक्रेता र वितरकले पनि तिहारको बेलामा साबिकभन्दा पा“च गुणासम्म बढी सामान विक्री गर्ने गरेको सम्बन्धीत व्यवसायीहरु बताउ“छन् । साना खुद्रा व्यवसायीका लागि पनि वर्Èकै  सबैभन्दा बढी सामान विक्री हुने समय तिहार नै भएको उनीहरुको भनाई छ । यसैगरि तिहारमा सबैभन्दा बढी विक्री हुने बस्तु मिर्ठाई हो । मसला लड्डू, बर्फी, लाखामरी, अनरसा यस अवसरमा सबैभन्दा बढी विक्री हुने मिठाई हुन् ।
जसका कारण अहिले देखि नै स–साना ठूलाखालका सबै मिठाई पसलहरुमा विभिन्न परिकार बनाउने कामको चापाचाप छ । अहिले राजधानीका नाम चलेका मिठाई भन्डारहरु राम भण्डार, मोहन भण्डार, दूध सागर, राज भण्डार, सजन गोठ, अनमोल, आ“गन, कन्हैया, रामेश्वरम् लगायतका लागि ब्राण्डको रुप लि“दै गएका पसल हुन् । त्रिपुरेश्वर स्थित आ“गन मिठाई शपका मेनेजर अनिलकुमार गुप्ताले यसवर्ष सबै सामानको बजारभाउ विगतका वर्षहरुमा भन्दा निकै बढी भएकाले उपभोत्ताको माग अनुसार सामान उपलब्ध गराउन मुस्कील  भइरहेको बताए । अहिले यहा“ विभिन्न ६०प्रकारका विभिन्न स्वादका  मिठाई पाउन सकिने जानकारी दिँदै उनले आ“गनको कारोबार वार्Èिक १५ प्रतिशतले बढेको बताए
उनले अहिले आफ्नो पसलमा मात्र नभएरु राजधानीका सबै डिपार्टमेण्टल स्टोरमा उपभोत्ताको भीड देखिएको बताए । अहिले असन, इन्द्रचोकमा मात्र होईन काठमाडौं मल,भाटभटेनी , ब्लूबर्ड, सिटी सेण्टर लगायतका  डिपार्टमेण्टल स्टोरहरुमा पनि तिहारमा प्रयोग गरिने विभिन्न सामानको ठूलै भण्डारण देख्न सकिन्छ । तिहारको मौका छोप्दै डिपार्टमेण्टल स्टोर एवं सपिङ मलहरुले विभिन्न सामान स्टलमा राखेका छन् । यस्ता स्टोरले सामान खरीदमा विशेÈ छूट र आकर्षक अफरको व्यवस्था गरेको पाइन्छ । भाटभटेनी सुपर मार्केटमा मात्रै तिहारका लागि २० किसिमका मसला राखिएको छ । यस्ता सामानहरुको मूल्य ८० रुपैया“देखि २५ सयसम्म पर्ने सो सुपरमार्केटले जनाएको छ । तिहारको पा“च दिनमा अन्य बेला भन्दा १० गुणा बढी उपभोक्ता आउने गरेको त्यहाँका व्यवसायीहरु बताउँछन । ती व्यवसायीहरुले तिहारमा मात्र अर्बौं रुपैया“ बढीको मिठाई र मसला विक्री हुने बताएका छन । यसैगरि  तिहारको समयमा काठमाडौं उपत्यकामा मात्र करीब ४० करोडको मिठाइको कारोबार हुने उनीहरुको अनुमान छ । नरिवल, काजु, किसमिस, पेस्ता, बदामजस्ता विभिन्न किसिमका स्वादिष्ट मसला तिहारमा दाजुभाइका लागि सम्पूर्ण सामग्री समावेश गरिएको भाइमसला उपलब्ध छन् । जसका लागि सबैभन्दा प्रसिद्ध किनमेलको थलो काठमाडौंको असन Ôेत्र हो । पहिले पहिले सानो प्याकेटमा आउने भाइमसला अहिले डालो स्पेशल, टोकरी स्पेशल जस्ता नाममा २ हजार ५ सय रुपैया“सम्मका प्याकेट बजारमा आएका छन् ।

जिउँदो माछाको आकर्षण बढ्दो


काठमाडौ, १२ कात्तिक –आफ्नो घर, टोल र शहरका विभिन्न स्थानमा सजिलै पानीमा पौडिरहेका ताजा माछा पाउन थालेपछि अहिले राजधानी लगायत मुलुकभरका उपभोक्ताबीच जिउँदो माछाको आकर्षण बढ्न थालेको छ ।
उपभोक्ताले पसलमै सफा पानीमा पौडिरहेका ताजा माछा देखेर बढी खान थालेको र  यसरी राखिएका माछा बिक्रीबाट राम्रो आम्दानी हुन थालेपछि अहिले काठमाडौका व्यवसायीबीच पनि जिउँदो माछा कारोबार गर्ने आकर्षण बढेको छ । सोही आकर्षणसँगै मंगलबारदेखि राजधानीको गोंगबु स्थित सामाखुसी रोडमा ‘ नमुना जिउँदो माछा सप्लायर्स’ सञ्चालनमा आएको छ । चितवन नेपाल मत्स्य व्यवसायी संघका केन्द्रिय महासचिव अम्बिका प्रसाद अधिकारी, यातायात व्यवसायी पुरुषोत्तम सिंखडा र सामाखुसीकै स्थानीय व्यवसायी राकेश खड्गीले १० लाख रुपैयाँको संयुक्त लगानीमा यस नयाँ जिउँदो माछा पसल सञ्चालनमा ल्याएका हुन ।  सो माछा पसलमा दिनभार जिउँदो माछा खरिद गर्नेहरुको बाक्लो भीड लागेको थियो । तिहार र छठ पर्वलाई लक्षित गरि सञ्चालयमा ल्याईएको यस माछा पसलमा अहिले पोखरीमा पौडिरहेका जिउँदो माछा प्रतिकेजी ४ सय ५० र ताजा माछा प्रतिकेजी ३ सय ५० रुपैयाँमा धमाधम विक्री भइरहेको छ । यो पर्व विशेष छुटको अफर आगामी छठसम्म रहने सो सप्लायर्सले जनाएको छ । नमुना जिउँदो माछा सप्लायर्सका सञ्चालक पुरुषोत्तम सिंखडाले यस स्थानमा दैनिक २ सय केजी जिउँदो माछा अक्सिजन जडित पोखरीमा राखेर विक्री गर्ने क्षमता भएको जानकारी गराए ।
अर्का सञ्चालक एवं नेपाल मत्स्य व्यवसायी संघका महासचिव अधिकारीले यो नयाँ पसलसँगै अहिलेसम्म राजधानीका विभिन्न स्थानमा करिब २० ओटा भन्दाबढी जिउँदो माछा पसल सञ्चालित रहेको बताए । विगत साढे २ वर्षदेखि यो प्रविधी नेपाल भित्रिएको जानकारी दिँदै उनले हाल १२ बिगाहा भन्दाबढी क्षेत्रफलमा आफुले माछा पालन व्यवसाय सञ्चालन गरिरहेको बताए । अहिले यस प्रविधीप्रति नेपालीहरुको आकर्षण निकै बढ्न थालेको बताउँदै अधिकारीले भने, ‘ भारतबाट आउने मरेका माछा छाडेर यहाँका उपभोक्ताले यस्तो स्वस्थकर ताजा माछा  नै मनपराउन थालेका छन’ । उनले मत्स्य व्यवसायी संघले पनि आगामी ५ वर्षभित्रमा नेपाललाई माछामा आत्मनिर्भर बनाउने लक्ष्य लिएको बताए ।  उनले भारतबाट ‘फर्मालिन’ नामक मानव स्वास्थ्यमा हानिकारक औÈधी राखेर ल्याइएका मरेका माछा खान बाध्य उपभोक्ताले अब आफ्नै हातले पानीमा खेलिरहेका जिउँदा माछा मनपराउन थालेको बताए । जसका कारण अहिले यहाँका व्यवसायी पनि जिउँदो माछा विक्रीमा समलग्न हुन थालेको उनको भनाई छ । उनले अहिले चितवन, पोखरा, नुवाकोट र अन्य स्थानका किसानहरुले पनि  यस्तो प्रविधीमा आधारित जिउँदा माछा पालन व्यवसायमा थप लगानी गर्न लागेको बताए । अहिलेसम्म चितवनका कृषि फर्मबाट ल्याएका माछा बिक्रीकेन्द्रमा तयार गरिएको कृतिम पोखरीमा तीन÷चार दिनसम्म जिउ“दै राख्न सकिने उनले जानकारी दिए ।

महँगी नियन्त्रणको एजेन्डा लिएर आउन मतदाताको सुझाव

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, ११ कात्तिक
आगामी ४ मंसिरमा हुने दोस्रो संविधानसभा निर्वाचनको समय नजिकिंदै गर्दा अहिले राजधानी लगायत मुलुकभरका सर्बसाधारण मतदाता आफ्ना घर दैलोमा आइपुगका विभिन्न दलका नेतालाई थेग्नै नसकिनेगरि अकासिएको महँगी नियन्त्रण गर्ने एजेन्डा लिएर आउन सझाव दिईरहेका छन । उनीहरुले दैनिक असोभाविक रुपमा बढ्दै गरेको महँगीले भान्सा चलाउनै मुस्कील भईरहेका बेला तामझामसहित भोट माग्न घर दैलोमा आइपुगेका नेतालाई सर्वप्रथम दीर्घकालिन रुपमा महँगी नियन्त्रण र अन्य विकास निर्माणका एजेन्डा ल्याउन सुझाव दिएका हुन । 
अहिलेसम्म विभिन्न दलले सार्वजनिक गरेका चुनावी घोषणापत्रमा बढ्दो महँगी नियन्त्रण गर्ने आवाज नआएको भन्दै उनीहरुले यस्तो सुझाव दिएका हुन । भोट माग्दै गोंगबु पुगेका काठमाडौ क्षेत्र नं. ६ का एकिकृत माओवादी युवा नेता हिमाल शर्मासँग सोमबार त्यहाँका मतदाता गोकुल श्रेष्ठले महँगी नियन्त्रणलाई पनि सँगै लिएर आउन आग्रह गरे ।  उनले अहिलेसम्म विभिन्न दलले सार्वजनिक गरेको घोषणापत्रमा आर्थिक उन्नती र विकास निर्माणलाई निकै प्राथमिक्तामा राखेर व्यापक प्रचार प्रसार गरिएपनि मतदाताले प्रत्यक्ष रुपमा भोगिरहेका महँगी नियन्त्रणको विषमा भने कसैले सामान्य कुरा पनि नगर्नु निकै दुःखद् भएको बताए ।  अहिले सर्बसाधारणको चुलोमा आगो बल्नै नसकिने गरि चुलिएको दैनिक उपभोग्य बस्तुको मुल्य नियन्त्रण गर्ने काम नै सबैभन्दा राम्रो हो भन्दै उनले चुनाव प्रचारकालागि आफ्ना घर दैलोमा आएका सबै नेतालाई महँगी नियन्त्रणको एजेन्डालाई विशेष प्राथमिक्तामा राखेर आउन आग्रह गरेको बताए ।  यसअघि २०६४ साल २८ चैतमा सम्पन्न संविधानसभाको पहिलो निर्वाचनपछि अहिले महँगी दुईसय प्रतिशतले बृद्धि भइसकेपनि कुनै दलका घोषणापत्र एवं प्रतिवद्धतामा महँगी नियन्त्रणको आवज नआउनु दुःखद् भएको बताउँदै श्रेष्ठले भने, ‘ अस्वभाविक रुपमा चुलिएको दैनिक उपभोग्य बस्तुहरुको मुल्य नियन्त्रण गर्न दलहरुले सामुकि प्रतिवद्धता गर्नुपर्छ’।  लामो समयदेखि जारी राजनीतिक अस्थिरता एवं संक्रमणकालिन अवस्थाको फाइदा उठाउँदै कालाबजारियाले खुलेआम बढाउँदै गरेको महँगी नियन्त्रणमा दलहरुले एउटै नीति ल्याउनु आवस्यक भएको उनको भनाई छ । सामाखुसीका अर्का मतदाता हरिशरण आचार्य पनि काठमाडौ क्षेत्र नं. ६ का एमालेका युवा उमेदार योगेश भट्टराईसँग बढ्दो महँगी नियन्त्रणको नारालाई चुनावी मुख्य एजेन्डा बनाउन सुझाव दिईरहेका थिए । उनले विगत ४÷५ वर्षदेखि सर्बसाधारणले थेग्नै नसक्नेगरि चुलिएको मुल्यबृद्धि नियन्त्रणकालाई  ध्यानै नदिने तपाइँहरुजस्ता नेताहरु हामीलाई के काम भनेर सुझाव दिएर पठाएको बताए ।
सर्बसाधारणको ढाड सेक्नेगरि  हरेक बस्तुमा असोभाविक रुपमा अकासिएको मुल्य बृद्धि नियन्त्रण गर्न अहिलेसम्म कुनै राजनीतिक दल र तिनका भातृसंगठनहरु एवं सरकारले केही नगरेकाले बताउँदै आचार्यले भने, ‘ चुनावी प्रचारात्मक घोषणापत्रमा समेत दलहरुले महँगी नियन्त्रणको विषयमा केही ध्यान नदिएपछि अझै अधिकाँश उपभोक्ता महँगीको मार खेप्न बाध्य हुने छन ’ ।  उनले दैनिक रुपले बढ्दै गरेको महँगीको मार सर्वसाधारण उपभोक्तालाई मात्र नभएर अहिले निकै तामझामकासाथ भोट माग्दै गरेका नेता र उनीहरुका घर–परिवारले पनि खेप्नुपर्ने बताए ।
निकै तडकभडककासाथ नजिकिँदै गरेको निर्वाचनकालागि विभिन्न दलका नेताहरु आमसभा, मोटरसाइकल ¥याली, पर्चापम्प्लेट एवं घरदैलोमै पुगेर आ–आङ्खना पÔमा भोट मागिरहेका बेला चर्को महँगीको मार खेप्न बाध्य श्रेष्ठ र आचार्य त प्रतिनीधी पात्र मात्र हुन । उनीहरुजस्ता हजारौं भोका÷नाङ्गा मतदाताहरुले यसरी नै आफ्ना घर दैलोमा भोट माग्न आउने नेताहरुलाई थेग्नै नसक्ने महँगी नियन्त्रणको एउटै साझा नीति बनाउन सुझाव दिईरहेका छन । काठमाडौ क्षेत्र नं. ७, गोलढुँगाका मतदाता दिनेश पुतुवारले पनि आफ्नो टोलमा आइपुग्ने हरेक नेताहरुलाई महँगी नियन्त्रणको एजेन्डा लिएर आए मात्र यहाँका जनताले भोट दिने सुझाव दिएर पठाईरहेका बताए । उनले खेती गर्ने जमिन नै नभएको ठाउँमा समेत कृषि र ठुला विकास निर्माणका काम गर्छु भन्दै निकै महत्वकांक्षी आश्वासन दिन आउने नेतालाई  सर्बप्रथम थेग्नै नसकिने महँगी नियन्त्रणको अभियानमा सरकारलाई साथ दिन आग्रह गरेको बताए । उनले अहिले हामीलाई दिनभर मरिमेटर काम गर्दा पनि दैनिक सामान्य घर खर्च चलाउँनै मुस्कील परिरहेका बेला सहुलियत दरमा खाद्य बस्तु पाउनुभन्दा यहाँका मतदातालाई केही महत्वपूर्ण नहुने दावी गरे । 
अहिले विभिन्न दलका नेताहरुले चुनावी प्रचारमा उठाएका एजेन्डा एवं देखाएका गतिविधीहरु यहाँ प्रचलित उखान जस्तै भएको छ ।  ‘कामकुरो एकातिर, कुम्लो बोकी ठिमीतिर’। भने झैं अहिले यो उखान आगामी मंसिर ४ मा हुने निर्वाचनका उमेदारहरुलाई ठ्याक्कै त्यस्तै गरि लागु भएको छ । राजधानी लगायत मुलुकभरका विभिन्न स्थानको चुनावी क्षेत्रमा पुगेर आ–आङ्खना पÔमा भोट मागिरहेका नेताहरुले अहिले सो उखान कै शैली अपनाईरहेको अधिकाँश मतदाताको भनाई छ । थेग्नै नसकिने महँगीको मारमा पीडित सर्वसाधारण मतदाताहरुलाई अहिले चेलोमा आगो बाल्न आवस्यक बस्तुहरु नै मुख्य बनेको उनीहरुको तर्क छ ।  २०६४ मा भएको संविधानसभाको पहिलो निर्वाचनबाट पटक–पटक समय थप्दा पनि संविधान निर्माण हुन नसकेपछि अहिले दोस्रो पटक संविधानसभा निर्वाचन हुन लागेको हो । अझै नेताहरुले जनभावना बुझन नसकेको अधिकाँश मतदाताहरुको गुनासो छ । ठमेलका मतदाता रविन्द्र मानन्धरका अनुसार यसपाली आफ्ना दललाई जिताउनुभयो भने आगामी एक वर्Èभित्र संविधान बनाउन कसम खा“दै जनतामा भोट माग्न हि“डेका नेताहरु यतिबेला बढ्दो महँगी नियन्त्रणका कुरा बिर्सिएर बाटो, पुल, विद्यालय, पानीको धारो, विजुली र ढल निकास, सिचाइ आयोजना बनाइदिने आश्वासन बा“ड्नमा नै व्यस्त छन् । गाउ“ टोलमा पुगेर आमसभा गर्दा मात्र होइन प्रचारका लागि टाँसिएको पोष्टर तथा पम्प्लेटहरुमा समेत ती उम्मेदारले महँगी नियन्त्रण र संविधान निर्माणको कुरालाई भन्दा आ–आफ्ना जिल्ला र आफ्नै गाउँटोलको भौतिक पूर्वाधार विकासमा जोड दिएका छन् ।

पाँच वर्षभित्र २० लाखबढी पर्यटक भित्राउने दलहरुको घोषणा

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, ९ कात्तिक
आगामी ४  मंसिरमा हुने संविधान सभाको निर्वाचनकालागि विभिन्न दलहरुले सार्वजनिक गरेको घोषणापत्रमा पर्यटनलाई निकै प्राथमिक्तामा राखेर व्यापक प्रचार प्रसार गरिरहेका छन । विभिन्न राजनीतिक दलका उमेदार एवं कार्यकर्ताहरुले यसपाली पर्यटनलाई पनि आर्थिक विकासको मुख्य आधार भन्दै जनमत हत्याउने प्रयार गरिरहेका छन । मुलुकको राष्ट्रिय ध्वजाबहाक नेपाल वायुसेवा निगम जिर्ण भई हवाई सेवा खुम्चिएको बेला अहिले दलहरुले चुनावी प्रचारमा पर्यटनलाई निकै महत्व दिएका छन ।
अहिले मुस्कीलले  वार्षिक साढे ७ लाख पर्यटक भित्रिएको अवस्थालाई मध्येनजर गर्दै तीनओटा ठुला दल नेकपा एमाले, नेपाली काँग्रेस र एकिकृत माओवादी लगायत विविभन्न दलहरुले आफ्नो चुनावी घोषणापत्रमा आगामी ५ वर्षभित्र २० लाई पर्यटक भित्राउने एउटै खालका महत्वकांक्षी  योजना अघि सारेका छन ।  तीन ठुला दल एमाले, काँग्रेस र एकिकृत माओवादीले आफ्ना चुनावी घोषणापत्रमा आगामी ५ वर्षभित्र २० लाई पर्यटक भित्राउने लक्ष्यलाई निकै महत्व दिएका छन । जसले कछुवाको गतिमा अघि बढिरहेको मुलुकको पर्यटनले तिब्र फड्को मार्ने अपेक्षा गरिएको छ ।
नेकपा एमालेले सार्वजनिक गरेको चुनावी प्रचारात्मक घोणणापत्रमा पर्यटनलाई निकै महत्व दिएर मुलुकका विभिन्न गन्तब्यमा नयाँ ट्रेकिङ रुटको विकास गरी आगामी पाँच वर्ष (२०७५ साल) सम्ममा २० लाख पर्यटक भित्रायाउने निकै प्रभावशालि एवं महत्वकांक्षी  लक्ष्य राखेको छ । ‘साँस्कृतिक सहकार्यको संवर्धन, आन्तरिक र बाह्य पर्यटन प्रवर्धन’ भन्ने मुल नाराकासाथ एमालेले अघि सारेको घोषणापत्रमा मुलुकलाई जैविक र साँस्कृतिक विविधता, प्राकृतिक सौन्दर्य, जलवायु परिवर्तन र वन सम्पदाको अध्ययनको खुल्ला पुस्तकालयका रूपमा परिचित गराउँदै पर्यटन उद्योगको प्रवद्र्धन गर्ने भनेको छ । यसैगरि सरकार नियन्त्रित आरक्षण क्षेत्र तथा पार्क क्षेत्रलाई पर्यटन गन्तव्यको  रूपमा विकास गर्दै जाने र पर्यटन उद्योगको ठूलो सम्भावना रहेका मध्य तथा सुदूरपश्चिममा पर्यटन गन्तव्यको बिस्तारगरि अघि बढ्ने लक्ष्य लिएको छ । यसैगरि, रामग्राम, देवदह, लुम्बिनी र तिलौराकोटलाई समेटेर वृहत्तर लुम्बिनी विकास गुरु योजना निर्माण गर्ने , पशुपतिनाथ, रामजानकी मन्दिर लगायत धार्मिक पर्यटकीय केन्द्रको तीव्र विकास गर्ने लगायत विविध विधाका पर्यटन विकास गर्ने उद्घोष गरेको छ ।  स्थानीय समुदायको मौलिक कला, संस्कृति र परम्पराको संरक्षणका लागि विशेष सहयोग गर्ने, पर्यटक सुरक्षा, पर्यटन गन्तव्यको वातावरणीय संरक्षणमा विशेष ध्यान दिने, पर्यटन क्षेत्रको विकासबाट लाभान्वित हुन पाउने स्थानीय समुदायको अधिकारलाई सुनिश्चित गर्ने लगायतका जनचाहना अघि सारेको छ ।
यसैगरि ‘समृद्ध नेपाल सम्पन्न नेपाली’ भन्ने मुल नारकासाथ नेपाली काँग्रेसले पनि आफ्नो चुनावी घोषणापत्रमा आगामी दस वर्षमा नेपाल भित्रिने पर्यटकको संख्या वार्षिक २५ लाख पु¥याउने लक्ष्यकासाथ काम गरिने दावी गरेको छ । संख्यात्मक भन्दापनि गुणात्मक वृद्धिमा जोड दिईने लक्ष्यकासाथ गरिएको चुनावी प्रचारात्मक घोषणापत्रमा सुदूरपश्चिम तथा मध्यपश्चिम र तराईका धार्मिक तथा मनोरमस्थलहरुमा पर्यटकीय पूर्वाधार विकास गरी नयाँ पर्यटकीय गन्तव्य विकास गरिने, नयाँ पर्यटकीय आकर्षणका रुपमा शाहसिक खेल पर्यटन, चिकित्सा पर्यटन र चलचित्र निर्माण पर्यटन जस्ता क्षेत्रको प्रवर्धन गरिने उल्लेख छ । पर्यटन क्षेत्रलाइ युवा रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनको प्रमुख स्रोतको रुपमा विकास गर्ने सोचका साथ नेपाललाई आध्यात्मिक पर्यटन, पर्वतीय तथा साहसिक पर्यटनको विश्व गन्तब्यको रूपमा स्थापित गर्न पूर्वाधार बनाउनने दावी गरेको छ ।  यसैगरि, लुम्बिनी क्षेत्रका सबै धार्मिक, पुरातात्विक तथा पर्यटकीय स्थलहरूको पूर्वाधार विकास र वृहत्तर लुम्विनि क्षेत्र विकासका लागि हरेक वर्ष आवश्यक बजेट विनियोजन गरिने बताएको छ । बागमती नदीलाई स्वच्छ बनाउने, पशुपति क्षेत्रको पूर्वाधार सुधार गर्ने,सबै धार्मिक स्थलहरूलाई आध्यात्मिक पर्यटन केन्द्रका रूपमा विकास गर्न “धार्मिक स्थल पूर्वाधार विकास प्राधिकरण खडा गरिने उल्लेख छ । प्राधिकरणको कोषमा हरेक वर्ष सरकारले निश्चित रकम योगदान गर्ने र धार्मिक स्थलहरूमा भक्तजनले चढाएको भेटी पनि सोही कोषमा जम्मा गरेर पूर्वाधार विकासमा खर्च गरिने छ । पर्यटन विस्तारको लागि नेपालको जस्तै सस्कृति भएका देशहरु लाओस, कम्बोडिया, थाईल्याण्ड, बर्मा, दक्षिण भारतमा विशेष प्रचारात्मक कार्यक्रम गरिने महत्वकाँक्षी लक्ष्य लिएको छ ।
यसैगरि यातायात क्षेत्रको विकास र विस्तारमा हवाई–यातायातलाई पनि निकै प्राथमिक्तामा राखेर प्रचार गरेको देखिन्छ  । आगामी पाँच बर्ष भित्रमा दोस्रो अन्तराष्ट्रिय बिमानस्थल र बिराटनगर, पोखरा, जनकपुर, भैरहवा, नेपालगञ्ज र धनगढीमा दक्षिण एशियाली मुलुक भित्र उडान भर्न सक्ने क्षेत्रीय विमानस्थल निर्माण सम्पन्न गरिने काग्रेसको घोषणापत्रमा उल्लेख छ । त्यसैगरि, काठमाडौं स्थित अन्तराष्ट्ररिय विमानस्थलमा दोस्रो धावनमार्ग निर्माण र टर्मिनलको आधुनिकीकरण तथा क्षमता विस्तार गरिने उल्लेख छ ।  पर्यटन प्रवर्धन, बिकट हिमाली तथा पहाडी क्षेत्रमा पहूँच विस्तार र राष्ट्रिय सुरक्षा सुनिश्चित गर्ने दृष्टिकोणका साथ नेपाली कांग्रेसले  हवाई यातायात विकास कार्यक्रम संचालन गर्ने छ । आगामी पाँच बर्षभित्रमा काठमाडौं उपत्यकाको लागि बैकल्पिक आन्तरिक बिमानस्थल निर्माण सम्पन्न गर्ने, आगामी पाँच बर्ष भित्रमा देसभरका सबै विमानस्थलहरुको धावनमार्ग कालोपत्रे गरिने लक्ष्य लिएको छ ।
एकिकृत माओवादीको घोषणापत्रमा पनि नयाँ पदयात्रा माग विस्तार गरि पर्यटकीय गतिविधीलाई थप उचाइमा प¥याइँने उल्लेख छ । पर्यटनलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको रुपमा आफ्नो पार्टी नेतृत्वको सरकारले यसअघि नै औपचारिक मान्यता दिइसकेको भन्दै माओवादीले  पर्यटन क्षेत्रको विकासलाई विशेष महŒवका साथ अघि बढाइने बताएको छ । हिमाली तथा पर्वतीय पर्यटन, सांस्कृतिक÷धार्मिक, पर्या–पर्यटन, ग्रामीण पर्यटन, जलयात्रा, साहसीक पर्यटन, पदयात्रा पर्यटन, दृश्यावलोकन , स्वास्थ्य , शैक्षिक र खेलकुद पर्यटन लगायतका विविध रुपहरुको विकास गरी विदेशी तथा स्वदेशी पर्यटक  आकर्षित गर्ने नीति उसले लिइने बताएको छ ।  यसैगरि, उसले काठमाडौँ, पोखरा, चितवन, सगरमाथाभन्दा बाहिरका महŒवपूर्ण पर्यटकीय स्थलको विकास एवं विमानस्थल, होटेल जस्ता अत्यावश्यक पर्यटकीय पूर्वाधारहरुको तीव्र विकास गरि आगामी १० वर्षमा वार्षिक २० लाख पर्यटक भिœयाइने बताएको छ । उसले आफ्नो घोषणापत्र माफत निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुका साथै पोखरा, भैरहवा, विराटनगर, धनगढीमा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिने र  आगामी ५ वर्षमा थप ५ ओटा ठुला हवाईजहाज खरिद गरिने प्रतिवद्धता जनाएको छ ।
यसैगरि उसले बुद्धको जन्मस्थल लुम्बिनीलाई बौद्धमार्गीहरुको धार्मिक पर्यटनस्थल एवं अन्तर्राष्ट्रिय शान्ति केन्द्रको रुपमा विकास गरि लाखौँ पर्यटक भिœयाउने नीति लिइने बताएको छ ।  ऐतिहासिक र धार्मिक पर्यटन स्थल जनकपुरमा भौतिक पूर्वाधारको विकास गरि ठुलो संख्यामा धार्मिक पर्यटक आकर्षित गर्ने नीति लिएको माओवादीले अथाह सम्भावना बोकेको सुदुरपश्चिमको खप्तड, कर्णालीको रारा क्षेत्र र पश्चिमाञ्चलको ढोरपाटन क्षेत्रलाई महŒवपूर्ण पर्यटन स्थलका रुपमा विकास गर्ने दावी गरेको छ । त्यसरी उसले आन्तरिक धार्मिक÷ऐतिहासिक पर्यटन स्थलको रुपमा पूर्वको पाथिभरा, वराहक्षेत्र, हलेसी र पश्चिमको मनकामना–गोरखकाली, मुक्तिनाथ, स्वर्गद्वारी लगायको विकासमा विशेष ध्यान दिइने बताएको छ । त्यसैगरि, पर्यटनको प्रतिफल गाउँगाउँसम्म पु¥याउन ‘होमस्टे’ र नयाँ नयाँ टे«किङ रूटहरुको विकासमा विशेष ध्यान दिइने , हिमाल आरोहण लगायत पर्यटनबाट हुने आयको कम्तीमा ५० प्रतिशत रकम सम्बन्धित क्षेत्र र जनताको विकासका लागि खर्च गरिने नीति लिने बताएको छ । यसैगरि राप्रपा, तमलोपा लगायतका अन्य दलहरुले पनि उनीहरुको घोषणापत्रमा पर्यटनलाई विशेष महत्व दिएर प्रचार गरिरहेका छन ।