Saturday, November 2, 2013

पाँच वर्षभित्र २० लाखबढी पर्यटक भित्राउने दलहरुको घोषणा

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, ९ कात्तिक
आगामी ४  मंसिरमा हुने संविधान सभाको निर्वाचनकालागि विभिन्न दलहरुले सार्वजनिक गरेको घोषणापत्रमा पर्यटनलाई निकै प्राथमिक्तामा राखेर व्यापक प्रचार प्रसार गरिरहेका छन । विभिन्न राजनीतिक दलका उमेदार एवं कार्यकर्ताहरुले यसपाली पर्यटनलाई पनि आर्थिक विकासको मुख्य आधार भन्दै जनमत हत्याउने प्रयार गरिरहेका छन । मुलुकको राष्ट्रिय ध्वजाबहाक नेपाल वायुसेवा निगम जिर्ण भई हवाई सेवा खुम्चिएको बेला अहिले दलहरुले चुनावी प्रचारमा पर्यटनलाई निकै महत्व दिएका छन ।
अहिले मुस्कीलले  वार्षिक साढे ७ लाख पर्यटक भित्रिएको अवस्थालाई मध्येनजर गर्दै तीनओटा ठुला दल नेकपा एमाले, नेपाली काँग्रेस र एकिकृत माओवादी लगायत विविभन्न दलहरुले आफ्नो चुनावी घोषणापत्रमा आगामी ५ वर्षभित्र २० लाई पर्यटक भित्राउने एउटै खालका महत्वकांक्षी  योजना अघि सारेका छन ।  तीन ठुला दल एमाले, काँग्रेस र एकिकृत माओवादीले आफ्ना चुनावी घोषणापत्रमा आगामी ५ वर्षभित्र २० लाई पर्यटक भित्राउने लक्ष्यलाई निकै महत्व दिएका छन । जसले कछुवाको गतिमा अघि बढिरहेको मुलुकको पर्यटनले तिब्र फड्को मार्ने अपेक्षा गरिएको छ ।
नेकपा एमालेले सार्वजनिक गरेको चुनावी प्रचारात्मक घोणणापत्रमा पर्यटनलाई निकै महत्व दिएर मुलुकका विभिन्न गन्तब्यमा नयाँ ट्रेकिङ रुटको विकास गरी आगामी पाँच वर्ष (२०७५ साल) सम्ममा २० लाख पर्यटक भित्रायाउने निकै प्रभावशालि एवं महत्वकांक्षी  लक्ष्य राखेको छ । ‘साँस्कृतिक सहकार्यको संवर्धन, आन्तरिक र बाह्य पर्यटन प्रवर्धन’ भन्ने मुल नाराकासाथ एमालेले अघि सारेको घोषणापत्रमा मुलुकलाई जैविक र साँस्कृतिक विविधता, प्राकृतिक सौन्दर्य, जलवायु परिवर्तन र वन सम्पदाको अध्ययनको खुल्ला पुस्तकालयका रूपमा परिचित गराउँदै पर्यटन उद्योगको प्रवद्र्धन गर्ने भनेको छ । यसैगरि सरकार नियन्त्रित आरक्षण क्षेत्र तथा पार्क क्षेत्रलाई पर्यटन गन्तव्यको  रूपमा विकास गर्दै जाने र पर्यटन उद्योगको ठूलो सम्भावना रहेका मध्य तथा सुदूरपश्चिममा पर्यटन गन्तव्यको बिस्तारगरि अघि बढ्ने लक्ष्य लिएको छ । यसैगरि, रामग्राम, देवदह, लुम्बिनी र तिलौराकोटलाई समेटेर वृहत्तर लुम्बिनी विकास गुरु योजना निर्माण गर्ने , पशुपतिनाथ, रामजानकी मन्दिर लगायत धार्मिक पर्यटकीय केन्द्रको तीव्र विकास गर्ने लगायत विविध विधाका पर्यटन विकास गर्ने उद्घोष गरेको छ ।  स्थानीय समुदायको मौलिक कला, संस्कृति र परम्पराको संरक्षणका लागि विशेष सहयोग गर्ने, पर्यटक सुरक्षा, पर्यटन गन्तव्यको वातावरणीय संरक्षणमा विशेष ध्यान दिने, पर्यटन क्षेत्रको विकासबाट लाभान्वित हुन पाउने स्थानीय समुदायको अधिकारलाई सुनिश्चित गर्ने लगायतका जनचाहना अघि सारेको छ ।
यसैगरि ‘समृद्ध नेपाल सम्पन्न नेपाली’ भन्ने मुल नारकासाथ नेपाली काँग्रेसले पनि आफ्नो चुनावी घोषणापत्रमा आगामी दस वर्षमा नेपाल भित्रिने पर्यटकको संख्या वार्षिक २५ लाख पु¥याउने लक्ष्यकासाथ काम गरिने दावी गरेको छ । संख्यात्मक भन्दापनि गुणात्मक वृद्धिमा जोड दिईने लक्ष्यकासाथ गरिएको चुनावी प्रचारात्मक घोषणापत्रमा सुदूरपश्चिम तथा मध्यपश्चिम र तराईका धार्मिक तथा मनोरमस्थलहरुमा पर्यटकीय पूर्वाधार विकास गरी नयाँ पर्यटकीय गन्तव्य विकास गरिने, नयाँ पर्यटकीय आकर्षणका रुपमा शाहसिक खेल पर्यटन, चिकित्सा पर्यटन र चलचित्र निर्माण पर्यटन जस्ता क्षेत्रको प्रवर्धन गरिने उल्लेख छ । पर्यटन क्षेत्रलाइ युवा रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनको प्रमुख स्रोतको रुपमा विकास गर्ने सोचका साथ नेपाललाई आध्यात्मिक पर्यटन, पर्वतीय तथा साहसिक पर्यटनको विश्व गन्तब्यको रूपमा स्थापित गर्न पूर्वाधार बनाउनने दावी गरेको छ ।  यसैगरि, लुम्बिनी क्षेत्रका सबै धार्मिक, पुरातात्विक तथा पर्यटकीय स्थलहरूको पूर्वाधार विकास र वृहत्तर लुम्विनि क्षेत्र विकासका लागि हरेक वर्ष आवश्यक बजेट विनियोजन गरिने बताएको छ । बागमती नदीलाई स्वच्छ बनाउने, पशुपति क्षेत्रको पूर्वाधार सुधार गर्ने,सबै धार्मिक स्थलहरूलाई आध्यात्मिक पर्यटन केन्द्रका रूपमा विकास गर्न “धार्मिक स्थल पूर्वाधार विकास प्राधिकरण खडा गरिने उल्लेख छ । प्राधिकरणको कोषमा हरेक वर्ष सरकारले निश्चित रकम योगदान गर्ने र धार्मिक स्थलहरूमा भक्तजनले चढाएको भेटी पनि सोही कोषमा जम्मा गरेर पूर्वाधार विकासमा खर्च गरिने छ । पर्यटन विस्तारको लागि नेपालको जस्तै सस्कृति भएका देशहरु लाओस, कम्बोडिया, थाईल्याण्ड, बर्मा, दक्षिण भारतमा विशेष प्रचारात्मक कार्यक्रम गरिने महत्वकाँक्षी लक्ष्य लिएको छ ।
यसैगरि यातायात क्षेत्रको विकास र विस्तारमा हवाई–यातायातलाई पनि निकै प्राथमिक्तामा राखेर प्रचार गरेको देखिन्छ  । आगामी पाँच बर्ष भित्रमा दोस्रो अन्तराष्ट्रिय बिमानस्थल र बिराटनगर, पोखरा, जनकपुर, भैरहवा, नेपालगञ्ज र धनगढीमा दक्षिण एशियाली मुलुक भित्र उडान भर्न सक्ने क्षेत्रीय विमानस्थल निर्माण सम्पन्न गरिने काग्रेसको घोषणापत्रमा उल्लेख छ । त्यसैगरि, काठमाडौं स्थित अन्तराष्ट्ररिय विमानस्थलमा दोस्रो धावनमार्ग निर्माण र टर्मिनलको आधुनिकीकरण तथा क्षमता विस्तार गरिने उल्लेख छ ।  पर्यटन प्रवर्धन, बिकट हिमाली तथा पहाडी क्षेत्रमा पहूँच विस्तार र राष्ट्रिय सुरक्षा सुनिश्चित गर्ने दृष्टिकोणका साथ नेपाली कांग्रेसले  हवाई यातायात विकास कार्यक्रम संचालन गर्ने छ । आगामी पाँच बर्षभित्रमा काठमाडौं उपत्यकाको लागि बैकल्पिक आन्तरिक बिमानस्थल निर्माण सम्पन्न गर्ने, आगामी पाँच बर्ष भित्रमा देसभरका सबै विमानस्थलहरुको धावनमार्ग कालोपत्रे गरिने लक्ष्य लिएको छ ।
एकिकृत माओवादीको घोषणापत्रमा पनि नयाँ पदयात्रा माग विस्तार गरि पर्यटकीय गतिविधीलाई थप उचाइमा प¥याइँने उल्लेख छ । पर्यटनलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको रुपमा आफ्नो पार्टी नेतृत्वको सरकारले यसअघि नै औपचारिक मान्यता दिइसकेको भन्दै माओवादीले  पर्यटन क्षेत्रको विकासलाई विशेष महŒवका साथ अघि बढाइने बताएको छ । हिमाली तथा पर्वतीय पर्यटन, सांस्कृतिक÷धार्मिक, पर्या–पर्यटन, ग्रामीण पर्यटन, जलयात्रा, साहसीक पर्यटन, पदयात्रा पर्यटन, दृश्यावलोकन , स्वास्थ्य , शैक्षिक र खेलकुद पर्यटन लगायतका विविध रुपहरुको विकास गरी विदेशी तथा स्वदेशी पर्यटक  आकर्षित गर्ने नीति उसले लिइने बताएको छ ।  यसैगरि, उसले काठमाडौँ, पोखरा, चितवन, सगरमाथाभन्दा बाहिरका महŒवपूर्ण पर्यटकीय स्थलको विकास एवं विमानस्थल, होटेल जस्ता अत्यावश्यक पर्यटकीय पूर्वाधारहरुको तीव्र विकास गरि आगामी १० वर्षमा वार्षिक २० लाख पर्यटक भिœयाइने बताएको छ । उसले आफ्नो घोषणापत्र माफत निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुका साथै पोखरा, भैरहवा, विराटनगर, धनगढीमा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिने र  आगामी ५ वर्षमा थप ५ ओटा ठुला हवाईजहाज खरिद गरिने प्रतिवद्धता जनाएको छ ।
यसैगरि उसले बुद्धको जन्मस्थल लुम्बिनीलाई बौद्धमार्गीहरुको धार्मिक पर्यटनस्थल एवं अन्तर्राष्ट्रिय शान्ति केन्द्रको रुपमा विकास गरि लाखौँ पर्यटक भिœयाउने नीति लिइने बताएको छ ।  ऐतिहासिक र धार्मिक पर्यटन स्थल जनकपुरमा भौतिक पूर्वाधारको विकास गरि ठुलो संख्यामा धार्मिक पर्यटक आकर्षित गर्ने नीति लिएको माओवादीले अथाह सम्भावना बोकेको सुदुरपश्चिमको खप्तड, कर्णालीको रारा क्षेत्र र पश्चिमाञ्चलको ढोरपाटन क्षेत्रलाई महŒवपूर्ण पर्यटन स्थलका रुपमा विकास गर्ने दावी गरेको छ । त्यसरी उसले आन्तरिक धार्मिक÷ऐतिहासिक पर्यटन स्थलको रुपमा पूर्वको पाथिभरा, वराहक्षेत्र, हलेसी र पश्चिमको मनकामना–गोरखकाली, मुक्तिनाथ, स्वर्गद्वारी लगायको विकासमा विशेष ध्यान दिइने बताएको छ । त्यसैगरि, पर्यटनको प्रतिफल गाउँगाउँसम्म पु¥याउन ‘होमस्टे’ र नयाँ नयाँ टे«किङ रूटहरुको विकासमा विशेष ध्यान दिइने , हिमाल आरोहण लगायत पर्यटनबाट हुने आयको कम्तीमा ५० प्रतिशत रकम सम्बन्धित क्षेत्र र जनताको विकासका लागि खर्च गरिने नीति लिने बताएको छ । यसैगरि राप्रपा, तमलोपा लगायतका अन्य दलहरुले पनि उनीहरुको घोषणापत्रमा पर्यटनलाई विशेष महत्व दिएर प्रचार गरिरहेका छन ।

No comments:

Post a Comment