Tuesday, November 26, 2013

निर्वाचनमा जाने सवारी यात्रुसँग तेब्बर भाडा , हवाई टिकट पाउनै कठिन

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, २ मंसिर
लगातारको बन्दको मार भोग्न बाध्य सर्वसाधारण बन्दकै बहानामा यातायात व्यवसायीबाट नराम्रोसँग ठगिएका छन ।  मंगलबार हुने दोस्रो संविधानसभाको निर्वाचनका लागि आफुले रोजेको उम्मेदारलाई भोट हाल्न गृह जिल्ला र्फकनेहरुस“ग व्यवसायीले सावीकको भन्दा तेब्बर भाडा लिएर यात्रु ठगिरहेका छन् । विभिन्न रुटका यातायात व्यवसायी  व्यवसायीले
काठमाडौबाट पोखराकालागि साविक भाडा माइक्रोमा ५ सय र ठुलो बसमा ४ सय २५ रहेकामा अहिले माइक्रोमा १५ सय र बसमा एक हजार रुपैयाँसम्म लिईरहेका छन । यसैयगरि, काठमाडौंबाट लमजुङको वेसिसहरसम्मको  बस भाडा साविक ४ सय ५० रुपैया“ रहेकामा अहिले १ हजार लिएका छन् ।
काठमाडौबाट त्रिशुलीसम्म १ सय ८० बस र माइक्रोबसको भाडा २ सय साविक रहेकामा अहिले व्यवसायीले प्रति यात्रु ४ सय देखि ५ सय रुपैयाँ लिएका छन । नुवाकोट मदानपुरका रविन्द्र लामाले अहिले सावीक भन्दा तेब्बर भाडा लिएर पनि बालाजुबाट ककनी÷रानीपौवाको बाटो नलगेर व्यवसायीले थान्कोट नाकाबाट धादिङ–गल्छी हुँदै मात्र लगिरहेकाले आफुहरु थप मारमा परेको बताए । उनले काठमाडौ, त्रिशुली–धुन्चे जोड्ने पासाङ ल्हामु राजमार्गमा त्यस रुटमा चल्ने बस व्यवसायी समितिको काउन्टर नै नखोलेर  गत २५ कात्तिक देखि अहिलेसम्म यात्रुसँग बढी भाडा लिईरहेको जानकारी दिए ।
यसैगरि काठमाडौबाट थान्सिँह जान बालाजु माच्छा पोखरीमा छट्पट्टाईरहेकी निरु अधिकारीले पनि यहाँका काउन्टरबाट बसको टिकट नकाटेर व्यवसायीले यात्रुसँग बढी भाडा लिइरहेको बताइन् । उनले बढी भाडा दिन्छु भन्दा पनि फाट्टफुट्ट थान्कोट– गल्छीको बाटोमात्र चलेका सबैबसले रानीपौवासम्म जान नमानेकाले आफुहरु घर जान नसकेको बताइन् । सरकार र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले बन्दको अवज्ञा गर्दै मुलुकभरका सबै रुटमा सार्वजनिक र निजी सवारी पूर्ण रुपमा सञ्चालन गर्ने दावी गरेपनि अहिलेसम्म लामो दुरीका यातायात व्यवसायी समितिले टिकट काउन्टर समेत नखोलेका कारण बन्दको मार खेप्दै आएका यात्रुहरुले भोट हाल्न गृह जिल्ला फर्कन बढी भाडा तिर्नुपरेको उनको गुनासो छ ।   
यसैगरि, काठमाडौबाट चितवनसम्म  साविक ३ सय भाडा रहेकोमा अहिले ७÷८  सय रुपैया“सम्म भाडा लिएको अधिकाँश सर्वसाधारणले बताएका छन् । गत २५ कात्तिकदेखि जारी नेकपा–माओवादी लगायत ३३ दलीय मोर्चाले गरेको यातायात बन्दको त्रासमा पनि ज्यान जोखिममा राखेर भोट हाल्नकै लागि राजधानीबाट बाहिरिँदै गरेका सर्वसाधारणले यस्तो जानकारी दिएका हुन । विगत केही दिनदेखि आइतबारसम्म केही उम्मेदारले आफ्ना मतदातालाई खुःसी पार्न बस रिजर्ब गरेर स्कटिङ सहित यातायात सञ्चालन गरिरहेपनि सो बसमा जान नपाएकाहरुले अहिले बसले बढी भाडा लिएको गुनासो गरेका हुन ।  उनीहरु मध्ये पोखरा जान गोंगबुमा भेट्टिएका दिनेशकुमार श्रेष्ठले भने, ‘एकै परिवारका ५ जना मतदाता छौं, एकतर्फी भाडा मात्र ५ हजार तिर्नुपर्ने अवस्था छ’।  ‘भाडा बाहेक अन्य खर्च गर्दा ३०÷३५ हजार खर्च हुन्छ  त्यसैलै कसरी खर्चले धान्ने ’ उनले भने ।
उनले व्यवसायीले बन्द र निर्वाचनमा राजधानीबाट बाहिरिनेसँग मौकाको फाइदा उडाउँदै केहीले बढी भाडा भन्दा आफ्ना उम्मेदवारलाई भोट दिन पैसाको प्रवाह नगरी गृह जिल्ला फर्किरहेको जानकारी दिए । बन्दका बेला सवारी यात्रुले मात्र नभएर हवाई यात्रा गर्नेहरुले पनि टिकट पाउन निकै सास्ती भोग्नु परेको छ । अहिले काठमाडौबाट विभिन्न गन्तब्यतर्फ जाने आन्तरिक हवाई चाप निकै उच्च भएको सम्बन्धीत वायुसेवा सञ्चालकहरुले जानकारी दिएका छन । ति वायुसेवा सञ्चालक व्यवसायीहरुले निर्वाचनमा गृह जिल्ला जान खोज्नेहरुकै कारण विगत केही दिनदेखि देखिएको हवाई चाप सोमबार साँझसम्म मात्र हुने बताएका छन ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रवक्ता एवं महासचिव डालनाथ खनालले अहिले लगातारको तोडफोड र आगजनीका बाबजुत पनि व्यवसायीले गाडी चलाईरहेको दावी गरे । केही समितिका टिकट काउन्ट बन्द भएपनि गोंगबु स्थित नयाँ बसपार्कको टिकट काउन्ट खुल्ला रहेको जानकारी दिँदै उनले बन्दका बेला सुरक्षा जोखिम मोलेरै भएपनि केही बसहरुले साविक भन्दा भाडा लिएपनि उनीहरुलाई अहिले केही भन्न नसकिने बताए । उनले  बन्दका बोला तोडफोड र आगजनी भएका सवारी साधनका धनीले केही दिनअघि सरकारले क्षतिपूर्ति रकम उपलब्ध गराएपनि आइतबारदेखि सरकारी कार्यालय भन्न भएकाले नपाईएको जानकारी दिए । उनले सरकारको यस्तो भनाइले अब ५ मंसिरसम्म व्यवसायीले क्षेतिपूर्ति रकम नपाउने सम्भावना देखिएको बताए । 

No comments:

Post a Comment