Saturday, November 2, 2013

कारोबार मिठाइ, मसला र झिलिमिली बत्तीको


मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, १३ कात्तिक
आगामी शुक्रबारदेखि सुरु हुने यमपञ्चक (तिहार)  नजिकिँदै गर्दा अहिलेदेखि नै बजारमा मसलाजन्य बस्तुहरु र विभिन्न स्वादका मिठाइका परिकार खरिद विक्री गर्नेहरुको चहल पहल भईसकेको छ । सर्बसाधारण बजार पसेर अहिल्यैदेखि नै तिहारलाई आवस्यक भाई मसलाको जोहो गर्न थालिसकेका छन ।  हिन्दु नेपालीहरुका घर आ“गनमा पाइला टेकिसक्नै लागेको तिहारमा आ–आफ्ना दाजुभाई र दिदिबहिनीलाई मन पर्ने मसला, फलफुल, मिठाई र आकर्षक उपहार दिने प्रचलन छ ।  मखमली र सयपत्री मालाले सम्पूर्ण वातावरण सुसज्जित हुने यस पर्वमा भाई मसला, विभिन्न परिकारका मिठाई, गृहसज्जाका सामान, रंगीचंगी बत्ती र फलफूलको बढी कारोबार हुने गर्दछ । त्यसैले अहिलेदेखि नै तिहारमा दिदीभाई र दाजुबहिनीका उपहार, झिलिमिली सामाग्री लगायतका किनमेलले बजारलाई निकै तताउ“न थालिसकेको सम्बन्धीत व्यवसायीहरुले बताएका छन् । तिहारका सामाग्री कारोबारमा समलग्न व्यवसायीहरुले उपभोक्तालाई आफ्ना पसलमा तान्न विभिन्न आकर्षक उपहार एवं छूट दिने योजना ल्याएका छन ।
राजधानी लगायत मुलुकभरका विभिन्न स्थानका मुख्य शहर स्थित तिहार बजारमा अहिले विशेÈगरि तिहारमा प्रयोग हुने वस्तुहरु देउसी खेल्न आवस्यक मादलदेखि मैनबत्ती, ढाकाटोपी, फूल, सप्तरंगी टीका, झिलिमिली बत्ती, पाला, विभिन्न स्वादका मिठाईका परिकार र भाई मसलाका सामग्रीको व्यापार दैनिक रुपमा बढ्दै छ । अहिले यि बस्तुहरुको मुल्य पनि विगतका वर्षहरुमा भन्दा दोब्बर बृद्धि भएको अधिकाँश उपभोत्ताहरुको भनाई छ ।  तिहारमा  मात्रै हरेक वर्ष करिब २२ करोड रुपैया“ बराबरको झिलिमिली बत्ती खपत हुने गरेको नेपाल विद्युतीय सामाग्री व्यवसायी महासंघले जनाएको छ । महासंघका अध्यÔ गोविन्दप्रसाद क“डेलले यस्ता सबै भिलिमिली बत्ती दशैं र तिहार बीचको १५ दिनभित्र आयात हुने गरेको बताए ।  यस पर्वमा हुने झिलिमिली बत्तीको खपत वर्Èेनी बढ्दै गए पनि अहिलेसम्म नेपालमा यस्ता सामाग्री उत्पादन हुन नसकेको उनले जानकारी दिए । पा“च वर्Èअघिसम्म अधिकाँश यस्ता बस्तुहरु छिमेकी मुलुक भारतबाट आयात हुने गरेकोमा अहिले भने त्यसको ९५ प्रतिशत बजार चिनिया“ सामानले ओगटेको उनले जानकारी दिए । वर्षकै सबैभन्दा धेरै कारोबार हुने दसैं र तिहार जस्ता ठूला चाडपर्वको अवसरमा यहाँको बजार निकै अनियन्त्रित हुने गर्दछ ।  उपभोक्ताहरुको अत्यधिक भिडभाड र बढी कारोबार हुने बेलामा कालाबजारियाहरुले मौकाको फाइदा उठाउँदै सर्बसाधारण ठग्ने गरिरहेपनि अझैसम्म सरकारले अनियन्त्रीत बजारको मुल्य बृद्धि रोक्ने प्रयास गरेका छैनन । यसैगरि उपभोक्ता अधिकारकर्मीहरु एवं आगामी ४ मंसिरमा हुने दोस्रो संविधानसभाको निर्वाचनकालागि भोट मागिरहेका विभिन्न राजनीतिक दलका नेताहरुले पनि अहिलेको सर्बसाधारणले थेग्नै नसक्नेगरि अकासिएको महँगी नियन्त्रणमा ध्यानै दिएका छैनन् ।  जसका कारण अहिले  बजारमा नक्कली, अखाद्य बस्तु तथा अवैध सामानले प्रश्रय पाएको देखिन्छ । यस्ता गुणस्तरहीन, कमसल र स्वास्थ्यकर हानिकारक सामानले उपभोत्तालाई मात्र होइन सक्कली र गुणस्तरीय सामान कारोबारमा समलग्न विक्रेताहरुलाई समेत नोक्सानी  पु¥याएको सम्बन्धीत सरोकारवालाहरुको भनाई छ  ।
राष्ट्रिय उपभोत्ता मञ्चका अध्यÔ प्रेमलाल महर्जनले बजारमा अखाद्य वस्तु छयापछयाप्ती विक्री भइरह“दा पनि सम्बन्धित निकायले अहिलेसम्म केही गर्न नसकेको बताए । उनले वर्षकै सबैभन्दा बढी मिठाई, भाई मसला र फलफलको कारोबार हुने तिहारमा सरोकारवाला निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, वाणिज्य विभाग र आपूति मन्त्रालयले बजार अनुगमन गर्ने कार्यलाई तीब्र बनाउनु पर्नेमा सो नभएको दावी गरे । तीन महिना अघि खाद्य नमूना संकलन गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अहिलेसम्म प्रतिवेदन दिन नदिन सकेको छैन भन्दै उनले अब सम्बन्धीत निकाएले बजार अनुगमन गर्ने कार्यलाई तिब्रता दिनुपर्ने बताए ।  खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भने  यसपालीको  तिहार बजारलाई अहिलेदेखि नै राजधानीका विभिन्न स्थानमा दुइओटा समूह बनाएर अनुगमन गरिरहेको दावी गरेको छ ।  बजार अनुगमनमा खट्टिएका अनुगमनकर्ताहरुले  उपत्यकाका विभिन्न स्थानमा बेच्न राखेका मिठाई लगायत अन्य खाद्य बस्तुहरुको गुणस्तर परीÔण गर्दै आएको विभागले जनाएको छ ।  उपभोत्ता अधिकारकर्मी संस्थाका प्रतिनीधिहरुले भने विभागको परम्परागत पुरातन शैलीको अनुगमन कार्य  प्रभावकारी हुन नसकेको बताईरहेका छन । अहिले तिहारलाई लÔित गरेर ठुला डिपार्टमेण्टल स्टोरदेखि स–साना खुद्रा पसलले समेत माटामा पालादेखि झिलिमिलि बत्ती लगायत भाई मसला र मिठाईका परिकार आकर्षक ढंगले सजाएर राख्न थालिसकेका छन । केही वर्Èअघिसम्म शहरी Ôेत्रमा मात्रै यस्ता बस्तुहरु पाइन्थे भने अहिले शहरबाट धेरै टाढाका गाउ“गाउ“मा पनि तिहारका सामानहरु सहजै पाउन सकिन्छ । साना व्यापारीदेखि थोक विक्रेता र वितरकले पनि तिहारको बेलामा साबिकभन्दा पा“च गुणासम्म बढी सामान विक्री गर्ने गरेको सम्बन्धीत व्यवसायीहरु बताउ“छन् । साना खुद्रा व्यवसायीका लागि पनि वर्Èकै  सबैभन्दा बढी सामान विक्री हुने समय तिहार नै भएको उनीहरुको भनाई छ । यसैगरि तिहारमा सबैभन्दा बढी विक्री हुने बस्तु मिर्ठाई हो । मसला लड्डू, बर्फी, लाखामरी, अनरसा यस अवसरमा सबैभन्दा बढी विक्री हुने मिठाई हुन् ।
जसका कारण अहिले देखि नै स–साना ठूलाखालका सबै मिठाई पसलहरुमा विभिन्न परिकार बनाउने कामको चापाचाप छ । अहिले राजधानीका नाम चलेका मिठाई भन्डारहरु राम भण्डार, मोहन भण्डार, दूध सागर, राज भण्डार, सजन गोठ, अनमोल, आ“गन, कन्हैया, रामेश्वरम् लगायतका लागि ब्राण्डको रुप लि“दै गएका पसल हुन् । त्रिपुरेश्वर स्थित आ“गन मिठाई शपका मेनेजर अनिलकुमार गुप्ताले यसवर्ष सबै सामानको बजारभाउ विगतका वर्षहरुमा भन्दा निकै बढी भएकाले उपभोत्ताको माग अनुसार सामान उपलब्ध गराउन मुस्कील  भइरहेको बताए । अहिले यहा“ विभिन्न ६०प्रकारका विभिन्न स्वादका  मिठाई पाउन सकिने जानकारी दिँदै उनले आ“गनको कारोबार वार्Èिक १५ प्रतिशतले बढेको बताए
उनले अहिले आफ्नो पसलमा मात्र नभएरु राजधानीका सबै डिपार्टमेण्टल स्टोरमा उपभोत्ताको भीड देखिएको बताए । अहिले असन, इन्द्रचोकमा मात्र होईन काठमाडौं मल,भाटभटेनी , ब्लूबर्ड, सिटी सेण्टर लगायतका  डिपार्टमेण्टल स्टोरहरुमा पनि तिहारमा प्रयोग गरिने विभिन्न सामानको ठूलै भण्डारण देख्न सकिन्छ । तिहारको मौका छोप्दै डिपार्टमेण्टल स्टोर एवं सपिङ मलहरुले विभिन्न सामान स्टलमा राखेका छन् । यस्ता स्टोरले सामान खरीदमा विशेÈ छूट र आकर्षक अफरको व्यवस्था गरेको पाइन्छ । भाटभटेनी सुपर मार्केटमा मात्रै तिहारका लागि २० किसिमका मसला राखिएको छ । यस्ता सामानहरुको मूल्य ८० रुपैया“देखि २५ सयसम्म पर्ने सो सुपरमार्केटले जनाएको छ । तिहारको पा“च दिनमा अन्य बेला भन्दा १० गुणा बढी उपभोक्ता आउने गरेको त्यहाँका व्यवसायीहरु बताउँछन । ती व्यवसायीहरुले तिहारमा मात्र अर्बौं रुपैया“ बढीको मिठाई र मसला विक्री हुने बताएका छन । यसैगरि  तिहारको समयमा काठमाडौं उपत्यकामा मात्र करीब ४० करोडको मिठाइको कारोबार हुने उनीहरुको अनुमान छ । नरिवल, काजु, किसमिस, पेस्ता, बदामजस्ता विभिन्न किसिमका स्वादिष्ट मसला तिहारमा दाजुभाइका लागि सम्पूर्ण सामग्री समावेश गरिएको भाइमसला उपलब्ध छन् । जसका लागि सबैभन्दा प्रसिद्ध किनमेलको थलो काठमाडौंको असन Ôेत्र हो । पहिले पहिले सानो प्याकेटमा आउने भाइमसला अहिले डालो स्पेशल, टोकरी स्पेशल जस्ता नाममा २ हजार ५ सय रुपैया“सम्मका प्याकेट बजारमा आएका छन् ।

No comments:

Post a Comment