Friday, November 15, 2013

बन्दविरुद्ध सवारीसहित व्यवसायी सडकमा, तोडफोड र जलाउने क्रम जारी

मधुजंग पाण्डे÷राजधानी
काठमाडौं, २७ कात्तिक
नेकपा–माओवादीको नेतृत्वमा जारी यातायात बन्दविरुद्ध व्यवसायीले प्रतिकारसहित सवारी साधन चलाएका छन् । आ–आफ्ना सवारी साधनसहित बिहान खुला मञ्चमा भेला भएका व्यवसायीले बन्दको अवज्ञा गर्दै विभिन्न ठाउँमा सवारी ¥याली गरेका थिए । व्यवसायीले बन्दको प्रतिकार गरे पनि अझै सवारी साधन तोडफोड र जलाउने क्रम जारी छ । बुधबार दिउँसो राजधानीको कालोपुलमा एउटा भाडाको ट्याक्सी जलाइएको थियो भने साँझ सामाखुसीमा गुडिरहेको बा१ज ९८९१ नम्बरको सार्वजनिक माइक्रो बसमा अज्ञात समूहले पेट्रोल बम प्रहार गरेको थियो ।
नेपाल उद्योग वाणिज्य महासंघको अगुवाइमा सवारी साधनको ¥याली निकालेको छ । महासंघले विभिन्न पेसाकर्मी तथा व्यावसायीक संघ÷संस्थाहरूसँगको सहकार्यमा संयुक्त रूपमा बन्दको प्रतिकार स्वरूप सवारी साधनसहित बृहत् शान्ति ¥याली निकालेको हो । राजधानीका विभिन्न नाकाबाट सवारी साधनसहित बुधबार बिहान १० बजे खुलामञ्चमा जम्मा भएका व्यवसायी एवं पेसाकर्मीहरूले त्यहाँबाट पनि काठमाडांै, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा सवारीसहित सडक ¥याली गर्दै बन्द विरोधी कार्यक्रम आयोजना गरेका थिए ।
खुलामञ्चबाट सुरु भएको ¥यालीलाई सम्बोधन गर्दै महासंघका अध्यÔ सुरज वैद्यले बन्द सदाका लागि बन्द हुनुपर्ने भन्दै आफूहरू बन्दको प्रतिकारमा उत्रिएको बताए । यस्तो बन्दबाट राजनीतिक समस्या समाधान हुन नसक्ने र आमसर्वसाधारणलाई मात्र मार परेको भन्दै उनले महासंघले बन्दको प्रतिकारस्वरूप बृहत् शान्ति ¥याली आयोजना गरेको बताए । यो बन्द लक्षित वर्गलाई नभएर स्कुले विद्यार्थी र सर्वसाधारणले अनावश्यक सास्ती भोग्ने खालको भएकाले तत्काल फिर्ता गर्न माग गर्दै उनले राजनीतिक समस्याको समाधान राजनीतिक रूपमै खोज्न दलहरूलाई आग्रह गरे । यातायात बन्दले उद्योग व्यवसाय धराशयी भएको भन्दैै उनले निर्वाचनको मुखैमा आएर गरिएको यातायात बन्द तत्काल फिर्ता गर्न आग्रह गरे ।
होटल संघका अध्यÔ श्याम सुन्दरलाल कÔपतीले निर्वाचनको बेलैमा भएको यस्तो बन्दले होटल व्यवसाय धराशयी भएको भन्दै तीव्र आक्रोश व्यक्त गरे । पर्यटनको मुख्य सिजनमा भएको यस्तो बन्दले पर्यटन उद्योगमा ठूलो Ôति भएको भन्दै बन्दका बेला पर्यटकीय गाडीमा पनि तोडफोड हुनु निकै दुःखद भएको बताए ।
सो कोणसभामा राष्ट्रिय व्यावसायिक पहलका महासचिव सुरेन्द्रवीर मालाकार, हिसानका अध्यक्ष उमेश श्रेष्ठ, प्याब्सनका अध्यक्ष बाबुराम पोख्ररेललगायतले जुनसुकै नामबाट हुने राजनीतिक गतिरोधको विरोधमा सबै पक्ष सहभागी हुनुपर्ने बताएका थिए । खुला मञ्चबाट सुरु भएको राष्ट्रिय झण्डासहितको सो ¥याली माइतीघर, कोटेश्वर, लोकन्थली, जाउलाखेल, कुमारीपाटी, पाटन दरबार संरक्षण क्षेत्र हुँदै खुलामञ्चमा पुगेर सकिएको थियो । यसअघि पनि बन्दको विरोध गर्दै आएको महासंघले आगामी ४ मंसिरमा हुने संविधानसभा निर्वाचन बिथोल्ने उद्देश्यले गरिएको बन्दको समेत तीव्र विरोध गरेको बताएको छ ।
सवारी साधनसहितको ¥यालीमा नेपाल चेम्बर अफ कमर्स, राष्ट्रिय व्यावसायिक पहल, प्याब्सन, एनप्याब्सन, हिसान, होटल संघ नेपाल, नेपाल फ्रेट फरवार्ड्स एसोसिएसन (नेफा) लगायतका व्यावसायिक एवं पेसागत संघ÷संस्थाहरूको सहभागिता रहेको थियो । सो ¥यालीपछि राजधानीमा सार्वजनिक यातायातसमेत सञ्चालनमा आएका थिए । सरकार र व्यवसायीबीच मंगलबार Ôतिपूर्तिको विÈयमा सहमति भएपछि बुधबारबाट सवारी साधन चलाउने सहमति भएको थियो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार बुधबार राजधानीमा ८० प्रतिशत सवारी साधन सञ्चालनमा आएका थिए । महासंघका कोÈाध्यÔ सरोज सिटौलाले लामो दूरीका समेत सञ्चालनमा ल्याउने प्रयास भइरहेको जानकारी दिए ।
पर्यटक घाइते बनाएकोमा हानको भत्र्सना
काठमाडौं÷रास– पोखरातर्फ गइरहेको पर्यटक सवार गाडीमा केही अज्ञात समूहले आगजनी तथा तोडफोड गर्दा गाडीमा सवार पर्यटकलाई घाइते बनाएकोमा होटल संघ नेपाल (हान) ले घोर भत्र्सना गरेको छ ।
यसका साथै कास्की लेखनाथमा पार्किङ गरिराखिएका दुईओटा पर्यटक गाडी अज्ञात समूहद्वारा तोडफोड गरिएको घटनाप्रति होटल संघ नेपाल गहिरो दुःख व्यक्त गरेको छ । यस किसिमका क्रियाकलापबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा देशको छवि नै धुमिल हुन गई पर्यटक आगमनमा दीर्घकालीन असर पर्ने देखिएको हुनाले यससम्बन्धी आपराधिक र अराजक गतिविधिहरू रोक्न हानले सरकारसँग माग गरेको छ ।
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले पनि घटनाको गम्भीर भत्र्सना गरेको छ । हाम्रो संस्कृतिअनुसार पर्यटकहरूप्रति दर्साइनुपर्ने सद्भावनाको तिरस्कार गर्दै नेपाल भ्रमणमा आउने पर्यटकहरू चढेको अथवा पर्यटकहरूलाई सेवा प्रदान गर्ने सवारीहरूमाथि अन्धाधुन्ध प्रहार हुनु नितान्त निन्दनीय कार्य भएकाले राज्यले त्यस्ता तŒवहरूलाई पक्राउ गरि कानुनबमोजिम सजाय दिनुपर्ने माग नाट्टोको रहेको छ । यसैबीच, सो घटनाप्रति नाटोले पनि विरोध जनाएको छ ।

No comments:

Post a Comment