Saturday, November 9, 2013

ट्राभल एड्भाइजरीले धमाधम बुकिङ रद्द हुँदै

मधुजंग पाण्डे÷राजधानी
काठमाडौं, २२ कात्तिक
अमेरिका, बेलायत, अस्ट्रेलिया र क्यानडालगायतका मुलुकले आफ्ना नागरिकलाई नेपाल भ्रमणमा उच्च सतर्कता अपनाउन ट्राभल एड्भाइजरी जारी गरेपछि व्यवसायी चिन्तित भएका छन् ।  आगामी ४ मंसिरमा हुने दोस्रो संविधानसभा निर्वाचन बिथोल्न नेकपा–माओवादीले सोमबारदेखि गर्न लागेको दसदिने देश व्यापी आमहडतालका कारण नेपाल भ्रमणमा आउने मुख्य पर्यटन बजार अमेरिका, बेलायत, अस्ट्रेलिया र क्यानडाले नेपाल भ्रमण गर्नुअघि विशेष सतर्कता अपनाउन जारी गरेको ‘ट्राभल एड्भाइजरीले यहाँका व्यवसायी चिन्तित भएका हुन्।
होटल एसोसियसन अफ नेपाल (हान) का प्रमुख कार्यकारी अधिकृत माधवओम श्रेष्ठले अमेरिकालगायत विभिन्न चारओटा मुलुकले आफ्ना नागरिकलाई नेपाल भ्रमणमा सचेत रहन आग्रह गर्दै जारी गरेको ट्राभल एड्भाइजरी र माओवादीले आह्वान गरेको बन्दका कार्यक्रमले अहिले धमाधम होटल बुकिङ रद्द भइरहेको बताए ।
पर्यटकीय मौसम नोभेम्बरमा धेरै पैसा खर्च गर्ने अमेरिका र अन्य युरोपियन मुलुकले आफ्ना नागरिकलाई नेपाल भ्रमणमा सर्तकता अपनाउन लगाएको ट्राभल एड्भाइजरीले  मुलुकको पर्यटन उद्योगमा गम्भीर असर पर्ने उनको भनाइ छ । ती व्यवसायीका अनुसार अहिलेसम्म नेपाल आउने पर्यटकमध्ये अमेरिकी र युरोपेली धेरै दिन बस्ने र बढी पैसा खर्च गर्ने उच्च गुणस्तरीय पर्यटकका रूपमा चिनिन्छन् ।
अमेरिकाले सो एड्भाइजरीको अवधि आगामी ४ पुससम्म रहने जनाएको छ । यसैगरी बेलायतले पनि गत शुक्रबार नै  एड्भाइजरी जारी गरेको थियो । क्यानडाले १२ कात्तिकमा र अस्ट्रेलियाले गत २१ भदौमै एड्भाइजरी जारी गरी आफ्ना नागरिकलाई सचेत रहन आग्रह गरेको थियो ।
नेपाल एसोसिएसन अफ टुर अपरेर्टस् (नाट्टो) का अध्यÔ असोक पोख्रेलले अमेरिकालगायत चार ठूला देशले आफ्ना नागरिकलाई नेपाल आउनुअघि र आएपछि पनि उच्च सतर्कता अपनाउन आग्रह गर्दै ट्राभल एड्भाइजरी जारी गरेको जानकारी दिए । यस एड्भाइजरीले मुलुकको पर्यटन क्षेत्रमा दीर्घकालका लागि असर पु¥याउने बताउँदै पोख्रेलले भने, ‘यी मुलुकले एड्भाइजरीमार्फत आफ्ना नागरिकलाई नेपाल भ्रमणमा सतर्कता अपनाउनु भनेपछि भ्रमणमा निस्कने पर्यटक झस्किएका छन् ।’ उनले पनि अहिले पहिले बुकिङ भइसकेका पर्यटकीय प्याकेजसमेत धमाधम रद्द हुन थालेको जानकारी दिए ।
नेकपा–माओवादीले आह्वान गरेको आमहडतालसँगै निर्वाचन बिथोल्ने क्रममा हुने
प्रचारात्मक ¥याली, प्रदर्शन, विरोधलगायतका हिंसात्मक गतिविधिले यहाँको भ्रमण असुरक्षित हुने सम्भावना देखिएको भन्दै अमेरिकाले सो एड्भाइजरी जारी गरेको बताइन्छ ।
अमेरिकाले जारी गरेको ट्राभल एड्भाइजरीमा भनिएको छ, ‘नेपालका प्रमुख राजनीतिक दलहरूबीच निर्वाचन गर्ने सहमति भए पनि अहिले केही दल भने बहिष्कारको रणनीतिमा उत्रिएकाले चुनावी प्रक्रिया बिथोल्न सक्छन् ।’
 बेलायतले जारी गरेको एड्भाइजरीमा पनि नेपालको राजनीतिक अवस्था परिवर्तन भइरहेकाले बेलाबेला बन्द, विरोध, प्रदर्शन, ¥याली हुने गर्छन्, जसबाट हिंसा
भड्किन सक्ने तथा त्यसले व्यापक अवरोध आउन सक्ने उल्लेख छ ।
अस्ट्रेलियाले अनिश्चित राजनीतिक र सुरÔा अवस्था रहेको भन्दै आफ्ना नागरिकलाई नेपालमा उच्च सतर्कता अपनाउन सुझाव दिएको छ । ‘चुनावका बेला प्रदर्शन वा राजनीतिक ¥याली भएको ठाउ“मा सकेसम्म नजानू, आवागमन कम गर्नु र उच्च सतर्कता
अपनाउनू,’ अस्ट्रेलियाको एड्भाइजरीमा उल्लेख छ। यसैगरी क्यानडाले पनि नेपालको वर्तमान राजनीतिक अवस्था कमजोर र अस्थिर रहेकाले नेपाल भ्रमण गरिरहेका आफ्ना नागरिकलाई उच्च सतर्कता अपनाउन सुझाव दिएको छ ।  नेपाल भ्रमणमा आउ“दा अतालिनु पर्दैन, नडराईकन ढुक्कसँग आए हुन्छ
भनेका छौं,’ संसारभरका ४ हजारभन्दा बढी टुर अपरेटरलाई इमेलमार्फत आफूहरूले यसैगरी आश्वस्त पारिएको जानकारी दि“दै पोखरेलले भने, ‘हामीले जिम्मेवारी
सम्झेर इमेल पठायौं तर पर्यटक यहा“ आएपछि तिनको जिम्मेवारी कसले लिने
भन्ने अन्योल कायमै छ ।’ यस्तो ट्राभल एड्भाइजरीले मुलुकको पर्यटन उद्योगमा गम्भीर असर पार्ने र यो दीर्घकालीन पनि हुन सक्ने उनले बताए । ठूला देशले आफ्ना नागरिकको सुरÔाका लागि सतर्कता अपनाउनु स्वाभाविक भए पनि हाम्र लागि भने दुःखद भएको उनको भनाइ छ ।
ट्राभल एड्भाइजरी जारी गर्दैमा पर्यटक नआउने भन्ने होइन तर यसले दीर्घकालीन रूपमा असर पार्ने बताउँदै उनले नेपाल पर्यटकका लागि सुरÔित गन्तव्य हो भन्ने बुझाउन पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटन संघसंस्थालगायत सबैले पहल गर्नुपर्ने बताए । 
नाट्टोद्वारा बन्द फिर्ता लिन आग्रह 
काठमाडांै÷रास– नेपाल एसोसिएसन अफ टुर अपरेटर्स (नाट्टो) ले नेकपा–माओवादीले आह्वान गरेको १० दिने आमहडताल फिर्ता लिन आग्रह गरेको छ ।
नाट्टोले जारी गरेको विज्ञप्तिमा नेकपा–माओवादीले आगामी ४ मंसिरमा हुने
निर्वाचन बहिष्कार गर्ने भने पनि पर्यटन उद्योगमा अवरोध नपु¥याउने बताएको
उल्लेख छ । बन्दका कारण पर्यटक आगमनको मुख्य मौसममा गम्भीर समस्या पार्न सक्ने नाट्टोले सो विज्ञप्तिमार्फत जानकारी गराएको  छ ।
नेपाल भ्रमणका क्रममा पर्यटकले कुनै समस्या सामना गर्नुपरे उनीहरू नकारात्मक
सन्देश लिएर आफ्ना देश फर्कने समेत उसले  भनेको छ । 
सेफ्स अध्यक्षमा पुन ः थापाकाठमाडौं– सेफ्स एसोसिएसन अफ नेपालको अध्यक्षमा पुन रत्नबहादुर थापा निर्वाचित भएका छन् ।  एसोसियसनको १८औं साधारण सभाले थापालाई पुनः अध्यक्षमा निर्वाचित गरेको हो । एसोसियसनको सभाबाट अध्यक्षमा थापा सर्वसम्मत रूपमा निर्वाचित भएको एसोसियसनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
साधारण सभाले एसोसियसनको उपाध्यक्षमा खड्गविक्रम लामा, महासचिवमा सुरेशचन्द्र बस्नेत, सचिवमा पदमबहादुर आलेमगर र कोषाध्यक्षमा रेशमकुमार लामालाई निर्वाचित गरेको छ ।
यसैगरी सदस्यहरूमा रामप्रसाद सापकोटा, पदमनाथ ढकाल, रमेश रायमाझी, माधवहरि थापा, श्यामबहादर तामाङ, शिवहरि घिमिरे, ठाकुरप्रसाद पौडेल, गोविन्दनरसिंह केसी, सूर्यकिरण श्रेण्ठ, सुवर्णमान कर्माचार्य, श्रीकृष्ण गजुरेल र श्रीराम अधिकारी छन् ।
साधारण सभामा एसोसिएसनका महासचिव सुरेश बस्नेतद्वारा प्रस्तुत वार्षिक प्रगति विवरणमा मुलुकभर छरिएर रहेका विभिन्न होटल, रेस्टुरेन्ट, क्याटरिङ र अन्य ट्रेनिङ इन्स्टिच्युटमा काम गरिरहेका सबै तहका सेफ (कुकहरू) लाई एकत्रित गरी उनीहरूको बीचमा भाइचाराको सम्बन्ध ल्याई उनीहरूमा भएको सीप, दक्षता एवं बौद्धिक स्तर बढाउन संघले महŒवपूर्ण भूमिका खेल्ने उल्लेख छ ।
देशको पर्यटन विकासलाई समेत सहयोग पु¥याउने गरी अन्तर्राष्ट्रिय स्तरमा नेपाल र नेपाली खानालाई व्यापक रूपमा बढवा र चिनारी गरी त्यसको गुणस्तर कायम गर्न एसोसिएसन सफल भएको अध्यक्ष थापाले बताए । यस संस्थामा ९ सय २२ जना आबद्ध भइसकेका छन् भने  देशभर लगभग ३५ हजार जति कुकहरू यस सेफ्स पेसामा कार्यरत रहेका छन् ।  संघले बेसिक ६ महिने तालिम  तीन समूहबाट ४१ जना, सेवाकालीन तालिम दुई समूहबाट ३० जना, गरी कुल ७१ जना सेफ्सको क्षमता वृद्धि गर्दै आएको पनि उनले जानकारी दिए ।

No comments:

Post a Comment