Saturday, November 2, 2013

जिउँदो माछाको आकर्षण बढ्दो


काठमाडौ, १२ कात्तिक –आफ्नो घर, टोल र शहरका विभिन्न स्थानमा सजिलै पानीमा पौडिरहेका ताजा माछा पाउन थालेपछि अहिले राजधानी लगायत मुलुकभरका उपभोक्ताबीच जिउँदो माछाको आकर्षण बढ्न थालेको छ ।
उपभोक्ताले पसलमै सफा पानीमा पौडिरहेका ताजा माछा देखेर बढी खान थालेको र  यसरी राखिएका माछा बिक्रीबाट राम्रो आम्दानी हुन थालेपछि अहिले काठमाडौका व्यवसायीबीच पनि जिउँदो माछा कारोबार गर्ने आकर्षण बढेको छ । सोही आकर्षणसँगै मंगलबारदेखि राजधानीको गोंगबु स्थित सामाखुसी रोडमा ‘ नमुना जिउँदो माछा सप्लायर्स’ सञ्चालनमा आएको छ । चितवन नेपाल मत्स्य व्यवसायी संघका केन्द्रिय महासचिव अम्बिका प्रसाद अधिकारी, यातायात व्यवसायी पुरुषोत्तम सिंखडा र सामाखुसीकै स्थानीय व्यवसायी राकेश खड्गीले १० लाख रुपैयाँको संयुक्त लगानीमा यस नयाँ जिउँदो माछा पसल सञ्चालनमा ल्याएका हुन ।  सो माछा पसलमा दिनभार जिउँदो माछा खरिद गर्नेहरुको बाक्लो भीड लागेको थियो । तिहार र छठ पर्वलाई लक्षित गरि सञ्चालयमा ल्याईएको यस माछा पसलमा अहिले पोखरीमा पौडिरहेका जिउँदो माछा प्रतिकेजी ४ सय ५० र ताजा माछा प्रतिकेजी ३ सय ५० रुपैयाँमा धमाधम विक्री भइरहेको छ । यो पर्व विशेष छुटको अफर आगामी छठसम्म रहने सो सप्लायर्सले जनाएको छ । नमुना जिउँदो माछा सप्लायर्सका सञ्चालक पुरुषोत्तम सिंखडाले यस स्थानमा दैनिक २ सय केजी जिउँदो माछा अक्सिजन जडित पोखरीमा राखेर विक्री गर्ने क्षमता भएको जानकारी गराए ।
अर्का सञ्चालक एवं नेपाल मत्स्य व्यवसायी संघका महासचिव अधिकारीले यो नयाँ पसलसँगै अहिलेसम्म राजधानीका विभिन्न स्थानमा करिब २० ओटा भन्दाबढी जिउँदो माछा पसल सञ्चालित रहेको बताए । विगत साढे २ वर्षदेखि यो प्रविधी नेपाल भित्रिएको जानकारी दिँदै उनले हाल १२ बिगाहा भन्दाबढी क्षेत्रफलमा आफुले माछा पालन व्यवसाय सञ्चालन गरिरहेको बताए । अहिले यस प्रविधीप्रति नेपालीहरुको आकर्षण निकै बढ्न थालेको बताउँदै अधिकारीले भने, ‘ भारतबाट आउने मरेका माछा छाडेर यहाँका उपभोक्ताले यस्तो स्वस्थकर ताजा माछा  नै मनपराउन थालेका छन’ । उनले मत्स्य व्यवसायी संघले पनि आगामी ५ वर्षभित्रमा नेपाललाई माछामा आत्मनिर्भर बनाउने लक्ष्य लिएको बताए ।  उनले भारतबाट ‘फर्मालिन’ नामक मानव स्वास्थ्यमा हानिकारक औÈधी राखेर ल्याइएका मरेका माछा खान बाध्य उपभोक्ताले अब आफ्नै हातले पानीमा खेलिरहेका जिउँदा माछा मनपराउन थालेको बताए । जसका कारण अहिले यहाँका व्यवसायी पनि जिउँदो माछा विक्रीमा समलग्न हुन थालेको उनको भनाई छ । उनले अहिले चितवन, पोखरा, नुवाकोट र अन्य स्थानका किसानहरुले पनि  यस्तो प्रविधीमा आधारित जिउँदा माछा पालन व्यवसायमा थप लगानी गर्न लागेको बताए । अहिलेसम्म चितवनका कृषि फर्मबाट ल्याएका माछा बिक्रीकेन्द्रमा तयार गरिएको कृतिम पोखरीमा तीन÷चार दिनसम्म जिउ“दै राख्न सकिने उनले जानकारी दिए ।

No comments:

Post a Comment