Tuesday, November 26, 2013

चुनावमा उठेका ४ वैदेशिक रोजगार व्यवसायी मध्ये गुरुङ मात्र विजयी , लिम्बू, तामाङ र श्रेष्ठ पराजित

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, ८ मंसिर
गत ४ मंसिरमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ चुनावी मैदानमा उत्रिएका ४ जना वैदेशिक रोजगार व्यवसायी मध्ये एकजनाले विजयी हाँसिल गरेका छन भने तीन जनाले सफलता पाउन सकेका छैनन् ।   
प्रत्यक्षतर्फ विभिन्न दलबाट उठेका व्यवसायी मध्ये नेपाली काँग्रेसका तर्फबाट मनाङ जिल्लाबाट टेकबहादुर गुरुङ विजयी भएका छन । मुलुककै सबैभन्दा कम मतदाता भएको र जिल्लाभर एउटा मात्र क्षेत्र रहेको हिमाल पारीको जिल्ला मनाङमा वैदेशिक रोजगार व्यवसायी टेकबहादुर गुरुङले १ हजार ५ सय २७ मत ल्याएर विजय हाँसिल गरेका हुन । राप्रपा नेपालका तर्फबाट उठेका अर्का पर्यटन व्यवसायी भुजुङ गुरुङ र राप्रपाका त्रिपाल गुरुङबीच भएको तिब्र प्रतिस्पर्धामा वैदेशिक रोजगार व्यवसायी टेकबहादुरले ६ सय १६ मत बढी ल्याएर विजयी भएका हुन । उनीसँगै दोस्रो स्थान हासिल गरेका राप्रपाका त्रिपाल गुरुङले ९ सय ११ मत ल्याएका थिए भने तेस्रो स्थान हासिल गरेका ठमेल स्थित मनाङ होटलका सञ्चालक भुजुङ गुरुङले जम्मा ४ सय ५० मत मात्र ल्याएका थिए ।  
वैदेशिक रोजगारीकौ क्षेत्रमा देखिएका समस्यालाई आफ्नो पार्टीको तर्फबाट पनि केही गर्न सकिन्छ भन्ने उदेस्यले नेपाली कांग्रेसले मनाङ जिल्लाबाट हिमाल मेनपावर सभिर्सेजका प्रबन्ध निर्देशक टेकबहादुर गुरुङलाई प्रत्यÔ उम्मेदवार बनाएर चुनावी मैदानमा उतारेको थियो । वैदेशिक रोजगार व्यवसायी गुरुङले तिब्र प्रतिस्पर्धाको बाबजुत पनि नेपाली काँग्रेस पार्टीबाट सजिलै जित्न सफल भएका हुन् । कांग्रेस मनाङ जिल्लाको सभापतिसमेत रहेका व्यवसायी गुरुङ विगतदेखि नै नेपाली कांग्रेसमा सक्रिय थिए ।
दोस्रो संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ उठेर वैदेशिक रोजगारीको क्षेत्रलाई माथी उकास्ने उदेस्यकासाथ चारजना वैदेशिक रोजगार व्यवसायी चुनावी मैदानमा उत्रिएका थिए । संविधान सभामा व्यवसायीको हक अधिकार स्थापित गर्न नेकपा एमालेले तीन र कांग्रेसले एक जना व्यवसायीलाई निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएर उठाएको थियो । एमालेले नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष एलपी साँवा लिम्बूलाई झापा क्षेत्र नं. ५ बाट उम्मेदवार बनाएको थियो । लिम्बुलाई झापा क्षेत्र नं. ५ बाट नेपाली काँग्रेसका केशवकुमार बुढाथोकीले जम्मा २ सय ४० मतले उछिनेर हराएका हुन । सो निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसका बुढाथोकीले १६ हजार ५ सय ८७ मत ल्याएर विजयी भएका छन भने व्यवसायी लिम्बुले १६ हजार ३ सय ४७ को झिनो मतले मात्र हारेका हुन । मतगणनाको अन्तिम परिणाम सार्वजनिक नभएसम्म वैदेशिक रोजगारी व्यवसायीबीच झापा क्षेत्र नं. ५ बाट लिम्बुले नै चुनाव जित्ने आँकलन गर्दै आएका थिए । तर अन्तमा आएर व्यवसायीको सो आँकलन पुरा हुन सकेन ।   नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यÔ एवं ग्लोबल एलायन्स कन्सल्टेन्सी मेनपावरका अध्यÔ लिम्बूलाई एमालेले सर्वसम्मत रूपमा सो क्षेत्रमा प्रत्यक्ष तर्फको उम्मेदवार उठाएको थियो ।
यसैगरी, चितवन क्षेत्र नं. ५ मा वैदेशिक रोजगार व्यवसायी संघकै पूर्वअध्यÔ एवं अराउन्ड द वल्र्ड सभिर्सेज प्रालिका प्रबन्ध निर्देशक दानबहादुर तामाङ एमालेबाट उठेका थिए । तामाङलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट उठेका निर्माण व्यवसायी विक्रम पाण्डेले २ हजार ३ सय ७५ मतले उछिनेर चुनावी प्रतिस्पर्धामा हराएका हुन । कालिका कन्स्टक्सनका अध्यक्ष पाण्डेले १० हजार ७ सय ७९ मत ल्याएर चितवन क्षेत्र नं. ५ बाट विजयी हाँसिल गरेका छन । सो निर्वाचन क्षेत्रमा वैदेशिक रोजगार व्यवसायी तामाङले ८ हजार ४ सय ४ मत ल्याएर दोस्रो स्थानमा थिए भने एकिकृत माओवादीका नेता अमिक शेरचनले जम्मा ४ हजार १ सय ५१ मत ल्याएर तेस्रो स्थान हासिल गरेका थिए । सो क्षेत्रमा वैदेशिक रोजगारीको क्षेत्रबाट निकै लोकप्रियता कमाएका भएपनि निर्वाचित नभएका व्यवसायी तामाङ नेपाल भलिबल संघका केन्द्रीय अध्यÔ पनि हन् ।
यसैगरी, एमाले पार्टीकै तनहुँ क्षेत्र नं. २ बाट प्रत्यक्ष तर्फ चुनावी मैदानमा उत्रिएका वैदेशिक रोजगार व्यवसायी कृष्णकुमार (किसान) श्रेष्ठले पनि सफलता पाउन सकेनन । नेपाली काँग्रेसका पार्टी उप सभापति एवं बरिष्ठ नेता रामचन्द्र पौडेलसँग भएको तिब्र प्रतिस्पर्धामा उनले दोस्रो स्थान हासिल गर्न सफल भएका छन । तनहुँ क्षेत्र नं. २ मा भएको तिब्र प्रतिस्पर्धामा काँग्रेस नेता पौडेलले ६ हजार ४ सय १० मतले श्रेष्ठलाई उछिनेर विजयी भएका हुन । सो क्षेत्रमा निर्वाचित भएका पौडेलले कुल १८ हजार १ सय ४९ मत ल्याएका थिए भने दोस्रो स्थान हासिल गर्न सफल व्यवसायी श्रेष्ठले ११ हजार ७ सय ३९ मत ल्याएका थिए । यसैगरि सोही क्षेत्रमा तेस्रो स्थानका एकिकृत माओवादीका ओमराज आलेले जम्मा ४ हजार ४ सय ९३ मत मात्र ल्याएका थिए ।  यसपालीको निर्वाचनमा निकै प्रयास गर्दा झिनो मतले हारेर असफलता हातलाए पनि वैदेशिक रोजगारी क्षत्रेको योगदानलाई कदर गर्दै र पार्टी  र समाज सेवामा खेलेको भूमिकालाई समेत मूल्यांकन गरी एमालेले व्यवसायीहरु लिम्बू, तामाङ र श्रेष्ठलाई प्रत्यक्षतर्फको चुनावी मैदानमा उतारेको थियो । 
रेमिट्यान्सको माध्यमबाट मुलुकको अर्थतन्त्र मजबुत बनाउन योगदान दिए पनि वैदेशिक रोजगारीको Ôेत्रमा देखिएका समस्या समाधानका लागि अझै कहिँकतैबाट ठोस पहलकदमी नभइरहेको बेला यी व्यवसायीले प्रत्यक्षतर्फबाट चुनाव जिते भने धेरै राम्रो गर्ने अपेक्षा व्यवसायीको थियो । तर, अहिले उनीहरुको अपेक्षा पुरा हुन सकेन । चुनावी मैदानमा उत्रिएका यी व्यवसायीहरूले वैदेशिक रोजगार व्यवसायीले दोस्रो संविधानसभामा प्रतिनिधित्व गर्न पाए स्वभाविक रुपमा नै मुलुकको अर्थतन्त्रको मेरुडण्डको रूपमा रहेको वैदेशिक रोजगार Ôेत्रका विÈयमा आवाज बुलन्द हुने बताउँदै आएका थिए । चारजना मध्ये एकजना विजयी भएपनि अब वैदेशिक रोजगारीको क्षेत्रमा देखिएका समस्या केही हदसम्म सम्बोधन हुने अधिकाँश व्यवसायीको  अपेक्षा छ । 

No comments:

Post a Comment