Tuesday, November 26, 2013

पर्यटन व्यवसायीको अपेक्षा संविधान लेखन र आर्थिक क्रान्ति

काठमाडौं, ७ मंसिर –गत मंगलबार सम्पन्न भएको दोस्रो संविधानसभा निर्वाचनपछि विभिन्न संगठनमा आबद्ध  पर्यटन व्यवसायीले संविधान लेखन र आर्थिक क्रान्तिको अपेक्षा गरेका छन् । निर्वाचनपछि अहिले उनीहरू पर्यटन विकास हुनेमा आशावादी नै देखिएका छन् । इतिहासमै सबैभन्दा बढी उत्साहपूर्वक मतदान गरेर अहिले धमाधम मुलुकभरका मत परिणामको नतिजा सार्वजनिक भइरहँदा व्यवसायीले यस्तो अपेक्षा गरेका हुन । ट्राभल व्यवसायीको छाता संस्था नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्ट) ले बिहीबार विज्ञप्तिमार्फत व्यवसायीको अपेक्षाबारे जानकारी गराएको हो ।
नाट्टाले ४ मंसिरमा नेकपा–माओवादीलगायत ३३ दलीय मोर्चाले निर्वाचन विथोल्न गरेको १० दिने यातायात बन्दका बाबजुत पनि मुुलुकभर एकैसाथ अत्यन्तै उत्साहजनक, शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न निर्वाचनपछि व्यवसायीलाई अब छिट्टै पर्यटनमैत्री संविधान बन्ने अपेक्षा गरिएको उल्लेख छ । नाट्टाका अध्यक्ष पवित्रकुमार कार्कीद्वारा जारी विज्ञप्तिमा मुलुकमा व्याप्त लामो बन्द र चक्काजामका बाबजुद आम–निर्वाचन सम्पन्न गराउन जनमानसमा स्वतः स्पूmर्तरूपमा देखा परेको उत्साह स्तुत्य रहेको र यसरी नै राष्ट्रिय मुद्दाहरूमा सम्पूर्ण नेपाली जनता गोलबद्ध हुँदै गएमा राष्ट्र विकासका कामहरू द्रुत हँुदै जाने सुनिश्चित देखिएको उल्लेख छ । यसैगरी,  विगतको द्वन्दकालमा मुलुकको पर्यटन उद्योगले भोग्नुपरेका यावत् पीडा बिर्संदै शान्ति स्थापनापश्चात् यस क्षेत्रमा केही सुधारका संकेत देखिँदै आएको सन्दर्भमा अब मुलुकले संविधान लेखनका साथै राजनीतिक स्थायित्व पाउँदै जाने र तोकिएकै समयभित्र सम्पूर्ण देशवासीको चाहना प्रतिविम्बित हुने गरी नयाँ नेपालको नयाँ संविधान लेखिने र मुलुकमा लामो समयदेखि अपेक्षा गरिएको पर्यटन विकासका माध्यमबाट सहमति एवं सहकार्यका आधारमा मुलुक आर्थिक क्रान्तिमा होमिँदै जाने पर्यटन व्यवसायीको अपेक्षा भएको पनि नाट्टाले जनाएको छ । 
राजनीतिक स्थायित्व र आर्थिक विकासको मुख्य आधार नयाँ संविधान तोकिएको समयमा बन्ने अपेक्षा हुँदाहुँदै पनि अहिले एकीकृत माओवादीले गरेको मतगणना बहिष्कारले भने अझै आफूहरूको आशामा अन्योल उत्पन्न भएको पर्यटन व्यवसायीको भनाइ छ । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) ले पनि संविधानसभा निर्वाचन सम्पन्न भएकामा खुसी व्यक्त गरेको छ । टान अध्यÔ रमेश धमलाले चुनाव सम्पन्न भए पनि मतगणनाका क्रममा एमाओवादीले देखाएको असहमतिले फेरि  नेपालको पर्यटन उद्योगमा अपेक्षाकृत विकास हुन्छ भन्नेमा व्यवासयी आशावादी नभएको बताए । उनले माओवादीको असमतिकै कारण अझै आर्थिक क्रान्तिका लागि सहमतिको प्रयासमा केही तुषारापात भएको बताए । एमाओवादीले मतगणना स्थल छाडेर जानुले नेपाली राजनीति पुनः अप्ठ्यरो बाटोमा हि“ड्न लागेको आशंकाले भने पर्यटन व्यवसायीलाई चिन्तित बनाएको उनको भनाइ छ ।  होटल एसोसियसन अफ नेपाल (हान) का अध्यÔ श्यामसुन्दरलाल कÔपतिले पनि गत मंगलबार निकै उत्साहपूर्ण वातावरणमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनले धेरै आशा जगाउने काम गरेको बताए । अहिले राजनीतिक शून्यता तोडिएको उनको भनाइ छ । उनले चुनावभन्दा पहिले नेकपा माओवादीको ३३ दलीय मोर्चाले चुनाव बिथोल्छ कि भन्ने चिन्ता रहेकामा निर्वाचन अनुमान गरिएभन्दा निकै उत्साह र शान्तिपूर्ण वातावरणमा सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै कÔपतिले भने, ‘अब चुनावपछि बाहिर बसेको पÔलाई मिलाउनुपर्छ भन्ने लागेको थियो । तर, अहिले चुनावभन्दा पहिलेका ठूला पार्टीले नै यसरी मतगणना बहिष्कार गरेर जनमतको उपेक्षा गर्नु राम्रो होइन ।’ उनले पनि एमाओवादीले पछिल्लो समय देखाएको यस्तो क्रियाकलापले नयाँ सरकार गठन र संविधान निर्माणमा केही समस्या पर्ने बताए । मुलुकमा स्थायी शान्ति र स्थिरता नहुन्जेल पर्यटन विकासको कल्पना गर्न नसकिने भन्दै उनले एमाओवादीको असहमतिका गतिविधिले पनि पर्यटनमा गम्भीर प्रभाव पर्न सक्ने बताए ।

No comments:

Post a Comment