Tuesday, November 26, 2013

आर्थिक समृद्धिका लागि छिट्टै संविधान बन्ने व्यवसायीको आशा








मधुजंग पाण्डे÷राजधानी
काठमाडौं, ४ मंसिर
औद्योगिक र लगानीमैत्री वातावरणका लागि संविधानसभा आवश्यक भएको बताउ“दै आएका उद्यमी, व्यवसायी एवं बैंकर्सहरूले मंगलबार सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा उल्लेखनीय सहभागिता जनाएका छन् । निकै उत्साहका साथ राजधानीलगायत मुलुकभरका अधिकांश व्यवसायी तथा बैंकर्सहरूले आ–आङ्खनो मतदाता नामावली भएको बुथमा पुगेर आर्थिक समृद्धिका लागि  छिट्टै संविधान बन्ने अपेक्षा गर्दै भोट खसालेका थिए ।
यसअघि २०६४ साल २८ चैतमा भएको पहिलो संविधानसभा निर्वाचनमा मुलुकभित्र विभिन्न दलहरूबाट चन्दा आतंक मच्चिएपछि अधिकांश व्यवसायी तथा बैंकर्स निर्वाचन अगावै विदेश पुगेका थिए । यसपटक चन्दा आतंक कम भएपछि धेरैजसो व्यवसायी निर्वाचनमा मतदान गर्ने कार्यमा सहभागी भएका हुन् । यसपालिको निर्वाचनमा विदेशमा रहेको व्यवसायी तथा बैंकर्सहरू पनि उत्साहका साथ स्वदेश फर्किएका थिए ।
मंगलबार सम्पन्न निर्वाचनमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यÔ सुरज वैद्यले काठमाडौंको बा“सबारीमा भोट हालेका थिए । बिहान १० बजे भोट खसालेका अध्यक्ष वैद्यले जतिसक्दो छिटो व्यवसायीले चाहेको संविधान बन्ने अपेक्षा गरेको बताए । उनले अहिले भोट हालेर चुनेका नेताले मुलुकको स्थायी शान्ति र आर्थिक समृद्धिका लागि निरन्तर काम गर्ने आशा व्यवसायीको भएको बताए । मतदान गर्ने क्रममा राष्ट्रिय व्यावसायिक पहलका महासचिव सुरेन्द्रवीर मालाकारले काठमाडांै क्षेत्र नम्बर–६ ठहिंटी क्षेत्रपाटी मतदान केन्द्रबाट भोट हालेका थिए । मालाकारले पनि अहिले निजी क्षेत्रले व्यवसायीले चाहेको संविधान बन्ने आशामा निकै उत्साहकासाथ निर्वाचनमा भोट हाल्न र केही बुथको प्रवेक्षण गर्नसमेत भ्याएको बताए । यसैगरी, चौधरी समूहका अध्यÔ विनोद चौधरी र उनका छोरा निर्वाण चौधरीले काठमाडौंको रविभवनस्थित नाथम निर्वाचन केन्द्रबाट मत खसालेका थिए । उनले पनि अब मुलुकले चाहेको संविधान छिट्टै बन्ने अपेक्षा गरिएको बताए ।  नेउवा महासंघका उपाध्यÔ पशुपति मुरारकाले काठमाडौं १ नम्बर क्षेत्रको थापाथालीस्थित गुहेश्वरी माविबाट भोट हालेका थिए भने महासंघकै अर्का उपाध्यक्ष भवानी राणाले उनको गृह–जिल्ला बाँकेको नेपालगन्जबाट भोट हालेकी थिइन् ।
यसैगरी, गोल्छा अर्गनाइजेसनका निर्देशक शेखर गोल्छाले काठमाडौंको सीतापाइलाबाट, नेउवा महासंघका उपाध्यÔ प्रदीपजंग पाण्डेले महाराजगन्जबाट र  एभरेस्ट बैंकका सहायक प्रबन्धक हुमनाथ गुरुङले काठमाडौं Ôेत्र नम्बर –३ महांकालबाट भोट खसालेका थिए । उनीहरूले पनि स्थायी शान्ति, औद्योगिक वातावरण र आर्थिक समृद्धिका लागि अब आफूहरूले चुनेर पठाएका नेताहरू एक आपसमा मिलेर निरन्तर देश विकासका काम गर्ने अपेक्षासहित मतदान गरेको बताएका थिए । यसैगरी ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले काठमाडांैको विशालनगरको निर्वाचन केन्द्रबाट मतदान गरेका थिए । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष बलबहादुर तामाङले महाराजगन्ज चुनदेवीस्थित पञ्चकन्या माविबाट भोट खसालेका थिए । कमर्ज एन्ड ट्रस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनलराज भट्टराईले काठमाडौं Ôेत्र नम्बर–१ पुरानो बानेश्वरबाट भोट हालेका थिए । ग्लोबल आईएमई बैंकका सीईओ रत्नराज बज्राचार्यले ललितपुर Ôेत्र नम्बर–३ सानेपाबाट भोट हालेका थिए । यसैगरी, नेपाल हस्तकला महासंघका अध्यÔ हेमरत्न शाक्यले ललितपुर २ बाट भोट हालेका थिए । यसैगरी, व्यवसायी दिवाकर गोल्छाले काठमाडौं Ôेत्र नम्बर–१ शंखमूलबाट एनएमबी बैंकका सीईओ उपेन्द्र पौडेलले काठमाडौं Ôेत्र नम्बर–२ बत्तिसपुतलीबाट भोट हालेका थिए । दिनभर निकैबेर लाइनमा बसेर उत्साहपूर्वक भोट हालेका अधिकांश व्यवसायीले अब सबै दलका नेता मिलेर राजनीतिक सहमतिका आधारमा छिट्टै संविधान बन्ने अपेक्षा गरेका छन् ।
दिनभर पर्यटकलाई सटल बस सुविधा
काठमाडौं, ४ मंसिर –गृह प्रशासनबाट अनुमतिपत्र लिएका बाहेक सबै यातायातका साधन नचलेपछि निर्वाचनका दिन मंगलबार विभिन्न मुलुकबाट नेपाल भित्रिएका पर्यटकलाई भ्रमणमा असुविधा नहोस् भनेर नेपाल पर्यटन बोर्डले सटल बस सञ्चालन गरेर यातायातको सुविधा दिएको छ । बोर्डले पाँचओटा ठूला बस र ३५ ओटा साना हाइसमार्फत पर्यटकलाई यातायात सेवा प्रदान गरेको जनाएको छ । खासगरी चुनावको समयमा निजी तथा सार्वजनिक यातायातका साधन नचल्ने हु“दा पर्यटकलाई यातायातको सुविधा उपलब्ध गराएको नेपाल पर्यटन बोर्डका सञ्चार संयोजक शरद प्रधानले जानकारी दिए । उनले मंगलबार दिनभर सटल बसमार्फत काठमाडौं उपत्यकाभरि पर्यटकलाई यातायातको सुविधा उपलब्ध गराइएको बताए ।  बोर्डले सञ्चालन गरेका सटल बसले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राजधानीका विभिन्न होटलसम्म र होटलबाट पुनःविमानस्थलसम्म यातायातको सुविधा दिएको जानकारी दिए । उनले बोर्डको यस प्रयासले विभिन्न मुलुकबाट नेपाल भित्रिने र बाहिरिने पर्यटकलाई यातायातमा सहज भएको बताए ।

No comments:

Post a Comment