Saturday, November 2, 2013

महँगी नियन्त्रणको एजेन्डा लिएर आउन मतदाताको सुझाव

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, ११ कात्तिक
आगामी ४ मंसिरमा हुने दोस्रो संविधानसभा निर्वाचनको समय नजिकिंदै गर्दा अहिले राजधानी लगायत मुलुकभरका सर्बसाधारण मतदाता आफ्ना घर दैलोमा आइपुगका विभिन्न दलका नेतालाई थेग्नै नसकिनेगरि अकासिएको महँगी नियन्त्रण गर्ने एजेन्डा लिएर आउन सझाव दिईरहेका छन । उनीहरुले दैनिक असोभाविक रुपमा बढ्दै गरेको महँगीले भान्सा चलाउनै मुस्कील भईरहेका बेला तामझामसहित भोट माग्न घर दैलोमा आइपुगेका नेतालाई सर्वप्रथम दीर्घकालिन रुपमा महँगी नियन्त्रण र अन्य विकास निर्माणका एजेन्डा ल्याउन सुझाव दिएका हुन । 
अहिलेसम्म विभिन्न दलले सार्वजनिक गरेका चुनावी घोषणापत्रमा बढ्दो महँगी नियन्त्रण गर्ने आवाज नआएको भन्दै उनीहरुले यस्तो सुझाव दिएका हुन । भोट माग्दै गोंगबु पुगेका काठमाडौ क्षेत्र नं. ६ का एकिकृत माओवादी युवा नेता हिमाल शर्मासँग सोमबार त्यहाँका मतदाता गोकुल श्रेष्ठले महँगी नियन्त्रणलाई पनि सँगै लिएर आउन आग्रह गरे ।  उनले अहिलेसम्म विभिन्न दलले सार्वजनिक गरेको घोषणापत्रमा आर्थिक उन्नती र विकास निर्माणलाई निकै प्राथमिक्तामा राखेर व्यापक प्रचार प्रसार गरिएपनि मतदाताले प्रत्यक्ष रुपमा भोगिरहेका महँगी नियन्त्रणको विषमा भने कसैले सामान्य कुरा पनि नगर्नु निकै दुःखद् भएको बताए ।  अहिले सर्बसाधारणको चुलोमा आगो बल्नै नसकिने गरि चुलिएको दैनिक उपभोग्य बस्तुको मुल्य नियन्त्रण गर्ने काम नै सबैभन्दा राम्रो हो भन्दै उनले चुनाव प्रचारकालागि आफ्ना घर दैलोमा आएका सबै नेतालाई महँगी नियन्त्रणको एजेन्डालाई विशेष प्राथमिक्तामा राखेर आउन आग्रह गरेको बताए ।  यसअघि २०६४ साल २८ चैतमा सम्पन्न संविधानसभाको पहिलो निर्वाचनपछि अहिले महँगी दुईसय प्रतिशतले बृद्धि भइसकेपनि कुनै दलका घोषणापत्र एवं प्रतिवद्धतामा महँगी नियन्त्रणको आवज नआउनु दुःखद् भएको बताउँदै श्रेष्ठले भने, ‘ अस्वभाविक रुपमा चुलिएको दैनिक उपभोग्य बस्तुहरुको मुल्य नियन्त्रण गर्न दलहरुले सामुकि प्रतिवद्धता गर्नुपर्छ’।  लामो समयदेखि जारी राजनीतिक अस्थिरता एवं संक्रमणकालिन अवस्थाको फाइदा उठाउँदै कालाबजारियाले खुलेआम बढाउँदै गरेको महँगी नियन्त्रणमा दलहरुले एउटै नीति ल्याउनु आवस्यक भएको उनको भनाई छ । सामाखुसीका अर्का मतदाता हरिशरण आचार्य पनि काठमाडौ क्षेत्र नं. ६ का एमालेका युवा उमेदार योगेश भट्टराईसँग बढ्दो महँगी नियन्त्रणको नारालाई चुनावी मुख्य एजेन्डा बनाउन सुझाव दिईरहेका थिए । उनले विगत ४÷५ वर्षदेखि सर्बसाधारणले थेग्नै नसक्नेगरि चुलिएको मुल्यबृद्धि नियन्त्रणकालाई  ध्यानै नदिने तपाइँहरुजस्ता नेताहरु हामीलाई के काम भनेर सुझाव दिएर पठाएको बताए ।
सर्बसाधारणको ढाड सेक्नेगरि  हरेक बस्तुमा असोभाविक रुपमा अकासिएको मुल्य बृद्धि नियन्त्रण गर्न अहिलेसम्म कुनै राजनीतिक दल र तिनका भातृसंगठनहरु एवं सरकारले केही नगरेकाले बताउँदै आचार्यले भने, ‘ चुनावी प्रचारात्मक घोषणापत्रमा समेत दलहरुले महँगी नियन्त्रणको विषयमा केही ध्यान नदिएपछि अझै अधिकाँश उपभोक्ता महँगीको मार खेप्न बाध्य हुने छन ’ ।  उनले दैनिक रुपले बढ्दै गरेको महँगीको मार सर्वसाधारण उपभोक्तालाई मात्र नभएर अहिले निकै तामझामकासाथ भोट माग्दै गरेका नेता र उनीहरुका घर–परिवारले पनि खेप्नुपर्ने बताए ।
निकै तडकभडककासाथ नजिकिँदै गरेको निर्वाचनकालागि विभिन्न दलका नेताहरु आमसभा, मोटरसाइकल ¥याली, पर्चापम्प्लेट एवं घरदैलोमै पुगेर आ–आङ्खना पÔमा भोट मागिरहेका बेला चर्को महँगीको मार खेप्न बाध्य श्रेष्ठ र आचार्य त प्रतिनीधी पात्र मात्र हुन । उनीहरुजस्ता हजारौं भोका÷नाङ्गा मतदाताहरुले यसरी नै आफ्ना घर दैलोमा भोट माग्न आउने नेताहरुलाई थेग्नै नसक्ने महँगी नियन्त्रणको एउटै साझा नीति बनाउन सुझाव दिईरहेका छन । काठमाडौ क्षेत्र नं. ७, गोलढुँगाका मतदाता दिनेश पुतुवारले पनि आफ्नो टोलमा आइपुग्ने हरेक नेताहरुलाई महँगी नियन्त्रणको एजेन्डा लिएर आए मात्र यहाँका जनताले भोट दिने सुझाव दिएर पठाईरहेका बताए । उनले खेती गर्ने जमिन नै नभएको ठाउँमा समेत कृषि र ठुला विकास निर्माणका काम गर्छु भन्दै निकै महत्वकांक्षी आश्वासन दिन आउने नेतालाई  सर्बप्रथम थेग्नै नसकिने महँगी नियन्त्रणको अभियानमा सरकारलाई साथ दिन आग्रह गरेको बताए । उनले अहिले हामीलाई दिनभर मरिमेटर काम गर्दा पनि दैनिक सामान्य घर खर्च चलाउँनै मुस्कील परिरहेका बेला सहुलियत दरमा खाद्य बस्तु पाउनुभन्दा यहाँका मतदातालाई केही महत्वपूर्ण नहुने दावी गरे । 
अहिले विभिन्न दलका नेताहरुले चुनावी प्रचारमा उठाएका एजेन्डा एवं देखाएका गतिविधीहरु यहाँ प्रचलित उखान जस्तै भएको छ ।  ‘कामकुरो एकातिर, कुम्लो बोकी ठिमीतिर’। भने झैं अहिले यो उखान आगामी मंसिर ४ मा हुने निर्वाचनका उमेदारहरुलाई ठ्याक्कै त्यस्तै गरि लागु भएको छ । राजधानी लगायत मुलुकभरका विभिन्न स्थानको चुनावी क्षेत्रमा पुगेर आ–आङ्खना पÔमा भोट मागिरहेका नेताहरुले अहिले सो उखान कै शैली अपनाईरहेको अधिकाँश मतदाताको भनाई छ । थेग्नै नसकिने महँगीको मारमा पीडित सर्वसाधारण मतदाताहरुलाई अहिले चेलोमा आगो बाल्न आवस्यक बस्तुहरु नै मुख्य बनेको उनीहरुको तर्क छ ।  २०६४ मा भएको संविधानसभाको पहिलो निर्वाचनबाट पटक–पटक समय थप्दा पनि संविधान निर्माण हुन नसकेपछि अहिले दोस्रो पटक संविधानसभा निर्वाचन हुन लागेको हो । अझै नेताहरुले जनभावना बुझन नसकेको अधिकाँश मतदाताहरुको गुनासो छ । ठमेलका मतदाता रविन्द्र मानन्धरका अनुसार यसपाली आफ्ना दललाई जिताउनुभयो भने आगामी एक वर्Èभित्र संविधान बनाउन कसम खा“दै जनतामा भोट माग्न हि“डेका नेताहरु यतिबेला बढ्दो महँगी नियन्त्रणका कुरा बिर्सिएर बाटो, पुल, विद्यालय, पानीको धारो, विजुली र ढल निकास, सिचाइ आयोजना बनाइदिने आश्वासन बा“ड्नमा नै व्यस्त छन् । गाउ“ टोलमा पुगेर आमसभा गर्दा मात्र होइन प्रचारका लागि टाँसिएको पोष्टर तथा पम्प्लेटहरुमा समेत ती उम्मेदारले महँगी नियन्त्रण र संविधान निर्माणको कुरालाई भन्दा आ–आफ्ना जिल्ला र आफ्नै गाउँटोलको भौतिक पूर्वाधार विकासमा जोड दिएका छन् ।

No comments:

Post a Comment