Sunday, December 18, 2011

मंगलबारबाट सातामा ६९ घण्टा विजुली नआउने

काठमाडौं, ३ पुस–मंगलवारदेखि हप्तामा ६९ घण्टा लोडसेडिङ्ग हुने भएको छ । हाल सातामा ४० घण्टा लोडसेडिङ्ग हुँदै आएकोमा मंगलवारदेखि ६९ घण्टा हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
नयाँ तालिका अनुसार हप्तामा दैनिक २ पटकका दरले ४ दिन ११ घण्टा, एक दिन १० घण्टा र एक दिन ९ घण्टा विद्युत आउने छैन भने एक दिन भने एकै पटक ६ घण्टा लोडसेडिङ्ग हुने छ ।
नदीहरुमा पानीको बहाव पनि घशेकाले विद्युत् उत्पादन कम भएको र माग भने बढेकाले लोडसेडिङ्गको समय बढाउनु परेको प्राधिकरण भार प्रशण केन्द्रका प्रमुख चिरन्जिवी शर्माले जानकारी दिनुभयो ।
प्राधिकरणले ४० देखि ५० प्रतिशत विद्युत चुहावट हुने ठाउँमा तालिका भन्दा २ घण्टा बढी र ५० प्रतिशत भन्दा बढी चुहावट हुने फिडरमा दैनिक ३ घण्टा भन्दा धेरै लोडसेडिङ्ग गर्ने जानकारी पनि दिएको छ ।

Friday, December 16, 2011

वैदेशिक रोजगारको विज्ञापन गर्दा लट नम्बर अनिवार्य ,एक महिनामा ३० करोड रुपियाँको ठगी

काठमाडौं– तपाईं वैदेशिक रोजगारमा जाँदै हुनुहुन्छ यदि तयारीमा हुनुहन्छ भने साचारमाध्यममा प्रकाशित तथा प्रशारित हुने आकर्षक विज्ञापनप्र्रति आँखा चिम्लेर विश्वास गर्ने काम नगर्नुहोस् है। कतिपय व्यवसायीहरुले आकर्षक विज्ञापन गरेर कामदारलाई ठग्ने क्रम बढेपछि यसलाई नियन्त्रण गर्न वैदेशिक रोजगार विभागले कडाइ गर्ने भएको छ।
व्यवसायीहरुले पत्रपत्रिकामा आकर्षक तलबसहित अन्य सेवा-सुविधाका विज्ञापन गरेर कामदारलाई ठग्ने क्रम बढेपछि विभागले विज्ञापनमा लट नम्बर अनिवार्य राख्न निर्देश गरेको छ। 'आकर्षक विज्ञापन गरेर ठग्ने गिरोह नै सक्रिय भएको देखिन्छ यसलाई रोक्न हामीले विज्ञापन गर्दा लट नम्बर अनिवार्य राख्न अनुरोध गरेका छौं’ -वैदेशिक रोजगार विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईले भन्नुभयो। विज्ञापनमा लट नम्बर राखिएपछि उक्त विज्ञापन सही भए नभएको थाहा पाउन सकिने उहाँको भनाइ छ।
वैदेशिक रोजगार ऐन २०६४ ले पनि वैदेशिक रोजगारको विज्ञापन गर्दा स्पष्ट मापदण्ड तोकेको छ तर ऐन नै कार्यान्वयन नगरी व्यवसायीहरुले विज्ञापन गर्ने गरेका छन्। लट नम्बरका आधारमा अनुगमन गर्न सजिलो हुने महानिर्देशक भट्टराई बताउनुहुन्छ। 'यो प्रवधान लागू भए कोही व्यक्ति पनि ठगिनुभन्दा अघि नै थाहा पाउँछ’ उहाँले भन्नुभयो- 'कोही पनि नझुक्कियोस् भन्ने हाम्रो अभिप्राय हो।’
वैदेशिक रोजगारमा विज्ञापन पनि महत्वपूर्ण पाटो रहेकाले विज्ञापनलाई व्यवस्थित गर्न वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार प्रवद्र्वन बोर्डले टोल फ्री र हटलाइन सेवा शुरु गरेका छन्। ४११२३५० हटलाइन र १६६००१५००५ मा फोन गर्दा विज्ञापन सही भए नभएको प्रमाणित गर्न सकिने महानिर्देशक भट्टराईले बताउनुभयो। 'अहिलेको मुद्दा ठगीको छ विज्ञापनका कारण पनि केही ठगी भएको छ’ -उहाँले भन्नुभयो। भट्टराईले पछिल्ला समयमा ठगीका घटना बढेकाले विभागको निगरानी पनि बढेको जानकारी दिनुभयो। पछिल्लो समयमा ठगीका घटना बढ्न थालेपछि पीडितहरु पनि न्यायका लागि विभागमा उजुरी दिन थालेका छन्। पछिल्लो एक महिनामा मात्र संस्थागत ८० वटा र व्यक्तिगत २३ वटा ठगीका मुद्दा विभागमा दर्ता भएको महानिर्देशक भट्टराईले बताउनुभयो। उहाँका अनुसार यस अवधिमा सर्वसाधारणको ३० करोड रकम ठगिएको र १२ वटा मुद्दा अनुसन्धानको प्रक्रियामा रहेका छन्।
विभागले अनुगमन गर्न नसकेको स्वीकार गर्दै महानिर्देशक भट्टराईले लट नम्बर अनुगमनको प्रक्रिया पनि रहेको बताउनुभयो। शहरभन्दा गाउँबाट वैदेशिक रोजगारमा युवाहरु बढी जाने भएकाले लगत विज्ञापन नजाओस् भनेर सूचना विभागसँग सहकार्य शुरु गर्ने उहाँले बताउनुभयो। वैदेशिक रोजगार प्रवद्र्वन बोर्डका महानिर्देशक स्थानेश्वर देवकोटाले विभागको स्वीकृतिबेगरमा सूचना निकालेमा जरिवाना तिराउने बताउनुभयो। 'हामीले वैदेशिक रोजगारका सूचनामा कडाइ गर्न थालेका छौं’ उहाँले भन्नुभयो- 'यसो हुन सके वैदेशिक रोजगारका धेरै समस्या समाधान हुनेछन्।’ ऐन कानुन सिद्वान्ततः व्यवहारमा मेल नखाएको भन्दै सरोकारवाला सबैको सहकार्य भएमा वैदेशिक रोजगारका समस्या सजिलै समाधान हुने उहाँको भनाइ थियो।

चीनबाट जहाज खरिद गर्न 'अर्थले स्वीकृति दिएकै छैन'

 काठमाडौं, १ पुस - अर्थमन्त्री वर्षमान पुनले चीनको एक कम्पनीसँग पाँचवटा जहाज खरिद गर्न र तीनवटा अनुदानमा लिन पर्यटनमन्त्री लोकेन्द्र विष्टले मन्त्रिपरिषदबाट स्वीकृति र अर्थ मन्त्रालयबाट सहमति नलिएको बताएका छन्।
पर्यटनमन्त्री विष्टले आइतबार चीनको सरकारी कम्पनी 'एभिक इन्टरनेसनल होल्डिङ कर्पोरेसन' सँग आठवटा जहाज खरिद समझदारी गरेका थिए। एभिकका तर्फबाट उपाध्यक्ष सि ले हस्ताक्षर गरेका छन्।
'नेपाल वायुसेवा निगमका लागि पाँच जहाज किन्न र तीनवटा अनुदानमा लिने विषयमा समझदारी गर्न पर्यटन मन्त्रीज्यूले मन्त्रिपरिषद र अर्थ मन्त्रालयबाट स्वीकृति लिनुभएको छैन,' अर्थमन्त्री पुनले बिहीबार नागरिकसँग भने, 'निगमले जहाज चाहिने भने बताइरहेको छ।'
'यो समझदारीको कानुनी मान्यता हुँदैन, सामान्य राजनीतिक प्रतिबद्धता जनाउनमात्र हो भन्नुहुन्थ्यो,' चिनियाँ कम्पनीसँग समझदारी गरेको बारेमा बिहीबार जानकारी लिएका अर्थमन्त्री पुनले पर्यटन मन्त्री विष्टलाई उद्धृत गर्दै भने, 'तर, उहाँले भनेजस्तो चाहिँ हुँदैन। मन्त्रिपरिषदको स्वीकृति र अर्थको सहमति चाहिन्छ।'पर्यटनमन्त्री विष्टले सबै प्रक्रिया र कानुनअनुसार नै चिनियाँ कम्पनीसँग जहाज खरिद समझदारी गरिएको बुधबार नागरिकलाई बताएका थिए। उनले आफ्नो समझदारीलाई मन्त्रिपरिषदबाट स्वीकृत गराउने र अर्थबाट सहमति लिने दाबी पनि गरेका थिए।
मन्त्री विष्टले बिहीबार पुनः समझदारीलाई मन्त्रिपरिषदबाट स्वीकृत गराएरै छाड्ने अडान लिएका छन्। आठ जहाजको मूल्य ३ अर्ब ७१ करोड २५ लाख रुपैयाँबराबर छ। जहाज खरिद समझदारीअनुसार पाँच जहाजका लागि २ अर्ब ३४ करोड ७५ लाख रुपैयाँ तिर्नुपर्ने छ। बाँकी अनुदानमा उपलब्ध हुनेछन्। कुनै पनि सरकारी निकायले वैदेशिक सहायता, अनुदान वा ऋण लिनुअघि अर्थको सहमति लिनुपर्छ। त्यसपछि मन्त्रिपरिषदबाट स्वीकृति लिनुपर्छ। तर, विष्टले कुनै पनि निकायलाई पत्तै नदिई मंसिर २५ गते पर्यटन मन्त्रालयमा चिनियाँ कम्पनी एभिकसँग खरिद समझदारी गरेका हुन्। समझदारीमा निगमका लागि १९ सिट क्षमताका साना ५ वटा र ५० देखि ७० सिटे ठूला ३ वटा जहाज खरिद गर्ने उल्लेख छ। तीमध्ये पाँचवटा सहुलियतपूर्ण ऋणमा किन्ने र तीनवटा अनुदानमा लिने समझदारी भएको छ। एभिकले साना तीन र ठूला दुईवटा किन्न प्रस्ताव गरेको छ। एउटा सानो जहाजको मूल्य ३८ करोड २५ लाख र ठूलोको करिब ६० करोड रुपैयाँ पर्छ।
'कोठाभित्र सिरक ओढेर झ्यालमा कालो पर्दा लगाएर जहाज खरिद समझदारी गरेको होइन,' मन्त्री विष्टले बिहीबार संवाददाताहरूसँग भने, 'भरपर्दो, पारदर्शी र जवाफदेही ढंगमा प्रक्रिया पुर्‍याइ कानुनको सीमाभित्रै रहेर समझदारी गरेका हौं।'
समझदारी गर्नुअघि अर्थको सहमति लिनुपर्ने विषयमा उनले अन्तर मन्त्रालयबीचका विषय सल्लाह गरेर मिलाउने दाबी गरे। 'मेरो मन्त्रालयको काम खुरुखुरु गर्छु, अरू मन्त्रालयलाई भन्न आवश्यक छैन,' उनले भने, 'अहिले गरेको समझदारीलाई मन्त्रिपरिषदबाट स्वीकृत गराइहाल्छु यसमा ठूलो कुरा छैन।'
मन्त्री विष्टले दुवै देशका सरकारका माथिल्लो तहमा पनि कुराकानी भएपछि भएपछि जहाज खरिद समझदारी गरेको जानकारी दिए। 'मैले कुनै अपराध गरेको छैन र कसैलाई हानी नोक्सानी हुने काम पनि गरेको छैन,' उनले भने, 'यदि गल्ती भएको रहेछ भने सजाय भोग्न तयार छु, तर जहाज भने ल्याएरै छाड्छु।'
निगमलाई जहाज किन्न आवश्यक प्रक्रिया अगाडि बढिरहेकाले चिनियाँ कम्पनीसँग सैद्धान्तिक सहमति गरेको उनले बताए। 'अहिले जहाज ल्याउने मिति नतोकौं, जहाज किन्ने भनेको आलु-प्याज किनेजस्तो होइन,' उनले भने, 'मेरो कार्यकालमा आठवटा जहाज आउँछ, यसमा कमिसनको खेल पनि हुँदैन र पारदर्शी तरिकाले आउँछ।'
कुनै पनि सरकारी निकायले वैदेशिक सहायता, अनुदान वा ऋण लिनुअघि अर्थ मन्त्रालयको सैद्धान्तिक सहमति लिनैपर्ने अर्थ स्रोतले जानकारी दियो। 'राज्यलाई आर्थिक दायित्व सिर्जना हुने विषयमा अर्थको सहमति चाहिन्छ र हाम्रो सहमतिपछि मन्त्रिपरिषदमा प्रस्ताव लैजानुपर्छ,' स्रोतले भन्यो, 'नीतिगत रूपमा वैदेशिक सहयता, अनुदान वा ऋण लिन पनि मन्त्रिपरिषदबाट स्वीकृति लिनुपर्छ।'स्रोतका अनुसार अनुदानमा जहाज लिनु राम्रै कुरा भए पनि खरिद गर्नका लागि टेन्डर आह्वान गरेर प्रतिस्पर्धा गराउनुपर्छ। प्रतिस्पर्धा गराउँदा अन्य कम्पनीले पनि प्रस्ताव हाल्छन् र सस्तोमा जहाज पाउन सकिन्छ। बिनाप्रतिस्पर्धा जहाज किन्नु सार्वजनिक खरिद ऐनविपरीत हो।
'कानुन, विधि र प्रक्रिया नपुर्‍याइ समझदारी गरेकाले समस्या आउने निश्चित छ,' स्रोतले भन्यो, 'समझदारीअनुसार जहाज नकिने चिनियाँ कम्पनीले क्षतिपूर्ति दाबी गर्छ र त्यस्तो क्षतिपूर्ति कसले बेहोर्ने हो, समझदारी गर्नेलाई नै थाहा होला।'
दुई वर्षअघि युरोपेली जहाज निर्माता कम्पनी एयरबससँग दुई ठूला जहाज किन्न वायुसेवा निगमले अर्थ मन्त्रालयको सहमति नलिई साढे सात लाख अमेरिकी डलर बैना पठाएको थियो। यसमा अर्थ, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सार्वजनिक लेखा समितिले आपत्ति जनाएपछि निगमका कार्यकारी अध्यक्ष सुगतरत्न कंसाकारसहित ६ उच्च अधिकारी भ्रष्टाचारको आरोपमा जेल परेका थिए। त्यसै गरी शाही सरकारका पालामा नेपाली सेनालाई चीनबाटै दुई जहाज किन्न गरिएको सम्झौतापछि पठाएको बैनावापत्को ४० करोड रुपैयाँ अहिलेसम्म सरकारले फिर्ता पाउन सकेको छैन।
निगमका लागि किन्न लागिएका जहाज मोडर्न आर्क (एमए)-६० मोडेल र वाइ-१२-ई सिरिजका हुन्। एमए-६० 'चाइना जियान एयरक्राफ्ट इन्डस्ट्रियल कर्पोरेसन' र वाइ-१२ 'हार्बिन' कम्पनीका उत्पादन हुन्। मन्त्री विष्टले समझदारी गरेको कम्पनी भने चीनको सरकारी हो। यसलाई चिनियाँ सरकारले जहाज खरिदबिक्री कुरा मिलाउने, ऋण व्यवस्था गर्नेलगायत जिम्मेवारी दिएको छ।
एक उड्डयन विज्ञका अनुसार एमए-६० जहाजलाई युरोप र अमेरिकी राष्ट्रले प्रमाणित गरे पनि वाइ-१२ लाई अझै प्रमाणित गरेका छैनन्। यी जहाज युरोप, अमेरिकामा नउडे पनि हाल सुडान, जिम्बाब्वे, भियतनाम, कम्बोडिया, पाकिस्तान, इन्डोनेसिया, रुआन्डा, केन्या, बुरुन्डी, पपुआन्युगिनी लगायत देशमा सञ्चालनमा छन्।
यिनै जहाज उपयुक्त भए/नभएको अध्ययन गर्न एक महिनाअघि निगमका नायब महाप्रबन्धक गणेश ठाकुरको नेतृत्वमा एक प्राविधिक टोली चीन गएको थियो। फर्र्किएपछि उक्त टोलीले तयार पारेको अध्ययन प्रतिवेदनले दुवै मोडेलका जहाज निगमका लागि उपयक्त भएको निष्कर्ष निकालेको थियो।
निगमले वाई- १२ लाई दुर्गम भेगमा तथा एमए-६० लाई सहरी भेगका विमानस्थलमा उडाउने योजना बनाएको छ। दुर्गममा सस्तो उडान गरी सेवा दिने उद्देश्यले गत साउन तेस्रो साता दातृ राष्ट्रसँग पाँचवटा टि्वनअटर जहाज अनुदानमा लिइदिन निगमले पर्यटनमा प्रस्ताव पठाएको थियो। लगत्तै थप तीन जहाजसहित अनुदान वा सहुलियतपूर्ण ऋणमा आठ जहाज लिइदिन प्रस्ताव गरेको थियो। त्यसपछि पर्यटनले अर्थलाई प्रस्ताव पठाएको थियो।

Thursday, December 15, 2011

बैदेशिक रोजगारीमा एक महिनामै ३० करोड ठगी, कारवाही नभएको पिडीतको गुनासो

काठमाण्डौ,२९ मंसिर–माग नै आएको कम्पनी अनि स्वीकृति नै नदिएको मुलुकमा आर्कषक रोजगारीको प्रलोभन देखाउँदै पैसा उठाएर नेपाली युवालाई ठग्ने प्रबृत्ति निकै बढेको छ ।
पछिल्लो एक महिनाको अबधिमा मात्र करिव ३० करोड रुपैयाँ बराबर ठगि भएको भन्दै वैदेशिक रोजगार बिभागमा उजुरी आएको बिभागले जनाएको छ । यसरी आएका उजुरीमध्ये अधिकांश बिज्ञापन प्रकाशन गरि नक्कली मागपत्रका आधारमा पैसा उठाएको र पैसा खाएर भागेको लगायतका छन् ।
वैदेशिक रोजगार बिभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईले अहिले बिभागमा एक महिनामा मात्र ३० करोड बराबर ठगीको उजुरी आएको जानकारी दिंदै दर्ता नै नभएका र दर्ता भएका विभिन्न रोजगार कम्पनीबाट ठगी भएको उल्लेख गर्नुभयो ।
हाल २३ वटा ठगीका मुद्दा अदालतमा दायर भइरहेको र १२ वटामाथि अनुसन्धान जारी रहको महानिर्देशक भट्टराईले जानकारी दिनुभयो । दोषीमाथि कारवाही गर्ने प्रतिबद्धता जनाउँदै उहाँले ठगी भएको पाइएमा सिधै आफुकहाँ आएर उजुरी गर्न आग्रह गर्नुभयो ।
वैदेशिक रोजगार व्यावसायीले सञ्चार माध्यममा दिने विज्ञापनको विश्वसनीयता र त्यसमा सञ्चार माध्यमले निर्वाह गर्नुपर्ने भूमिकाका सम्बन्धमा बिहीवार काठमाण्डौंमा आयोजित छलफल कार्यक्रममा महानिर्देशक भट्टराईले बोरोजगार युवा समुदायलाई आकर्षक हुने गरी सञ्चारमाध्यममा गलत र अवैध तरिकाले विज्ञापन प्रकाशन गरी वैदेशिक रोजगार व्यवसायीले ठगी गर्ने गरेको बताउनुभयो ।
बैदेशिक रोजगार प्रर्बद्धन बोर्डका कार्यकारी निर्देशक स्थानेश्वर देवकोटाले स्थानीयस्तरमा जनचेतना जगाउन नसक्दा ठगीका घटना भइरहेको भन्दै कामदारलाई सचेत भएर जानकारी लिएरमात्र पैसा बुझाउन आग्रह गर्नुभयो ।तर, वैदेशिक रोजगार पिडीतहरुले भने कानुन कार्यन्वयनको अभावमा बैदेशिक रोजगारीको आडमा ठगी भइरहेको बताउँछन् । सयौं बेरोजगार युवाबाट करोडौं रुपैयाँ ठग्ने ब्यक्ति र म्यनपावरमाथि कुनै कारवाही नहुँदा नयाँ ठगहरुलाई प्रोत्साहन मिलेको उनीहरु बताउँछन् ।
नेपाल विज्ञापन एजेन्सी सङ्घ -आन) का अध्यक्ष राजकुमार भट्टराईले कतिपय एजेन्सी र अवैध म्यानपावर कम्पनीले अघोषित सम्बन्धका आधारमा गलत सूचना र विज्ञापन प्रकाशन हुने गरेको हुन सक्ने भन्दै त्यस्तो कार्यलाई रोक्न सङ्घले सघाउने उल्लेख गर्नुभयो । कार्यक्रममा पत्रकार आचारसंहिता विपरीत अवैध कम्पनीका गलत सूचना र विज्ञापन दिने सञ्चार माध्यमले पनि सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्नेमा जोड दिइएको थियो ।

विमानस्थलमा एयर ट्राफिकको समस्या

काठमाडौं, 29 मंसिर - मंसिर पहिलो साता विराटनगरबाट राजधानी र्फकंदाको हवाई यात्रामा जस्तो डर पुल्चोकका पीयूष आनन्दलाई कहिल्यै लागेको थिएन । छिप्पिदो साँझसँगै झरी परिरहेको मौसम, त्यसमाथि ४० मिनेटमा राजधानी अवतरण गरिसक्नुपर्ने जहाज एक घन्टाभन्दा बढी समय आकाशमै रुमलिनुपर्दा उनलाई असाध्यै डर लागेको थियो । 'अँध्यारो मौसमले हवाईजहाज कहाँ छ भन्ने पनि थाहा पाइएन,' उनले भने, 'त्यसमाथि प्लेन तलमाथि गर्दै भौतारिँदा केही साताअघिको हवाईजहाज दुर्घटना सम्झेर असाध्यै डर लागेको थियो ।'
केही समययता यस्तो समस्या भोग्ने यी हवाईयात्रु मात्र होइनन्, प्रायः सबैले यस्तै भोग्नु परिरहेको छ । करिब डेढ साताअघि धनगढीबाट राजधानी र्फकंदा उद्योग वाणिज्य महासंघका उपाध्यक्ष भाष्करराज राजकणिर्कारले पनि यस्तै भययुक्त यात्रा गर्नुपरेको थियो । धनगढीबाट राजधानीको हवाई यात्रा करिब एक घन्टा १० मिनेटको भए पनि उनी करिब पौने २ घन्टा आकाशमै उडिरहे । 'म त बारम्बार यात्रा गरिरहने भएकाले त्यति डर लागेन,' उनले भने, 'तर कतिपय यात्रु भने असाध्यै डराइरहेका हुन्छन् ।'
आन्तरिक उडानमा मात्र नभएर अन्तर्राष्ट्रिय हवाई यात्रामा पनि यस्तो समस्या छ । बेलायतबाट थाई एयरवेजमा स्वदेश र्फकंदा माओवादी अध्यक्ष पुष्पकमल दाहाल  एक घन्टा नेपाली आकाशमै रुमलिनुपरेको थियो ।

अहिले मुलुकभित्रकै गन्तव्य या अन्य मुलुक जान हवाई यात्रा गर्नेले कम्तीमा पनि एकदेखि डेेढ घन्टा ढिलो पुग्नुपर्ने समस्या सामान्य जस्तै बन्दै गएको छ । त्यस्तै राजधानीमा अवतरण गर्न पनि कहिले त आकाशमै ४५ मिनेटदेखि डेढ घन्टासम्म रोकिनुपर्ने अवस्था छ ।
यस्तो किन भइरहेको छ ? त्रिभुवन विमानस्थलका महाप्रबन्धक रतीश चन्द्रलाल सुमन भन्छन्, 'हवाई ट्राफिक जाम बढेको छ ।' उनका अनुसार यस्तो हुनुको मुख्य समस्या हवाई क्षेत्र -एयर स्पेस) साँघुरो हुनु हो ।
विमानस्थलमा प्रयोग हुने उपकरण 'म्यानुअल' हुनु, आन्तरिक र अन्तर्राष्ट्रियका उडानका लागि एउटै धावनमार्ग हुनु, जहाज र यात्रु आवागमनको चाप बढ्दै जानुले समस्या उब्जिएको हो । यो समस्या सन् २००९ यतादेखि अधिक हुन थालेको विमानस्थल अधिकारी बताउँछन् ।केही समययता हवाई यात्रामा ढिला हुन थालेपछि यात्रुलाई समय व्यवस्थापन समेत गाह्रो हुँदै गएको राजकणिर्कारको भनाइ छ । 'निश्चित समयमा पुग्ने र फर्किने कार्यक्रम हुन्छ,' उनी भन्छन्, 'तर अहिले त कम्तीमा एक दुई घन्टा प्लेन ढिलो उड्ने, आकाशमै बढी समय रुमलिने कारणले कुनै काम पनि समयमा हुन सकिरहेको हुँदैन ।'
आन्तरिक विमान कम्पनीका अनुसार ट्राफिक जामका कारण उडान/अवतरणमा दुई घन्टाभन्दा बढी ढिलाइ हुने गरेको छ । यसले यात्रुलाई मात्र समस्या भइरहेको छैन । कम्पनीको लागत समेत बढाएको छ । 'विमानस्थलले यात्रुको चाप धान्नै नसक्ने अवस्थामा पुगिसकेको छ,' बुद्ध एयरका बजार प्रबन्धक रूपेश जोशीले भने, 'ढिलो हुने र आकाशमा होल्ड गर्नुपर्ने अवस्था सामान्य जस्तै भइसकेको छ ।'
बढ्दो बिदेसिने कामदारको संख्यासँगै पर्यटक आगमन वृद्धि उच्च छ । अधिकांश बाह्य विमान कम्पनीले आफ्नो उडान थपेका छन् । विमानस्थलका अनुसार जहाज आवागमन -उडान चाप) गत वर्षभन्दा करिब २० प्रतिशतले बढेको छ । त्यस्तै आन्तरिक यात्रु आवागमन १२ दशमलव ८३ र अन्तर्राष्ट्रिय २० प्रतिशतले बढेको छ । त्यसैले अन्तर्राष्ट्रिय टर्मिनलको दैनिक प्रतिघन्टा १ हजार २ सयसम्म यात्रु चाप धान्ने क्षमता भए पनि ३ हजारभन्दा बढी थेग्नु परिरहेको छ ।
हवाई र यात्रु आवागमन अप्रत्याशित रूपमा बढिरहे पनि विमानस्थलको सूचना तथा नियन्त्रण प्रणाली एवं पूर्वाधार विकास भने त्यस अनुरूप हुन सकिरहेको छैन । सूचना प्रणालीमा सुधार नगरिएकाले ट्राफिक समस्या बढ्दो रूपमा रहेको एयर ट्राफिक कन्ट्रोल विभागका एक अधिकारी बताउँछन् । विमानस्थल व्यवस्थापनले समस्या हल गर्नेतर्फ खासै चासो नदेखाएको उनले बताए ।यता सुमन भने आन्तरिक तथा बाह्य यात्रुको समय ख्याल गरेर सुधारका कार्यक्रम ल्याएको दाबी गर्छन् । 'यो सुधार गर्न सकिने कुरा हो,' उनले भने, 'हामी यसलाई हटाउने प्रयासमा लागि सकेका छौं ।'
हुन त केही समयअघि नै विमानस्थलले अवतरण प्रणालीलाई चुस्त बनाउन 'रिक्वायर्ड नेभिगेसन परफरमेन्स विथ अथोराइजेसन रिक्वायर्ड -आरएनपी-एआर)' जडान गरिसक्ने जनाएको थियो । तर अहिलेसम्म जडान हुन सकेको छैन । यो जडान गरेर सञ्चालनमा आउन अझै दुई महिना लाग्ने सुमनले जानकारी दिए ।
आरएनपी भू-उपग्रहमा आधारित प्रणाली हो । यसले जहाजलाई दुई फरक बिन्दुको बीचबाट सुरक्षित उडानका लागि दिशानिर्देश गर्छ । यो प्रणाली मार्फत अवतरण गर्दा विमान चालकले आवश्यक सम्पूर्ण जानकारी 'अटोमेटिक' रूपमा प्राप्त गर्ने छन् ।

समस्या हटाउन तीन विकल्पीय रणनीति तयार गरेको सुमनले जानकारी दिए । 'एउटा अटोमेटिक प्रणाली सञ्चालनमा ल्याउनु हो, यसका लागि काम भइरहेको छ,' उनले भने, 'अनावश्यक ट्राफिकलाई अन्य विमानस्थलमा सार्ने र यहाँबाट आन्तरिक वा अन्तर्राष्ट्रिय सेवा मात्र सञ्चालन गर्नु जरुरी छ ।'
नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक त्रिरत्न मानन्धर भने ट्राफिक समस्या हटाउन दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक रहेको बताउँछन् । 'अरू कतै ध्यान नदिई सरकारले जतिसक्दो छिटो अर्को अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नु जरुरी छ,' उनले भने । अहिले निजगढको विस्तृत सम्भाव्यता अध्ययन सम्पन्न भइसकेको छ । सरकारले निर्माण प्रक्रिया अघि बढाउन यसको प्रस्ताव बुट कमिटीमा पठाउने तयारी गरिरहेको छ ।
चार वर्षअघि एसियाली विकास बैंकले ऋण सहयोगमा त्रिभुवन विमानस्थलको साँघुरोपन हटाउन र यात्रुलाई सहज वातावरण बनाउन सुधार कार्यक्रम थाल्ने घोषणा पनि भएको थियो । तर बैंकको प्राविधिक विज्ञले गरेको अध्ययन अनुसार अनुमान गरिएको रकमले विमानस्थलको सुधारका काम सम्पन्न गर्न नपुग्ने देखिएपछि अन्योल छ । सुधार कार्यक्रम अन्तर्गत धावन मार्गलाई ३ सय मिटर बढाउने, वायुयान पार्किङ विस्तार गरी ४२ बनाउने, ट्याक्सी वे फराकिलो बनाउने, कार पार्किङको पूर्वपट्टकिो भागमा आन्तरिक टर्मिनल सार्ने लगायत काम गर्ने योजना बनेको हो । त्यस्तै अन्तर्राष्ट्रिय टर्मिनललाई गल्फकोर्ससम्म विस्तार गरी त्यसैसँग नयाँ भिभिआइपी भवन बनाउने पनि योजना पनि थियो । तर ती सबै कुरा अहिले त्यसै सेलाएका छन् ।

मन्त्रिपरिषदको स्वीकृतिबिनै जहाज ल्याउने चाँजो



 काठमाडौं,२९ मङ्सिर  -पर्यटन तथा नागरिक उड्डयनमन्त्री लोकेन्द्र विष्टले मन्त्रिपरिषदको स्वीकृतिबिनै चीनको एक कम्पनीसँग पाँचवटा जहाज किन्ने र तीनवटा अनुदानमा लिने समझदारी गरेका छन्। उनले मन्त्रिपरिषद् र अर्थ मन्त्रालय समेतलाई जानकारी नदिई यही आइतबार चिनियाँ कम्पनीसँग झन्डै ४ अर्ब रुपैयाँको खरिद समझदारी गरेका हुन्। नेपाल वायुसेवा निगमका लागि १९ सिट क्षमताका ५ र ५० देखि ७० सिटका ३ जहाज लिने खरिद समझदारीमा छ। सबैको मूल्य ३ अर्ब ७१ करोड २५ लाख रुपैयाँ पर्छ। पाँच जहाजका लागि २ अर्ब ३४ करोड ७५ लाख तिर्नुपर्ने छ। यो सहुलियतपूर्ण ऋणमा किनिनेछ। कुनै पनि सरकारी निकायले वैदेशिक सहायता, अनुदान वा ऋण लिनुअघि अर्थ मन्त्रालयको सहमति लिनैपर्छ। मन्त्रिपरिषदबाट पनि स्वीकृत गराउनुपर्छ। चिनियाँ कम्पनीले साना तीन र ठूला दुई जहाज किन्न प्रस्ताव गरेअनुसार यो समझदारी भएको हो। एउटा सानो जहाजको भाउ ३८ करोड २५ लाख र ठूलोको करिब ६० करोड रुपैयाँ पर्छ।
'निगमको निम्ति जहाज ल्याउने कुरा भइरहेकाले चिनियाँ कम्पनीसँग सैद्धान्तिक सहमति गरेका छौं,' मन्त्री विष्टले बुधबार  भने, 'आवश्यक प्रक्रिया अघि बढिरहेको छ। जहाज आएपछि मात्र सबैलाई जानकारी गराउँछौं।'
विष्टले चीनको सरकारी कम्पनी 'एभिक इन्टरनेसनल होल्डिङ कर्पोरेसन'सँग जहाज खरिद समझदारी गरेको बताए। पर्यटन मन्त्रालयमै भएको समझदारीमा आफू र एभिकका उपाध्यक्ष सि ले हस्ताक्षर गरेको उनले जानकारी दिए। समझदारीपत्र हस्ताक्षर गर्दा चिनियाँ पक्षका चार तथा पर्यटन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारीसँगै माओवादी नेता तथा पूर्वमन्त्री जनार्दन शर्मा उपस्थित थिए। निगमबाट भने कोही थिएनन्।
'दुवै देशका सरकारको उच्च प्रतिनिधिबीच कुराकानी भएपछि समझदारी गरेका हौं,' मन्त्रिपरिषदको अनुमतिबिना कसरी समझदारी गरियो भन्ने प्रश्नमा मन्त्री विष्टले भने, 'अब बस्ने मन्त्रिपरिषदमा प्रस्ताव लैजान्छु, पास भइहाल्छ, ठूलो कुरा होइन।'उनले भरपर्दो, जवाफदेही र पारदर्शी तरिकाले जहाज ल्याउने प्रक्रिया अघि बढेको बताए। 'दुई देशको कुरा मिलेपछि जहाज आउँछ, लुकाइछिपाई ल्याउने होइन, बरु आउने मितिचाहिँ अहिले नतोकौं,' उनले भने, 'यो समझदारीलाई चिनियाँ प्रधानमन्त्रीको नेपाल भ्रमणका क्रममा सम्झौतामा परिणत गर्छौं।'
सरकारका एक पूर्वसचिवले अर्थ मन्त्रालयको सहमति नलिई कुनै पनि सरकारी निकायले वैदेशिक सहायता वा ऋण लिन नपाउने बताए। 'निगमको आफ्नै पैसाले जहाज किन्ने भए सरकारको अनुमति चाहिँदैन, तर अनुदान वा सहुलियतपूर्ण ऋण लिनुअघि अर्थको सहमति अनिवार्य छ,' उनले भने।
शाही सरकारका पालामा नेपाली सेनालाई चीनबाटै दुई जहाज किन्ने सम्झौता पछि रद्द भएको थियो। त्यतिखेर पठाएको ४० करोड बैना अहिलेसम्म सरकारले फिर्ता पाएको छैन।
निगमका लागि किन्न लागिएका जहाज मोडर्न आर्क (एमए)-६० मोडेल र वाइ-१२-ई सिरिजका हुन्। एमए-६० 'चाइना जियान एयरक्राफ्ट इन्डस्ट्रियल कर्पोरेसन' र वाइ-१२ 'हार्बिन' कम्पनीका उत्पादन हुन्। मन्त्री विष्टले समझदारी गरेको कम्पनी भने चीनको सरकारी हो। यसलाई चिनियाँ सरकारले जहाज खरिदबिक्री कुरा मिलाउने, ऋण व्यवस्था गर्नेलगायत जिम्मेवारी दिएको छ।
उड्डयन विज्ञहरूका अनुसार चिनियाँ कम्पनीका जहाजमा बेफाइदा बढी छन्। नेपाली वायुसेवा कम्पनीसँग रहेका एटिआर र जेटस्ट्रिम जहाजसँग चिनियाँ जहाजले प्रतिस्पर्धा गर्न सक्दैनन्। चिनियाँ हार्बिन कम्पनीको वाइ-१२-ई मोडेलका जहाज औसतमा ठिकै देखिएका छन्। यसैको वाइ-१२-टु मोडेलका जहाज विगतमा नेपाल एयरवेज, यती एयरलाइन्स र फ्लाइट केयर एभिएसनले उडाए पनि दुर्घटना बढी भएका थिए।

ठूलै घोटाला

–ठेक्का सम्झौता गर्नु दुई दिनअघि गत १८ साउनमा नेपाल टेलिकम र चीनको हुबेई टेक्नोलोजिज कम्पनीका अधिकारीबीच ५५ बुँदे लिखित सहमति भयो । उक्त सहमतिमार्फत यसअघि बोलपत्रमा रहेका केही बुँदामा गरएिको संशोधनले इन्टरनेट प्रोटोकल -आईपी) सीडीएमए मोबाइल फोन वितरणको ठेक्कालाई विवादमा मात्र पारेको छैन, अख्तियार दुरूपयोग अनुसन्धान आयोग र व्यवस्थापिका-संसद्को सार्वजनिक लेखा समितिको समेत ध्यानाकर्षण गराएको छ ।
चीनकै जेडटीई कम्पनीमार्फत साढे चार लाख सीडीएमए मोबाइल वितरण गर्ने योजना लेखा समितिले रोकिदिएपछि टेलिकमले त्यसभन्दा अत्याधुनिक प्रविधिको आईपी सीडीएमए वितरणको योजना अघि सारेको हो । उक्त प्रविधिको मोबाइलको पूर्वाधार निर्माणका लागि २० साउनमा हुबेईसँग ठेक्का सम्झौता भएको थियो । त्यसअघि १८ साउनमा दुई पक्षबीच भएको सम्झौतामार्फत टेलिकमले आफैँले आह्वान गरेको बोलपत्रमा रहेका १४ वटा सर्तलाई संशोधन गरेर हुबेईसँग ठेक्का सम्झौता गरेको छ । बोलपत्र आह्वान गर्दा उल्लेख गरएिका ती सर्तलाई सबैभन्दा कम मूल्य किटेर टेन्डरमा सहभागी भएको हुबेईसँग सम्झौता गर्नुअघि भएको 'नेगोसिएसन'मा संशोधन गरएिको हो । जबकि, सार्वजनिक खरदि ऐन, २०६३ र सार्वजनिक खरदि नियमावली, २०६४ ले बोलपत्रका सर्त संशोधन गर्न पाइने कुनै व्यवस्था गरेका छैनन् । "बोलपत्र खोलेपछि संशोधन गर्न पाइँदैन, यो सीधै बोलपत्रको सामान्य सिद्धान्तको विपक्षमा गएर गरएिको गैरकानुनी काम हो," करार कानुनका जानकार अधिवक्ता मेघराज पोखरेल भन्छन्, "यदि सर्त परविर्तन गर्न एउटा कम्पनीले पाउँछ भने प्रतिस्पर्धामा रहेका अन्य कम्पनीलाई पनि त्यस्तो सुविधा दिइनुपर्छ ।" यस ठेक्का प्रकरणमा घोटाला भएको आशंकालाई बोलपत्रमा उल्लेख भएको देशका १२ अञ्चलमा राखिने ७ सय ३४ वटा बीटीएसमा जडान गरनिे सोलार साइट -सौर्य ऊर्जा प्रणाली) र वातानुकुलित उपकरण -एसी) संख्या घटाइनुले नै पुष्टि गर्छ । बोलपत्रमा सबै बीटीएसमा सोलार साइट र एसी राख्ने उल्लेख थियो । १८ साउनको समझदारी बैठक -नेगोसिएसन)मा १ सय ५५ वटा बीटीएसमा मात्र सोलार साइट र ३ सय ९ वटा बीटीएसमा मात्र वातानुकुलित उपकरण -एसी) जडान गर्ने सहमति टेलिकम र हुबेईबीच भएको थियो । २ सय २० वटा स्थानमा यसअघि नै विद्युत् आपूर्तिको व्यवस्था रहेको, ७८ स्थानमा सोलार साइट जडान भइसकेका कारण १ सय ५५ स्थानमा मात्र सोलार साइट थप्नुपर्ने देखिएको टेलिकम अधिकारीहरूको दाबी रहे पनि एसीको संख्या घटाउनुपर्ने स्पष्ट कारण खुलाउन उनीहरूले सकेका छैनन् । घटाइएको सोलार साइटबापत कट्टा हुने रकम उक्त प्रणालीका लागि इन्टरनेट उपकरण -ईभीडीओ) जडानमा प्रयोग गरनिे लिखित सहमति टेलिकम र हुबेईका अधिकारीहरूबीचको समझदारी बैठकमा भएको छ । तर, न ईभीडीओको संख्या स्पष्ट र पारदर्शी रूपमा तोकिएको छ, न त त्यसको मूल्य नै । यस्तै, समझदारी बैठकमा भएको लिखित सहमतिको ११औँ नम्बर बुँदामा हुबेईले प्रस्ताव गरेको ओभर द एयर -ओटीएपीए र ओटीएएसपी) प्रणाली अपुग भएको स्पष्ट उल्लेख छ । अर्थात्, हुबेईले १० लाख उपभोक्ताका लागि १० प्रतिशत मात्र ओभर द एयर प्रणाली प्रस्ताव गरेको थियो । जबकि, बोलपत्रमा शतप्रतिशत उपभोक्तालाई उक्त प्रणाली उपलब्ध गराउने सर्त थियो । तर, सोही वार्ताबाट थप ९० प्रतिशत उपभोक्ताका लागि निःशुल्क यस्तो प्रणाली उपलब्ध गराउन टेलिकम अधिकारीले हुबेईलाई मनाएका छन् । यद्यपि, उक्त बुँदाले टेलिकमले बोलपत्रमा उल्लेख गरेको सर्तविपरीतको हुबेईको प्रस्तावलाई स्वीकृत गरेको भने स्पष्ट देखिन्छ । यसैगरी, ग्लोबल टेन्डरमा उल्लेखित दुई जीबीपीएस अपलिंक र चार जीबीपीएस डाउनलिंक सुविधा उपलब्ध गराउनुपर्ने प्रावधानविपरीत हुबेईले १ दशमलव २ जीबीपीएसको मात्र लाइसेन्स उपलब्ध गराउने प्रस्ताव गरेको थियो । लिखित सहमतिबाट तीन जीबीपीएसको लाइसेन्स उपलब्ध गराउन हुबेई सहमत भएको थियो । यहाँनिर उल्लेख्य के छ भने पहिलो त हुबेईले सर्तभन्दा कम क्षमताको डाउनलिंक उपलब्ध गराउने भनेको र नेगोसिएसनमा पनि कममा नै सहमति गरेको देखिन्छ । नेगोसिएसनपश्चात् भएको लिखित सहमतिको २२ नम्बर बुँदाले पनि टेलिकम तल परेको छ । जसमा प्रणाली जडानका क्रममा आईपी सीडीएमएबाहेकका वस्तु खरदि गर्नुपरे हुबईकै योजना अनुसार न्यूनतम मूल्यमा खरदि गर्ने सहमति छ । लिखित सहमतिको अर्को शंकास्पद बुँदा ३३ हो, जसमा माइक्रोवेभ रेडियोको संख्या २५ देखि ५० प्रतिशतसम्म घटाउन सकिने उल्लेख छ । तर, सर्वेक्षण भइसकेर पनि त्यसको यकिन संख्या उल्लेख छैन । ४० नम्बर बुँदामा सोलार प्यानल र एसी खरदि गर्नुपरे हुबेईसँगै न्यूनतम मूल्यमा खरदि गर्ने सहमति भएको छ । ४९ नम्बर बुँदाले कति क्षेत्रफलको कोठामा कस्तो वातानुकुलित उपकरण जडान गर्ने भन्ने निर्णयको अधिकार हुबेईलाई दिएको छ । अहिले सहमति भएको संख्याभन्दा बढी एसी चाहिएमा हुबेईले निःशुल्क उपलब्ध गराउने भनिएको छ तर मौजुदा स्िथतिमा पनि एसी कम चाहिएमा त्यसबाट बचेको रकम के गर्ने भन्ने सहमतिमा उल्लेख छैन । सहमतिपछि ५ सय ७९ वटा सोलार प्यानल टेलिकमले अलग्गै किन्ने भनेर सर्त परविर्तन गरएिको छ । नेपाल टेलिकमका महाप्रबन्धकलाई एकपटकमा ३५ करोड रुपियाँ बराबरका सामान बिनाटेन्डर खरदि गर्न सक्ने अधिकार छ । सोही अधिकार प्रयोग गरेर बाँकी सोलार साइट खरदिको योजना बनाइएको स्रोतको दाबी छ । एउटा सोलार साइट खरदि गर्न करबि ३५ हजार अमेरकिी डलर खर्च हुन्छ । अमेरकिी डलरको हालको बजार भाउ अनुसार १ अर्ब ७० करोडभन्दा बढी मूल्यका सोलार साइट अहिले नै हुबेईले दिनुपर्ने थियो । यस्तै, सोलार साइटजस्तै ७ सय ३४ वटा एयर कन्डिसन खरदि गर्नुपर्ने सर्त पनि ग्लोबर टेन्डरमा थियो । त्यसलाई परविर्तन गरेर ३ सय ९ वटा मात्र किन्ने व्यवस्था गरएिको छ । बाँकी ४ सय २५ वटा एयर कन्डिसन टेलिकम आफैँले खरदि गर्नेछ । एउटा एयर कन्डिसनको मूल्य १० हजार अमेरकिी डलर पर्छ । यद्यपि, बोलपत्र परविर्तन गर्ने क्रममा कति रकमको चलखेल या टेलिकमलाई कति रकमको नोक्सानी भएको छ भन्ने छानबिनपछि मात्र खुल्नेछ । यी त टेलिकम र हुबेईबीच नेगोसिएसनका चरणमा भएका बोलपत्रका सर्तहरूको संशोधनका केही उदाहरण मात्रै हुन् । त्यस क्रममा बोलपत्रका कुल १४ सर्तलाई संशोधन गरेर हुबेईलाई ठेक्का दिने काम भएको छ । यसमा ठूलै रकमको चलखेल रहेको स्रोतको दाबी छ । यही विषयमा २० मंसिरमा अख्तियारमा परेको उजुरीमा उक्त ठेक्काबापत दुई अर्ब रुपियाँ अनियमितता भएको दाबी गरएिको छ । तर, नेपाल टेलिकमको विकास विभागका नायब महाप्रबन्धक राजेन्द्र नकर्मी भन्छन्, "प्राविधिक विषय भएकाले उजुरी गर्नेलाई जसो गरे पनि ठाउँ हुँदो रहेछ । जागिर खाने मान्छेले यत्रो पैसा कसरी अनियमितता गर्न सक्छ ?" नायब महाप्रबन्धक नकर्मीको भनाइलाई पत्याउने हो भने नेपाल टेलिकममा सार्वजनिक खरदि कानुनविपरीत ठेक्का सम्झौता गर्ने समयमा चाहिने र नचाहिने सामान छुट्याएर सर्त परमिार्जन गर्ने प्रचलन छ । त्यसका लागि ठेक्का पाइसकेको कम्पनीले सर्वेक्षण गरेर रेडियो नेटवर्क प्लानिङ् -आरएनपी) तयार गर्नुपर्छ । उनको दाबी अनुसार अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्दा अनुमानित तथ्यांक मात्र उपलब्ध गराइएको हुन्छ । "हुबेई कम्पनीले दिएको आरएनपी अनुसार बोलपत्रमा रहेका बुँदा परमिार्जन गरएिको हो," नकर्मी भन्छन्, "प्राविधिक पक्षमा सार्वजनिक खरदि ऐनको प्रावधान लागू हुँदैन, किनभने ऐनले कमर्सिल टर्मस मात्र उल्लेख गरेको हुन्छ । त्यसैले खरदि ऐनसँग तुलना गर्न मिल्दैन ।" आईपी सीडीएमए प्रणाली जडान गर्ने ठेक्का १० करोड अमेरकिी डलर -हाल प्रचलित मूल्यमा ८ अर्ब २० करोड रुपियाँ)बराबरको थियो । तर, हुबेई कम्पनीले हालेको ३ करोड ५० लाख डलर -हाल प्रचलित मूल्यमा २ अर्ब ८७ करोड रुपियाँ)को टेन्डर स्वीकृत भयो । चीनकै जेडटीई कम्पनीले ७ करोड डलर -हाल प्रचलित मूल्यमा ५ अर्ब ७४ करोड रुपियाँ) र दक्षिण कोरयिाको कोरयिा टेलिकमले १८ करोड डलर -१ खर्ब ४७ अर्ब ६० करोड रुपियाँ)को टेन्डर हालेका थिए । त्यसमध्ये सबैभन्दा कम मूल्यको बोलपत्र भएका कारण हुबेईले ठेक्का हात पारेको थियो । ठेक्का स्वीकृतिमा अर्को रमाइलो पक्ष छ । त्यो हो, टेलिकमको इतिहासमै पहिलोपटक उक्त कम्पनीका महाप्रबन्धकले नभई नायब महाप्रबन्धकले ठेक्का स्वीकृतिमा हस्ताक्षर गरेका छन् । उक्त कागजातमा तत्कालीन महाप्रबन्धक विश्वनाथ गोयलले नभई निमित्त महाप्रबन्धकको जिम्मेवारी पाएका नायब महाप्रबन्धक कन्हैयालाल गुप्ताले हस्ताक्षर गरेका छन् । "यो नेपाल टेलिकमकै इतिहासमा पहिलो घटना हो," टेलिकमका एक अधिकारी भन्छन् । महाप्रबन्धक गोयल हङ्कङ्मा रहेको समयमा हुबेईसँग सम्झौता भएको थियो । स्रोतका अनुसार ठेक्का सम्झौता भइसकेपछि गोयलले हङ्कङ्बाटै टेलिफोन गरेर सम्झौता भए/नभएको जानकारी लिएका थिए । नायब महाप्रबन्धकले स्वीकृति पत्रमा हस्ताक्षर गरेको विषयमा टेलिकम कर्मचारी युनियनका पदाधिकारीले व्यवस्थापनसँग आपत्तिसमेत जनाइसकेका छन् । ठेक्कापट्टाको यस्तै विवादका कारण पाँच वर्षयता टेलिकमले नयाँ परयिोजना कार्यान्वयन गर्न पाएको छैन । जस्तो ः ल्यान्डलाइन टेलिफोनको नयाँ पुस्ताको प्रणाली टेलिकमले जडान गर्न सकेको छैन । यस्तै, सीडीएमए र जीएसएमको बि्रजिङ् परयिोजनाका अतिरत्तिm बीटीएस र टेलिकम सिस्टमका लागि आवश्यक सोलार प्यानल खरदिको प्रयास पनि सफल हुन सकेका छैनन् । "टेलिकमलाई धराशयी बनाउन कतै त्यसका उच्च अधिकारीहरू नै प्रयोग त गरँिदै छैनन्," टेलिकमका अधिकारी भन्छन्, "त्यसैले यस्ता प्रकरणमा दोषी देखिएकाहरूलाई कारबाही गरेर टेलिकमको साख बचाउन जरुरी छ ।"

भूमिभित्रको भव्यता



सर्वोच्च शिखर सगरमाथाको मात्र सातपटक सफल आरोहण गरसिकेका पिटर एथेन्समा छिप्पिँदो उमेरसँगै हिमाल आरोहणको सोख पनि विस्तारै कम हुँदै थियो। र, उस्तै प्रकृतिको अर्को काममा हात हाले, जसले तत्कालीन रूपमा सगरमाथा आरोहणको जस्तो वाहवाही त दिँदैनथ्यो तर मानव सभ्यता र इतिहासको अध्ययनमा उनको योगदान सर्वोच्च शिखर चुम्दाको भन्दा कम महत्त्वपूर्ण भएन। हो, उनी हिमाल आरोहीब्ााट गुफा अन्वेषकमा रूपान्तरति भए। त्यही फेरएिको सोखले ५० वर्षे उमेरमा यी नामुद हिमाल आरोहीलाई सन् २००७ मा पुनः नेपाल फर्कायो, जसले गुफा उत्खननका क्रममा मुस्ताङमा करबि चार हजार वर्ष पुरानो गुफासम्म फेला पारे। पछिल्लो चार वर्षमा उनको नेतृत्वमा हिमालपारकिो त्यस जिल्लाका ४१ वटा गुफा परसिरको अन्वेषण/उत्खनन भइसकेको छ।
पुरातत्त्व विभागसँगको सहकार्यमा अमेरकिी अनुसन्धान संस्था स्काइडोर फाउन्डेसन र नेसनल जियोग्राफिक टेलिभिजन एवं म्यागजिनको प्रसारण/प्रकाशक संस्था नेसनल जियोग्राफिक सोसाइटीले गरेको अनुसन्धानबाट ती गुमनाम गुफाका बारेमा पत्ता लागेको हो। अनुसन्धानका नतिजा यति रोचक छन् कि त्यसले गुफामा बस्ने प्राचीन मानवहरूबारे नजिकबाट थप तथ्यहरू दिएको छ।

त्यस भेगमा केही प्राकृतिक रूपमै बनेका गुफाहरूसमेत पाइएका छन् तर मानव बसोबास भएको पाइएका अधिकांश गुफा भने मानव निर्मित नै हुन्। स्थानीयहरूसँगको समन्वयमा अहिले ती गुफालाई स्थानीय भाषामै नामकरण गरएिको छ। ताङ्वे, सामजोङ र छुक्साङमा कतिपय गुफाहरू महत्त्वपूर्णजस्ता लाग्ने गरे तापनि स्थानीयहरूले त्यसलाई आफ्नो भूमिदेउता मान्ने कारण कुल्चिन नहुने धार्मिक आस्थाका कारण जान दिएका छैनन्। धेरैमा त आजकल उनीहरू नै पनि जाँदैनन्।

हालसम्म ४१ व्ाटा त्यस्ता केभ कम्पेक्स -गुफा परसिर)को विस्तृत अनुसन्धान भएको छ। जसमध्ये नुप्छोक, कोन्जोलिङ, गदेलिङ, चैलेगेट, रजिलिङजस्ता गुफाहरू धार्मिक दृष्टिले निकै महत्त्वपूर्ण पाइएका छन्। झोङ क्योरे-उत्तर र झोङ क्योरे-दक्षिणचाहिँ मानव बस्तीका दृष्टिकोणले नमुना लाग्छन्।

बलौटे माटो -स्यान्डस्टोन)ले बनेका पहाडको पहरामा रहेका ती गुफाभित्र सामान्य घरमा झैँ भान्सा कोठा, साधना कोठा, पाहुना कोठा र शौचालयलगायत भेटिएका छन्। त्यहाँ अक्सिजन र प्रकाशका लागि भनेर ठाउँठाउँमा झ्यालजस्तो प्वाल बनाइएको छ भने कतिपय स्थानमा लामो प्वालसमेत पाइन्छ। अन्वेषणका क्रममा त्यहाँ खाना पकाउने माटो, तामा र काठबाट बनेका भाँडाकुँडा, चुलोचौकाहरूसमेत भेटिएका थिए। अझ रोचक पक्ष त के भने ती गुफाहरू विभिन्न तला र कोठाका रूपमा भित्रभित्रै जोडिएका छन्। पुरातत्त्व विभागका अनुसन्धान अधिकृत मोहनसिंह लामा भन्छन्, "अहिले देखिने ठूल्ठूला महल र कम्ल्पेक्सहरू उतिबेलै गुफाभित्र डिजाइन गरएिका रहेछन्।" जस्तो ः उत्तरतिरको झोङ क्योरे गुफा पाँच तलामा विभाजित छ, जसका २४ कोठा अझैसम्म पनि छन्। गुफामा सुरुङ मार्ग बनाएर त्यसलाई 'प्यासेज'का रूपमा प्रयोग गर्दै दुवैतिर कोठाहरू निर्माण गरएिका छन्। गुफाका सबै तलामा शौचालय र बरन्डासमेत छ। बाहिरबाट हेर्दा सानो प्वालजस्तो देखिए तापनि धेरैमा भित्रपट्ट िविशाल कोठाहरू छन्।

सन् '९० को दशकको अन्त्यतिर मुस्ताङको टुकुचेस्थित चोकोपानी लघु जलविद्युत् परयिोजना स्थापना गर्ने क्रममा सुरुङ खन्दा गुफाहरू भेटिएका थिए। तिनका वरपर मानव कंकाल र पुरातात्त्विक वस्तुहरू पनि फेला परेका थिए। यो नै टुकुचेमाथि उपल्लो मुस्ताङमा त्यस्ता धेरै गुफाहरू हुनसक्ने संकेत थियो। त्यही आधारमा सन् १९९२ मा पहिलोपटक त्यस भेगमा पुरातात्त्विक अध्ययन सम्भव भयो। यद्यपि, इटालीको रोम विश्वविद्यालयका पूर्वीय दर्शन र संस्कृतिका प्राध्यापक ज्युसेफ टुचीले सन् १९५२ मा मुस्ताङको भ्रमण गरेर लेखेको पुस्तक जर्नी टू मुस्ताङमा नै ती गुफाहरूको वर्णन गरेका छन्। "त्यस पुस्तकमा उल्लेख भएका कति कुरा त अहिले हराइसकेका वा चोरी भइसकेका छन्," पछिल्लोपटक अन्वेषण टोलीसँगै गएका पुरातत्त्व विभागका अनुसन्धान अधिकृत लामा भन्छन्।

एकताका मुस्ताङ 'ट्रेजर हन्टर' -खजाना तस्कर)को केन्द्रविन्दु नै थियो भन्ने भनाइलाई टुचीको पुस्तकमा उल्लिखित विवरण र त्यसलाई पछिल्ला अध्ययन टोलीले नभेट्नुले पनि बल दिन्छ। त्यसबाहेक तस्करहरूले खजाना लुट्ने क्रममा अन्धाधुन्ध खनखान र तोडफोड गर्दा त्यहाँका धेरै महत्त्वपूर्ण प्रमाण नष्ट भएको छ।

कम्तीमा १० हजार वर्षअघिदेखि कालीगण्डकी नदी किनारमा रहेको कालीगण्डकी उपत्यकामा मानिस बसोबास गर्थे भन्ने तथ्य त नदीको दुई किनारमा भेटिएका ढुंगाहरूको अध्ययनबाट नै मानवशास्त्री तथा पुरातत्त्वविद्हरूले पत्ता लगाइसकेका थिए। तर, मानिसहरू किन घर नबनाएर गुफामा बसे भन्ने प्रश्न भने अझै पनि अध्ययनकै दायरामा छ। केही सतही तथ्यले भने त्यसबेला भइरहने युद्धका बेला आफ्ना परविारका सदस्य र धनसम्पत्ति जोगाउन गुफामा लगेर राख्ने गरेको देखाउँछ, जुन विस्तारै उनीहरूको नियमित बसोबास गर्ने थलोकै रूपमा विकास भयो। फरक र कठिन भूबनोटका कारण कहिल्यै स्वतन्त्र राज्यको रूपमा रहन नपाएको र धेरैपटक धेरैसँग युद्ध भएको इतिहास छ, मुस्ताङको।

अर्को तथ्य भने बुद्ध धर्मसँग जोडिएर आउँछ। बुद्ध धर्मको विकास र विस्तारको उत्कर्षका बेला अर्थात् नवौँ शताब्दीतिर धर्मको प्रचार-प्रसारका क्रममा विभिन्न विद्वान्हरू त्यही बाटो भएर तिब्बत जाने/आउने गर्ने हुँदा उनीहरूले धर्म सिकाउने क्रममा कठोर तपस्या र साधना होस् भनेर पहाडमा अँध्यारा कोठासहितको गुफा बनाउन लगाएको भन्ने छ। धार्मिक विद्वान्हरू त्यो बाटो हिँड्ने गरेको तथ्य त १७ औँ शताब्दीमा जापानी भिक्षु इकाई कावाकुचीको यात्राले पनि बताउँछ। उनी मुस्ताङकै बाटो भएर भारतबाट जापान फर्केका थिए।

गुफाभित्र रहेका पुराना चित्रले त्यतिखेर फैलिएको बौद्ध धर्मका बारेमा मात्रै बताउँदैनन्, त्यस कालमा मुस्ताङमा हुने स्थायी वा अस्थायी बसाइँसराइको पनि सम्झना गराउँछन्। "छानासहितको मन्दिरका चित्रहरूसमेत कतिपय गुफामा भेटिएपछि मुस्ताङमा उतिबेला तिब्बतीबाहेक भारतीय र काठमाडौँका मानिसहरूसमेत पुगेको हुनसक्छ," सन् २००७ को पहिलो अध्ययनमा संलग्न राष्ट्रिय अभिलेखालयका प्रमुख प्रकाश दर्नाल भन्छन्।

धार्मिक प्रयोजनले बनेका त्यस्ता गुफाभित्र निकै मिहिनेत गरेर भित्तालाई समथर पारएिको छ र त्यसमै गुम्बा, चैत्य एवं अन्य भित्तेचित्रहरू बनाइएको छ। छोसेरमा रहेको दुईतले गुफाको माथिल्लो तलामा मात्र त्यस्ता १२ वटा मण्डला चित्रकलाहरू देखिन्छन् भने छोसेरकै फोडालिङ गुफाका चित्रहरू रूख, बाँदर र भारतको महाराष्ट्रस्थित अजन्ता गुफामा रहेका महिलाको चित्रको झल्को दिने खालका छन्। मुस्ताङमा लोमान्थाङपछिको अर्को महत्त्वपूर्ण स्थान मानिने चराङमा अवस्थित चराङ गुफामा ३३ वटा कोठा छन्, जसका सिलिङमा स्वस्तिकको त कतैकतै भित्तामा पञ्चबुद्धका चित्र देख्न सकिन्छ। घिलिङ गाउँको तामागाउँ गुफामा भने छोर्तेन र रञ्जना लिपिमा बौद्ध धर्मसँग सम्बन्धित मन्त्रहरू लेखिएको छ।अहिले भेटिएका ती चित्रहरू पुरातत्त्वविद्हरू र एक अमेरकिी चित्रकला विज्ञ जेफको अध्ययनले एक हजार वर्षभन्दा बढी पुरानो भएको पुष्टि गरसिकेको छ। गुफाभित्र हावापानी र बाहिरी मौसमको प्रभाव त्यतिधेरै नपर्ने हुँदा ती चित्रहरू यति धेरै वर्षसम्म रहन सकेका हुन्।

यतिका वर्षसम्म यी गुमनाम गुफाहरू चर्चामा किन आएनन् त ? यसका धेरै कारणहरू छन्। सन् १९९२ सम्म नेपाल सरकारले माथिल्लो मुस्ताङमा विदेशी नागरकिलाई प्रवेश दिएको थिएन। तर, अहिले भने पाँच सय अमेरकिी डलर लिएर विदेशीलाई १० दिनको प्रवेश अनुमति दिने गरएिको छ र त्यसभन्दा बढी दिन बस्नुपरेमा दैनिक ५० अमेरकिी डलर थप तिर्नुपर्छ। अर्को समस्या नेपाल सरकारसँग अन्वेषणका लागि पर्याप्त बजेट नहुनु हो। अनुसन्धान अधिकृत लामाको भनाइ छ, "न त हामीसँग दक्ष जनशक्ति छ, न त त्यस्तालाई लिन सक्ने बजेट नै।" सरकारी बजेटकै कुरा गर्ने हो भने यस वर्ष विभागलाई उत्खननका लागि १३ लाख रुपियाँ मात्र छुट्याएको छ। जबकि, पिटर एथेन्स नेतत्वको १६ जनाको अनुसन्धान टोली एकपटक जाँदा मुस्ताङमा मात्रै करबि ५० लाख रुपियाँ खर्च भएको छ। यो टोली अनुसन्धानका सिलसिलामा तीनपटक मुस्ताङ पुगिसकेको छ।

गुफासम्म पुग्न हुने असहजता पनि यसलाई गुमनाम राख्ने महत्त्वपूर्ण कारण हो। परबाट हेर्दा सहज लागे पनि गुफामा पुग्नु त्यति सहजचाहिँ छैन।अन्वेषण टोलीका नेता पिटर एथेन्सले समेत आफ्ना टोलीका सदस्यहरूसँग कतिपय अवस्थामा सगरमाथा चढ्नुभन्दा कठिन भएको बताएका थिए। निकै कठिन ढंगबाट डोरीमा झुन्डिएर पुग्नुपर्ने ती गुफामा जाँदा दुईपटक त टोलीका सदस्यहरू दुर्घटनामा परेर घाइतेसमेत भए। तीमध्ये एक जनाको उद्दारका लागि आपतकालीन रूपमा घटनास्थलमा हेलिकप्टर नै लैजानुपरेको थियो।

नेपाल सरकारसँग काम गरेको जर्मन संस्था कोलफिल्ड मिसेजल इन्स्िटच्युट फर हाइअर स्टडिजले सन् '८० र '९० को दशकमा मुस्ताङमा काम गर्दा मानव इतिहाससँग जोडिएका तथ्यहरू पहिलोपटक फेला पारेको थियो। त्यस क्रमममा जोमसोमभन्दा दक्षिणपट्ट िअवस्थित चोकोपानी भेगमा झन्डै ईसापूर्व १२०० देखि इपू ४५० बीचका चिहानहरू भेटिएका थिए। त्यस्तै मुक्तिनाथनजिकै रहेको मेब्राक गुफामा समेत अर्को एउटा चिहान भेटिएको थियो, जो ईपू ४५० देखि ईसं १०० बीचका भएको अवशेषको प्रयोगशाला परीक्षणको नतिजाले बताउँछ। अमेरकिाको युनिभर्सिटी अफ क्यालिफोर्नियाको स्कुल अफ सोसल साइन्स, ह्युम्यानिटिज एन्ड आट्र्सका डिनसमेत रहेका मानवशास्त्री प्रा मार्क अल्डेन्डिरफरका अनुसार जर्मनहरूले परीक्षण गरसिकेका ती नमुनाहरूलाई पुनःपरीक्षण गर्दा समेत ती त्यति नै पुरानो भएको पुनःपुष्टि भएको थियो।

पिटर एथेन्सको अध्ययन टोलीमा समेत सदस्य रहेका मार्कले नेपालसँगको इमेल वार्तामा भने अनुसार सन् १०० देखि सन् ७०० को अवधि भनेको ऐतिहासिक रूपमा निकै कम बुझिएको समयावधि हो। यद्यपि, अध्ययनको एउटा राम्रो उपलब्धि भनेको सामजोङमा भेटिएको कंकाल हो, जुन सन् ४०० देखि सन् ५०० बीचको र सन् ६०० देखि सन् ७०० बीचको बुझिन्छ। यसले त्यसबेला गुफाका केही कोठा चिहानको रूपमा प्रयोग गर्ने गरएिको पनि बताउँछ। उनले भनेझैँ गुफा परसिरका माथिल्ला तला चिहानकै लागि तयार पारनिे गरेको पनि अध्ययनले देखाएको छ।

यद्यपि, सन् ७०० यता भने तिब्बत वा हिमालयतिरबाट धेरै मानिसहरू बसाइँ सर्दै मुस्ताङ आए, जो पहिलेदेखि नै गुफामा बस्थे। "उनीहरूकै कारण बल्ल त्यहाँ वैज्ञानिक ढंगबाट बस्नयोग्य गुफा बन्न थाले। ती सहज पानी उपलब्ध हुने गरी कालीगण्डकी नदीतर्फ मुख फर्किएका हुन्थे, जुन सत्रौँ शताब्दीसम्म चल्यो," मार्क भन्छन्, "गुफाको इतिहाससँगै यसले मानवशास्त्री, भूगर्भशास्त्री, इतिहासविद्, भाषाविद् रअणुशास्त्रीबीच पूर्वमा दक्षिणी चीनको युनानदेखि पश्चिममा उत्तरी भारतको लद्दाखसम्म फैलिएको हिमालय क्षेत्रको इतिहास र विकासक्रमबारे अनेकन मतभिन्नतामा थप बहस र अध्ययन गर्ने वातावरण सिर्जना गरेको छ।" मानवशास्त्रीहरू उक्त हिमालय क्षेत्रमा एकैखाले सांस्कृतिक क्रमबद्धता भएको मान्छन्। पछिल्लो समय तिब्बत, लद्दाख र मुस्ताङमा भेटिएको एकैखाले सुनजडित मुकुटले त्यसलाई थप आधार प्रदान गरेको छ।

अहिले मानवशास्त्रीहरू मुस्ताङमा पछिल्लो अनुसन्धानका क्रममा मानव अवशेषसँग भेटिएका दाँतको अध्ययन गररिहेका छन्, जसले ऊ कुन ठाउँको हावापानीमा हुर्केको र कुन वर्णको मान्छे हो भन्ने थाहा दिन्छ। अध्ययनकर्ताहरूले बसाइँसराइको क्रमसमेत त्यसमा जोडिएको हुनसक्ने ठानेर तिब्बतबाट नेपाल हुँदै बग्ने नदीका पानीको नमुनासमेत लगेका छन्। त्यसले प्राध्यापक मार्कले भनेझैँ 'हाई हिमालयन आर्क'मा रहेका उपत्यकाहरूको विकासक्रम एउटै हो भन्ने अर्को अध्ययनलाई समेत मद्दत गर्न सक्छ।
\तर, मुस्ताङमा रहेर लामो समय अध्ययन गरेका पुरातत्त्व विभागका पूर्वउपसचिव शुक्रसागर श्रेष्ठ भने मुस्ताङका ती गुफालाई एउटा प्रयोजनका लागि मात्रै बनेका थिए भनेर भन्न नमिल्ने बताउँछन्। भन्छन्, "कुनैमा मानिसहरू बसोबास गर्ने गरेको भेटिन्छ, कतै तपस्या गर्न बनाएजस्तो, कतै चिहान पुर्न बनाएजस्तो। त्यसैले यसको अध्ययन निकै भिन्न र कठिन काम हो।"

Tuesday, December 13, 2011

पाँचखाल र बनेपाको नागिडाँडामा आन्तरिक विमानस्थल बनाउने तयारी


मधुजंग पाण्डे राजधानी
काठमाडौ,२७ मंसिर
पर्यटन तथा नागरिक उड्डयन मन्त्री लोकेन्द्र बिष्टमगरले त्रिभुवन अन्तर्राष्ट्रिय
विमानस्थलमा भइरहेको एयर ट्राफिकको समस्या केहीहदसम्म न्युनिकरण गर्ने उपाए स्वरुप
काभ्रेको पाँचखाल र बनेपा स्थित नागिडाँडामा आन्तरिक विमानस्थल बनाउने तयारी भइरहेको बताएका छन ।  काठमाडौ उपत्यकावरीपरी छुट्टै आन्तरिक विमानस्थल निर्माण गर्न अहिले यी दुबै ठाउँको फिल्ड भ्रमण
एवंसम्भाव्यता अध्ययन कार्य भइरहेको जानकारी गराउँदै उनले  बनेपा स्थित ६ हजार फिट उचाइमा रहेको नागीडाँडामा विमानस्थल बनाउन सकिएमा त्यहाँबाट हवाई यात्रा गर्नेहरुले राजधानी वरीपरीका सबै हिमालको दृस्यावलोकन गर्न पाउने बताए । आफुले पर्यटन मन्त्रालय संहालेको ३५ दिने कार्यवधीमा भएका विविध कार्यहरुका बारेमा जानकारी गराउँदै मन्त्री विष्टमगरले  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भइरहेको एयर ट्राफिकको समस्या केहीहदसम्म न्युनिकरण गर्ने उपाए स्वरुप काभ्रेको पाँचखाल र बनेपा स्थित नागिडाँडामा आन्तरिक विमानस्थल बनाउने तयारी भइरहेको बताएका हुन ।
अहिले मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणको एक टोलीले दुबै ठाउँको सम्भाव्यता अध्ययन गर्ने कार्य पुरा गरेको जानकारी दिँदै उनले यसलाई छिट्टै कार्यन्वयनमा ल्याउन सकेमा अन्तर्राष्ट्रि विमानस्थलको हवाई चाप स्वत हट्ने दावी गरे ।  यसैगरि उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाल भइरहेको बाँदर र चरा आतंकको समस्या तत्काल समाधान गरि विमानस्थलभित्र चाइनिज दुबो सार्ने र बाहिर संधै हरियो देखिनेगरि एभर ग्रिनबुस लगाउने कार्यमा मन्त्रालय जुटेको बताए । विमानस्थलको फोहोर व्यवस्थापनलाई पनि तत्काल व्यवस्थीत पारिने दावी गर्दै उनले सरकारले मुलुकको पर्यटकीय पूर्वाधार विस्तार गर्न थालेका तत्कालिन एवं दीर्घकालिन कार्यहरुका बारेमा पनि जानकारी गराए ।   उनको ३५ दिने कार्यकालमा सार्वजनिक गरेका तत्कालिन कार्यहरुमा देशका सवै भागमा रहेका पर्यटकीय सम्भावनाहरुको सन्तुलित विकास र प्रवद्र्धन गर्ने लक्ष्यका साथ अगाडि सारिएको १७ ओटा पर्यटकीय क्षेत्रको विकास गर्र्ने अवधारणा अनुरुप ती क्षेत्रहरुको पर्यटन गुरुयोजना तयार गर्ने , बाराको निजगढमा दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गरी कोरीयन कम्पनीले पेश गरेको प्रतिवेदनका आधारमा विमानस्थल निर्माण सम्बन्धी कार्य बुट प्रणालिमा आधारित गरी प्रक्रिया अघि बढाइने, क्यासिनोको इजाजत तथा सञ्चालन प्रक्रियालाई व्यवस्थित र नियमित गर्न नियमावलीको मस्यौदा तयार पारेको र आन्तरिक र वाह्य हवाई सेवालाई सुरक्षित, उद्गम बजारमुखी र अन्तर्राष्ट्रिय मापदण्डको सुविधा अनुरुप सञ्चालन गरिने लगायतका कार्य उत्साहजनक ढंगले अघि बढेको बुँधा उल्लेख छ ।  यसैगरि दीर्घकालीनरुपमा सञ्चालन गरिने कार्यहरुमा  उनले सन् २०२० सम्म २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यका साथ नेपाल पर्यटन वर्ष जस्ता कार्यक्रमहरु क्तमिकरुपमा अभियानकासाथ  कार्यान्वयनमा ल्याइने बताए ।  उनले अत्याधुनिक दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका कार्यलाई आगामी ५ वर्षभित्रमा उडान सञ्चालन गर्न सकिने गरी निर्माण कार्य सम्पन्न गर्न ध्यान केन्द्रित गरिने समेत दावी गरेका छन ।  मुलुकले अपेक्षा गरेको भिजन २०२०को अवधारणा अनुरुपको २० लाख पर्यकलाई हवाइ सुविधा पु¥याउन साना ठुला गरि तत्काल ८÷९ ओटा नयाँ जहाज खरिद गर्ने प्रक्रियालाई तिब्रता दिएको पनि उनले दावी गरेका छन ।       

सरकारले छिट्टै आप्रवासी नीति ल्याउने


काठमाडौ,२७ मंसिर –श्रम तथा यातायात व्यवस्था मन्त्री सरिता गिरीले सरकारले छिट्टै आप्रवासी नीति ल्याउने बताएकी छिन । अहिलेसम्म आप्रवासी नीति नभएकाले वैदेशिक रोजगारी एवं विभिन्न कामका सिलसिलामा जाने हरुलाई समस्या परेको भन्दै मन्त्री गिरीले छिट्टै आप्रवासी नीति ल्याउन लागेको बताइन । अहिले सो नीतिबारे मन्त्रालयमा अध्ययन भइरहेको जनाकारी गराउँदै उनले छिट्टै सार्वजनीक गरि कार्यन्वयनमा ल्याउने तयारी भइरहेको बताइन । यसको अवधारणा एवं खाका तयार भइसकेको बताउँदै मन्त्री गिरीले भनिन्, आप्रवासी नीनि मन्त्री परिषदमा पठाउँदै छु’।
आगामी १८ डिसेम्वरका दिन सरकारले मनाउन लागेको अन्तर्राष्ट्रिय आप्रवास दिवसको तयारीका बारे जानकारी गराउँन मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा श्रम मन्त्री गिरीले छिट्टै आप्रवासी नीति ल्याउने बताएकी हुन । अहिले संसरमा करिब २१ करोड ४० लाख मान्छे आप्रवासीका रुपमा रहेको जानकारी गराउँदै उनले हाल एसिया एवं प्रशान्त क्षेत्रमा मात्र करिब २५ प्रतिशत मान्छे आप्रवासीका रुपमा रहेको बताइन ।
हरेक वर्ष नेपालबाट करिब ४ लाख ५० हजार जनशक्ति आन्तरिक श्रम बजारमा प्रवेश गर्ने भएपनि अहिलेसम्म राज्यमा आप्रवासी नीति नभएकाले उनीहरुले विदेशमा भोग्नुपरेको समस्यालाई सहज बनाउन आप्रवासी नीति ल्याउन मन्त्रालय सक्रिय रुपमा लागेको उनको भनाई छ ।  नियमनले मात्र वैदेशिक रोजगार व्यवसायलाई व्यवस्थित गर्न नसकिने बताउँदै उनले वैदेशिक रोजगारमा देखिएको विकृतिलाई हटाउन ठोस कानुन बनाएर पुनःसरचना गर्नुपर्ने खाँचो औँल्याइन । आप्रावासको समस्या कुनै एक देशको मात्र नभई विश्वकै समस्या भएको उल्लेख गर्दै मन्त्री गिरीले आप्रवाससम्बन्धी नीति मन्त्रालयले तयार गरिसकेको दावी गरिन । आप्रवासी कामदारहरुको पारिश्रमिक तथा अन्य सेवा सुविधा, मानवअधिकार लगायतका कारणबाट उत्पन्न समस्यालाई समाधान गर्न संयुक्त राष्ट्रसंघले डिसेम्बर १८ तारेखकाकादि आप्रवासी कामदारक एवं तीनका परिवारको अधिकार संरक्षण गर्ने उदेस्यले सन १९९० मा युएन कन्भेन्सन पारित गरि सन २००३ को १ जुलाईदेखि सो महासन्धी लागु गरेको र नेपालले पनि सन २००० देखि आप्रवास दिवस मनाउँदै आएको बताइन । सो दिवसलाई एसपाली भव्यरुपमा मनाइन लागेको जानकारी दिँदै उनले अन्तराष्ट्रिय आप्रवास दिवस २०११ को अवसरमा सरकार र नागरिक समाजको सक्रियतामा जनचेनामूलक कार्यक्रमहरु सञ्चालन हुने  बताइन ।
२७ मंसिर देखि आगामी ६ पुससम्म विविध कार्यक्रमका साथ नेपालमा पनि अन्तराष्ट्रिय आप्रवास दिवसमनाइने उनले जानकारी दिइन । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक स्थानेश्वर देवकोटाले श्रम मन्त्रालयको आयोजना एवं सुरक्षित आप्रवासकालागि राष्ट्रिय सञ्जालको संयोजनमा ‘अलेखवद्ध कामदारः नियमनका लागि आह्वान’ भन्ने मूल नाराका साथ मनाइदै गरेको  सो दिवसका कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।
उनले आप्रावासी कामदारहरुको पारिश्रमिक तथा अन्य सेवा सुबिधा, मानव अधिकारजस्ता कारणबाट उत्पन्न समस्यालाई समाधान गर्न संयुक्त राष्ट्र सङ्घले आप्रवासी कामदार र तिनका परिवारका सदस्यको अधिकार संरक्षण गर्ने उद्देश्यले डिसेम्वर १८ का दिनलाई अन्तराष्ट्रिय आप्रवासी दिवस मनाउँदै आएको बताए  ।
श्रम मन्त्रालयले उपलब्ध गराएको तथ्याङक अनुसार अहिले दैनिक एक हजार ५सय को संख्यामा नेपाली कामदार विदेशिने गरेका छन् । यसैगरि चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा  २२ लाख ३७ हजार ७ सय ६४ जना श्रमकालागि विभिन्न देशमा गएका छन् ।


Sunday, December 11, 2011

खराव मौसमका कारण हवाई उडान प्रभावित ,आन्तरिक उडान तीन घण्टा अवरुद्ध


मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, २४ मंसिर
मौसम खरावीका कारण शनिबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सञ्चालन हुने आन्तरिक एवं अन्तराष्ट्रिय हवाई उडान प्रभावित भएको छ । काठमाडौको आकासमा लागेको बाक्लो हुस्सु विहान अवेरसम्म नखुलेका कारण विमानस्थलबाट सञ्चालन हुने आन्तरिक एवं अन्तर्राष्ट्रिय उडान करिब तीन घण्डा भन्दाबढीसमयसम्म ढिलो भएको विमानस्थल कार्यालयले जनाएको छ ।
अन्तराष्ट्रिय विमानस्थल कार्यालय स्थित ट्रमिलन शाखाका डियुटी अफिसर केशब भट्टराइले बढ्दो जाडोसँगै उपत्यकाको आकासमा लागेको बाक्लो हुस्सुका कारण शनिबार आन्तरीक र अन्तर्राष्ट्रिय उडान करिब तीन घण्टासम्म ढिलो भएको बताए ।  निकै बेर आकास नखुलेकाले विहान ११ बजे दोहाबाट आउने कतार एयरलाइन्सको जहाज सवा १ वजे मात्र अवतरण गरेको बताए । यसैगरि जेट एयरलाइन्स र गल्फ एयरको नियमित उडान करिब डेढ घन्टासम्म ढिलो भएको जानकारी गराउँदै उनले १० बजे आउनुपर्ने गल्फ एयर साढे १२ बजे मात्र विमानस्थलमा अवतरण गरेको बताए ।  
विहान ६ बजेदेखि नै विमानस्थल सुचारु भइसक्नुपर्ने भएपनि विमानस्थलमा भिजिविलीको मात्रा न्युन रहेकाले साढे १२ बजेपछि मात्र अन्तर्राष्ट्रिय उडान सुचारु भएको भट्टराइले जानकारी दिए ।    
विमानस्थल कार्यालयका महाप्रवन्धक रतिशचन्द्रलाल सुमनले चिसो बढ्ने क्रमसँगै अहिले विमानस्थलको हवाई उडान प्रभावित भएको बताए । खराव मौसमले विहानको नियमित उडान रोकिनासाथ दिनभर त्यसको प्रभाव पर्ने जानकारी गराउँदै सुमनले भने,‘ विग्रदो मौसम र विभिन्न मुलुकबाट आएका अन्तर्राष्ट्रिय उडानमा सञ्चालित हवाई कम्पनीको चापसँगै मुलुककै एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको क्षेत्रफल साँघुरिँदै गएका कारण अहिले हवाई उडान प्रभावित भएको हो’।
आन्तरिक उडानमा सञ्चालित विभिन्न कम्पनीका विमान सञ्चालकहरुले दैनिक रुपमा बढ्दै गरेको खराव मौसम र  एयर ट्राफिकको समस्याका कारण अहिले  
हरेक आन्तरिक उडान नियमित समय भन्दा करिब ३ घण्टासम्म ढिलो भएको बताएका छन ।
उनीहरुले एयर ट्राफिकको समस्या र बढ्दो जाडौसँगै विगत केही दिन देखि राजधानीको आकासमा लागेको बाक्लो हुस्सुका कारण आन्तरिक हवाई उडान नराम्रोसँग प्रभावित भएको बताए ।
बुद्ध एयरलाइन्सका बरिष्ठ बजार प्रवन्धक रुपेश जोशीले खराव मौसमका कारण शनिबार विहान ७ बजे काठमाडौबाट पोखरा जानुपर्ने जहाज १०.२० मात्र गएको बताए । यसैगरि विहान काठमाडौबाट विराटनगर, नेपालगन्ज र भैरहवा तर्फ विहान सवा ७ बजे देखि उड्नुपर्ने बुद्धको सबै जहाज ११ बजेपछि मात्र सञ्चालनमा आएको जानकारी गराउँदै उनले मौसम खरावीकै कारण माउन्टेन उडान पनि करिब ३ घण्टासम्म ढिलो भएको बताए ।
उनले हाल अन्तर्राष्ट्रिय उडानका सञ्चालित करिब दुई दर्जन बढी विभिन्न कम्पनीका जहाजको चाप र खराव मौसमले उत्पन्न एयर ट्राफिक जामका कारण मुलुककै हवाई उडान प्रभावित भएको बताए । एयर ट्राफिकको समस्याकै कारण हाल हरेक दिन आन्तरिक उडान करिब ३ घण्टासम्म ढिलो हुने गरेको जानकारी गराउँदै उनले जहाजको सख्या भन्दा विमानस्थलको क्षमता कम भएकाले सो समस्या आएको बताए ।
एयर ट्राफिकको समस्याले जहाज सञ्चालक कम्पनी र यात्रु दुबैलाई गाह्रो हुने बताउँदै जोशीले भने, ‘ बढ्दो एयर ट्राफिकको समस्याले आन्तरिक उडान सञ्चालन हुनै नसक्ने अवस्थामा पुगेका छन ’। हाल एउटा जहाज उडेको ३ घण्टासम्म अर्को उड्न नपाउने र ल्याण्ड गर्दा पनि आधा घण्डासम्म आकासमै होल्ड गर्नुपर्ने बाध्यता भएकाले व्यवसायी र यात्रु मर्कामा परेको उनको गुनासो छ ।
यति एयरलाइन्सका बरिष्ट बजार प्रवन्धक विनय शाक्यले पनि विमानस्थ साँघुरिदै गएका कारण उत्पन्न एयर ट्राफिकको समस्याले आन्तरिक उडान सञ्चालन कठिन भईरहेको बताए । हाल अन्तर्राष्ट्रिय उडानमा रहेका २८ ओटा कम्पनीका करिब ५०  बढी जहाज प्रायः दिउँसो आवत–जावत गर्ने भएकाले सो समस्या आएको जानकारी दिँदै उनले अहिले आन्तरिक उडानमा मात्र दैनिक विभिन्न कम्पनीका करिब २ सय ओटा जहाज राजधानी ओहोर–दोहोर गर्ने गरेको बताए ।     
चिसोसँगै अहिले राजधानीको आकासमा हुस्सुको मात्रा बढेकाले मंसिरको दोस्रो सातादेखि  आन्तरिक उडानमा सञ्चालित केही विमानले नियमित उडान नै स्थगित गर्नुपरेको छ भने अन्तर्राष्ट्रिय जहाजको उडान पनि प्रभावित भईरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थलमा बाँदर आंतक


मधुजंग पाण्डे राजधानी
काठमाडौं, २३ मंसिर
मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाँदर आतंक तीब्र बन्दै गइरहेको छ । बाँदर आतंककै कारण आफ्ना जहाज जोगाउन वायुसेवा कम्पनीलाई हम्मे–हम्मे पर्दै गइरहेको छ ।
विमानस्थलमा पार्किङ गरिराखेको जहाजभित्र पसेर सिट च्यातिदिने, तार चुँडालिदिने एवं धावनमार्ग नै छेकिदिने जस्ता समस्याले वायुसेवा कम्पनीका सञ्चालक आजित छन् । बाँदरकै कारण कुनै पनि बेला ठूलो दुर्घटना हुने भयले उनीहरु आतंकित छन् ।
बाँदर आंतकको पीडा सबैभन्दा बढी फिस्टेल, डाइनेस्टी, माउन्टेन र सिम्रिक एयरले भोगिरहेको छ । यस्तै आन्तरिक उडानमा सञ्चालित विमानका सञ्चालक पनि पीडित छन् । 
पशुपति बनकाली क्षेत्रबाट हुलका–हुल आउने बाँदरको हुल धावन मार्गमा जथाभावी कुद्ने गरेकाले विमानस्थलमा कुनै पनि बेला ठूलो दुर्घटना हुने सम्भावना बढेको व्यवसायीहरु बताउँछन् ।
फिस्टेल एयरलाइन्सका प्रबन्ध निर्देशक सुमन पाण्डेले बाँदर आतंक टाउको दुखाईको विषय बन्दै गइरहेको बताए । ‘पशुपति बनकाली क्षेत्रबाट आउने गरेका बाँदरको हुलले जहाजको सिट च्यात्ने, तार चुँडाल्ने, पंखामा पिङ खेल्नेलगायतका उपद्रो काम गर्ने गरेकाले जहाज जोगाउनै मुस्किल परिरहेको छ,’ पाण्डेले भने, ‘यो समस्या आन्तरिक उडानमा सञ्चालित साना हेलिकोप्टरदेखि ठूला डोनियर जहाजसम्मले बेहोरिरहेका छन् ।’ उनले साँझ पार्किङमा राखेको जहाज विहान सञ्चालन गर्ने अवस्थामा नहुने गरेको पनि बताए ।
नेपाल वायुसेवा सञ्चालक संघका निर्देशक श्रीकान्त बरालले अहिले धेरै विमान सञ्चालकले बाँदर आंतक भोग्नु परिरहेको बताए ।
एयर काष्ठमण्डपका क्याप्टेन बबी सिंहले विहान जहाज उडाउने बेला सँधै बाँदरले कुनै तार चुँडालेको छ की भन्ने आशंका भइरहने बताए । उनले हाल विशेषगरि साना हेलिकप्टर र जहाजमा सो समस्या उत्पन्न भइरहेको बताए ।
वायुसेवा कम्पनीका सञ्चालकहरुले भने विमानस्थल कार्यालयको कमजोरी र सुरक्षा हेलेचक्र्याईका कारण समस्या बढेको बताएका छन् ।
‘विमानस्थल प्रवेश गर्न नसक्नेगरी बनाइएको तारबार ठाउँ ठाउँमा भत्केको र विमानस्थल क्षेत्रमा फालिएका फोहोरका कारण बाँदर आंतक बढेको हो, विमानस्थल प्रशासनले समयमै काम अघि बढाएको भए यो समस्या देखिने थिएन,’ नेपाल वायुसेवा सञ्चालक संघका निर्देशक बरालले भने । उनले यो समस्या समाधान नगरे कुनै पनि बेला ठूलो दुर्घटना हुनसक्ने सम्भावना व्यक्त गरे ।
बाँदरकै कारण हेलिप्याडमा राखिएका हेलिकोप्टरको पंखा र विभिन्न उपकरण बिग्रिन थालेपछि अहिले अधिकाँश विमान कम्पनीले आफ्ना जहाज बाक्लो कपडाले छोप्न थालेका छन् । 
अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक रतिशचन्द्रलाल सुमनले विमानस्थलको कन्टेनरमा फालिएका खाना र फलफूलको फोहोरले विमानस्थलभित्र बाँदर पस्न थालेको बताए । ‘विमानस्थलभित्र राखिएका फोहोरका कन्टेनर सबै हटाउन सकिए मात्र बाँदरको समस्या नियन्त्रणमा आउन सक्छ,’ सुमनले भने ।
उनले विमानस्थलभित्रको फोहोर व्यवस्थापन गर्न अहिले काठमाडौ महानगरपालिकासँग छलफल भइरहेको जानकारी दिँदै बाँदर पस्न नसक्नेगरि विमानस्थलको तारबारलाई व्यवस्थित बनाउने विषयमा छलफल भइरहेको बताए ।

Friday, December 9, 2011

बेलायतकी महारानीको पनि बजेट घट्न सक्ने



लण्डन (बेलायत) , २१मङ्सिर –  आर्थिक मन्दीका कारण बेलायती सरकार सार्वजनिक खर्च कटौती गर्न बाध्य भइरहँदा बेलायतकी महारानीको पनि बजेट घट्न सक्ने देखिएको छ । बेलायती संसद्बाट हालै पारित एक कानूनले राजप्रासाद र महारानीको सार्वजनिक उपस्थितिको खर्चमा गरेको कटौतीबाट यस्तो सङ्केत देखिएको हो ।




लण्डनबाट प्रकाशित हुने ‘द डेली टेलिग्राफ’ पत्रिकाले दिएको समाचारअनुसार उक्त कानूनमा बेलायती महारानीको तलबभत्ता र खर्च मूल्याङ्कन गर्ने नयाँ प्रणाली विकास गरिनेछ । नयाँ व्यवस्थामा राजपरिवारको स्वामित्वमा रहेको ‘क्राउन इस्टेट’बाट आउने मुनाफाको १५ प्रतिशत मात्र महारानीले पाउनेछिन् । उता, बेलायती राजपरिवारका सदस्यका रूपमा रहेका क्याम्ब्रिजका ‘ड्युक तथा डचेज’ले पाउने तलबभत्ता पनि घटाइनेछ । गतवर्ष बेलायतको राजपरिवारको बजेट ३ करोड २१ लाख पाउण्ड थियो । यो सन् १९९१– ९२ को बजेटभन्दा ५० प्रतिशतले कम हो । उक्त समयमा राजपरिवारले ७ करोड ७३ लाख पाउण्ड बजेट पाएको थियो, जुन बेलायती इतिहासमै सबैभन्दा उच्च हो ।

नाम्जे गाउँ विश्वकै उत्कष्ृट १२ गन्तव्यस्थलका े सचू ीमा


काठमाडा,२१ मङ्िसर – धनकुटाको नाम्जे गाउँ विश्वकै उत्कष्ृट १२ गन्तव्यस्थलका े सचू ीमा परेको छ । हालसम्म अधिकांश नेपालीले नै नसुनेको यो गाउँले अमेरिकी समाचार संस्था सीएनएनले मङ्गलवार सार्वजनिक गरेको ‘नसुनिएका उत्कृष्ट १२ गन्तव्य’को सूचीमा प्रवेश पाएको हो । समुद्री सतहबाट ६ हजार फीटको उचाइमा रहेको यो गाउँ हिमाल अवलोकनका लागि पनि उत्तिकै उपयुक्त थलो हो । यो गाउँमा मगर समुदायको बाहुल्य छ । थुम्की पहाड, स्थानीय परम्परा, जनावरलाई देवतास्वरूप मात्रे संस्कार, रोमाञ्चक पदयात्रा मार्ग आदिका लागि यो गाउँ आकर्षक पर्यटकीय गन्तव्य बत्र सक्ने सम्भावना छ । धनकुटा बजारदेखि चार घण्टाको बसयात्रापछि नाम्जे पुग्न सकिन्छ ।


नाम्जेलाई सूचीमा सामेल गर्न स्टेफानी ओडेगार्डले सुझाएको समाचारमा बताइएको छ । उनले स्थापना र अध्यक्षता गरेको ओडेगार्ड इङ्कले नाम्जेमा परम्परागत गलचंै ाका े शीप र कलाका े सरं क्षणका लागि काम गर्द ै आएकी छन ् ।

कात्तिकमा दर्ता भएका चारओटा विदेशी लगानीका होटलले ६ करोड ६४ लाख प्रस्ताव गरे



काठमाडा,२०मङ्िसर– स्वदेशी तथा विदेशी लगानीकर्ताले कात्तिकमा मात्र आठ होटलका लागि करीब रू. २६ करोड लगानी प्रस्ताव गरेका छन् । ती होटलमध्ये चारओटामा पूर्णविदेशी, तीनओटामा संयुक्त लगानी र एउटामा नेपालीको मात्र लगानी रहेको उद्योग विभागका प्रवक्ता धवु्र राज जाशे ील े बताए ।
उनका अनुसार गत कात्तिकमा दर्ता भएका चारओटा विदेशी लगानीका होटलले रू. ६ करोड ६४ लाख, नेपाली लगानीको होटलले रू. ९ करोड ७७ लाख र संयुक्त लगानीका होटलले रू. ९ करोड ५४ लाख प्रस्ताव गरेका छन् । पोखराको लेकसाइडस्थित पार्क भिलेज वाटरफ्रण्ट रिसोर्ट एण्ड होटलमा नेपाली पर्यटन व्यवसायी कर्ण शाक्यको लगानी रहेको छ । निर्माण पूरा भइसकेकाले सो होटल यही मङ्सिरको अन्तिम साताबाट सञ्चालनमा आउने शाक्यले बताए । होटलमा पर्यटकीय सुविधासम्पन्न ४८ कोठा रहेको उनले जानकारी दिए । यसमा अर्का पर्यटन व्यवसायी दिवाकर राजकर्णिकारको पनि लगानी छ ।
नेपाली र विदेशीको संयुक्त लगानी रहेको भक्तपुरको चित्तापोल–६ स्थित ‘काठमाडौं फन भ्याली’ होटल विभागमा दर्ता भएको छ । उक्त होटलमा मनोरञ्जनका लागि फन पार्कसमेत बनाइनेछ । सो होटलले रू. ८ करोड ६९ लाख लगानी गर्ने गरी दर्ता गरेको विभागको तथ्याङ्कमा उल्लेख छ । विभागका अनुसार स्वदेशी र विदेशीको संयुक्त लगानीमा पोखरामा बिष्ट्रो क्यारेलिन रेष्टुराँले रू. २५ लाख र बर्दियाको रेसिसेड रिसोर्टले रू. ६० लाख खर्च गर्दै छन् । काठमाडामंै ा खाेिलन े चारआटे ा होटलमा भने पूर्णविदेशी लगानी भित्रिँदै छ । तिनीहरूमा रू. १ करोडको लगानीमा हुअङ्सान होटल एण्ड रेष्टुराँ, रू. २ करोडमा छेङ्दु चाइनिज प्लेस, रू. ३ करोडमा होटल अमेरिका र रू. ६४ लाखमा टीएमबीके रेष्टुराँ छन् । विभागमा असोजमा पनि दुई होटल दर्ता भएका छन् । स्वदेशी र विदेशीको संयुक्त लगानी रहने ती होटलमा रू. १ करोड लगानी भएका े काठमाडाकंै ा े बा्रयन गिल्र हाउस एण्ड बार र रू. २१ लाख लगानी हुने काइरो फूड्स सर्भिस रेष्टुराँ छन् ।
पर्यटक आगमनमा भएको वृद्धिसँगै बढेको पर्यटन व्यवसायका कारण होटल क्षेत्रमा लगानी विस्तार हदँु ै आएका े हाटे ल सङघ् का महासचिव श्यामलाल कक्षपतिले बताए । ‘अहिलेकै रफ्तारमा पर्यटन क्षेत्रले गति लिए ५÷६ वर्षमै नेपालमा पर्यटकको क्षमता वार्षिक २० लाख हुनेछ,’ उनले भने ।

विभागको रसीदबाट मात्र कामदारस“ग कारोबार



काठमाडौं,२२मङ्सिर–  म्यानपावर व्यवसायीले वैदेशिक रोजगारीमा जाने कामदारसँग रकम लिन वैदेशिक रोजगार विभागबाट स्वीकृत रसीद मात्र प्रयोग गर्नुपर्ने भएको छ । व्यवसायीले कामदारसँग जथाभावी रकम असुलेको गुनासो बढ्न थालेपछि विभागले नै यसो गर्न लागेको हो । रसीद निर्माणसम्बन्धमा व्यवसायीसँग छलफल भइरहेको विभागका निर्देशक लालबाबु कवारीले बताए । उनका अनुसार रसीदमा भिसा शुल्क, हवाई टिकट, सेवाशुल्कलगायत के–के समावेश गर्ने भत्रे विषयमा छलफल भइरहेको छ । कवारीले भने, ‘तर, सम्पूर्ण व्यवसायीलाई एकै किसिमको रसीद दिइनेछ ।’

स्वीकृति दिएकाबाहेकका रसीदबाट कारोबार गरेमा श्रमस्वीकृति रद्द गरिने विभागले बताएको छ । ‘प्रत्येक व्यवसायीलाई नम्बरअनुसार रसीद दिइनेछ,’ कवारीले भने, ‘ती रसीद विभागबाट प्रमाणीकरण गरिएको हुनुपर्छ ।’ रसीद निर्माणका लागि विभागका लेखाअधिकृतको संयोजकत्वमा तीन सदस्यीय कमिटी गठन गरिएको छ । कमिटीमा नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घ र नेपाल फरेन इप्ल्वाइमेण्ट एशोसिएशनका १÷१ जना प्रतिनिधि छन् ।

विभागले तत्कालका लागि म्यानपावर कम्पनीका शाखा कार्यालयहरूबाट हँुदै आएको कामकारबाहीलाई समेत रोक्का गरेको छ । म्यानपावरका शाखा कार्यालयबाट वैदेशिक रोजगारसम्बन्धी अनधिकृत रूपमा कामकारबाही भइरहेको गुनासो बढ्न थालेपछि तत्कालका लागि रोक्का गरिएको विभागका एक अधिकारीले बताए । ‘व्यवसायीका दुईओटा सङ्घ र विभागबीच बुधवार भएको त्रिपक्षीय छलफलअनुसार नै हाललाई शाखा कार्यालयबाट हुँदै आएको कामकारबाही रोक्का गर्ने निर्णय गरेका हौं,’ कवारीले भने । शाखा कार्यालय सञ्चालनसम्बन्धी मापदण्ड बनाएरमात्र शाखा सञ्चालन गर्न दिइन.

Thursday, December 8, 2011

घट्दै छ दुर्गम क्षेत्रको हवाई सेवा

काठमाडौ, मंसिर २२ - जहाजको संख्या घट्दै जाँदा पहाडी तथा दुर्गम क्षेत्रका बासिन्दाले सहज हवाई सेवा पाउन कठिन हुन थालेको छ । पहाडी क्षेत्रमा बाटोको सुविधा नभएकाले  त्यहाँ खाद्यान्न लगायत अन्य सुविधा पुर्‍याउने एउटै माध्यम हवाई सेवा हो । 'यहाँ प्रयोग हुने टि्वनअटर र डोरनियर जहाज दुर्घटनाका कारण घट्दै गएका छन्,' नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक त्रिरत्न मानन्धरले भने, 'हवाई नीति अन्तर्गत २० वर्ष पुरानो जहाज ल्याउन नपाइने भएकाले पहाडी दुर्गम क्षेत्रमा सेवा सञ्चालनको अवस्था कठिन हुँदै गएको छ ।'
यस क्षेत्रमा सेवा पुर्‍याउन एकल इन्जिन विमान कम्पनीलाई अनुमति दिए पनि प्रभावकारी हुन नसकेको बुधबार विश्व नागरिक उड्डयन दिवसको अवसरमा आयोजित कार्यक्रममा मानन्धरले बताए । 'तीन वर्षमा १५ दुर्घटना भएका छन्,' उनले भने, 'यस्तोमा सरकारले नयाँ विकल्प खोज्नुपर्ने भएको छ ।' बढ्दो दुर्घटनाकै कारण विमान तथा हेलिकप्टर कम्पनीले बिमाको पि्रमियम रकम समेत बढी खर्च गर्नुपरेको उनले बताए । 'विमान कम्पनीबाट वाषिर्क डेढ अर्ब रुपैयाँ भन्दा बढी रकम पि्रमियमका रूपमा बाहिरिने गरेको छ,' उनले भने ।पहाडी क्षेत्रमा हवाई सेवा दिगो बनाउन आवश्यक पर्ने टि्वनअटरको नयाँ मोडलको मूल्य ४२ करोड रुपैयाँ पर्छ । त्यसको किस्तामा तिर्नुपर्ने ब्याज र पि्रमियमका लागि वाषिर्क १० करोड खर्च हुने उपमहानिर्देशक मानन्धर बताउँछन् । वायु सेवा सञ्चालक संघका अध्यक्ष रामेश्वर थापाले पनि पि्रमियम बढी तिर्नुपर्ने लगायत समस्याका कारण अधिकांश विमान कम्पनीले सेवा दिन कठिनाइ भइरहेको बताए । 'दशक अघि वर्षको १० हजार डलर पि्रमियम तिर्नुपथ्र्यो, अहिले ३ लाख डलर तिर्नुपरिरहेको छ,' उनले भने, 'अन्य इन्धनको मूल्य समायोजन हुन्छ तर हवाई इन्धनको बढेको बढ्यै छ ।'थापाले सरकारद्वारा अन्य इन्धनको मूल्यबाट हुने घाटा हवाई इन्धन मार्फत उठाइने गरेको गुनासो गरे । 'सहयोग र सहकार्य नगरे निजी विमान कम्पनीले पहाडी क्षेत्रमा सेवा दिन कठिन हुने छ,' उनले भने, 'अरूलाई चाहिएन तर पहाडी क्षेत्रमा सेवा दिने कम्पनीलाई इन्धन, ल्यान्डिङ/पार्किङ लगायतमा छुट दिइनुपर्छ ।' यात्रु आवागमन बढ्दै जाँदा विमान कम्पनीबीच मात्र नभई विमानस्थल-विमानस्थलबीच पनि कसले कति सुविधा दिने भन्ने प्रतिस्पर्धा सुरु भइसकेकाले त्यसतर्फ पनि नागरिक उड्डयन प्राधिकरणले सोच्नुपर्ने मानन्धरको भनाइ छ । हाल विश्वभरि हवाई यात्रु आवागमन २ अर्ब ४० करोड पुगेको छ । त्रिभुवन विमानस्थलको पूर्वाधार विकासमा भने कुनै प्रगति नभएको विमान कम्पनीको गुनासो छ ।

Tuesday, December 6, 2011

होटल बन्द हुँदा १० लाख घाटा


 काठमाडौ २० मंसिर 
म्ाओवादी निकट मजदुरले गरेको आन्दोलनका कारण विगत दुई दिनदेखि होटल बन्द हुँदा १० लाख भन्दाबढी घाटा लागेको बैशाली होटल व्यवस्थापनले जनाएको छ । सो होटलले अहिले दैनिक ५ लाख भन्दाबढी घाटा बेहोनुपरेको बताएको छ ।
बैशाली होटलका अध्यक्ष बृजमोहन कैंथले माओवादीको भातृ संगठन अखिल नेपाल होटल तथा रेष्टुरा मजदुरसंघको बैशाली इकाईमा आवद्ध मजदुरले एक्कासी होटलमा रहेका पर्यटकलाई सास्ती हुनेगरि काममा अवरोध पुर् याएकाले सोमबार देखि पूर्णरुपले होटल बन्द हुँदा अहिले दैनिक ५ लाख भन्दाबढीको घाटा भएको बताए । मजदुर आन्दोलनकै कारण होटलले अनावस्यक बेहोर्नुपरेको घाटा भन्दापनि बास बसिरहेका पर्यटकलाई एक्कासी अन्य ठाउँमा सार्नुपर्दा निकै दुःख लागेको उनले बताए । 
मजदुरले पटक पटक गर्दै आएको कि्रयाकलाप थेग्न नसकी शान्ती सुरक्षाका कारण बाध्य भएर होटल बन्द गर्नुपरेको जानकारी गराउँदै उनले  मजदुरले मागेको तलव एवं महँगी भक्ता उपलब्ध गराइसकेपछि पनि काम गरिरहेका ९४ जना मजदुर एक्कासी काम छोडेर निस्केपछि होटलमा रहेका विदेशी पाहुनाको सेवा ठप्प भएको बताए । होटल बन्द गर्ने परिस्थितीको क्रममा ७० जनाभन्दाबढी पर्यटक होटलमा बास बसेको जानकारी गराउँदै उनले आन्दोलनरत मजदुरले ती पर्यटकलाई सेवा दिन खोज्ने १५ जना प्रवन्धक तहका कर्मचारीलाई पनि  लछार-पछार गरि बाहिर निकालेकाले होटल व्यवस्थापनले बाध्य भएर होटल बन्द गरेको बताए । 
उनले मजदुरले हाल खाइपाई आएको महंगीभक्ताबाट ५ सय रुपैयाँ झिकेर आधारभुत तलवमा जोड्नुपर्ने लगायत विभिन्न ९ बुँधे माग राखेर काममा अवरोध पुर् याएको जानकारी गराउँदै कैंथले राजधानीसँग भने ु होटल व्यवस्थापनले मजदुरले मागेजति तलब एवं भक्ता यसअघि नै उपलब्ध गराईसकेको छ  उनीहरुले अनावयक रुपमा दादागिरी देखाएका हुनु ।  होटलका कार्यकारी निर्देशक बिसालकुमार कैंथले होटल एसोसिएसन अफ नेपाल  हानसँग छलफल गरेर बन्द होटल छिट्टै साचालनमा ल्याउने बताए ।  अहिले होटलमा भएको अवस्थाकाबारेमा हानलाई जानकारी गराइसकेको बताउँदै हानले समस्या मिलाएर दिने निर्देशन पछि होटल साचालनमा आउने बताए । मजदुरले यस्तै दुःख दिएमा  होटल साचालन हुन कठिन हुने दावी गर्दै कार्यकारी निर्देशक बिसालले भने ु  होटलमा भएको यस्तो गतिविधीले मुलुकको पर्यटन क्षेत्रमा नकारात्मक असर पारेको छु ।
हाल मजदुरलाई सातामा २ दिन मासु र अन्य दिन साकाहारी खाना विहान दिउँसो चिया खाजा टन्न दिने गरेको जानकारी गराउँदै बिसालले भने ु श्रम ऐनमा मजदुरको न्युनतम तलब ३६ हजार ५ सय ५० र महँगी भक्ता २ हजार ६ सय ५० गरि मासिक ६ हजार २ सय रुपैयाँ हुने उल्लेख छ । तर बैशाली होटलले आधारभुत तलब ४ हजार र महँगी भक्ता ३ हजार २ सय रुपैयाँ दिएको छ । त्यसमाथी सबैलाई बोनस दिएको छ ु । अहिले यस होटलमा ७ हजार रुपैयाँ भन्दा कन तलब कसैको नभएको र सबै मजदुर कर्मचारीले सहमती अनुरुप पारिक्षमिक बुझेर आन्दोलन गरेको उनको कथन छ ।  मजदुर संघका अध्यक्ष नविन रावतले  आफुहरु काममा आएपनि होटल व्यवस्थापनले एक्कासी आन्दोलनको बहानामा होटल बन्द गरेको बताए । उनले होटलका साचालक कैंथको भारतमा ३ र ५ स्टारका बैशाली नामकै २ ओटा होटल सचाइरहेकाले यहाँको लगानी झिक्न होटल बन्द गरेको आरोप लगाए । तर होटलका अध्यक्ष कैंथले भने आफुले विगत ३० वर्षदेखि भारतमा होटल साचालन गर्दै आएको बताए ।

Friday, November 25, 2011

राष्ट्र विकास सेवा सम्मान ग्रहण गर्दै म


शान्ति र विकासकालागि नागरिक आवाज संस्थाद्धारा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा पर्यटन तथा नागरिक उड्डयन मन्त्री लोकेन्द्र विष्टमगरद्धारा प्रदान गरिएको ुराष्ट्र विकास सेवा सम्मान ग्रहण गर्दै म

Tuesday, November 22, 2011

बोर्डको सिइओ छनोट उपसमिति सदस्यमा कँडेल


काठमाडौ६ मंसिर
नेपाल पर्यटन वोर्डको नयाँ प्रमुख कार्यकारी अधिकृत सिइओ छनोट प्रकि्रया अघि बढाउन बोर्ड साचालक समितिले नीजि क्षेत्रबाट अग्नी प्रसाद कँडेललाई नियुक्त गरेको छ । मंगलबार बसेको बोर्ड साचालक समिति बैठकले नयाँ सिइओ छनोट उप समितिका सदस्य धु्रबनारायण श्रेष्ठ १० दिनकालागि विरामी विदामा बसेकाले उनको अनुपस्थितीमा पनि छनोट प्रकि्रयालाई निरन्तरता दिन कँडेललाई छनोट उप समितिको सदस्यमा नियुक्त गरेको पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । मन्त्रालय स्रोतले सर्वोच्चको निर्देशन बमोजिम नयाँ सिइओ छनोट प्रकि्रया सकेसम्म छिटो सम्पन्न गर्न मंगलबार नीजि क्षेत्रबाट छनोट उप समितिका सदस्य श्रेष्ठको ठाउँमा कँडेललाई नियुक्त गरेको बताएको छ । कँडेल सहित अव छनोट उप समितिका ३ सदस्यमा नीजि क्षेत्रबाट गणेाश सिम्खडा र ङिमी शेर्पा रहेका छन । यी तीनै जना माओवादी समर्थित भएको बताईएको छ ।
गत आइतबार सर्वोच्च अदालतले नेपाल पर्यटन वोर्डको नयाँ सिइओ छनोट प्रकि्रया अघि बढाउन रोक्ने अघिल्लो अन्तरिम आदेश वदर गर्दै छनौट प्रकृया अघि वढाउन निर्देशन दिएको थियो ।
छनोट समितिका सदस्यहरु अयोग्य भन्दै सर्वोच्चमा परेको रिटमाथी सुनवाइ गदैृ सर्वोच्चले यसअघिको आदेशलाइ निरन्तरता दिनु नपर्ने भन्दै प्रकृया अघि वढाउन निदेएशन दिएको थियो । नयाँ सिइओ छान्न बोर्डले नीजि क्षेत्रबाट छनोट गरेका ३ जना उप समिति सदस्य मध्ये केहीको शैक्षिक योग्याता नपुगेको भन्दै गत ३० कात्तिकमा सर्वोच्चमा रिट दायर भएको थियो । सोही रिटकै आधारमा सर्बोच्चले पहिलोपल्ट सिइओ छनोट प्रकि्रयाको नियमित प्रकि्रया रोकी सदस्यका बारेमा जानकारी लिने प्रयास गरेको थियो । सर्वोच्चको सोही प्रकि्रया अनुसार गत १ र २ मंसिरमा हुने भनिएको दोस्रो प्रतिस्पर्धा नै रोकिएको थियो ।
नयाँ सिइओ छनोट उप समितिका सदस्य गणेश िसंखडाले अब छनोट प्रकि्रयाले गति लिने बताए । उनले आवेदन दिएर प्रारम्भिक चरणको सर्ट लिस्टमा नाम निस्केका १२ जना मध्येबाट ३ जनाको नाम सिफारिस गर्न छिट्टै दोस्रो प्रतिस्पर्धा हुने बताए । धुर्वनारायण श्रेष्ठले आफु केही दिनको विरामी विदामा बसेको बेला पनि विस्तारै काम गर्छु भन्दाभन्दै अकैलाई ल्याएकोमा दुःख व्यक्त गरे ।

Monday, November 21, 2011

मकालु एयरको जहाज विमानस्थलमा चिप्लीयो

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ ५ मंसिर
नेपालगाजबाट मुगुको ताल्चा विमानस्थल पुगेको मकालु एयरको एउटा जहाज दुर्घटनामा परेको छ । मकालुको िसंगल इन्जिन जडित ु९-एनएजेएमु कल साइनको सेस्मा जहाज ताल्चा विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट केही पर चिप्लिएको हो । सो जहाज नेपालगाजबाट ९ यात्रु लिएर ताल्चा विमानस्थल पुगेको थियो । विमानस्थलमा अवतरण गर्ने क्रममा ब्रेक फेल भई सो दुर्घटना भएको हो ।
मकालु एयरलाइन्सका महाप्रवन्धक बालकृष्ण श्रेष्ठले चाटर्ड उडानमा ताल्चा विमानस्थल पुगी सामान्य दुर्घटनामा परेको सो जहाजमा मानविय क्षति नभएको बताए । जहाज दुर्घटना भएको खवर पाउनासाथ अर्को जहाज त्यसतर्फ पठाएको जानकारी गराउँदै उनले जहाजमा भएको क्षेतीको विस्तृत विवरण आउन बाँकी रहेको बताए । नेपालगाजबाट उडेको सो जहाज साँढे ४ बजे दुर्घटना हुँदा क्याप्टेन प्रदिपजंग शाह घाइते भएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थल कार्यालयका अनुसार दुर्घटनाग्रस्त जहाजमा सह चालक एलजी लामा सहित ११ जना सवार थिए । अवतरणको क्रममा अगाडीको भाग भुइँमा धसािरंदा सो जहाजको पंखा र अगाडीको नाकमा क्षति पुगेको बताईएको छ । ठोक्किएको केही समयपछि जहाजमा लागेको आगो विमानस्थलका कर्मचारी र स्थानीयवासीले तत्काल निभाउन भ्याएका थिए ।

विमानस्थलको सुरक्षा व्यवस्था कडा पार्न निर्देशन


काठमाडौ५ मंसिर
पर्यटन तथा नागरिक उड्डयन मन्त्री लोकेन्द्र विष्ट मगरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्था कडा पारि थप बलियो बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका छन । प्राधिकरण राष्ट्रिय कर्मचारी संगठनद्धारा आयोजित स्वागत कार्यक्रममा सहभागी हुन सोमबार विमानस्थल पुगेका मन्त्री विष्टले प्राधिकरणलाई अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्था कडा पारि थप बलियो बनाउन निर्देशन दिएका हुन । अहिले नेपालको भ्रमणबाट भर्केका केही विदेशी पर्यटकले विमानस्थललाई संस्ारको १० ओटा अव्यवस्थीत विमानस्थल मध्ये ८ औं स्थानमा राखेको हल्लाले मुलुकको साख गिराएको भन्दै उनले प्राधिकरण व्यवस्थापनलाई तत्काल पुर्वाधार विस्तार गरि सुरक्षा व्यवस्था मजबुद बनाउन निर्देशन दिएका हुन । मन्त्री विष्टले विमानस्थलको सरसफाई विगि्रएको धावन मार्ग एवं हेलिप्याड सुधार गरी दुर्गम जिल्लाका आन्तरिक विमानस्थललाई पिच गरेर व्यवस्थीत बनाउन निर्देशन दिएको बताए । उनले विमानस्थलबाटै नेपाल वायुसेवा निगमबाट पटक पटक हराएका सामाग्रीका बारेमा निकै चासो राखेका थिए । उनले निगमको जहाजका पार्टपुर्जा एवं अन्य बस्तुहरु हराउनुमा निगम र प्राधिकरणका कर्मचारी दोसी हुन या भन्सारको गल्ती के हो तत्काल पक्ता लगाई कारबाहीको प्रकि्रया अघि बढाउन निर्देशन दिएका छन । मन्त्री विष्टले भने ुविमानस्थलबाटै जहाजको सामान हराउनु राम्रो होइन ु । अब पनि यस्ता कि्रयाकलाप दोहोरिन्छन भने यस्ता कार्यको जवाफदेही विमानस्थल कार्यालय हुने उनले दावी गरे । उनले कर्मचारीलाई पनि थप अनुशासित एवं मर्यादित भएर काम गर्न सुझाव दिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रवन्धक रतिशचन्द्रलाल सुमनले मन्त्री विष्टले हाल विमानस्थल क्षेत्रमा भएका केही समस्याकाबारेमा जानकारी लिई तत्काल सुधार्न निर्देशन दिएको बताए । विगतका वर्षहरुको तुलनामा अहिले विमानस्थल व्यवस्थापनमा निकै सुधार आएको दावी गर्दै उनले मन्त्रीको निर्देशन अनुरुप काम अघि बढ्ने जानकारी दिए ।
प्राधिकरण राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष दमन रावलले हाल विमानस्थलमा देखिएका विविध समस्याहरुलाई छिट्टै समाधान गरि भौतिक पुर्वाधार विस्तार गर्न निर्देशन दिएको बताए ।
बाराको सिमरामा बनाउन लागको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निमार्ण कार्य तत्काल थाल्न पनि मन्त्रीले निर्देशन गरेको जानकारी गराउँदै उनले विमानस्थल सुधार कार्यमा कर्मचारी संगठनले व्यवस्थापनलाई सक्दो सहयोग गर्ने प्रतिवद्धक्ता व्यक्त गरेका थिए ।

सोलुका विभिन्न क्षेत्रमा रक क्लाइम्बिङ हुने

काठमाडौ ४ मंसिर
सोलुखुम्बुका विभिन्न क्षेत्रमा रक क्लाइम्बिङ हुने भएको छ ।
विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविर खुम्जुङ देखि नाम्चे स्याङबोचे र फोत्से्र लगायत विभिन्न ठाउमा भएका सम्भावित क्षेत्रको पहिचाहन गरि दीर्घकालिन एवं व्यवसायीक रुपमा रक क्लाइम्बिङ साचालन हुन लागेको हो । आइतबार देखि नेपालमा सुरु भएको युनियन अफ इन्टरनेस्नल अल्पाइन एसोसियसन युआईएए ग्लोबल युथ समिट-२०११ ुको अवसरमा पहिलोपल्ट सोलुखुम्बु क्षेत्रमा साहसिक खेल रक क्लाइम्बिङको तयारी हुन लागेको हो । विभिन्न मुलुकका पर्वतारोहीको सहभागीतामा आगामी २८ नोवेम्बरसम्म साचालन हुने सो सम्मेलनकै अवसरमा खुम्जुङ क्षेत्रमा रक क्लायम्बिङको नयाँ गन्तब्य पहिचाहन एवं व्यवस्थापन गर्ने कार्यको थालनी हुने नेपाल पर्वतारोहण संघले जनाएको छ । संघका महासचिव दीवसविक्रम शाहाले सम्मेलनकै अवसरमा रक क्लाइम्बिङको सम्भाव्यक्ताको अध्ययन गर्न स्वदेशी र विदेशी गरि २३ जनाको टोली सोमबार सगरमाथा क्षेत्र तर्फ जाने बताए । उनले सगरमाथा क्षेत्रमा साचालन गर्न लागिएको रक क्लाइम्बिङका नयाँ गन्तब्य पहिचाहन एवं व्यवस्थापनका काम सोलुखुम्बुको स्थानीय संस्था खुम्जुङ युथ क्लबको आयोजनामा हुन लागेको बताए । उनले सोलुखुम्बुमा हुने रक क्लाइम्बिङको सम्भाव्यता अध्ययन एवं व्यवस्थापनको संयोजन संघका सदस्य दावास्टेभन शेर्पाले गर्ने जानकारी दिए । शेर्पाले आइतबार देखि सुरु भएको युआइएए ग्लोबल युथ समिटमा विभिन्न मुलुकका २३ जना सहभागी रहेको बताए । उनले सो समिटमा सहभागी हन मंगोलिया भारत नेपाल दक्षिण अपि्रुका काजस्तान र युके लगायतका मुलुकका प्रतिनीधी काठमाडौ आइसकेको र उनीहरु सोमबार सोलु पुग्ने जानकारी दिए । उनले सोही अवसरमा खुम्बु महोत्सव पनि हुने बताए ।

सिइओ छनोट प्रकि्रया अघि बढाउन सर्वोच्चको आदेश

मधुजंग पाण्डे÷राजधानी
काठमाडौं४ मंसिर
सर्वोच्च अदालतले नेपाल पर्यटन वोर्डको नयाँ प्रमुख कार्यकारी अधिकृत सिइओ छनोट प्रकि्रया अघि बढाउन रोक्ने अघिल्लो अन्तरिम आदेश वदर गर्दै छनौट प्रकृया अघि वढाउन निर्देशन दिएको छ ।
छनोट समितिका सदस्यहरु अयोग्य भन्दै सर्वोच्चमा परेको रिटमाथी आइतबार सुनवाइ गदैृ सर्वोच्चले यसअघिको आदेशलाइ निरन्तरता दिनु नपर्ने भन्दै प्रकृया अघि वढाउन वाटो खोलेको हो ।
सर्वोच्चको निर्देशनसँगै अब नयाँ सिइओ छनोट प्रकि्रया अघि बढाउन बाटो खुल्ला भएपनि सिइओ छनोट उप समितिका सदस्य धु्रबनारायण श्रेष्ठ विरामी परेकाले फेरी अर्को झमेला सुरु भएको छ । आफु विरामी भएको कारण देखाउदै एक सता बढीे विदामा बस्न पाउ भन्दै श्रेष्ठले विदा स्वीकृतीको पत्र पर्यटन मन्त्रालयमा पठाएको बताए । उनले गत २ मंसिरमा सो पत्र पर्यटन वोर्डका अध्यक्ष एवं मन्त्रालयका सचिव डा। गणेश राज जोशीलाई पत्र पठाएका हुन । तर अध्यक्ष डा। जोशीले भने आफुलाई सो पत्रका बारेमा कुनै जानकारी नभएको बताए । उनले आफुलाई सो पत्रका बारेमा कुनै जानकारी नभएको दावी गरे । उनले बैठक बसेर सबै प्रकि्रया मिलाउने बताए । अब बोर्डको आगामी बैठक कहिले बस्छ भन्नेबारे उनले केही बताउन चाहेनन्। नयाँ सिइओ छान्न बोर्डले नीजि क्षेत्रबाट छनोट गरेका ३ जना मध्ये केही उप समिति सदस्यको शैक्षिक योग्याता नपुगेको भन्दै गत ३० कात्तिकमा सर्वोच्चमा रिट दायर भएको थियो । सोही रिटकै आधारमा सर्बोच्चले सिइओ छनोट प्रकि्रयाको नियमित प्रकि्रया अनुसार गत १ र २ मंसिरमा हुने भनिएको दोस्रो प्रतिस्पर्धा नै रोकिएको थियो ।
नयाँ सिइओ छनोट उप समितिका सदस्य गणेश िसंखडाले अब छनोट प्रकि्रयाले गति लिने दाबी गरे । उनले बोर्डको बैठकबाट श्रेष्ठको ठाउँमा अर्को मान्छे ल्याएर प्रकि्रयालाई तीब्रताका साथ अघि बढाउने दावी गरे । उपसमिति सदस्य सिम्खडाले भने ुअब कोही व्यक्ति विरामी हुदैमा सिइओ छनोट प्रकि्रया रोकिदैन ।ु उनले आगामी मंगलबार देखि आवेदन दिएर प्रारम्भिक चरणको सर्ट लिस्टमा नाम निस्केका १२ जना मध्येबाट ३ जनाको नाम सिफारिस गर्न दोस्रो प्रतिस्पर्धा हुने बताए । उनले अब छिट्टै नयाँ सिइओ चयन भइसक्ने दाबी गरे ।

एकसय बढी पर्यटक भित्राउनेलाई पुनः सरकारले ५ लाख दिन थाल्यो

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ३ मंसिर
एकसय बढी पर्यटक भित्राउने व्यवसायीक संस्था एवं व्यक्तिलाई पुनः सरकारले ५ लाख रुपैयाँ दिन थालेको छ । गत आर्थिक वर्ष २०६७÷०६८ को बजेट मार्फत घोषणा भएको एक समुहमा एकसय जना भन्दाबढी विदेशी राहदानी बाहकलाई नेपाल भित्राएर कार्यक्रम गर्ने व्यक्ति एवं व्यवसायीक संस्थालाई प्रोत्साहन बापत प्रदान गरिने भनिएको सो रकमका बारेमा चालु आवको बजेटमा स्पष्ट नखुलेकाले व्यवसायीबीच अन्यौन भइरहेका बेला पुनः दिन थालेको अर्थ मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयका सह सचिव एवं बजेट महाशाखाका प्रमुख लोक दर्शन रेग्मीले सरकारले सभा सम्मेलन गोष्ठी बैठक एवं अन्तकि्रया माइस पर्यटनका लागि एक सय जना भन्दा बढि विदेशी पर्यटक भित्राउले व्यवसायी एवं व्यक्तिलाई प्रदान गरिने प्रोत्साहन वापतको ५ लाख रुपैयाँ दिने कार्यक्रमले पुनः निरन्तरता पाएको बताए । चालु आवको बजेटको रातो कितावमा पनि पर्यटन वर्षका सबै कार्यक्रमलाई निरन्तरता दिने भन्ने बुँधा उल्लेख भएको जानकारी गराउँदै रेग्मीले भने ु यसवर्षको बजेट मार्फत पनि भर्खरै एउटा संस्थाले सो रकम लगेको छु । सरकारले गत आवको बजेट मार्फत घोषणा गरेको सो कार्यक्रम कार्यान्वनमा ढिलाई भएको कार्यविधि भर्खर बनेको र पर्यटन वर्षका कार्यक्रम नसकिएकाले सो रकमलाई निरन्तरता दिइएको अर्थ मन्त्रालयले जनाएको छ । माइस पर्यटनको रकम उपलव्ध गराउँने कार्यविधि बनिसकेको जानकारी गराउँदै रेग्मीले राजधानीसँग भने ु एक समुहमा सय जना बढी पर्यटक भित्राउने सबैलाई तत्काल ५ लाख रुपैयाँ उपलब्ध गराउँछौं सक्नेले ल्याए हुन्छ ु । उनले सो कार्यक्रमलाई पुनः निरन्तरता दिने कार्य सुरु भइसकेको बताए । पर्यटन वर्षप्रतिको उत्साह र व्यवसायीले माइस पर्यटनप्रति देखाएको रुचिलाई मध्यनजर गर्दै सरकारले पुनः निरन्तरता दिइएको उनले जानकारी दिए ।
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह सचिव राजनकृष्ण अर्यालले कार्यविधिको ढिलाईले गर्दा गत आवको अन्तमा दुई व्यवसायीलाई मात्र रकम प्रदान गरेको जानकारी गराए । पर्यटन व्यवासायीको उत्साहका लागि भएपनि माइस पर्यटनमा पर्यटक ल्याउने व्यवसायीलाई सो रकमको निरन्तरताका लागि अर्थ मन्त्रालयलाई प्रस्ताव लगिएको जानकारी गराउँदै उनले पर्यटन र अर्थ मन्त्रालयबीच भएको छलफलबाट सो कार्यक्रमलाई निरन्तरता दिइएको बताए । उनले यसपाली पनि केही आवेदन परेको जानकारी दिए ।
गत आवको बजेटबाट माइस पर्यटनको रकम पाउनेमा ग्लोवल एसिया ट्राभल्स एण्ड टूस्र र स्नोलियोपार्ट ट्राभल्स मात्रै रहेकॊ मन्त्रालयका शाखा अधिकृत डोलेन्द्र निरौलाले बताए । उनका अनुसार रकम दाबीसहित नेपाल क्यानोनिङ एशोसिएसन नेपाल पोलिमर एशोसिएसन ७ स्टार इन्टरटेन्मेन्टलागायतका कम्पनीले मन्त्रालयसमक्ष आवेदन दिएका छन् । यी कम्पनीमध्ये क्यानोनिङ संघले रकम पाउने पक्का भएको र अरुको पनि प्रकि्रया अगाडि बढेको निरौलाले बताए । नेपालमा माइस पर्यटनको सम्भावना अन्त्यन्त राम्रो भएपनि पाँच सय जनाभन्दा बढिको सम्मेलन गर्ने स्थान नहुदाँ चाहेर पनि १ हजार जनाको सम्मेलन नेपालमा सम्भाव नभएको व्यवसायीले बताएका छन् । माइस पर्यटन मार्फत छोटो समयमा नेपाल आउने पर्यटकबाट समेत राम्रो फाइदा लिन सकिने भएकाले सरकारले पनि व्यवसायीलाई प्रोत्साहन गरेको पर्यटन मन्त्रालयले जनाएको छ ।

बोर्डलाई नयाँ गन्तब्य खोजी दुर्गम क्षेत्रको प्रवद्र्धन गर्न सुझाव

काठमाडौ २ मंसिर
पर्यटन तथा नागरिक उड्डयनमन्त्री लोकेन्द्र विष्ट मगरले नेपाल पर्यटन बोर्डलाई आगामी दिनमा नयाँ गन्तब्यको खोजी गरि दुर्गम क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने कार्यमा सहयोग पुर् याउन सुझाव दिएका छन । उनले अहिलेसम्म गर्दै आएका प्रवद्र्धनात्मक कार्यक्रम शहर केन्द्रीत एवं पुराना गन्तब्यमा मात्र आधारित भएको गुनासो आइरहेका बेला अब आन्तरिक पर्यटन प्रवद्र्धनका लागि नयाँ गन्तब्य पहिचाहन गरि प्रवद्र्धन गर्ने कार्यमा तिब्रताकासाथ अघि बढ्न सुझाव दिए । पर्यटन बोर्डको १३ औं वार्षिकोत्सवको अवसरमा मन्त्री विष्ट मगरले सो सुझाव दिएका हुन ।
१३ औं वर्षमा प्रवेश गरेको बोर्डको संरचनागत सुधारसँगै हाल भएका कार्यमा पनि परिवर्तन ल्याउनु आवस्यक भएको भन्दै उनले बोर्डलाई नीजि साझेदरीको सहकार्यमा थप कि्रयाशिल भएर अघि बढ्न सुझाव दिए । अन्तर्राष्ट्रिय एवं आन्तरिक पर्यटन प्रवद्र्धनसँगै बोर्डले अझै धेरै काम गर्न बाँकी रहेको बताउँदै विष्टमगरले भने ु मुलुकको पर्यटन प्रवद्र्धनकालागि अब पर्यटन सम्बन्धी शिक्षा नियमावली बनाएर सरकारले विद्यालय स्तरका बालबालिकालाई अनिवार्य पर्यटन शिक्षा दिनुपर्छु।
पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत सुभाष निरौलाले मुलुकको पर्यटन प्रवद्र्धन गर्ने उदेस्यले बोर्ड स्थापना भएदेखि हालसम्म भएका विविध कार्य एवं भावी कार्यक्रम र नीतिगत योजनाका बारेमा जानकारी गराएका थिए । उनले विगत १२ वर्ष अघि सरकारले मुलुकको पर्यटन उद्योगको प्रवद्र्धनमा नीजि व्यवसायीको भूमिकालाई विशेष प्राथमिक्ता दिनुपर्छ भन्ने मान्यताका आधारमा सन १९९८ को १८ नोवेम्बरमा तत्कालिन पर्यटन विभागलाई खारेज गरि नीजि-सरकारी साझेदारीको अवधारणमा नेपाल पर्यटन बोर्ड स्थापना गरेको र सोही अनुरुप काम भइरहेको बताए ।
पर्यटन मन्त्रालयका सचिव डा। गणेशराज जोशीले बोर्डलाई संरचनागत सुधारसँगै नीजि साझेदारीको सहकार्यमा थप अघि बढ्न सुझाव दिँदै पर्यटन वर्षको समापन लुम्बिनीमा गर्ने तयारी भएको बताए । उनले सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष-२०१२ को उद्घाटन र पर्यटन वर्षको एक दशक भिजन २०२० को औपचारिक सुभारम्भ पनि लुम्बिनीबाटै हुने जानकारी गराए । उनले पर्यटन दशकको सुरुआत लुम्बिनी भ्रमण वर्षबाट सुरु हुने र त्यसको तयारी निजी क्षेत्रलाई पन्ाि गर्न पर्यटन व्यवसायीलाई अनुरोध गरेको बताए । बोर्ड कर्मचारी युनियनका अध्यक्ष दीपकराज जोशीले बोर्डको नयाँ प्रमुख कार्यकारी अधिकृत सिइओ छनोट प्रकि्रयामा कुनै ढिलाई हुन नहुने र छान्ने प्रकि्रया पनि एकदमै पारदर्शी हुनुपर्नेमा जोड दिएका थिए । बोर्डलाई अहिले सनि संकटले छोएको बताउँदै उनले नयाँ नेतृत्व चयन गर्ने कार्यमा सहभागी प्रतिनीधीलाई कुनै व्यक्ति वा राजनीतिक दवावमा परियो भनेर विचलित नहुन आग्रह गरेका थिए । बोर्डका बजार प्रवन्धक नन्दिनीलाहे थापाले बोर्डले अहिलेसम्म गर्दै आएको विविध प्रवद्र्धनात्मक कार्यका बारेमा जानकारी गराएकी थिइन ।सोही अवसरमा बोर्डले वर्षभर आन्तरिक एवं अन्तर्राष्ट्रिय क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पुर् याउने संस्थाहरुलाई उत्कृष्ट अवार्ड प्रदान गरेको थियो ।

आन्तरिक एवं अन्तर्राष्ट्रिय उडान प्रभावित


मधुजंग पाण्डे÷राजधानी
काठमाडौ २७ कात्तिक
मौसम विगि्रएका कारण आइतबार आन्तरिक एवं अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ । काठमाडौ उपत्यका लगायत मुलुकभरको आकासमा बाक्लो तुवाँलो र हुस्सुले ढाकेका कारण आन्तरिक एवं अन्तर्राष्ट्रिय उडान प्रभावित भएको हो ।
विहानै देखि विगि्रएको मौसमले पोखरा लुक्ला फाप्लु तुम्ङिटार र जोमसोङ विमानस्थ तर्फको उडान पूर्ण रुपले प्रभावित भएको थियो । विराटनगर नेपालगाज भैरहवा सिमरा र धनगढी लगाएतका अन्य आन्तरिक विमानस्थलमा पनि सामान्य प्रभाव गरेको थियो । आइतबार विहान ७ देखि ८ बजेसम्म तारा एयरलाइन्सको एउटा र अग्नीका दुई ओटा जहाज मात्र लुक्ला विमानस्थल पुगेर काठमाडौ फर्कन सफल भएका थिए । यसैगरि विहानै देखि विगि्रएको मौसमले केही अन्तर्राष्ट्रिय उडान पनि प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रवन्धक रतिशचन्द्रलाल सुमनले मौसम खरावीका कारण आइतबार केही अन्तर्राष्ट्रिय उडान प्रभावित भएको बताए । नेपालमा मात्र नभएर संसारभरका आकासमा भरिएको बाक्लो तुवाँलो र हुस्सुले विहानका अन्तर्राष्ट्रिय उडान प्रभावित भएको जानकारी गराउँदै महाप्रवन्धक सुमनले राजधानीसँग भने ु नियमित समय अनुरुप विहान अवतरण गर्न नसकेका सबै अन्तर्राष्ट्रिय उडानमा साचालित जहाज अपरान्ह ४ बजेपछि काठमाडौ आएर फर्किएका छनु। उनले विहान अवतरण हुनुपर्ने कतार एयरलाइन्स स्पाइसजेट गल्फ एयरलाइन्स लगायतका केही उडान नियमित तालिका भन्दा ढिलो भएको बताए । मौसम विगि्रएर विहानै देखि न्युन रहेको भिजिविलीटीको मात्रा अपरान्हबाट बढेकाले अन्तर्राष्ट्रिय उडान सुचारु भएको जानकारी गराउँदै उनले चिसो मौसममा यो समस्या नेपाल लगायत सबै ठाउँमा जारी रहने बताए । शनिबारदेखि विगि्रएको मौसममा आइतबार पनि सुधार नआएकाले नियमित उडानबाट लुक्ला र फाप्लु ओहोर÷दोहोर गर्ने केही पर्यटकले साना हेलिकप्टर चाटर्ड गरेका थिए भने अझै हजारौं पर्यटक लुक्ला र काठमाडौ विमानस्थलमा अलपत्र छन ।
विहानै देखि विगि्रएको मौसममा सुधार नआएकाले पोखरा र तुम्लीङटार क्षेत्रको हवाई उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।
विमानस्थल कार्यालय स्थित आन्तरिक ट्रर्मिनल शाखाका एक अधिकारीले विहानै देखि लुक्ला क्षेत्रको मौसम विगि्रएकाले आइतबार तारा र अग्नीको ३ ओटा मात्र उडान भएको बताए । अन्य कम्पनीका जहाज दिनभर विमानस्थलमा कुर्दा पनि जान नसकेको जानकारी गराउँदै उनले अग्नी एयरका २ ओटा र ताराको एउटाजहाजले मात्र लुक्लाको उडान भर्न सफल भएको बताए । उनले पोखरा र तुम्लिङटार क्षेत्रको उडान पनि प्रभावित भएको जानकारी गराए ।
तारा एयरलाइन्सका प्रवन्धक माजनी श्रेष्ठले शनिबारदेखि मौसम कुरेर बसेको ताराले लुक्लाकालागि आइतबार एक उडान भर्न सफल भएको बताइन् । उनले पुर्व निर्धारित तालिका अनुसार हवाई टिकट लिएर बसेका यात्रुलाई मौसम अनुकुल भएपछि ओसार्ने जानकारी गराइन् ।
नेपाल वायुसेवा निगमका नायव महाप्रवन्धक एवं प्रवक्ता राजु बहादुर केसीले पनि खराव मौसमले आन्तरिक उडान प्रभावित भएको बताए । यसअघि पनि मौसम विगि्रएकै कारण एकसाता सम्म करिब ५ हजार पर्यटक लुक्ला क्षेत्रमा अलपत्र परेका थिए । फेरी लुक्लाको मौसम विगि्रएकाले सगरमाथा क्षेत्रको पदयात्रा भ्रमणमा निस्केका पर्यटकले दुःख पाएको अधिकाँश व्यवसायीको भनाई छ । ।
सगरमाथा आरोही संघका अध्यक्ष वाङछु शेर्पाले विहानै देखि विगि्रएको मौसमले लुक्ला क्षेत्रमा करिब एक हजार पर्यटक काठमाडौ आउन नपाएको बताए । अहिले हजारौं पर्यटक सगरमाथा क्षेत्रको पदयात्रा भ्रमणमा रहेको जानकारी गराउँदै उनले बढ्दो पर्यटकीय चाप अनुसार सगरमाथा क्षेत्रमा जाने हवाईजहाजको संख्या न्युन रहेकाले अहिले लुक्ला र फाप्लु क्षेत्रको हवाई टिकट पाउन कठिन भएको बताए । हाल दैनिक अग्नीको ३ सीताको एक र ताराको २ ओटा गरि जम्मा ६ ओटा जहाजले मात्र लुक्लाकालागि उडान भरिरहेको उनले जानकारी गराए । यी वायुसेवा लगायत विभिन्न कम्पनीका साना हेलिकप्टरले नियमित र चाटर्ड गरि बल्लतल्ल दैनिक करिब ४ दर्जन उडान भरेपनि अझै माग अनुसार अपुग रहेको उनको दावी छ । पहिलेको जस्तै यस साता पनि मौसम लामो समयसम्म खुलेन भने धेरै पर्यटकले सास्ती भोग्नुपर्ने उनको भनाई छ । यसअघि १५ देखि २१ कातिकसम्म लुक्ला क्षेत्रको मौसम विगि्रएर करिब पाँच हजार पर्यटक लुक्ला क्षेत्रमा अलपत्र परेका थिए । यसअघिको लुक्ला बन्दले खान र बास अभावले अलपत्र पर्यटकलाई उद्धार गर्न सेनाको एमआइ-१७ लगायत विभिन्न वायुसेवा कम्पनीका जहाज र हेलिकप्टरलाई पर्यटकको उद्धार गर्न मुस्कील परेको थियो । जसका कारण मुलुकको पर्यटन क्षेत्र प्रभावित बन्न पुगेको थियो भने एक साताको लुक्ला बन्दले विभिन्न विमान सेवा कम्पनीले करिब ४ करोड भन्दा बढीको घाटा बेहोर्नुपरेको थियो

सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन तत्काल संसोधन गर्न माग

राजधानी समाचारदाता
काठमाडौ २९ कातिक
सुर्तिजन्य बस्तुहरुको उत्पादन एवं कारोबारमा संलग्न व्यवसायीहरुले सरकारले लागु गरेको ुसुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐनु एकदमै अव्यवहारिक भएको भन्दै तत्काल संसोधन गर्न माग गरेका छन ।
व्यवसायी एवं सरोकारवालाहरुसँग परामस्र नलिईकन सरकारले एकतर्फि ढंगले गत १८ कातिक देखि लागु हुनेगरि जारी गरेको सो ऐनले उत्कापदक कृर्षकदेखि स्वदेशी
उद्योगमा गम्भिर असर परेको भन्दै उनीहरुले ऐन तत्काल संसोधन गर्न माग गरेका हुन । मंगलबार राजधानीमा आयोजित ुसो ऐनको अब्यवहारिक्ता र त्यसबाट सरोकारवालाहरुमा पर्न सक्ने असरबारेु छलफल कार्यक्रममा सहभागी व्यवसायीहरुले सरकारसँग सो माग गरेका हुन ।
सुर्य नेपालका कर्पोरेट उपाध्यक्ष एवं महाप्रवन्धक रबि केसीले सरकारले लागु गरेको सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐनु एकदमै अव्यवहारिक र स्वदेशी उद्योग मारा भएको दावी गर्दै सुर्तिजन्य बस्तुहरु उत्पादन गर्ने कम्पनीले अनिवार्य सुर्तिजन्य पदार्थको प्याकेटमा ७५ प्रतिशत भाग ढाक्नेगरि डरलाग्दो एवं चेतावनीमुलक सन्देश प्रकाशित गर्नुपर्ने कार्यले कारोबारमा संलग्न सम्पूर्ण व्यवसायी मर्कामा परेको बताए । मुलुकका अधिकाँश व्यक्तिलाई धुर्मपान हानिकारक पदार्थ हो भन्ने जानकारी हुँदाहुँदै पनि उनीहरुले स्वविवेक प्रयोग गरेको यथार्थ हामीसँग भएको भन्दै उनले चुरोटका बट्टामा ७५ प्रतिशत भाग ढाक्ने चेतावनीमुलक सन्देश प्रकाशित गर्नुपर्ने नियम एकदमै अव्यबहारिक भएको बताए । हाल स्वदेशी चुरोट उत्पादक उद्योगबाट मात्र राज्यलाई वार्षिक १० अर्ब राजश्व आम्दानी हुने गरेको जानकारी गराउँदै उनले राज्यलाई यति धेरै राजश्व बुझाउने उद्योगलाई सो ऐनले बन्द गराउने प्रयास गरेको बताए । अहिलेसम्म व्यवसायीलाई के कस्तो तस्बीर राख्ने भन्ने बारे सरकारले कुनै जानकारी नगराएको बताउँदै केसीले भने ु स्वदेशी उद्योगले आफ्ना उत्पादनको बट्टामा ७५ प्रतिशत भाग ढाक्नेगरि डरलाग्दो एवं चेतावनीमुलक तस्बीर प्रकाशित गर्न थालेपछि उपभोक्ताले विदेशी उत्पादन प्रयोग गर्न थाल्ले छन ु । यसले मुलुकको राजश्व गुम्नुका साथै देशको पैसापनि धमाधम बाहिर जाने उनको दावी छ । सरकारले व्यवसायीलाई पर्ने असरका बारेमा बेवास्ता गरि सो ऐन कार्यन्वयन गराएमा वैद्य रुपमा उद्योग साचालन गर्ने व्यवसायी निचारिने र अवैद्य कारोबार गर्नेले प्रश्रय पाउने दावी गर्दै उनले सो ऐन तत्काल संसोधन हुनुपर्ने धारणा राखे । सुर्ति उत्पादक संघका अध्यक्ष सुरेश पोख्रल पान विक्रेता संघका अध्यक्ष रामकुमार आचार्य थोक सुर्ति वितरक साधुराम गौतम र पान व्यवसायी संघका अध्यक्ष टेक बहादुर अधिकारीले सरकारले लागु गरेको सो ऐनले स्वदेशी उद्यमीको पेटमा लात हान्ने काम गरेको आरोप लगाएका छन । उनीहरुले ऐनमा उल्लेख भएका सुर्तिजन्य बस्तुहरु बेच्ने व्यापारिले खरिद गर्न आउने महिला गर्भवती छिन या होइन भन्नेबारे जानकारी राख्न नसक्ने बताउँदै उनीहरुले सो बुँधा एकदमै अव्यवहारिक भएको दावी गरेका थिए ।
नेपालमा मात्रै नभै बिश्वका अन्य देशमा पनि यस किसिमका विवाद र वहस हुने गरेका छन् । हालसालै अमेरिकामा पनि यस्तै विवाद भएको थियो । त्यहाँको एउटा अदालतले गत ७ नोभेम्वरमा सरकारका नाममा ुस्टे अर्डरु जारी गर्दै चुरोट तथा सूर्तिजन्य वस्तुको वाहिर देखिने भागमा सरकारको निर्णय अनुसारका चित्र तथा आकृति राख्नु नपर्ने जनाएको थियो । वैध तरिकारले उत्पादन भई नियम पुर्वक राज्यलाई करतिर्ने माथि नियन्त्रणगर्दा त्यसवाट गलत र अवैध कृयाकलापले पश्रय पाउने भन्दै त्यहाँको अदातले पनि सरकारी निणर्य फिर्ता गर्ने आदेश जारी गरेको हो । तर नेपालको सन्दर्भमा भने त्यस बिषयमा वहस भएको पाइँदैन ।



अनुदानको जहाज लिन निगमका ५ सदस्य प्रतिनिधी प्रस्तान


राजधानी समाचारदाता
काठमाडौ २९ कातिक
अनुदानको जहाज लिन नेपाल वायुसेवा निगमका ५ सदस्य प्रतिनिधी मंगलबार चीन प्रस्थान गरेका छन । अर्थ मन्त्रालयले निगमलाई आवस्यक जहाज ल्याउने बन्दोवस्त मिलाइदिन चिनीया दुतावासलाई पत्र लेखे लगत्तै त्यहाँको जहाज उत्पादक कम्पनीले प्राविधिक मुल्याङकन गर्न बोलाएकाले ५ सदस्य प्राविधीक प्रतिनिधी त्यसतर्फ गएको निगमले जनाएको छ ।
चिनीयाँ जहाज उत्पादक कम्पनी एभिक एभिआइसी इन्टरनेस्नलको निमन्त्रणामा निगमका टोली त्यसतर्फ गएका हुन । निगमका नायव महाप्रवन्धक एवं नयाँ जहाज खरिद उप समितिका संयोजक गणेश ठाकुरको नेतृत्वमा चीन जाने सो प्राविधिक टोलिमा निगमका क्याप्टेन दोय विजय लामा र श्रवण रिजाल इन्जिनीयरिङ विभागका नायव प्रवन्धक सन्तोष खत्री कमसर्ियल विभागका नायव प्रवन्धक किरण पन्त रहेका छन । निगमका नायव महाप्रवन्धक एवं प्रवक्ता राजुबहादुर केसीले उनीहरु मंगलबार दिउसो १२ बजे निगमकै ७५७-९एए जहाजको हङकङ उडानबाट चनि गएको बताए ।
उनले चिनीयाँ जहाज उत्पादक कम्पनीले निगमलाई दिने भनेको मोडलका विमानको प्राविधिक मुल्याङकन गरि त्यसको प्रतिवेदन कार्यकारी अध्यक्ष र साचालक समितिमा बुभाउने गरि ५ सदस्य प्राविधिक टोली त्यसतर्फ गएको बताए ।
नायव महाप्रवन्धक केसीका अनुसार चिनीया जहाज यहाँको वातावरण सुहाउदो एवं टिकाउपूर्ण भएमा व्यवस्थापनले तत्काल थप प्रकि्रया अघि बढाउने छ । अर्थ मन्त्रालयले गत दुई साता अघि मात्र चिनीयाँ दुतावासलाई सकेसम्म अनुदान नत्र सहलियत ऋणमा जहाज उपलब्ध गराइदिन आग्रह गर्दै पत्र पठाएको थियो ।
यसअघि सुगतरत्न कंसाकारको पालामा थालीएको निगमलाई आवस्यक नयाँ जहाज खरिद प्रकि्रया विवादमा परेपछि चीनबाट अनुदानमा ल्याउने पहल सुरु भएको हो । कम्पनीले माग गरेका ८ मध्ये ३ ओटा एमए-६० मोडलका र अन्य वाई १२-४ ई मोडलको जहाज लिने तयारी भइरहेको निगमले जनाएको छ ।

Tuesday, November 15, 2011

बल्ल पर्यटन वर्षको अन्तर्राष्ट्रिय प्रवद्र्धनको बाटो खुल्यो


मधुजंग पाण्डे÷राजधानी
काठमाडौं २८ कात्तिक
पर्यटन वर्षका लागि अन्तर्राष्ट्रिय प्रचार प्रसारको काम सुरु हुने भएको छ ।
मुलुकले भोग्नुपरेको राजनीतिक संक्रमण एवं बाधा अवरोधका कारण पर्यटन वर्षको अन्तर्राष्ट्रिय प्रवद्र्धनका लागि सरकारले विनियोजन गरेको १३ करोड रुपैयाँ खर्च गर्न नसकिरहेका बेला पर्यटन तथा नागरिक उड्डयनमन्त्री लोकेन्द्र विष्ट मगरको अध्यक्षतामा सोमबार बसेको पर्यटन वर्ष मूल आयोजक समितिको सातौं बैठकले अन्तर्राष्ट्रिय प्रचारका काम तत्काल थाल्ने निणर्य गरेपछि बल्ल अन्तर्राष्ट्रिय प्रचार प्रसारको काम सुरु गर्ने बाटो खुलेको हो ।
वार्षिक १० लाख पर्यटक िभœयाउने लक्ष्यका साथ मनाइँदै गरेको पर्यटन वर्ष-२०११ सकिन डेढ महिना मात्र बाँकी रहेको बेला बल्ल अन्तर्राष्ट्रिय टेलिभिजन बीबीसी र सीएनएनमा पर्यटन वर्षको प्रचारात्मक काम थाल्ने निर्णय भएको पर्यटन वर्ष सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार अन्तर्राष्ट्रिय प्रचार-प्रसारका लागि छुट्टुइएको कुल १३ करोड बजेटमध्ये बीबीसीमार्फत पर्यटन वर्षको प्रवद्र्धनात्मक विज्ञापन गर्न २ करोड ५४ लाख र सीएनएनलाई १ करोड ३६ लाख रुपैयाँ खर्च गर्ने निर्णय भएको छ । सरकारले अन्तर्राष्ट्रिय प्रचार प्रसारका लागि छुट्टुइएको कुल १३ करोड बजेटमध्ये ४ करोड बीबीसी र सीएनएनमार्फत विज्ञापन गर्न ६ करोड भारत र ३ करोड चीनमा नेपालको पर्यटन प्रवद्र्धन गर्न खर्च गर्नेछ । अन्तर्राष्ट्रिय प्रवद्र्धनमा खर्च हुने सो रकम निजी व्यवसायीको सकि्रयतामा मनाइँदै गरेको भिजन २०२० को लक्ष्य प्राप्तिका लागि पनि निकै उपयोगी एवं फलदायी हुने अपेक्षा गरिएको छ ।
पर्यटन वर्ष सचिवालयका सदस्य-सचिव काशीराज भण्डारीले पर्यटन वर्ष मूल आयोजक समितिको सोमबार सम्पन्न सातौं बैंठकको निर्णयले बल्ल अन्तर्राष्ट्रिय प्रवद्र्धनात्मक बाटो खुलेको बताए ।
यसअघि धेरै पटकको प्रयासमा अन्तर्राष्ट्रिय प्रचार प्रसारको काम नभएको जानकारी गराउँदै उनले पर्यटन वर्ष मूल आयोजक समितिले अन्तर्राष्ट्रिय प्रवद्र्धनात्मक कार्यमा हालसम्म भएका कार्यलाई निरन्तरता दिँदै बीबीसी र सीएनएनबाट छिट्टै प्रचारको काम थाल्ने निर्णय भएको बताए ।
अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार थाल्न सचिवालयले अहिलेसम्म सार्वजनिक खरिद ऐन अनुरुप खुला प्रतिस्पर्धाबाट टेन्डर आह्वान भई विभिन्न विदेशी साचार माध्यम छनोट भइसकेको जानकारी गराउँदै उनले अब अन्तर्राष्ट्रिय प्रवद्र्धनात्मक कार्यले तीव्रता पाउने बताए । आगामी दुई साताभित्र अन्तर्राष्ट्रिय साचार माध्यम बीबीसी र सीएनएनबाट नेपाली पर्यटन प्रवद्र्धनका विज्ञापन प्रसारण हुने उनले जानकारी गराए ।
पर्यटन वर्ष सचिवालय प्रचार प्रसार उपसमितिका संयोजक रिाजत आचार्यले पर्यटन वर्ष मूल आयोजक समितिको बैठकले अन्तर्राष्ट्रिय साचार माध्यम बीबीसी र सीएनएनबाट तत्काल प्रचार प्रसारको कार्य थाल्ने निर्णय गरेको बताए । उनले सो बैठकले बीबीसी च्यानलमार्फत नेपाली पर्यटन प्रवद्र्धनको प्रचारात्मक विज्ञापनका लागि २ करोड ५४ लाख र १ करोड ३६ लाख रुपैयाँ बजेट खर्च गर्ने निर्णय गरेको बताए । अहिलेसम्म सबै प्रकि्रया पूरा भइसके पनि नयाँ पर्यटनमन्त्री आउन भएको ढिलाइले अन्तर्राष्ट्रिय प्रचारको काम ढिलो भएको जानकारी गराउँदै उनले आगामी दुई साताभित्र बीबीसी र सीएनएनबाट नेपाली पर्यटन प्रवद्र्धनका प्रचारात्मक कार्य सुरु हुने दाबी गरे ।
पर्यटन व्यवसायी एवं सरोकारवालाहरुले पर्यटन वर्ष- २०११ का बितेका साढे १० महिना पर्यटकीय गतिविधिसँगै मुलुकमा लगानी प्रवद्र्धन गर्ने माहोल बनाउन मात्र सफल भएको बताएका छन् ।


Saturday, November 12, 2011

लुक्लाको हवाई उडान पुनः प्रभावित


मधुजंग पाण्डे÷राजधानी
काठमाडौ २६ कात्तिक
मौसम विगि्रएका कारण शनिबार पुनः लुक्लाको हवाई उडान प्रभावित भएको छ । दिनभर कुर्दा पनि मौसममा सुधार नआएकाले नियमित उडानबाट लुक्ला ओहोर÷दोहोर गर्ने केही पर्यटकले साना हेलिकप्टर चाटर्ड गरेका थिए भने अहिले लुक्ला र काठमाडौ विमानस्थलमा हजारौं पर्यटक अलपत्र छन ।
विहानै देखि मौसम विगि्रएका कारण लुक्ला क्षेत्रको हवाई उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय स्थित आन्तरिक ट्रर्मिनल शाखाका प्रवन्धक पूर्णप्रसाद चुडालले विहानै देखि लुक्ला क्षेत्रको मौसम विगि्रएकाले शनिबार सीता एयरलाइन्सका दुई ओटा मात्र उडान भएको बताए । अन्य कम्पनीका जहाज दिनभर विमानस्थलमा कुर्दा पनि जान नसकेको जानकारी गराउँदै उनले सीता एयरका २ ओटा जहाजले मात्र लुक्लाको उडान भर्न सफल भएको बताए । उनले नियमित र चाटर्ड गरि शनिबार विभिन्न वायुसेवा कम्पनीका डोनियर एवं एटिआर जहाजले लुक्लामा ४० उडान भर्ने पूर्व तयारी भएपनि एक्कासी लुक्ला क्षेत्रको मौसम विगि्रएकाले सीताको दुई उडान मात्र भएको बताए ।
तारा एयरलाइन्सका प्रवन्धक माजनी श्रेष्ठले ताराले लुक्लाकालागि शनिबार १० ओटा उडान गर्ने तयारी गरेको भएपनि दिनभर कुनै उडान भर्न नसकेको बताइन । उनले पुर्व निर्धारित तालिका अनुसार हवाई टिकट लिएर दिनभर विमानस्थलमा कुर्दा पनि यात्रा गर्न नसकेका पर्यटकलाई मौसम अनुकुल भएपछि ओसार्ने जानकारी गराइन् । यसअघि पनि मौसम विगि्रएकै कारण एकसाता सम्म करिब ५ हजार पर्यटक लुक्ला क्षेत्रमा अलपत्र परेको जानकारी गराउँदै श्रेष्ठले राजधानीसँग भनिन् ु फेरी लुक्लाको मौसम विगि्रयो भने सगरमाथा क्षेत्रको पदयात्रा भ्रमणमा निस्केका पर्यटकले दुःख पाउने छनु ।
सगरमाथा आरोही संघका अध्यक्ष वाङछु शेर्पाले विहानै देखि विगि्रएको मौसमले लुक्ला क्षेत्रमा करिब २ हजार पर्यटक काठमाडौ आउन नपाएको बताए । विहानै लुक्ला पुगेका सीताको २ ओटा एयरक्राफ्टले मात्र केही पर्यटक राजधानी ल्याएको जानकारी गराउँदै अहिले हजारौं पर्यटक सगरमाथा क्षेत्रको पदयात्रा भ्रमणमा रहेको बताए । बढ्दो पर्यटकीय चाप अनुसार सगरमाथा क्षेत्रमा जाने हवाईजहाजको संख्या न्युन रहेकाले अहिले लुक्ला क्षेत्रको हवाई टिकट पाउन कठिन भएको जानकारी गराउँदै शेर्पाले भने ु हाल दैनिक अग्नीको ३ सीताको एक र ताराको २ ओटा गरि जम्मा ६ ओटा जहाजले मात्र लुक्लाकालागि उडान भरिरहेका छनु । यी लगायत विभिन्न कम्पनीका साना हेलिकप्टरले नियमित र चाटर्ड गरि बल्लतल्ल दैनिक करिब ४ दर्जन उडान भरेपनि अझै माग अनुसार अपुग रहेको उनको दावी छ । पहिलेको जस्तै पुनः मौसम लामो समयसम्म खुलेन भने अब धेरै पर्यटकले सास्ती भोग्नुपर्ने उनको भनाई छ ।
यसअघि १५ देखि २१ कातिकसम्म लुक्ला क्षेत्रको मौसम विगि्रएर करिब पाँच हजार पर्यटक लुक्ला क्षेत्रमा अलपत्र परेका थिए । पदयात्रा भ्रमणकालागि वर्षकै सबैभन्दा अनुकुल मौसम नोवेम्बर महिनामा विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रको भ्रमणमा निस्केका पर्यटक मौसम खरावीका कारण एक्कासी बन्द भएको हवाई उडानबाट प्रभावित भएका हुन । यसअघिको लुक्ला बन्दले खान र बास अभावले अलपत्र पर्यटकलाई उद्धार गर्न सेनाको एमआइ-१७ लगायत विभिन्न वायुसेवा कम्पनीका जहाज र हेलिकप्टरलाई पर्यटकको उद्धार गर्न मुस्कील परेको थियो । जसका कारण मुलुकको पर्यटन क्षेत्र प्रभावित बन्न पुगेको थियो भने एक साताको लुक्ला बन्दले विभिन्न विमान सेवा कम्पनीले करिब ४ करोड भन्दा बढीको घाटा बेहोर्नुपरेको थियो ।

दुई ठुला अपार्टमेन्टमा छापा , सुभ होम्सलाई ५० हजार जरिवना, सिडी डेभलपस्रलाई तीन दिने अल्टिमेटम


मधुजंग पाण्डे÷राजधानी
क्ाठमाडौ २५ कातिक
प्रहरी र काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले शुक्रबार राजधानीको टोखा सरस्वती र धापासी गाविसका दुई ठुला अपार्टमेन्टहरु ग्राण्डी टावर र सुभ होम्समा छापा मारेको छ । छापा मार्ने क्रममा प्रहरीले दुबै अपार्टमेन्टमा वितरण गरिएको खानेपानी गुणस्तरहीन र अवैध भेट्टाएको छ ।
काठमाडौ उपत्यकामा साचालित ठुला अपार्टमेन्ट एवं हाउजिङ तारे होटल ट्याङर र मिनिरल वाटरका नाममा खोलिएका विभिन्न पानी उद्योगबाट वितरण हुने पानीको गुणस्तरीयता तथा सुद्धताबारे जानकारी लिन सरकारद्धारा गठित बोर्डका कार्यकारी निर्देशक हरि प्रसाद ढकालको संयोजकत्वमा गएको अनुगमन टोलिले दुई ठुला अपार्टमेन्टमा छापा मारेको हो ।
छापा मार्ने क्रममा टोखा सरस्वती गाविस- स्थित ग्राण्डी टावरमा पानी वितरण गर्न सिडी डेभलपस्र प्रालिले साचालन गरेको डिप बोरिङ अनुमतिपत्र नलिई साचालन भएको र सो बोरिङको पानी गुणस्तरहीन भेट्टिएको छ ।
डिप बोरिङबाट पानी तान्न थालेको एक वर्ष वितिसक्दा पनि सिडी डेभलपस्रले अझै अवैध ढंगले ग्राण्डी टावरमा पानी वितरण गरिरहेको पाइएकाले उसलाई कानुनी प्रकि्रया पुरा गर्न तीन दिने अल्टिमेटम दिएको काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले जनाएको छ ।
बोर्डका कार्यकारी निर्देशक हरि प्रसाद ढकालले तीन पटकसम्म ताकेता गर्दा पनि अटेर गरेकाले अनुगमनको क्रममा भेट्टिएका त्रुटिलाई तत्काल संच्याउन सिडी डेभलपस्रका आयोजना प्रवन्धक बिशाल कोइरालालाई ३ दिने अल्टिमेटन दिएको बताए । उनले अनुगमनको क्रममा ग्राण्डी टावरमा भवन निर्माण गर्ने बेला प्रयोग भइरहेकै अस्वस्थकर पानी वितरण भइरहेको पाइएको बताए । उनले धापासी गाविस-४ स्थित अर्को ठुलो अपार्टमेन्ट सुभ होम्स प्रालिले पनि अबैध ढंगले त्यहाँ रहेको ४२ ओटा घरलाई गुणस्तरहीन पानी वितरण गरेको फेला परेकाले सो प्रालिलाई ५० हजार जरिवना तिर्ने गरि पानी तान्ने ठाउमा सिल गरिएको जानकारी गराए । एकै ठाउँमा ठुलो लगानीमा १ सय घर बनाई धमाधम विक्री कारोबार साचालन भइरहेको सुभ होम्सले वितरण गरेको खानेपानी आइरन र एमोनियायुक्त रहेकाले पिउन नहुने दावी गर्दै उनले सो प्रालिलाई ५० हजार जरिवना लगाएको बताए । गुणस्तर परिक्षण गरि परिक्षणको रिर्पोट पेस नभएसम्म सो कम्पनीको पानी वितरणमा रोक लगाईएको जानकारी गराउँदै ढकालले राजधानीसँग भने ु अब पानी वितरण गर्ने नाममा अवैध कार्य गर्ने व्यवसायीलाई छाडिने छैनु । अनुगमनको क्रममा शुक्रबार सुभ होम्सका इन्जीनियर श्याम कर्माचार्यलाई कारबाहीको पत्र थमाएको उनले जानकारी गराए ।
अनुगमन भइरहेकै बेला ती दुबै अपार्टमेन्टमा गत एक वर्षदेखि बस्दै आएका उपभोक्ता केशबराज विष्ट र प्रतिभा झा ले आफुले प्रयोग गरेको पानी सुद्ध नभएको बताएका थिए । ग्राण्डी टावरमा बस्दै आएकी झा ले यहाँको पानीले नुहाउदा शरीर भरी छाला चिलाउने रोग लागेको बताइन ।
उपत्यकामा वितरण भएका सबै खानेपानीको गुणस्तरीयता सुधारी राम्रो व्यवस्थापन गर्न भौतिक योजना मन्त्रालयद्धारा गठित अनुगमन टोलिले खानेपानी व्यवस्थापन बोर्ड ऐन-२०६३ अनुरुप काम भइरहेको जानकारी गराउँदै ढकालले अब अनुगमनको कार्य तिब्र हुने बताए । यो बोर्डले गरेको पहिलो अनुगमन भएको जानकारी दिदै उनले अब राजधानीभर साचालित हाउजिङ तारे होटल ट्याङकर र मिनिरल वाटरका नाममा खोलिएका विभिन्न पानी उद्योगमा निरन्तर छापा मारिने बताए । अहिले केयुकेएल र खानेपानी व्यवस्थापन बोर्डबाट राजधानीमा खानेपानी वितरण गर्ने अनुमतिपत्र दिने काम भइरहेको जानकारी गराउँदै उनले काठमाडौमा मात्र अझै अनुमतिपत्र नलिनेको संख्या करिब २ सय रहेको बताए ।
हाल वाणिज्य विभाग खाद्य प्रविधी तथा गुण नियन्त्रण विभागबाट अनुगमन भइरहेपनि बोर्डको अनुगमनले गल्ती गर्नेलाई तत्काल बढी रकमको जरीवाना एवं दण्ड संजाए गरि कारबाही गर्ने भएकाले यस अनुगमन निकै प्रभावकारी हुने उनको दावी छ । बोर्डका कार्यकारी निर्देशक ढकालको संयोजकत्वमा भएको सो अनुगमनमा केयुकेएलका ज्ञानेन्द्रबहादुर कार्की प्रहरी प्रधान कार्यालयका प्रहरी नायव उपरिक्षक जयन्त थापा खानेपानी तथा सफाई उपभोक्ता महासंघका अध्यक्ष बालकृष्ण पोख्रेल उपभोक्ता माच नेपालका अध्यक्ष सम्भु कडरिया सहभागी थिए ।