Friday, October 14, 2011

खाँडी मुलुक जाने हवाई टिकट पाउन कठिन


मधुजंग पाण्डे÷राजधानी
काठमाडौ२७ असोज
अहिले साउदी अरब कतार मलेसिया र बहराइन लगायत खाँडी मुलुकमा जानेहरुलाई हवाई टिकट पाउनै मुस्कील हुन थालेको छ ।
विगत एक महिना देखि खाँडी मुलुक हुँदै अन्तर्राष्ट्रिय उडान सेवा साचालन गर्दै आएका विमान कम्पनीहरुले भनेको बेलामा हवाई टिकट उपलब्ध गराउन नसकेकाले कामका लागि खाँडी क्षेत्र जाने तयारीमा रहेकाहरु मारमा परेका छन ।
जसका कारण अहिले विभिन्न जिल्लाबाट श्रमका लागि कतार मलेसिया साउदी अरब लगायतका मुलुकमा जाने तयारीमा रहेका सर्बसाधारण राजधानीमै अलपत्र परेका छन । भनेको बेलामा टिकट नपाएकै कारण दसैं र तिहार मनाउन मलेसियाबाट घर फर्कने नेपाली यात्रुहरु पनि क्लालम्पुर विमानस्थलमै अलपत्र परेका छन ।
उच्च शिक्षा अध्ययनका लागि विदेसिनेहरुको अत्यधिक भिड र विभिन्न मुलुकबाट घर विधामा फर्कनेहरुको चाप बढेकाले अहिले खाँडी मुलुकका लागि नयाँ टिकट पाउन मुस्कील भएको सम्बन्धीत व्यवसायीहरुको भनाई छ ।
उनीहरुले अहिले वर्षकै सबैभन्दा राम्रो पर्यटकीय मौसम दसैं-तिहार लगायतका चार्ड मान्न लामो समय देखि विदेश बसेकाहरु घर विधापछि पूनः र्फकने गरेको र विदेश पढ्न जानेहरुको अत्यधिक चाप बढेकाले अहिले छिमेकी मुलुक भारतको दिल्ली लगायत खाँडी मुलुक जानका लागि टिकट पाउनै मुस्कील भएको बताएका हुन । नेपाल एसोसिएसन टुर एण्ड ट्राभल एजेन्ट नाट्टाका पूर्व अध्यक्ष एवं गण्डकी टुर एण्ड ट्राभलका प्रवन्ध निर्देशक रामकाजी कोनेले विगत एक महिनादेखि खाँडी मुलुकमा टिकट पाउन मुस्कील भएको बताए । उनले नेपाल वायुसेवा निगमले लामो समयदेखि नियमित उडान कटौती गरेकाले अहिले मलेसियाकालागि हवाइ टिकट पाउन कठिन भएको बताए ।
काठमाडौबाट सिधा मलेसिया उडान भर्दै आएको मुलुकको राष्ट्रिय ध्वजावहाक निगमले आफुसँग भएको जहाज सि चेकमा गएदेखि नियमित उडान कटौती गर्दै आएकाले विशेषगरि नेपाली यात्रुले टिकट अभावको समस्या भोग्नुपरेको जानकारी गराउँदै उनले अहिलेको बढ्दो पर्यटकको चाप र यहाँबाट विदेशिनेहरुको भीडले हाल साचालित २७ ओटा जहाजको उडान मात्र अपर् याप्त भएको बताए ।
नेपालस्थित गल्फ एयरलाइन्सका प्रवन्धक महमद जैनले आहिले युरोपियन मुलुकहरु देखि सबै मुलुकबाट नेपाल आएर फर्कनेहरुको भिड बढेकाले खाँडी मुलुकका लागि नयाँ टिकट उपलब्ध गराउन मुस्कील परेको बताए ।
दसैं मनाउन घरविदामा आउनेहरुको फर्कनेक्रम र बढी रकम तिर्ने विदेशीहरुको चाप बढेकाले अहिले भनेको बेलामा नयाँ टिकट उपलब्ध गराउन नसकिएको जानकारी गराउँदै उनले राजधानीसँग भने ु विदेशी पर्यटकको चाप र अहिले जानेहरु मध्ये धेरैले उत्तैबाट हवाई टिकट बनाएर ल्याउने गरेकाले नयाँ टिकट अभाव भएको हो ु । उनले यसपाली विगतका वर्षहरुको भन्दा अत्यधिक चाप बढेको बताए । त्रिभुवन विमानस्थलबाट खाँडी मुलुक तर्फ जाने यात्रु ओसार्दै आएको गल्फ एयरले हाल नेपालबाट बहराइन हुँदै कतार साउदी लगायत विभिन्न ४० भन्दाबढी मलुकमा अन्तर्राष्ट्रिय उडान साचालन गरिरहेको छ ।
गल्फ ट्राभल एण्ड टुर प्रालिका टिकेटिङ अफिसर जिकेश भट्टराइले अहिले खाडी मुलुकहरु मात्र नभएर काठमाडौ देखि दिल्लीसम्मको टिकट पाउन पनि गाह्रो भएको बताए । खाडी मुलुकमा ट्रान्जिट भएर जाने प्रायः सबै अन्तर्राष्ट्रिय उडानमा साचालित विमान कम्पनीहरुले पाएसम्म धेरै रकम तिर्ने यात्रु पाएसम्म छोटो दुरीका लागि कम पैसा तिर्नेहरुलाई टिकट नदिएको उनको कथन छ ।
भट्टराईका अनुसार अहिलेको वर्ष हवाई टिकट खरिद गर्नेहरुको चाप आगामी डिसेम्बरको अन्तसम्म रहने छ । उनले हरेक वर्ष सेक्टेम्बर देखि डिसेम्बरसम्म सो चाप बढ्ने बताए । हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मुलुकको एकमात्र राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम लगायत २७ ओटा अन्तर्राष्ट्रिय विमान कम्पनीहरुले खाडी मुलुक सहित विभिन्न मुलुकमा नियमित उडान भरिरहेका छन । सम्बन्धीत व्यवसायीका अनुसार अहिले सबै विमान कम्पनीहरुको सिट भरिएका छन । हेरिटेज कनेक्सन टुर एण्ड ट्राभलका प्रवन्ध निर्देशक स्याममदन केसीले कतार एयरबाट दोहा जानेले हाल न्युनतम १८हजार ५ सय देखि अधिकतम ३५ हजार रुपैयाँसम्म तिर्नुपर्ने बताए । उनले युनाइटेड एयरबाट ढाँका हुँदै मलेसिया जानेले सबैभन्दा सस्तो प्रति यात्रु १८ हजार ५सय र विमान एरबाट १९ हजार रुपैयाँ तिर्नुपर्ने बताए ।
सम्बन्धीत व्यवसायीका अनुसार काठमाडौदेखि मलेसियाकालागि अहिले युनाइटेड एयरले ढाका हुँदै न्युनतम १८ हजार ५ सय विमान एयरबाट १९ हजार नेपाल वायुसेवा निगमको १९ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । यसैगरि उनले कतार एयरवेजबाट दोहा जानकालागि न्युनतम १८ हजार ५ सय देखि अधिकतम ३५ हजार रुपैयाँसम्म तिर्नुपरेको बताए ।



No comments:

Post a Comment