Monday, October 17, 2011

इराकमा हत्या भएका नेपाली श्रमिकका परिवारले छिट्टै क्षतिपुर्ति पाउने


मधुजंग पाण्डे÷राजधानी
काठमाडौ३० असोज
विगत ८ वर्ष अघि इराकमा सामुहिक हत्या भएको १२ जना नेपाली श्रमिक मध्ये २ जनाको परिवारले पाउनुपर्ने क्षतिपुर्ति छिट्टै पाउने भएका छन ।
२०६१ साल १६ भदौमा कामको शिलसलामा इराक पुगेर ज्यान गुमाएका १२ जना नेपाली मध्ये १० जनाको परिवारले क्षतिपुर्ति स्वरुप पाउनुपर्ने रकम पाइसकेको र अन्य दुई जनाको परिवारले अहिलेसम्म नपाएकाले उनीहरुको पक्षमा मुद्धा लडिरहेका अमेरिकी वकील म्याक ह्यान्लीले सो जानकारी गराएका हुन ।
नेपाली श्रम विज्ञ डा। गणेश गुरुङलाई साथ लिएर नेपाली श्रमिकका पक्षमा विगत लामो समयदेखि मुद्धा लडिरहेका अमेरिकी वकील म्याकले इरामका ज्यान गमाएका मध्ये दुई जनाको परिवारले डकुमेन्ट अपुग भन्ने त्यहाँ कार्यरत कम्पनीको दावीका कारण अहिलेसम्म क्षतिपुर्ति रकम नपाएको जानकारी गराउँदै उनले नेपालीलाई इराकमा मात्र नभएर धेरै मुलुकमा श्रमको काम राम्रो नभएको र पैसा पनि न्युन भएको सुनेकाले उनीहरुको पक्षमा अमेरिकाको श्रम अदालतमा मुद्धा लडिरहेको बताए ।
कामकै लागि इराक पुगेर ज्यान गुमाएका ती दुई जनाको परिवारले पाउनुपर्ने रकम नपाइरहेको अवस्थामा आफुले उनीहरुको पक्षमा मुद्धा लडिरहेको जानकारी गराउँदै उनले अब उनीहरुको पक्षमा फैसला हुन लागेको बताए । उनले आगामी ४ महिनाभित्र उनीहरुको परिवारले क्षतिपुर्ति रकम पाउने सम्भावना रहेको बताए । १२ जना मध्ये १० जनाका परिवारले जनही १६ लाख पाएको जानकारी गराउँदै उनले अहिलेसम्म नपाइरहेका दुइजनाको परिवारले पनि छिट्टै सो रकम पाउने बताए । उनीहरुले इराकमा काम गरेको कम्पनी जोर्डन स्थित दाउड एण्ड पार्टनर भएको र सो कम्पनीले अमेरिकी केडिया कम्पनीसँगको सहकार्यमा काम गर्दै आएको जानकारी गराउँदै उनले केडिया कम्पनी इराकमा बन्दोवस्ती सम्बन्धी ठेक्का पाएको संस्था भएको बताए । सोही आधारमा आफुले नेपाली श्रमिकका परिवारको पक्षमा मुद्धा लडिरहेको दावी गर्दै म्याकले भनेु अहिले म अमेरिकी सरकारको लोकपि्रय कम्पनी ुकेबिआरु विरुद्ध अमेरिकाको क्यार्लिफोर्नियाको श्रम अदालतमा मुद्धा हालेको छु । आफुले मानब बेचबिखन विरुद्ध सो कम्पनीमाथी मुद्धा हालेको बताउँदै म्याकले भने ुइराकमा ज्यान गुमाएको दुई जनाका श्रीमती छोराछोरी र बाबुआमा नभएकाले कम्पनीले क्षतिपुर्ति नदिएको हो ु । उनले सो घटनाको विस्तृत विवरण जेनेभा पुगेर संयुक्त राष्ट्रसंघको साधारण सभामा पनि सुनाएको बताए । यो घटनामा मात्र आफु केन्द्रीत नभएर उनले इराक इरान अफगानिस्तान लगायतका अमेरिकी कम्पनीमा पुगेर दुःखकासाथ काम गर्ने नेपालीको पक्षमा मुद्धा लडिरहेको जानकारी गराए । यसैगरि उनले अमेरिकाको कार दुर्घटनामा ज्यान ुमाएका मानवअधिकारकर्मी सुभाष दर्नाल अफगानिस्तानको काम गर्ने कम्पनीमा ज्यान गुमाएका थमन गुरुङ र इराकमा श्रमको शिलसिलामा एउटा खुट्टा गुमाएका बुद्धि सुनारको पक्षमा अहिले मुद्धा लडन थालेको बताएका छन ।
प्रधानमन्त्री डा। बाबुराम भट्टराइको निर्देशनमा भर्खरै सरकारले गठन गरेको वैदेशिक राजगार व्यवस्थापनमा सुधार गर्न सुझाव दिने उच्च स्तरीय समितिले पनि उनको यस कदमका पक्षमा आवाज उठाउँदै आएको छ । सो समितिका अध्यक्ष डा। गणेश गुरुङले अमेरिकी वकीले निस्वार्थको भावनाले कुनै रकम विना विदेशमा अलपत्र परेका नेपाली श्रमिकको पक्षमा लडिरहेको मुद्धामा आफुले पहिले देखि नै साथ दिइरहेकाले अब नेपाली श्रमिकलाई विदेशमा काम गर्न केही सहज हुने बताए ।



No comments:

Post a Comment