Saturday, October 29, 2011

इन्डिगो एयरलाइन्सले काठमाडौ उडान थाल्यो ८०६३ मा दिल्ली आवतजावत गर्न पाइने

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ १२ कात्तिक
भारतीय वयुसेवा कम्पनी इन्डिगो एयरलाइन्सले काठमाडौ-दिल्ली सीधा व्यवसायीक उडान सुरु गरेको छ । संसारमै सबैभन्दा सस्तो भाडा दरमा हवाई उडान गर्ने दावी गर्दै आएको इन्डिगो एयरलाइन्सले पहिलो पटक शुक्रबार देखि काठमाडौ-दिल्ली सीधा उडान सुरु गरेको हो । इन्डिगो एयरलाइन्सको उडान नम्बर ु६ ई-३१ु जहाज अपरान्ह १ बजे एकसय ८० जना यात्रु सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । सो एयरलाइन्सको नयाँ जहाज पहिलोपटक काठमाडौ आउने क्रममा विमानस्थलमा पन्चेबाजा सहित स्वागत गरिएको थियो । इन्डिगो एयरलाइन्सको नेपालका लागि आधिकारिक एजेन्ट जिएसए प्रेसिडेन्ट टुर एण्ड ट्राभलका प्रवन्ध निर्देशक भोला विक्रम थापा र नेपाल पर्यटन बोर्डका प्रतिनिधीहरुले भाइटिकाको मुख्य साइत नै छोडेर नयाँ जहाजबाट आउने पर्यटकलाई विमानस्थलमा स्वागत गरेका हुन ।
सो एयरलाइन्सले अहिले १ सय ८० सिट क्षमताको एयरबस जहाजबाट ुकाठमाडौ-दिल्लीु दैनिक एउटा उडान गर्ने जनाएको छ । इन्डिगो एयरलाइन्सले सुरुमा दुबै तर्फी भाडा दर ८ हजार ६३ रुपैयाँ निर्धारण गरेको छ । पहिलोपटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण गरे लगत्तै इन्डिगो एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत आदित्य घोषले वाषिक १० लाख पर्यटक भित्राउने लक्ष्यकासाथ मनाइदै गरेको पर्यटन वर्ष २०११ को प्रचार-प्रसार एवं भारत हुँदै नेपाल भित्रिने हवाई यात्रुको संख्या बृद्धिको आकर्षणसँगै आफ्नो कम्पनीले काठमाडौ थालेको बताए । आफ्नो कम्पनीले सबैभन्दा सस्तो भाडामा हवाइ सेवा दिने दावी गर्दै उनले हाल काठमाडौ-दिल्ली दुबैतर्फी उडानको भाडा जम्मा ८ हजार ६३ रुपैयाँ मात्र कायम गरिएको बताए । प्रेसिडेन्ट टुर एण्ड ट्राभलका प्रवन्ध निर्देशक भोलाविक्रम थापाले सोही एयरलाइन्सको एकदर्फी भाडा फेयर भारु ४ हजार ९ सय ९९
७ हजार ९ सय ९८ रुपैयाँ भएपनि अहिले यात्रुलाई सहुलियत भाडा उपलब्ध गर्न कम्पनीले झण्डै आधा रकम घटाएर ८ हजार ६३ रुपैयाँ मात्र कायम गरेको बताए । यस एयरलाइसले दैनिक काठमाडौ-दिल्ली एउटा उडान भर्ने जानकारी गराउँदै उनले स्थानीय समय विहान १०।५५ मा दिल्लीबाट उडेको जहाज १ बजे काठमाडौ आइपुग्ने र २ बजे सो जहाज पुनः भारत जाने नियमित तालिका रहेको बताए । प्रेसिडेन्ट टुर एण्ड ट्राभलका अनुसार सो एयरलाइन्सले छिट्टै दिल्लीबाट दुवही बैंकक िसंगापुर र मस्कट नियमित हवाई उडान विस्तार गर्ने छ ।
नयाँ आएको सो कम्पनीसँगै अब नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने हवाई कम्पनीहरुको संख्या २८ पुगेको छ ।

यसैगरि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ओहोर-दोहोर गर्ने हवाई यात्रुको चाप बढ्ने क्रम सँगै अहिले विगतका वर्षहरुमा यात्रु नपाएर उडान स्थगित गरेका सहित विभिन्न तीन ओटा नयाँ विमान कम्पनीहरुले काठमाडौमा सीधा उडान भर्न माग गर्दै आवेदन दिएको पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।
रसियाको एरोफ्लोट श्रीलंकन एयरलाइन्स र संयुक्त अबर इमिरेड्स युएई को आरके एयरवेजले पनि यसै वर्षदेखि काठमाडौबाट सीधा उडान भर्ने तयारी गरिरहेको छ ।

No comments:

Post a Comment