Sunday, October 16, 2011

निगमको जहाज धावनमार्गमा चिप्लियो, मानविय क्षति टर् यो


राजधानी समाचारदाता
काठमाडौ,२९ असोज
नेपाल वायुसेवा निगमको टवीनअटर जहाज लुक्लाबाट काठमाडौ आउने क्रममा विमानस्थलको धावनमार्गमा चिप्लिएको छ । जहाजलाई नियन्त्रण गर्ने यन्त्र हाइड्रोलिक फेल भएपछि सो जहाज धावनमार्गमा चिप्लिएको निगमले जनाएको छ । लक्ला विमानस्थलको धावनमार्गमा चिप्लिएको सो जहाज र मानविय क्षति कुनै नभएको निगमले जनाएको छ । निगमका अनुसार सो जहाज यति एयरले चार्टर गरेको थियो ।
निगम विमानस्थल कार्यालयका प्रमुख प्रदीप कार्कीले उड्न लागेको बेला इन्डिकेटरले काम नगरेकाले काडमाडौ आउन लागेको जहाज विमानस्थलमा रोकिएको बताए । उनले दुर्घटना नभएर सो सामान्य प्राविधीक समस्या मात्र भएको बताए । उनले सामान्य प्राविधीक समस्याका कारण आइतबार लुक्लामा ग्राउन्डेट भएको जहाज सोमबार काठमाडौ ल्याउने तयारी भइरहेको बताए ।
क्पाप्टेन दीप प्रधान र को पाइलट रमण घिमिरेले उडाउन लागेको निगमको ुटवीनअटर ९ एन-एबीओु कलसाइनको सो जहाज आइतबार विहान सवा ११ बजे सामान्य दुर्घटना भएको हो । सो जहाज अहिले लुक्ला विमानस्थलमा नै ग्राउन्डेट छ ।
जहाजमा रहेका १६ जना यात्रु र तीन सदस्य चालक दल सदस्यीय सहित सबै सकुसल छन । सो जहाजमा सबार यात्रु मध्ये अधिकाँश विदेशी थिए । सो जहाज काठमाडौबाट विहान ८। ४० मा लुक्ला तर्फ उडेको विमानस्थल कार्यालयले जनाएको छ ।
जहाज विगि्रएपछि निगमका चारजना इन्जिनीयरको टोली त्यसतर्फ गएको निगमका नायब महाप्रवन्धक एवं प्रवक्ता राजुबहादुर केसीले जानकारी गराए । उनले इन्जिनियरिङ दलका सदस्यले निरीक्षण गरेपछि मात्र जहाजको अवस्थाका बारेमा जानकारी आउने बताए । केसीले सो जहाज इन्जिनीयरीङ निरीक्षणपछि सोमबार काठमाडौ ल्याउने बताए ।
यसअघि गत साता पनि लुक्ला विमानस्थलमा तारा एयरको विमान सामान्य दुर्घटनामा परेको थियो । निगमले आर्थिक अवस्था सुधार्न गत एक सातादेदि यतिको चार्टड उडान थालेको थियो । दुई संस्थाबीच भएको सम्झौता अनुसार निगमले एक महिनामा २ सय चार्टड उडान भर्ने छ । चार्टड उडान गरेबापत निगमले प्रति चार्टड उडान १ लाख २८ हजार ७ सय रुपैयाँ आम्दानी गर्ने निगम व्यवस्थापनले जनाएको छ ।

No comments:

Post a Comment