Tuesday, October 25, 2011

अन्तर्राष्ट्रिय विमान कम्पनीबीच नेपालको उडान विस्तार गर्ने होड


मधुजंग पाण्डे÷राजधानी
काठमाडौ ७ कात्तिक
नेपाल भित्रिने हवाई यात्रुको संख्या बृद्धि र नेपाल प्रतिको पर्यटकीय आकर्षणसँगै अहिले अन्तर्राष्ट्रिय विमान कम्पनीहरुबीच नेपालको उडान विस्तार गर्ने होड चलेको छ । सोही होडबीच भारतीय इन्डिगो एयरलाइन्सले आगामी ११ कात्तिकबाट काठमाडौ-दिल्ली सीधा उडान भर्ने भएको छ । जसकालागि सो कम्पनीले सबै तयारी पुरा गरिसकेको छ । सो कम्पनीसँगै अब नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने हवाई कम्पनीहरुको संख्या २८ पुग्ने छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ओहोर-दोहोर गर्ने हवाई यात्रुको चाप बढ्ने क्रम सँगै अहिले विगतका वर्षहरुमा यात्री नपाएर उडान स्थगित गरेका सहित विभिन्न तीन ओटा नयाँ विमान कम्पनीहरुले काठमाडौमा सीधा उडान भर्न माग गर्दै आवेदन दिएको पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।
रसियाको एरोफ्लोट श्रीलंकन एयरलाइन्स र संयुक्त अबर इमिरेड्स युएई को यसैगरि आरके एयरवेजले पनि यसै वर्षदेखि काठमाडौबाट सीधा उडान भर्ने तयारी गरिरहेको छ । वाषिक १० लाख पर्यटक भित्राउने लक्ष्यकासाथ मनाइदै गरेको पर्यटन वर्ष २०११ को प्रचार-प्रसार एवं नेपालमा चर्किएको आन्तरिक द्धन्द्धसँगै बन्द भएका एरोफ्लोट र श्रीलंकन एयरवेजले पूनः नेपालमा उडान भर्ने चासो देखाएका हुन । पर्यटन मन्त्रालयका अनुसार वितेका दुई वर्षदेखि अहिलेसम्म यहाँ सेवा दिन विभिन्न १० ओटा अन्तर्राष्ट्रिय विमान कम्पनीहरुले काठमाडौको सीधा उडान विस्तार गरेका छन ।
नेपालको उडान भर्न चासो देखाएका नयाँ तीन कम्पनीहरुको सेवा साचालन पछि अव मुलुकको राष्ट्रिय ध्वजाबहाक नेपाल वायुसेवा निगम सहित विभिन्न ३० ओटा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुका जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न गन्तब्यकालागि उडान भर्ने छन । पर्यटन मन्त्रालयले पर्यटन वर्षको अन्तसम्ममा मुलुकको हवाई सिट क्षमता वार्षिक ३२ लाख पुर् याउने लक्ष्य लिएको छ।
पछिल्लो समय काठमाडौबाट अन्तर्राष्ट्रिय उडान भर्ने अनुमति पाएको विमान कम्पनी भारतीय इन्डिगो एयरलाइन्स हो । इन्डिगो एयरलाइन्सले आगामी ११ कात्तिकबाट काठमाडौ-दिल्ली सीधा उडान भर्ने भएको छ । जसकालागि सो कम्पनीले सबै तयारी पुरा गरिसकेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सह सचिव सुरेश आचार्यले काठमाडौमा उडान भर्न चासो देखाएका तीन ओटै कम्पनीलाई सेवा साचालन गर्न दिन हाल उच्च अधिकारीबीच छलफल भइरहेको बताए । उनले अहिले नेपाल भित्रिने पर्यटक आगमनको संख्या बृद्धि सँगै वैदेशिक रोजगारीकालागि विभिन्न मुलुक जाने नेपालीको चाप बढ्न थालेपछि ती विमान कम्पनीहरुले काठमाडौमा उडान भर्न उत्साहित भएको बताए । श्रीलंकन एयरलाइन्सले दिल्ली हुँदै नेपालबाट उडान भर्ने योजना बनाएको जानकारी गराउँदै उनले सो एयरलाइन्सले सन २००८ मा श्रीलंकाबाट दिल्ली हुँदै अन्य मुलुकमा सीधा उडान गर्ने पाँचौ स्वतन्त्रता अधिकार फिप्थ पि्रुडम पाएको बताए । मन्त्रालयका अनुसार यूएईबाट नेपालको उडान भर्ने चासो देखाएको आरके एयरवेजलाई अनुमति दिनुअघि दुई देशबीचको हवाई सम्झौता परिवर्तन गर्नुपर्ने हुन्छ । अहिलेको सम्झौता अनुसार दुई मुलुकहरुबीच साताको २८ उडान भर्न पाउने व्यवस्था छ । सोही प्रावधान अन्र्तरगत एयर अरेयिबा फ्लाई दुवई र इत्तिहाद एइरवेजले उडान भरिरहेका छन । एयर अरेविया र फ्लाई दुवईले सातामा १४÷१४ उडान भरिरहेका छन ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रामप्रसाद न्यौपानेले नेपालमा देखिएको पर्यटकीय आकर्षणसँगै अहिले विभिन्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरुले काठमाडौमा उडान विस्तार गर्ने चासो देखाएको बताए । उनले आगामी ११ कात्तिकदेखि भारतीय विमान कम्पनी इन्डिगो एयरलाइन्सले काठमाडौ-दिल्ली सीधा उडान भर्ने जानकारी गराइसकेको बताए ।
प्राधिकरण हवाइ उडान तालिका महाशाखाका प्रवन्धक रामदिनेशलाल कर्णले भाइटिकाको दिन आगामी ११ कात्तिकमा अपरान्ह साढे १ बजे इन्डियो एयरलाइन्सले काठमाडौमा अवतरण गर्ने समयका बारेमा समेत जानकारी गराइसकेको बताए ।

No comments:

Post a Comment