Tuesday, October 25, 2011

एकिकृत विक्री केन्द्रबाट मात्र साल्ट ट्रेडिङ्गले डेढ करोडको खाद्यान्न बेच्यो

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ६ कात्तिक
राजधानीका विभिन्न ७ ठाउँमा साचालित एकिकृत विक्री केन्द्रबाट मात्र साल्ट ट्रेडिङ्गले वितेको ३० दिनमा डेढ करोडको सहुलियत दरको खाद्यान्न बिक्री गरेको छ । सरकारले घोषणा गरेको राहत कार्यक्रम अनुरुप उपभोक्तालाई विगतका वर्षहरुमा झैं दसैं तिहार र छठ पर्वमा सहुलियत दरको खाद्यान्न लगायतका दैनिक उपभोग्य बस्तुहरु उपलब्ध गराउने उदेस्यले गत ६ असोजदेखि साचालित उपत्यकाको विभिन्न ७ स्थनका एकिकृत विक्री केन्द्रबाट मात्र साल्ट ट्रेडिङ्गले डेढ करोडको सहुलियत खाद्यान्न बिक्री गरेको हो ।
पर्वकालागि विभिन्न सरकारी संस्थानसँगको सहकार्यमा उपभोक्तालाई प्रत्यक्ष रुपमा सहुलियत दरको खाद्यान्न उपलब्ध गर्ने उदेस्यले साचालित एकिकृत विक्री केन्द्रमा साल्ट ट्रेडिङको स्टलबाट दसैं देखि अहिलेसम्म करिब डेढ करोडको खाद्यान्न विक्री भएको साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले जनाएको छ ।
लिमिटेडका विभागीय प्रवन्धक सरोजनिधी तिवारीले नुन चीनी मैदा चामल गेडागुडी तेलचिउरा र चियापत्ति लगायतका बस्तुहरु सहुलियत दरको विक्रीबाट वितेको ३० दिनमा साल्ट ट्रेडिङले मात्र डेढ करोडको कारोबार गरेको बताए ।
अहिले काठमाडौ उपत्यकाको िसंहदरबार अगाडीको नेसनल ट्रेडिङ्ग थापाथली स्थीत ट्रेड टावर पुल्चोकको विशालबजार नेस्लन ट्रेडिङ परिसर टेकु कालिमाटीको कर्पोरेट अफिस कोटेश्वर र भक्तपुरको सूर्यविनायक चोकमा गरि ७ ठाउँमा सहुलियत दरको विक्री केन्द्र रहेको जानकारी गराउँदै उनले अहिलेसम्म सबैभन्दाबढी चिनी विक्री भएको बताए । एकजना उपभोक्तालाई ५ केजी चिनी र ३ केजी नुन दिने गरेको जानकारी गराउँदै उनले एकिकृत सहुलियत विक्री केन्द्रबाट मात्र अहिलेसम्म २२ हजार बोरा चिनी विक्री भएको र लिमिटेडसँग अझै प्रयाप्त चिनी रहेको बताए । उनले दसैंको बेला िसंहदरबार अगाडीको नेसनल ट्रेडिङ्गको विक्री केन्द्रबाट सबैभन्दा बढी कारोबार भएको बताए ।
उपत्यकाको सात ठाउँमा हाल दैनिक ७ देखि १० लाखसम्मको विक्री भइरहेको जानकारी गराउँदै उनले अहिलेसम्म करिब डेढ करोड बढीको कारोबार भएको बताए ।
बढ्दो महँगीको मारमा परेका सर्वसाधारण उपभोक्तालाई चार्डपर्वका बेला सहुलियत दरका बस्तुहरु उपलब्ध गराएर केही राहत दिने उदेस्यले लिमिटेडले हरेक वर्ष यस्तो सेवामुखी काम गर्दै आएको उनको भनाई छ ।
साल्ट ट्रेडिङ लगायत विभिन्न सार्वजनिक संस्थानहरुको एकिकृत विक्री केन्द्रहरुमा दसैंकालागि सहुलियत दरको खाद्यान्न एवं दैनिक उपभोग्य बस्तुहरु खरिद गर्न उपभोक्ताको भिड लागेका कारण सो परिणामको कारोबार भएको बताउँदै प्रवन्धक तिवारीले राजधानीसँग भने ु चार्ड पर्वकालागि साचालन गरिएको सहुलियत बजार तिहारको सार्वजनिक विद्याका दिन बाहेक आगामी १५ कात्तिकसम्म साचालन हुने छ ु।
छट पर्व सम्म उपत्यकाका विभिन्न ठाउँमा साचालन हुने सहुलियत दरको विक्री केन्द्र बाट बढ्दो महँगीको मारमा परेका उपभोक्ताहरुलाई केही राहत मिलेको लिमिटेडको दावी छ ।
सबै विक्री केन्द्रमा साल्ट ट्रेडिङ नेसनल ट्रेडिङ खाद्य संस्थान र दुग्ध विकास संस्थानले आ-आफ्ना उत्पादनहरु सहुलियत दरमा विक्री गरिरहेका छन ।
साल्ट ट्रेडिङका महाप्रवन्धक उर्मिला श्रेष्ठले सरकारले गत भदौमा घोषणा गरेको राहत कार्यक्रम गन्र्तरगत साल्ट ट्रेडिङले एकिकृत विक्री केन्द्रको स्टलमा राखिएका चिनी नन चामल र गेडागुढी लगायतका बस्तुहरु हाल साविकको मुल्य भन्दा केही सस्तो गरि विक्री गरेको बताइन । उनले सबै विक्री केन्द्रमा अहिले प्रतिकेजी ६४ रुपैयाँको चिनीको मुल्यमा ५ रुयौया घटाइ प्रति केजी ५९ रुपैयाँ र १५ रुपैयाँ प्रति केजी नुनको पाकेटमा २ रुपैयाँ घटाइ १३ रुपैयाँमा विक्री भइरहेको जानकारी गराइन ।
यसैगरि उपभोक्तालाई सहुलियत दरको खाद्यान्न उपलब्ध गराउन यसपाली राजधानी बाहिर धनगढी नेपालगाज दाङ लगायतका क्षेत्रमा राहत विक्री केन्द्र साचालन गरेको उनले जानकारी गराइन । जसका कारण अहिले उपभोक्तालाई निकै राहत मिलेको दावी गर्दै उनले सार्वजनिक संस्थानहरुले नाफा आर्जन गर्ने भन्दापनि उपभोक्तालाई सहुलियत दरमा चार्डपर्वका बेला खाद्यान्नको बन्दोबस्त मिलाउन हरेक वर्ष यस्ता विक्री केन्द्र साचालन गर्दै आएको बताइन ।


No comments:

Post a Comment