Friday, October 21, 2011

अन्तर्राष्ट्रिय विमानस्थलबाट संकलन हुने राजश्व ४० करोडले बढ्यो


मधुजंग पाण्डे÷राजधानी
काठमाडौ४ कातिक
विगत केही वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट संकलन हुने राजश्व रकम बढ्न थालेको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थल कार्यालयका अनुसार गत आर्थिक वर्ष पहिलेको भन्दा ४० करोड राजश्व संकलन बृद्धि भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रवन्धक रतिशचन्द्रलाल सुमनले विगत केही वर्षदेखि विमानस्थलबाट संकलन हुने रावश्व रकम लगातार बढिरहेको बताए ।
उनले आर्थिक वर्ष २०६६÷०६७ मा २ अर्ब २३ करोड राजश्व संकलन भएकामा आव ६७÷०६८ मा सो राजश्व रकम बृद्धि भई कुल २ अर्ब ६३ करोड संकलन भएको बताए ।
उनले विमानस्थलमा हुने विविध गतिविधी एवं जहाज ह्याङरिङबाट जम्मा हुने रकमबाट सो परिणामको रजश्व संकलन भएको बताए । राजश्व संकलनबाट उठेको रकम विमानस्थलको दैनिक कार्य साचालनदेखि पूर्वाधार विस्तारका कार्यक्रममा खर्च भइरहेको जानकारी गराउँदै उनले आर्थिक वर्ष २०६८÷०६९ मा विमानस्थलबाट कुल २ अर्ब ९३ करोड राजश्व संकलन हुने अपेक्षा गरिएको बताए ।
विगत केही समयदेखि अन्तर्राष्ट्रिय उडानमा साचालित हवाई यात्रु संख्या बढेसँगै रावश्व संकलन पनि बढेको विमानस्थल कार्यालयले जनाएको छ ।
अपेक्षा गरेअनुरुप राजश्व संकलन भएको खण्डमा सो रकम विमानस्थलको भौतिक पूर्वाधार विस्ता र हवाइ सुरक्षामा खर्च हुने पनि उनले जानकारी गराए ।
महाप्रवन्धक सुमनका अनुसार अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले अन्तर्राष्ट्रिय र आन्तरिक गरि दैनिक करिब ३ सय ९० ओटा जहाज आवत-जावत गरिरहेका छन ।
जसमा अन्तर्राष्ट्रिय उडान तर्फ हाल दैनिक ८२ देखि ९० ओटा जहाज आवत-जावत गरिरहेका छन । अन्तर्राष्ट्रिय उडानमा साचालित नेपाल वायुसेवा निगम सहित विभिन्न २७ ओटा विमान कम्पनीहरुले अन्तर्राष्ट्रिय उडान भरिरहेका छन ।
महाप्रवन्धक सुमनले अहिले विमानस्थलमा अन्तर्राष्ट्रिय उडान तर्फ १३ सय ५० प्रति घण्टा यात्रु क्षमता रहेकामा सो क्षमतालाई २४ सै घण्टा साचालन गरिएमा अन्तर्राटि्रय उडानमा दैनिक कुल २४ हजार ३ सय यात्रु क्षमता हुने दावी गरे । यसैगरि उनले सोही अनुरुप विमानस्थलको क्षमता विस्तार गरिएमा आन्तरिक उडान तर्फ यात्रु संख्या दैनिक ५ हजार पुग्ने जानकारी गराए ।
दैनिक २४ सै घण्टा विमानस्थलको उडान क्षमता विस्तार गरिएमा अन्तर्राष्ट्रिय तर्फ यात्रु संख्या वार्षिक ८७ लाख ४८ हजार र आन्तरिक तर्फ वार्षिक १९ लाख ४४ हजार पुग्ने अनुमान गरिएको उनको कथन छ ।
सन २०१५ भित्रमा स्वदेशी र विदेशी उडान गरि कुल यात्रु संख्या पुर् याउने लक्ष्य लिएको जानकारी गराउँदै उनले सुरक्षा चेकिङ व्यवस्था अध्यागमन यात्रु क्षमता व्यागेज र भन्सार लगायतका व्यवस्था अनुकुल भएमा मात्र सो लक्ष्य पुरा हुने दावी गरे ।
विमानस्थल कार्यालयले अहिले नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलबाट ओहोर-दोहोर गर्ने हवाई यात्रुलाई विमानस्थलमा आइ पर्ने सबै सुविधाको राम्रो व्यवस्था मिलाएको जनाएको छ ।




No comments:

Post a Comment