Monday, October 17, 2011

दाहालको अध्यक्षतामा लुम्बिनी विकास निर्देशक समिति गठन

काठमाडौ,३० आश्विन  - सरकारले माओवादी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बृहत लुम्बिनी विकास राष्ट्रिय निर्देशक समिति गठन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बृहत लुम्बिनीको विकास गर्न उक्त निर्देशन समिति गठन गरेको हो ।
त्यसैगरी सरकारले सन् २०१२ लाई लुम्विनी भ्रमण बर्ष घोषणा गरेको छ । समितिका सदस्यहरुमा एमालेका मंगलसिद्घि मानन्धर, कांग्रेसका मिनेन्द्र रिजाल, वन मन्त्री मोहम्मद वकिल मुसलमानसहित छ जना छन् ।
समितिलाई लुम्बिनीको विकासको लागि लुम्बिनीलाई बृहत्तर विकास, शान्ति क्षेत्र र पर्यटकीय क्षेत्रको गुरुयोजना प्रस्ताव तयार पारेर प्रस्ताव गर्ने क्षेत्राधिकार दिइएको छ । त्यसका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउनेसमेत जिम्मेवारी दिइएको छ ।
दाहाल केही महिनाअघि लुम्बिनीको विकासको लागि करिव २ खर्ब २५ अरव रुपैयाँ लगानी गर्ने चर्चा गरिएको चीनमा रहेको ऐपेक नाम गैरसरकारी संस्थाको सह-अध्यक्षसमेत हुन् । त्यसैगरी सरकारले धितोपत्र बोर्डको कार्यकारी निर्देशक बाबुराम श्रेष्ठ, टिसिएनका अध्यक्ष बन मन्त्रलायका सहसचिव रामप्रसाद लम्साल र जडिवुडी प्रशोधन केन्द्र अध्यक्ष हरिहर सिग्देल नियुक्त गरेको छ । सबै खुला प्रतिस्पर्धाबाट छानिएका हुन् । सरकारले राष्ट्रिय खेलकुद कैलाली र कञ्चनपुरमा फागुन १४ गतेदेखि एक सातासम्म आयोजना गर्ने पनि निर्णय गरेको छ ।

No comments:

Post a Comment