Thursday, October 20, 2011

सिइओ छनोट प्रकि्रया पारदर्शी हुनुपर्नेमा जोड




काठमाडौ ३ कातिक – पर्यटन व्यवसायी एवं सरोकारवालाहरुले नेपाल पर्यटन बोर्डको आगामी नयाँ प्रमुख कार्यकारी निर्देशक सिइओ छनोट प्रकि्रया एकदमै पारदर्शी एवं व्यवहारिक हुनुपर्नेमा जोड दिएका छन ।
पर्यटन बोर्डको नयाँ नेतृत्व छनोटमा कुनै राजनीनिक हस्तक्षेप हुन नहुनेमा जोड दिँदै उनीहरुले आगामी प्रमुख कार्यकारी छनोट प्रकि्रया राम्रो नभए मुलुकको पर्यटन क्षेत्र थप धरासायी हुने बताएका छन ।
पर्यटन पर्यटन पत्रकार संघ जाट नेपालद्धारा बिहीबार राजधानीमा आयोजित छलफल कार्यक्रममा व्यवसायी एवं सरोकारवालाहरुले नेपाल पर्यटन बोर्डको नयाँ प्रमुख कार्यकारी छनोट प्रकि्रया एकदमै पारदर्शी एवं व्यवहारिक हुनुपर्नेमा जोड दिएका हुन । विगत १२ वर्ष अघि सरकारले मुलुकको पर्यटन उद्योगको प्रवद्र्धनमा नीजि व्यवसायीको भूमिकालाई विशेष प्राथमिक्ता दिनुपर्छ भन्ने मान्यताका आधारमा सन १९९८ मा तत्कालिन पर्यटन विभागलाई खारेज गरि नीजि-सरकारी साझेदारीको अवधारणमा नेपाल पर्यटन बोर्ड स्थापना गरेको जानकारी गराउँदै उनीहरुले आगामी बोर्डको नयाँ नेतृत्व छनोट प्रकि्रया पनि सोही अवधारणा अनुसारको हुनुपर्नेमा जोड दिएका छन ।
पर्यटन मन्त्रालयका पूवं सचिव एवं पर्यटन बोर्डका संस्थापक अध्यक्ष दीपेन्द्र पुरुष ढकालले बोर्डको वितेका १२ वर्षे समिक्षत्मक गतिविधीका बारेमा जानकारी गराउँदै आगामी नयाँ नेतृत्व छनोट प्रकि्रया एकदमै पारदर्शी र व्यवहारिक हुनुपर्ने बताए । मुलुको पर्यटन प्रवद्र्धनको अभियानमा एक स्वायत्त पूर्व अधिकार प्राप्त संस्थाको परिकल्पनाकासाथ नेपाल पर्यटन बोर्ड स्थापना भएको भएपनि अहिले बोर्ड सो परिकल्पना विपरित साचालन भइरहेको दावी गर्दै उनले अहिले बोर्ड राजनीतिक चलखेख एवं हस्तक्षेप बढेको बताए । उनले बोर्डमा स्वदेशी नै छनोट गर्नुपर्ने सुझाव दिएका छन ।
बोर्डको आगामी सिइओ छनौट गर्न बोर्डले धुर्वनारायण श्रेष्ठ गणेश सिम्खडा र ङिमी शेर्पा सहितको ३ सदस्य समिति बनाएको छ । सो समितिले अहिले नयाँ कार्यकारी खुल्ला प्रतिस्पर्धाबाट छान्न आगामी ६ कात्तिकसम्म आवेदन खुलाएको छ । प्रमुख कार्यकारीकालागि अहिलेसम्म ६ जनाले आवेदन हालिसकेका छन भने अझै हाल्नेक्रम जारी छ । यसैगरि हालका प्रमुख कार्यकारी निर्देशक प्रचण्डमान श्रेष्ठको कार्यकाल आगामी १४ कात्तिकबाट समाप्त हुँदै छ ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक प्रचण्डमान श्रेष्ठले आफ्ना ४ वर्षे कार्यकालमा बोर्डबाट नीजि व्यवसायी र सरकारको संयुक्त सहकार्यमा मुलुकको पर्यटन प्रवद्र्धनमा भएका विविध कार्यक्रम एवं उपलब्त्रीहरुका बारेमा जानकारी गराउँदै अहिले बोर्डमा राजनीतिक हस्तक्षेप बढेको बताए ।
राजनीतिक हस्तक्षेपकै कारण अहिले पर्यटन प्रवद्र्धनका केही कार्यक्रम सोचे अनुरु नभएको जानकारी गराउँदै उनले आफु पनि विगत ३५ वर्षदेखि पर्यटन क्षेत्रमै तल्लिन रहेकाले बोर्डको नयाँ नेतृत्व छनोटमा राजनीतिक हस्तक्षेप हुन नहुने धारणा राखे । उनले राजनीतिक हस्तक्षेपकै कारण सोचे अनुरुपको काम गर्न नपाएको बताएका थिए ।
पर्यटन मन्त्रालयका सह सचिव राजनकृष्ण अर्यालले अहिलेसम्म बोर्डमा मन्त्रालयले हस्तक्षेप नगरेको जानकारी गराउँदै आगामी सिइओ छनोट प्रकि्रयामा कानुनी प्रकि्रया गुरा गर्न समितिका सदस्यहरुलाई सुझाव दिए । पर्यटन वर्ष २०११ का राष्ट्रिय संयोजक योगेन्द्र शाक्य र बरिष्ठ पर्यटन व्यवसायी टेकचन्द्र पोख्रेलले स्थापना कालमा व्यवसायीले देखेको सपना जस्तो पर्यटन प्रवद्र्धनात्मक काम हालको बोर्डले नगरेकामा दुःख व्यक्त गर्दै अब बोर्डको संरचनामा परिवर्तन गर्ने बेला आएको बताएका थिए । नयाँ सिइओ छनोट समितिका सदस्य धुर्बनारायण श्रेष्ठले अहिलेसम्म ५ जनाको आवेदन परेको जानकारी गराउँदै सिइओ छनोट प्रकि्रया एकदमै पारदर्शी हुने दावी गरे । श्रेष्ठले भने ु खुल्ला प्रतिस्पर्धामा आएका मध्ये जो राम्रो छ उसैलाई छान्ने छौंु । उनले आफुहरु कुनैपनि राजनीनिक दबावमा नपर्ने पनि स्पष्ट पारे । नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष आङछिरिङ शेर्पा टानका पूव उपाध्यक्ष बच्चुनारायण श्रेष्ठ नाट्टोका अध्यक्ष अशोक पोख्रेल दोलखा पर्यटनका अध्यक्ष बैकुण्ठ प्रधान टानका महासचिव मोहन लम्साल टुरगानका अध्यक्ष हरेराम बराल लगायतले पर्यटन बोर्डका प्रवद्र्धनात्मक अभियान काठमाडौमा मात्र सिमित भएकाले मुलुकभर विस्तार हुनुपर्नेमा जोड दिँदै बोर्डको संरचना नै परिवर्तन गर्नुपर्ने बेला आएको बताएका थिए ।

No comments:

Post a Comment