Saturday, October 22, 2011

ठमेल क्षेत्रका मसाजमा छापा, मदिरा र कन्डम भेटियो


मधुजंग पाण्डे÷राजधानी
काठमाडौ ५ कात्तिक
पर्यटकीय बजार ठमेल क्षेत्रका करिब एक दर्जन भन्दा बढी मसाज सेन्टरमा छापा मरिएको छ ।
ठमेल क्षेत्रमा साचालित मसाजले खुलेआम यौन धन्दा गरिरहेको भन्ने स्थानीयवासीको जन गुनासो बढेपछि शनिबार छापा मार्ने क्रममा प्रहरीले केही मसाज सेन्टरमा मदिराका बोत्तल चुरोट र कन्डमका बट्टा फेला पारेको छ ।
ठमेल पर्यटन विकास परिषद पर्यटक प्रहरी ठमेल र महानगरीय प्रहरी प्रभाग लैनचौर सोह्रखुट्टेबाट शनिबार साँझ अनुगमनमा गएको साचारकर्मी सहितको टोलीले शनिबार छापा मार्ने क्रममा ठमेल क्षेत्रका केही मसाज केन्द्रमा विभिन्न ब्राण्डका मदिराका बोतल चुरोटका बट्टा र कन्डम फेला पारेको हो । सो अनुगमन टोलीले ठमेलका न्यु ठमेल म्याजिक टप्स मसाज सेन्टर एभरेष्ट हेल्थ सेन्टर एण्ड सेन्ट थाई मसाज बढी केयर स्पा सेन्टर हिमाली मसाज पार्लर नेचुरल मसाज सेन्टर यति पिसफल मसाज मोनालिसा स्पा र द काठमाडौ मसाज सेन्टर सहित एक दर्जन भन्दाबढी मसाज सेन्टरमा छापा मारेको थियो ।
छापा मार्ने क्रममा कतिपय साचालकहरु भ्ाागेका थिए भने अधिकाँशले दर्ता प्रमाणपत्र नविकरण नै नगरेको र केहीले कत्तैपनि दर्ता नगरेको भेटिएको छ ।
ठमेल क्षेत्र भित्रका करिब एक सय भन्दा बढी मसाज सेन्टरद्धारा साचालित व्यवसायलाई मर्यादित बनाउने उदेस्यले छापा मार्नेक्रममा प्रहरीले केही मसाजमा विभिन्न ब्राण्डका मदिराका बोतल चुरोटका बट्टा र कन्डम फेला पारेको ठमेल पर्यटन विकास परिषदले जनाएको छ ।
प्रिषदका उपाध्यक्ष रामशरण थपलियाले अनुगमनको क्रममा ठमेल क्षेत्रका करिब ६० प्रतिशत व्यवसायीले मसाज व्यवसायलाई मर्यादित रुपमा साचालन गर्न जारी गरेको आचारसंहिता लागु नगरेको पाइएको बताए । उनले छापा मार्नेक्रममा धेरैले मसाज व्यवसाय साचालन गर्दा अपनाउनुपर्ने न्युनतम आधार समेत पुरा नगरेको र दर्ता नै नगरि चलाइरहेको भेटेको बताए ।
यसले राज्यलाई बुझाउनुपर्ने राजश्व समेत छलि भइरहेको र आयुर्वेद उपचार पद्धतीबाट पर्यटकलाई शरिरमा मालिस गरेर सेवा दिनुपर्नेमा अधिकाँश व्यवसायीले अर्कै धन्दा गरेको प्रष्ट हुने बताउँदै थपलियाले भने ु ठमेलका करिब ४० प्रतिशत व्यवसायीले मात्र मर्यादित आचार संहिता अनुरुप काम गरेको देखिन्छ ।ु बाँकी ६० प्रतिशतले मसाजका नाममा अनैतिक कार्य गरिरहेको अनुगमनका क्रममा देखिएको जानकारी गराउँदै उनले अनैतिक कार्य गर्नेलाई अब कडा कारबाही हुने चेतावनी दिए । परिषदले हाल व्यवसायीलाई चेतावनी स्वरुप सामान्य कारबाहीमा छाड्ने गरेको बताउँदै उनले भने ुअब मसाजका नाममा अनैतिक कार्य गर्ने व्यवसायीलाई छाडिने छैन।ु उनले अनुगमनको क्रममा अधिकाँश व्यवसायीले नेपाल मसाज व्यवसायी संघ र परिषदबीच व्यवसायलाई मर्यादित पार्न यसअघि जारी गरेको आचारसंहिता पालना नगरेको बताए ।
सोह्रखुट्टै प्रहरी चौकीका नायव प्रहरी निरीक्षक सई रुद्ध बोहराले अनुगमनको क्रममा पर्यटकीय बजार ठमेल क्षेत्रमा साचालित अधिकाँश मसाज साचालकहरुले आयुर्वेदिक उपचार पद्धतीबाट पर्यटकलाई शरीर दुखेको ठाँउमा मालिस गर्ने स्वच्छ व्यवसाय गर्नुपर्नेमा अनैतिक कार्य गरेको भेटिएको बताए । यदि उनीहरुले राम्रो काम गरेको भए अनुगमनको टोली केन्द्रमा पस्नासाथ अनुहार छोप्दै भोग्नुपर्ने थिएन भन्दै उनले छापामार्ने क्रममा केही मसाजमा विभिन्न ब्राण्डका मरिदराका बोत्तल र कन्डम
फेला पारेको बताए । उनले भगवती लामाद्धारा साचालित ठमेलको स्पा बढी मसाज सेन्टरमा रोयलस्टेग र वियरका बोत्तल चुरोटका बट्ट र कन्डम फेला परेको जानकारी गराए ।
पर्यटक प्रहरी ठमेलका प्रहरी नायब निरीक्षक खेमराज रावलले पनि छापा मार्नेक्रममा ठमेलका कुनैपनि व्यवसायीले मसाज व्यवसाय साचालन गर्न आवस्यक न्युनतम आधार पुरा नगरेको देखेको बताए । अनुगमनका क्रममा अधिकाँश मसाज गर्ने स्थल फोहोर भट्टि जस्तो र हाव नछिर्ने अँध्यारो भएकाले झट्ट हेर्दा मसाजका नाममा यौन धन्दा भइरहेको जस्तै दृश्य देखिएको बताए ।
नेपाल मसाज व्यवसायी संघका उपाध्यक्ष राजेन्द्र श्रेष्ठले अनुगमनको क्रममा धेरै मसाज साचालकहरुले अझै आचार संहितामा भएका न्युनतम आधार समेत पालना नगरेको भेटेको बताए । यसअघि नै व्यवसायलाइृ मर्यादित एवं सम्मानीत् पेसाका रुपमा विस्तार गर्न संघले निर्देशन गरेका कुनैपनि काम पुरा नभएको फेला परेको बताउँदै उनले अझै अनैतिक कार्य गर्ने व्यवसायीलाई संघले नै नछोड्ने दावी गरे ।


No comments:

Post a Comment