Monday, October 31, 2011

बोर्डका सिइओ श्रेष्ठको कार्यकाल सकियो, नयाँ नियुक्ति हुन अझै एक महिना लाग्ने


राजधानी समाचारदाता
काठमाडौ १३ कातिक
नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी निर्देशक प्रचण्डमान श्रेष्ठको ४ वर्षे कार्यकाल सोमबारबाट समाप्त हुँदै छ । बोर्डको ४ वर्षे कार्यकाल पुरा गरेका श्रेष्ठ विगत ३५ वर्षदेखि पर्यटन क्षेत्रमै तल्लिन व्यत्तित्व हुन । यसअघि हुने गरिेका राजनीतिक नियुक्तिै आधारमा श्रेष्ठले ६४ सालबाट बोर्डको नेतृत्व सम्हालेका थिए ।
विगत १२ वर्ष अघि सरकारले मुलुकको पर्यटन उद्योगको प्रवद्र्धनमा नीजि व्यवसायीको भूमिकालाई विशेष प्राथमिक्ता दिनुपर्छ भन्ने मान्यताका आधारमा सन १९९८ मा तत्कालिन पर्यटन विभागलाई खारेज गरि नीजि-सरकारी साझेदारीको अवधारणमा नेपाल पर्यटन बोर्ड स्थापना गरेको हो । बोर्डमा नयाँ सिइओ छनौट गर्न बोर्डले निजी क्षेत्रबाट धुर्वनारायण श्रेष्ठ गणेश सिम्खडा र ङिमी शेर्पा सहितको ३ सदस्य छनोट समिति बनाएको छ । सो समितिले नयाँ कार्यकारी खुल्ला प्रतिस्पर्धाबाट छान्न गत ६ कात्तिकसम्म आवेदन खुलाएको थियो । सो समय भित्र १८ जनाको आवेदन परेको पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।
बोर्डको नयाँ सिइओकालागि खुल्ला प्रतिस्पर्धाबाट आवेदन दिनेहरुमा बोर्डकै बरिष्ठ निर्देशक देखि मन्त्रालयमा सह सचिव व्यवसायी एवं पर्यटन विद्हरु रहेका छन ।
छनोट समितिले आवेदन दिने म्याद सकिएको १५ दिनभित्र ३ जानको नाम सिफारिस गर्ने छ । एक जना सिइओ पदपुर्ति गर्न गत २ असोजमा ३५ दिने सूचना सार्वजनिक गरिएको थियो । पर्यटन बोर्डका सिइओको तलब भक्ता एवं अन्य सुविधा वार्ताबाट तय हुने बोर्डको नियमावलीमा उल्लेख छ ।
यसैगरि सिइओका जिम्मेवारी बोर्डको वार्षिक कार्य योजना बनाउने एवं कार्यान्वयन गर्ने अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रवद्र्धन गर्न रणनीति तथा कार्यक्रम बनाउने नयाँ पर्यटकीय गन्तब्यस्थलको खोजी एवं विकास गर्ने सरकार र अन्य निकायसँग समन्वय गर्ने लगायतका छन ।
मन्त्रालयका सह सचिव एवं प्रवक्ता हरिप्रसाद बस्यालले नयाँ सिइओ छनोट गर्न गठन भएको तीन सदस्य छनोट समितिले गरेको निणर्यकै आधारमा नयाँ नेतृत्व चयन हुने बताए । छनोट समितिले गरेको कार्यका बारेमा थाहा नपाउन्जेल मन्त्रालयले केही गर्न नमिल्ले जानकारी गराउँदै उनले अहिले मन्त्रालयको तर्फबाट कुनै प्रकि्रया अघि नबढेको बताए ।
नयाँ सिइओ छनोट समितिका सदस्य धुर्बनारायण श्रेष्ठले अहिलेसम्म १८ जनाको आवेदन परेको जानकारी गराउँदै सिइओ छनोट प्रकि्रया एकदमै पारदर्शी हुने दावी गरे । अन्तिम आवेदन दिने म्याद सकिएको १५ दिन भित्रमा नयाँ सिइओ छनोट गर्ने लक्ष्यकासाथ काम अघि बढिरहेपनि बीचमा तिहार र छठ पर्व परेकाले केही दिन ढिलो हुने जानकारी गराउँदै श्रेष्ठले भने ु खुल्ला प्रतिस्पर्धामा आएका मध्ये जो राम्रो छ उसैलाई छान्ने छौंु । उनले आफुहरु कुनैपनि राजनीनिक दबावमा नपर्ने पनि स्पष्ट पारेका छन ।
पर्यटन व्यवसायी एवं सरोकारवालाहरुले नेपाल पर्यटन बोर्डको आगामी नयाँ प्रमुख कार्यकारी निर्देशक सिइओ छनोट प्रकि्रया एकदमै पारदर्शी एवं व्यवहारिक हुनुपर्नेमा जोड दिएका छन ।
पर्यटन बोर्डको नयाँ नेतृत्व छनोटमा कुनै राजनीनिक हस्तक्षेप हुन नहुनेमा जोड दिँदै उनीहरुले आगामी प्रमुख कार्यकारी छनोट प्रकि्रया राम्रो नभए मुलुकको पर्यटन क्षेत्र थप धरासायी हुने बताएका छन ।
विगत १२ वर्ष अघि सरकारले मुलुकको पर्यटन उद्योगको प्रवद्र्धनमा नीजि व्यवसायीको भूमिकालाई विशेष प्राथमिक्ता दिनुपर्छ भन्ने मान्यताका आधारमा सन १९९८ मा तत्कालिन पर्यटन विभागलाई खारेज गरि नीजि-सरकारी साझेदारीको अवधारणमा नेपाल पर्यटन बोर्ड स्थापना गरेको जानकारी गराउँदै उनीहरुले आगामी बोर्डको नयाँ नेतृत्व छनोट प्रकि्रया पनि सोही अवधारणा अनुसारको हुनुपर्नेमा जोड दिएका छन ।
पर्यटन मन्त्रालयका पूवं सचिव एवं पर्यटन बोर्डका संस्थापक अध्यक्ष दीपेन्द्र पुरुष ढकालले आगामी नयाँ नेतृत्व छनोट प्रकि्रया एकदमै पारदर्शी र व्यवहारिक हुनुपर्ने बताए । मुलुको पर्यटन प्रवद्र्धनको अभियानमा एक स्वायत्त पूर्व अधिकार प्राप्त संस्थाको परिकल्पनाकासाथ नेपाल पर्यटन बोर्ड स्थापना भएको भएपनि अहिले बोर्ड सो परिकल्पना विपरित साचालन भइरहेको दावी गर्दै उनले अहिले बोर्डमा राजनीतिक चलखेख एवं हस्तक्षेप बढेको बताए ।

No comments:

Post a Comment