Friday, October 14, 2011

एनआरएन अध्यक्षमा लामिछाने निर्विरोध निर्वाचित


काठमाडौँ ,२७ असोज  गैरआवासीय नेपाली संघ एनआरएनको अध्यक्षमा जीवा लामछिने निर्विरोध निर्वाचित हुनुभएको छ । अध्यक्षका अर्का उम्मेदवार निवर्तमान अध्यक्ष देवमान हिराचनलने मतदान सुरु हुनु केहीबेरअघि उम्मेदवारी फिर्ता लिएपछि लामिछाने आगामी दुई वर्षे कार्यकालका लागि सर्वसम्मत अध्यक्ष बन्नु भएको हो ।
एनआरएन संस्थापक एवं संरक्षक उपेन्द्र महतो र पदाधिकारीहरुले उम्मेदवारी फिर्ता लिन आग्रह गरेपछि हिराचनपछि हट्नु भएको हो । एनआरएन स्थापना भएको सन् २००३ देखि लगातार सक्रिय रहँदै आएका लामिछाने यसअघि एनआरएन उपाध्यक्ष हुनुहुन्थ्यो । लामिछानेले दोहोरो नागरिकता र एनआरएनले विदेशमा रहँदा आम्दानी गरेको रकम सामूहिक लगानीका लागि नेपाल भित्र्याउने विषयलाई आफ्नो प्राथकिमता भएको बताउँदै आउनु भएको छ ।
उम्मेदवारी फिर्ता लिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै हिराचनले लाखौं एनआरएनहरुको भनवना अनुसार सहमतिका लागि आफूले लामिछानेलाई पद हस्तान्तरण गरेको बताउनुभयो । लामिछानेसँगै पत्रकारहरुमाझ उपस्थित हिराचनले भन्नुभयो-’लाखौं गैर आवासीय नेपालीहरुहरुको भावना र एक जुट एक विचार भए जानुपर्छ भन्ने उदाहरण बन्नुपर्छ भनेर आफ्नो अध्यक्ष पद मेरा उपाध्यक्ष जीवा लामिछानेलाई हस्तान्तरण गरेको घोषणा गर्दछु ।’ वर्तमान कार्यसमितिमा लामिछाने उपाध्यक्ष हुनुहुन्छ ।
यस्तै लामिछानेले हिराचनले त्याग गरेको भन्दै संस्थापक अध्यक्ष उपेन्द्र महतो, हिराचन लगायता अग्रजहरुसँग सल्लाह र सुझाव लिएर अघि बढ्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले भन्नुभयो-’ देवमान हिराचन दाई लामो समयदेखि एनआरएन आन्दोलनमा सक्रिय हुनुहुन्छ । आज उहाँले फेरि अर्को त्याग गरेर उदाहरण देआउनु भएको छ । यसको म उच्च मूल्यांकन गर्छु र सिनियर साथीहरुको सहयोग, सुझाव र सल्लाह लिएर यस संघको मूल्य र मान्यता अनुसार नै अघि बढ्छु ।’
आठ वर्षे इतिहासमा गैरआवासीय नेपाली संघ एनआरएनमा सहमतिबाटै अध्यक्ष चयन गरिदै आएको छ । सुरुका तीन कार्यकाल महतो अध्यक्ष हुनु भएको थियो भने चौथो विश्वव सम्मेलनले सर्वसम्मत रुपमा हिराचनलाई अध्यक्षमा निर्वाचित गरेको थियो । उपाध्यक्ष सहितका पदका लागि भने राजधानीको सोल्टी होटलमा मतदान भइरहेको छ । एनआरएनको कूल २० पदका लागि ३४ जनाको उम्मेदवारी परेकोमा अध्यक्षसहित ६ पदमा निर्विरोध भइसकेको छ भने २ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । एनआरएनको पाचौँ विश्व सम्मेलन नयाँ नेतृत्व चयन गर्दै आजै सकिनेछ ।
को हुन लामिछाने
चितवनको भरतपुरमा २०२१ सालमा जन्मनु भएका लामिछाने दुई दशक अघि सिभिल इन्जिनियर बन्ने सपना बोकेर रुस जानु भएको थियो । उहाँ अहिले मस्कोका सफल उद्योगी हुनुहुन्छ । सुरुमा कपडा खाद्य सामाग्री लगायतका खुद्रा सामानको ब्यापार गर्नु भएका लामिछानेले सन् १९९४ मा कन्जुमर इलेक्ट्रोनिक्स सामान रुसमा आयात र विक्रि वितरण गर्न थाल्नुभयो । अहिले उहाँको व्यवसाय दुबई र सिंङ्गापुरसम्म विस्तार भएको छ । यस्तै लामिछानेले चिनियाँहरुसँग मिलेर चीनमा खेलेको कम्पनीले फोटोसम्वन्धि सामान उत्पादन सुरु गर्नु भएको छ ।
लामिछानेले पछिल्लो समय नेपालमा पनि लगानी गर्नु भएको छ । कान्तिपुर टेलिभिजन, कान्तिपुर इन्जिनियरिङ कजेल, मेडिकेयर अस्पताल, सानिमा हाइड्रो पावर र सानिमा बैंक लगायतका क्षेत्रमा उहाँको समूहगत लगानी छ । लामिछानेले चितवनमा आफ्ना बाबुआमाको नाममा खेमलाल-हरिकला समाज कल्याण प्रतिष्ठान स्थपना गर्नु भएको छ ।

No comments:

Post a Comment