Tuesday, December 11, 2012

खराव मौसमले आन्तरिक हवाई उडान प्रभावित
काठमाडौबाट पूर्व जाने ३४ उडान रद्द 

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, २५ मंसिर 
खराव मौसमका कारण सोमबार  पूर्वि क्षेत्रका करिब आधा दर्जन विमानस्थलको हवाई उडान प्रभावित भएको छ । जसका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यसतर्फ जाने विभिन्न कम्पनीका ३४ ओटा उडान रद्द भएको विमानस्थल कार्यालयले जनाएको छ । 
आइतबार बिहानै देखि बिग्रिएको मौसम खराबीले सोमबार दिनभर पुर्वका ७ ओटा विमानस्थलमा उडान हुन सकेन । अन्तराष्ट्रिय विमानस्थल कार्यालयका अनुसार दिनभर विराटनगर, जनकपुर, भद्रपुर, सिमरा, तुम्लिङटार, फाप्लु र लुक्ला विमानस्थलमा दिनभर कुनैपनि उडान भएन । काठमाडौको मौसम राम्रो भएपनि पूर्वि क्षेत्रका यि विमानस्थलमा हवाई उडान भर्नकालागि  आवस्यक ‘भिजिबिलिटी ’ को मात्रा न्युन भएकाले दिनभर उडान नभएको विमानस्थल कार्यालयले जानकारी दिएको छ  । विमानस्थल कार्यालयका अनुसार विराटनगरमा उडान भर्न १ हजार ६ सय मिटर भिजिबिलिटी हुनुपर्नेमा ८ सय मिटर भन्दा न्युन थियो । यसैगरि  जनकपुरका लागि २ हजार मिटर हुनुपर्नेमा १ हजार, तुम्लिङटार र भद्रपुरमा ५ हजार मिटर हुनुपर्नेमा २ हजार ५ सय र १ हजार ५ सय मिटर मात्र भिजिबिलिटी थियो । नियमति जहाज सञ्चालनकालागि आवस्यक भिजिविलिटी नपुगेका कारण दिनभर यि Ôेत्रमा बुद्ध, यति र तारा एयरको ३४ उडान रद्ध भए । नेपालगन्ज, भैरहवा, भरतपुर र पोखरामा पनि खराव मौसमका कारण करिब १ घन्टासम्म ढिलो उडान भएको विमानस्थल कार्यालयले जनाएको छ ।
नियमित हवाई उडान अवरुद्ध भएपछि दिनभर विभिन्न गन्तव्यमा जाने तयारीमा रहेका करिब २ हजा ५ सय यात्रु प्रभावित भए ।
आइतबार देखि अकस्मात पूर्वि क्षेत्रका विमानस्थलको आकासमा भरिएको बाक्लो तुँवालोले उडेको जहाज अवतरण गर्न आवस्यक भिजिविलिटीको मात्रा न्युन भएका कारण काठमाडौ विमानस्थलबाट जाने उडान प्रभावित भएको अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
विमानस्थल कार्यालय स्थित आन्तरिक ट्रर्मिनल शाखाका प्रवन्धक पूर्ण चुडालले  पूर्वि क्षेत्रका विमानस्थलको आकासमा भरिएको बाक्लो तुवाँलोले यहाँबाट त्यसक्षेत्र जाने हवाई उडान प्रभावित भएको बताए । उनले काठमाडौको आकासमा भिजिबिलिटीको मात्रा राम्रो हुँदाहुँदैपनि उताको मौसम विग्रिएकाले सुरक्षाको दृष्ट्रिले उडान अवरुद्ध भएको बताए ।  प्रवन्धक चुडालका अनुसार सोमबार बुद्धको काठमाडौबाट विराटनगर जाने ७,भद्रपुरको २, तुम्लिङटारको १, जनकपुरको २ र सिमाराको ५ गरि १७ ओटा उडान रद्ध भएका छन । यसैगरि यती एयरका काठमाडौबाट विराटनगर जानुपर्ने ४, भद्रपुरको ७, जनकपुरको २ र तुम्लिङटारको १ गरि १४ ओटा उडान रद्ध भए । यसैगरि ताराको काठमाडौबाट लुक्ला जाने २ र फाप्लु जाने १ गरि ३ ओटा उडान रद्ध भएका थिए । उनले दिनभर काठमाडौबाट मौसम बिग्रिएका ७ ओटा विमानस्थलमा जानुपर्ने ३४ ओटा उडान रद्ध भएको जानकारी दिए । 
बुद्ध एयरलाइन्सका बरिष्ठ बजार प्रवन्धक रुपेश जोशीले पूर्वि क्षेत्रका ५ ओटा विमानस्थलमा बुद्धको उडान रद्द भएपनि अन्य क्षेत्रमा खासैै समस्या नआएको बताए ।  उनले दुई दिनदेखि लगातार बिग्रिएको खराव मौसमका कारण विमानस्थ पुगेका यात्रुलाई निकै समस्या भएको बताए ।
विमानस्थल कार्यालयका अनुसार आन्तरिक उडानकालागि काठमाडौ उपत्यकाको आकासमा न्युनतम १ हजार ६ सय र अन्तर्राष्ट्रिय उडान भर्ने मध्यम खालका जहाजलाई २ हजार ८ सय भिजिविलीटी आवस्यक पर्छ । यसैगरि ठुला विमानलाई भिजिविलीटीको न्युनतम मात्रा ३ हजार २ सय मिटर आवस्यक पर्छ ।

No comments:

Post a Comment