Tuesday, December 18, 2012


सन्दर्भ ः अन्तर्राष्ट्रिय आप्रवासन दिवस
कामदारले पठाएको रेमिट्यान्स उत्पादनमुलक कार्यमा लगाउने नीति आवस्यक 

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, ३ पुस
अधिकारकर्मी एवं सरोकारवालाहरुले विभिभन्न मुलुकमा छरिएरका आप्रवासी कामदारले पठाएको रेमिट्यान्सबाट संकलित आम्दानी स्वदेशमै रोजगारी दिने खालका उत्पादनमुलक कार्यमा खर्च गर्ने नीति ल्याउनु आवस्यक भएको बताएका छन ।  १२ औं अन्तर्राष्ट्रिय आप्रवासन दिवसका अवसरमा उनीहरुले आप्रवासी कामदारले पठाएको रेमिट्यान्स रकम उत्पादनमुलक क्षेत्रमा लगाउने नीति आवस्यक भएको बताएका हुन ।
विदेशमा अलपत्र महिलाहरुको उद्धार कार्यमा सक्रिए महिलाअधिकारकर्मी एवं पौरखी नेपालका संस्थापक अध्यक्ष मन्जु गुरुङले अहिले आप्रवासी कामदारले पठाएको रेमिट्यान्सबाट संकलित आम्दानी स्वदेशमै रोजगारी दिने खालका उत्पादनमुलक कार्यमा खर्च गर्ने नीति ल्याउनु आवस्यक भएको बताइन । संसारभर करिब २१ करोड ४० लाख मान्छे आप्रवासीको रुपमा रहेको जानकारी दिँदै  उनले हाल नेपालबाट विभिन्न मुलुकमा पुगेर कामगर्ने आप्रवासीको संख्या २५ लाख नागिसकेकाले अब उनीहरुले पठाएको आम्दानी उत्पादनमुलक क्षेत्रमा लगाउनु जरुरी भएको बताइन । उनले वैदेशिक रोजगारीमा जाने महिलाहरुलाई सरकारले ३० वर्ष मुनिको उमेर हदबन्दीले बाध्यतावस भारतीय बाटोबाट विदेशीने क्रम बढेको बताइन । जिफन्ट सम्वद्ध महिला अधिकारकर्मी बिन्दा पाण्डेलेपनि विदेशमा अनेक दुःख गरि पठाएको आम्दानी स्वदेसमै रोजगारी पाउने खालका क्षेत्रमा लगाउने निती ल्याउनु आवस्यक भएको बताइन ।
उनले वैदेशिक रोजगारीमा जाने अधिकाँश महिलाहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल छोडेर दलाल मार्फत विभिन्न प्रलोभनमा परि भारतको बाटोहुँदै जानेक्रम बढेसँगै अहिले घरेलु कामदारको रुपमा कार्यरत महिलाको अवस्था ज्यादै दयनिय रहेको बताईन् । अहिलेको मुख्य चुनौति नै आप्रवासी कामदारको अवस्थालाई कसरी सुरक्षित बनाउने भन्ने नै हो भन्दै उनले आप्रवासी कामदारले पठाएको रकम स्वदेसमै लगानी गर्ने वातावरण मिलाईदिन सरकारसँग आग्रह गरिन । आप्रवासीको आम्दानी स्वदेशी उत्पादनमा लगाउन सकिए ४ वर्ष विदेसमा दुःख काटेर फर्कनेहरुले स्वदेशमै सुरक्षित रुपमा आफ्नो जिविको पालन गर्न सक्ने उनको धारणा छ । उनले अझै वैदेशिक रोजगारीमा धेरै चुनौती रहेको जानकारी दिँदै अब जानेहरुलाई जानुपूर्व विदेशबाट फर्केपछि यस्तो काम गर्छु भन्ने पूर्व तयारीका साथ जान आग्रह गरेकी छिन ।
‘सुरक्षित, मर्यादित र लाभदायक वैदेशिक रोजगार आप्रवासी कामदारको अधिकार’ भन्ने मूल नाराकासाथ विभिन्न कार्यक्रमको आयोजना गरी मंगलबार सम्पन्न भएको छ । 
गत २८¬ मंसिरदेखि मुलुकका विभिन्न स्थानमा विभिन्न प्रकारका चेतनामूलक कार्यक्रम आयोजना गरी साताव्यापीरुपमा मनाईएको आप्रवास दिवस समापन कार्यक्रममा विभिन्न संघ संस्था वैदेशिक रोजगार कम्पनी तथा सरोकारभएकाहरूको सहभागिता रहेको थियो ।
संयुक्त राष्ट्रसंघको महासभाले डिसेम्बर ४, २००० मा १८ डिसेम्भ्रलाई अन्तर्राष्ट्रिय आप्रवासन दिवसको रुपमा मनाउने निर्णय गरेदेखि यस दिनलाई संसारभर अन्तर्राष्ट्रिय आप्रवासन दिवसको रुपमा मनाइँदै आएको छ ।
 श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा  नेपालमा पनि सन् २००० देखि विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाउँदै आएको  छ । सो दिवस मनाउन मन्त्रालएका सचिव सोमलाल सुवेदीको संयोजकत्वमा गठित मुल समारोह समितिको अगुवाईमा मंगलबार विहान राजधानीको भृकुटीमण्डपदेखि रत्नपार्कसम्म विभिन्न चेतनामुलक प्रभातफेदी ¥यारी भएको थियो । सो ¥यालीमा श्रम तथा रोजगार मन्त्री पोष्टबहादुर बोगटी, मन्त्रालयका सचिव सुवेदी, सह सचिव विनोद केसी, वैदेशीक रोजगार विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराई,  वैदेशीक रोजगार प्रवद्र्धन बोर्डका निमिक्त कार्यकारी निर्देशक गिरीजा शर्मा, मेनपार व्यवसायी एवं सरोकारवाला विभिन्न संघ–संस्थाका प्रतिनीधीहरु सहभागी थिए ।
सोही अवसरमा केही सरोकारवालाहरुले  वैदेशिक रोजगार ऐन–२०६४ समेत अझै कार्यान्वयनमा नआएकाले तत्काल कार्यान्वयन ल्याउन आग्रह गरेका छन । 
दिवसका अवसरमा श्रम सचेतनाका लागि वैदेशिक रोजगार विभागको कार्यालय पुगेर मंगलवार एकघण्टा धर्ना दिँदै उनीहरुले यस्तो आग्रह गरेका हुन ।
मानव अधिकारकालागि विश्वव्यापी रुपमा कार्यरत एम्नेस्टी इन्टरनेसनल नेपाल शाखा, श्रम तथा सामाजिक अध्ययन केन्द्र र अन्तर्राष्ट्रिय संयुक्त सञ्जालद्धारा संयुक्त रुपमा आयोजित कार्यक्रममा वैदेशिक रोजगारका लागि अपनाउनुपर्ने सजगताका लागि तयार पारिएको पुस्तिका समेत विदेश जान लागेका युवालाई वितरण गरिएको एमनेस्टीका निर्देशक रामेश्वर नेपालले जानकारी दिए ।
उनले वैदेशिक रोजगारको Ôेत्रमा दलहरुले राजनीतिक भागबन्डा नगरी ठोस रुपमा राष्ट्रिय सहमति निर्माण गर्नुपर्ने, ठगी गर्ने मेनपावर कम्पनी एवं एजेन्टमाथि कारबाही हुनुपर्ने, श्रम ऐन लागू गर्नुपर्ने माग लेखिएको पा“चबु“दे मागपत्र श्रम विभागमा बुझाईएको बताए । आफुहरुले विभागमा बुझाएको सो मागपत्रमा गत चैत देखि विभिन्न राजनीतिक दलका नेता लगायत ३० हजार भन्दा बढीले हस्ताÔर गरिसकेका उनले जानकारी दिए ।
सोही अवसरमा  श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता तथा सहसचिव बुद्धिबहादुर खड्काले कामको खोजिमा वैदेशिक रोजगारीमा जाने क्रम अहिले आप्रवासी समस्याको रुपमा दैनिक बढिरहेको बताए ।
उनले स्वदेशमा रोजगारीको व्यवस्था नहुनु, राजनीतिक अस्थिरता चुलिदै जानु, सीपयुक्त रोजगारमूलक शिक्षा राज्यले प्रत्याभूति नगर्नु नै आप्रबासीको संख्या  बढ्नुको मुख्य प्रमुख कारण भएको  बताए ।
हाल नेपालबाट विभिन्न मुलुकमा पुगेर बस्ने आप्रवासीको संख्या २५ लाख लाको जानकारी दिँदै उनले एसिया तथा प्रशान्त क्षेत्रमा मात्र करिब २५ प्रतिशत मानिसहरू आप्रवासीको रुपमा रहेको अनुमान गरिएको बताए ।
उनले नेपालमा आप्रवासनको बढ्दो क्रमसँगै अहिले विभिन्न समस्या एवं चुनौति थपिदै गएको बताए । जनचेतनाको कमी, विदेशी भूमिको बाटो हुँदै वैदेशिक रोजगारीमा जाने प्रवृत्ति, वैदेशिक रोजगारीमा ठगी पारिश्रमिक र सेवा सुविधा न्यून हुनु, घरेलु महिला कामदार विभिन्न समस्यामा पर्नु लगायतका समस्याले आप्रवासी पीडित हुने क्रम बढेको मन्त्रालयले जनाएको छ ।
नेपालबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा आप्रवासीको रुपमा जानेहरूको संख्या चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म २५ लाख ९० हजार ९३ जना पुगेको मन्त्रालयले बताएको छ ।
मन्त्रालयको तथ्याङक अनुसार श्रम स्वीकृति नलिई वैदेशिक रोजगारीमा जानेहरूको संख्या एकिन हुन नसकेपनि अहिले  भारतीय बाटोहुँदै जाने नेपाली कामदारको सङंख्या करिव ४० लाख नाघेको । जसमा महिलाको संख्या दुई लाख ५० हजार पुगेको अनुमान छ ।  यसैगरि अहिले संसारका १ सय ८ मुलुकमा नेपालीहरू रोजगारीका लागि आप्रवासी बन्ने गरेका छन् । जसमध्ये सबैभन्दा बढी आप्रवासी नेपाली मलेसियामा रहेको मन्त्रालयले जनाएको छ ।
वैदेशिक रोजगारीमा जाने पाँच प्रमुख गन्तव्य राष्ट्रमा मलेसियामा जाने नेपाली कामदारको संख्या चालु आवको कात्तिक मसान्तसम्म ७ लाख ७३ हजार ९ सय ४० जना रहेको छ ।

No comments:

Post a Comment