Tuesday, December 11, 2012

खराव मौसमले २८ उडान रद्द
विमानस्थलमा अलपत्र यात्रु आकास खुल्ने प्रतिक्षामा

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, २६ मंसिर
गत आइतबारदेखि लगातार बिग्रिएको पूर्वी क्षेत्रको मौसमा मंगरबार सामान्य सुधार आएपनि दिनभर काठमाडौबाट विभिन्न विमानस्थल तर्फ जाने २८ ओडा उडान रद्द भएका छन ।
मंगलबार पूर्वी क्षेत्रको आकासमा लागेको बाक्लो तुवाँलो सामान्य खुलेकाले विराटनगर र भद्रपुरकालागि केही उडान भएपनि अझै धेरै रद्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
विमानस्थल कार्यालय स्थित आन्तरिक ट्रर्मिनल शाखाका प्रवन्धक पूर्ण चुडालले विगत तीन दिनको तुलनामा मंगरबार पूर्वी क्षेत्रको मौसममा सामान्य सुधार आएपनि मध्य र पश्चिमी तराईका विमानस्थलको आकासमा भरिएको बाक्लो तुवाँलोका दिनभर २८ ओटा उडान रद्द भएको बताए ।
पूर्वी क्षेत्रमा केही सुधार आएको र तुवाँलो बिस्तारै पश्चिमतर्फ बढेकाले अझै उडान प्रभावित हुने क्रम जारी रहेको जानकारी दिँदै उनलले  मंगरबार बुद्धको काठमाडौबाट विराटनगर जाने ३,भद्रपुरको १, तुम्लिङटारको १, जनकपुरको २,  सिमाराको ५, भैरहवाको २ र नेपालगञ्जको १ गरि १५ ओटा उडान रद्द भएको बताए ।  प्रवन्धक चुडालका अनुसार दिनभर यती एयरका काठमाडौबाट विराटनगर जानुपर्ने १, भद्रपुरको २, जनकपुरको १, तुम्लिङटारको १ , भैरहवाको १ र नेपालगञ्जको १ गरि ७ ओटा उडान रद्ध भएका छन । यसैगरि ताराको काठमाडौबाट लुक्ला जाने ५ र फाप्लु जाने १ गरि ६ ओटा उडान रद्द भएका छन । उनले मौसम बिग्रिएका कारण दिनभर काठमाडौबाट विभिन्न ९ ओटा विमानस्थलमा जानुपर्ने २८ ओटा उडान रद्द भएको जानकारी दिए । 
बुद्ध एयरलाइन्सका बरिष्ठ बजार प्रवन्धक रुपेश जोशीले पूर्वि क्षेत्रका विमानस्थलको आकास सामान्य खुलेपनि मंगलबार सिमरा, भैरहवा र नेपालगञ्जको मौसम बिग्रिएकाले अझै बुद्धका धेरै उडान रद्द भएको बताए । उनले अलपत्र यात्रु अहिलेसम्म आकास खुल्ने प्रतिक्षामा रहेको जानकारी दिए ।
मध्य र बिस्तारै पश्चिमी तराईमा बढ्दै गरेको बाक्लो हुस्सुका कारण काठमाडौंबाट मंगलबार दिनभर  सिमरा र जनकपुरका लागि कुनै उडान नभएपनि साँझ भने केहीले उडान भरेका थिए । 
लगातार तीन दिनदेखि बिग्रिएको मौसममा  सामान्य सुधार आएपछि  मंगलबार भद्रपुर र विराटनगरको उडान भएको चुडालले जानकारी दिए ।  उनले दिनभर विराटनगरमा बुद्धको ४ र यतीको ३ , भद्रपुरमा यतीको ४ र बुद्धको १ उडान भएको बताए ।  अन्तर्राष्ट्रिय हवाई उड्डयन संगठन ( आइकाओ) को सुरक्षित हवाई उडान प्रावधान अनुसार नियमित आन्तरिक उडानका लागि विमानस्थलको भौगोलिक अवस्था अनुसार न्युनतम १ हजार ६ सय देखि ३ हजार मिटरसम्म भिजिविलिटी आवश्यक पर्ने विमानस्थल कार्यालयले जनाएको छ  ।   हवाई उडान प्रभाति भएका विमानस्थलहरुमा  मंगलबार ५ सय देखि १ हजार मिटर भन्दा बढी भिजिविलिटी नरहेको विमानस्थल कार्यालयले  बताएको छ ।  उसले खराव मौसमका कारण  पूर्वी Ôेत्रमा सोमबार ३४ र आइतबार २४ उडान रद्द भएको जानकारी दिएको छ । 

No comments:

Post a Comment