Saturday, December 8, 2012

पर्यटक आगमनमा झिनो सुधार
काठमाडौं, १७ मंसिर – गत अक्टोबरमा हवाई मार्ग हुँदै नेपाल आउने पर्यटकको संख्यामा गिरावट आए पनि नोभेम्बरमा पुनः सुधार देखिएको छ । नोभेम्बरमा अघिल्लो वर्षको सोही महिनाको तुलनामा हवाई मार्गबाट आउने पर्यटकको संख्या २ दशमलव २ प्रतिशतले बढेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
बोर्डले त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालय कार्यालयको तथ्यांकको आधारमा जारी गरेको विज्ञप्तिमा गत महिना ५९ हजार ५९ हजार चार सय ११ विदेशी हवाई मार्गबाट नेपाल प्रवेश गरेका छन् ।
गत महिना सार्क क्षेत्रबाट आउने पर्यटकको संख्यामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा २३ प्रतिशतको गिरावट आएको छ । ठूलो बजार मानिने भारतबाट आउनेको स)ख्या २१.६ प्रतिशतले घटेको बोर्डले जनाएको छ । त्यसैगरी बंगलादेश र श्रीलंकाली पर्यटक आगमनमा क्रमशः ३७.३ र २४ प्रतिशतको गिरावट देखिएको छ ।  पाकिस्तानीको संख्या भने १२.८ प्रतिशतले बढेको छ ।
सार्क बाहेकका एसियाली मुलुकका पर्यटक आगमनमा भने २०.९ प्रतिशतको वृद्धि देखिएको छ । तीब गतिमा प्रगति गरिरहेको उत्तरको छिमेकी चीनबाट आउनेको संख्या भने ९.६ प्रतिशतले बढेको छ । अर्को एसियाली मुलुक मलेसियालीको संख्या भने १५१ दशमलव ४ प्रतिशतले बढेको छ भने थाई, सिंगापुरे र जापानी पर्यटक अघिल्लो वर्षको तुलनामा क्रमशः ९७.६, ३१.३ र १२.५ प्रतिशतले बढेका छन् । दक्षिण कोरियालीको संख्या भने १२.२ प्रतिशतले घटेको छ ।
युरोपेली बजारबाट आउनेको संख्यामा भने ३.१ प्रतिशतको सुधार आएको बोर्डले जनाएको छ । 

No comments:

Post a Comment