Saturday, December 1, 2012

पुनः श्रम स्वीकृति लिनेहरुको संख्या ४१ हजार नाग्यो
सबैभन्दाबढी कतारमा

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, १३ मंसिर
चालु आर्थिक वर्षको वितेका चार महिनामा वैदेशिक रोजगारीकालागि विभिन्न मुलुकबाट घर विदामा आई पुनः श्रम स्वीकृति लिनेहरुको संख्या ४१ हजार नागेको  छ । वैदेशिक रोजगार विभागको तथ्याङक अनुसार चालु आव २०६९÷७० को कात्तिक मसान्तसम्ममा  पुनः श्रम स्वीकृति लिनेहरुको संख्या ४१ हजार ३ सय ७७ पुगेको हो । जसमा पुरुषको संख्या ३९ हजार ८ सय ८८ र महिला कामदारको संख्या १ हजार ४ सय ८९ जना रहेका छन ।
विभागका अनुसार गत कात्तिक महिनामा मात्र ९ हजार ३ सय ७३ जनाले पुनः श्रम स्वीकृति लिएका छन । सो संख्या असोज महिनाको भन्दा ३ सय ११ जनाले बढी हो ।  असोज महिनामा ९ हजार ६२ जनाले मात्र चार्डपर्व लगायत विभिन्न कामले घर विदामा आई  काममा फर्कनकालागि पुनः श्रम स्वीकृति लिएको विभागले जनाएको छ । चालु आवको पहिलो महिना साउनमा १२ हजार ७ सय ३२ जनाले पुनः श्रम स्वीकृति लिएका थिए । यसैगरि भदौ महिनामा १० हजार २ सय १० जनाले पुनः श्रम स्वीकृति लिएका थिए । विभागले आफ्नो वेभसाइडमा राखेको तथ्याङक अनुसार आवको पहिलो महिना साउनको तुलनामा कात्तिक महिनामा पुनः श्रम स्वीकृति लिने कामदारहरुको संख्यामा करिब ३ हजार भन्दाबढी घटेको देखिन्छ ।  
विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराइले कात्तिकमा चार्डपर्व लगायत विभिन्न कामले घर विदामा आई पुनः श्रम स्वीकृति लिने कामदारहरुको संख्या सबैभन्दाबढी कतारमा रहेको बताए ।
सो अवधीमा खाडी मुलुक कतारमा २ हजार ८ सय १० जनाले पुनः श्रम स्वीकृति लिएको जानकारी दिँदै उनले सो संख्या अझै बढ्ने अनुमान गरिएको बताए । 
विभागले गत आर्थिक वर्षदेखि २ वर्षभन्दा बढी समय विदेशमा बसेर घर विदामा आएर फर्कने कामदारलाई अनिवार्य पुनः श्रम स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ । सो प्रावधान अनुसार पुनः श्रम स्वीकृति लिनकालागि हरेक कामदारले विभागमा पुगेर कल्याणकारी कोषमा १ हजार रुपैयाँ राजश्व बुझाउनुपर्छ । यसैगरि वैदेशिक रोजगारीकालागि पुनः श्रम स्वीकृति लिन ३५ वर्ष भन्दा कम उमेरका हरेक कामदारले बिमा बापत २ हजार रुपैयाँ शुल्क बुझाउनु पर्दछ । ३५ वर्ष उमेर कटेका हरुले भने  सो रकम भन्दा बढी बिमा शुल्क बुझाउनुपर्ने प्रावधान रहेको छ ।  वैदेशिक रोजगार व्यवसायीहरुले सरकारले लागु गरेको यस नयाँ प्रावधानको जानकारी नभएका कारण अहिले विभिन्न मुलुकबाट घर विदामा आएर फर्कने कामदारले अन्तर्राष्ट्रिय विमानस्थल पुगेर दुःख पाउने गरेको बताएका छन । उनीहरुले हाल विभागमै पुगेर पुनः श्रम स्वीकृति लिने कार्य विमानस्थलको श्रम डेक्सबाटै भईदिए कामदारले अनावस्यक सास्थी भोग्नु नपर्ने बताएका छन ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका सचिव सुर्वण श्रेष्ठले
हाल विभागमै पुगेर गर्नुपर्ने पुनः श्रम स्वीकृति लिने कार्य विमानस्थलको श्रम डेक्सबाटै गर्नुपर्ने माग गरेकी छिन । उनले अहिलेसम्म विदेशबाट फर्कने कामदारलाई पुनः श्रम स्वीकृति लिनुपर्छ भन्ने जानकारी नभएकै कारण धेरैले बजेट जहाजको हवाई टिकटको रकम नै गुमाउनु परेको बताइन ।    


No comments:

Post a Comment