Saturday, December 15, 2012

मलेसियामा नेपाली कामदारको तलब घट्न सक्ने 
मधुजंग पाण्डे÷राजधानी
काठमाडौं, ३० मंसिर
चार वर्Èपछि पुनः मलेसियाले बंगलादेशका नागरिकलाई कामदारको रुपमा आउन खुल्ला गरेपछि नेपाली कामदारको तलब घट्न सक्ने डर बढेको छ ।
मलेसियाको नयाँ कदमले नेपाली कामदार पठाउने कार्यमा समेत असर पर्ने बताइएको छ । मलेसिया र बंगलादेश सरकारबीच गत साता मलेसियाको कृषि क्षेत्र (प्लान्टेसन) मा बंगलादेशी कामदार खुल्ला गर्ने सहमति भएको थियो ।
मलेसियाले सामाजिक सद्भाव विगारेको भन्दै सन् २००८ देखि बंगलादेशका नागरिकलाई प्रतिबन्ध लगाएको थियो । अहिलेसम्म कृषि क्षेत्रमा नेपाली कामदार कम गए पनि नयाँ जानेलाई केही असर पर्ने सम्बद्ध व्यवसायीको भनाई छ । उनीहरुले यस सम्झौताले हाल खाइपाइ आएको तलब घटाउने सम्भावना देखिएको बताएका छन् ।
नेपाल बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष बलबहादुर तामाङले तत्कालका लागि खासै प्रभाव नदेखिए पनि यसले दीर्घकालिन रुपमा केही असर पार्न सक्ने सम्भावना रहेको बताए ।
उनले भने, ‘कृषि Ôेत्रमा नेपाली कामदार नजाने भएकाले अहिले नै ठूलो समस्या नहोला, तर बंगलादेशका नागरिकले राम्रो काम गरेर सामाजिक सद्भाव कायम राखे भने अरु Ôेत्र पनि खुल्ने छ । जसले नेपाली कामदारलाई चुनौति थप्नेछ ।’
उनले मलेसियाको पुनः बंगलादेशी कामदार खुल्ला गर्ने निर्णयले नेपाली कामदार प्रभावित हुन सक्ने बताए । बंगलादेशीलाई प्रतिवन्ध लगाएपछि नेपाली कामदार प्राथमिकतामा परेको जानकारी दिँदै अध्यक्ष तामाङले भने, ‘सो सम्झौताले जाने क्रम घटाउँदैन, खाइपाइ आएको तलब भने केही घटाउन सक्छ ।’
बंगालीहरु कम तलबमा पनि नेपालीको तुलनामा धेरै खट्ने भएकाले अहिले खाइपाइ आएको तलब घटाउने उनको भनाई छ ।  उनले नेपाली गएको Ôेत्रमा कामदार खुल्ला भएमा नेपालीलाई प्रत्यÔ प्रभाव पार्ने बताए ।
हाल मलेसियामा राम्रो कारोबार गर्दै आएका आकर्षण इन्टरनेसनल प्रालिका अध्यक्ष बिष्णु केसी भने यहाँबाट जाने कामदार उत्पादनमुलक उद्योगभित्र मात्र काम गर्न खुसी हुने भएकाले कृषि क्षेत्रमा बंगाली ल्याउने मलेसियाको सो निर्णयले खासै असर नपर्ने बताउँछन् । उनले मलेसियामा अन्य मुलुकको भन्दा सबै क्षेत्रमा नेपालीको माग धेरै भएकाले तत्कालका लागि कुनै असर नपर्ने बताए । बंगलादेशबाट जाने कामदारले सरकारी काम गर्ने भएकाले निजी कम्पनीमा काम गर्न जाने नेपालीलाई खासै असर नपर्ने बताउँदै केसीले भने, ‘यहाँबाट पाम आयल फर्ममा जानेहरुले पनि फिल्डमा नभई उद्योगमै काम गरिरहेका छन् ।’ हाल मलेसियामा इन्डोनेसिया, चीन लगायत अन्य मुलुकका भन्दा नेपाली कामदारको माग धेरै भएको उनले जानकारी दिए ।  
सम्झौता अनुसार बंगलादेश सरकारले कामदार पठाउने काम गर्छ । कामदार पठाउ“दा मेनपावरको संलग्नता हु“दैन । सम्झौताअनुसार पहिलो चरणमा परीÔणको रुपमा मलेसियाले तीन महिनाका लागि बंगलादेशी कामदार लिनेछ ।
परीÔणमा बंगलादेशका नागरिकले राम्रो काम गरे अरु Ôेत्रमा समेत कामदार खुल्ला गर्ने मलेसिया सरकारको सोचाइ रहेको बताइएको छ । मलेसियाले बंगलादेशका नागरिकले भाग्ने र सामाजिक सद्भाव विगार्ने काम नगरेमा अरु Ôेत्र पनि खुल्ला हुने संकेत गरेको छ ।
बंगलादेशी कामदारले कुनै समस्या सिर्जना नगरे अरु Ôेत्र पनि खुल्ला हुन्छ ।
नेपाल सरकारले समयमै कुटनीतिक पहल नगरेकाले यस्तो अवस्था आएको हो ।  बंगलादेशका नागरिकलाई प्रतिवन्ध लगाएपछि नेपाली कामदार जाने क्रम बढेको थियो । अहिले मलेसिया नेपाली कामदारका लागि पहिलो गन्तब्य हो भने सबैभन्दा बढी नेपाली मलेसियामै कार्यरत छन् ।
बंगलादेशका कामदार सस्ता र कडा परिश्रम गर्नेमा परिचित छन् । बंगलादेशका कामदार रोकिएपछि कामदारको तलब सुबिधा बढेको थियो ।
हाइलाइट
–बंगलादेशीले राम्रो काम गरे अरु Ôेत्र पनि खुल्न सक्ने, जुन नेपाली कामदारका लागि चुनौती
–थोरै तलबमा बढी खट्नेमा बंगलादेशी अगाडि
–बंगलादेशीले सरकारी काम गर्ने भएकाले निजी कम्पनीमा जाने नेपालीलाई खासै असर नपर्ने केही व्यवसायीको भनाइ

No comments:

Post a Comment