Saturday, December 15, 2012

दिगो पर्यटन विकासको पूर्वाधार विस्तारमा जोड दिन आग्रह
काठमाडौ, २९ मंसिर –नेदरल्याण्ड डेभलपमेन्ट अर्गनाइजेसन (एसएनभी नेपाल) का कन्ट्री डाइरेक्टर रेम निफिजले नेपालमा आर्थिक सम्बृद्धिको आधार पर्यटन प्रवद्र्धन भएकाले यहाँका सम्बन्धीत सरोकारवालालाई दीर्घकालिन दिगो पर्यटन विकासको पूर्वाधार विस्तारमा जोड दिन आग्रह गरेका छन । 
मनास्लु, हुम्ला, लाङटाङ र अन्नपूर्ण पदयात्रा क्षेत्रमा सञ्चालित साना होटलबाट पर्यटकलाई गुणस्तरीय सेवा दिने उदेस्यले युरोपियन युनिय, एसएनभी नेपाल, द एक्प्रोलर हिमालय ट्राभल एण्ड एड्भेन्चर र टानद्धारा राजधानीमा आयोजित ‘हाइ इम्प्याक्ट टुरिजम ट्रेनिङ (हिट) मा सहभागी प्रशिक्षक प्रशिक्षण कार्यक्रम समापनको अवसरमा निफिजले पर्यटन क्षेत्रसँग सम्बन्धीत सरोकारवालाहरुलाई सो आग्रह गरेका हुन । उनले आफुले भ्रमण गरेको पदयात्रा क्षेत्रका रेस्टुरेन्ट, होटल, होमस्टे र लजहरुले पर्यटकलाई अझै राम्रो सेवा दिन नसकेको पाईएकाले त्यहाँका व्यवसायीलाई गुणस्तरीयता बृद्धि गर्न सक्षम बनाउन यो तालिम निकै उपयोगी र फदायी हुने बताए । उनले अझैपनि पदयात्रा क्षेत्रमा सेवा दिने होटल तथा रेस्टुरेन्ट सफा भएपनि शौचालय फोहोर हुने र शौचालय सफा भएकामा भान्सा फोहोर हुने गरेकाले तालिममा सहभागीलाई सिकेको ज्ञानको सदुपयोग गर्दै सरसफाईमा ध्यान दिन आग्रह गरे ।
हस्पीटालिटी र ट्रेकिङ क्षेत्रको दुई समुहमा प्रदान गरिएको पाँच र ११ दिने प्रशिक्षक प्रशिक्षण तालिममा  विभिन्न पदयात्रा क्षेत्रका होमस्टे, साना होटल, लज र पदयात्रा क्षेत्रका प्रशिक्षार्थी सहभागी थिए । सो तालिममा सहभागीहरुलाई नेपाल पर्वतारोहण संघका अध्यक्ष जिम्बाजाङबु शेर्पा, टानका प्रमुख कार्यकारी अधिकृत गंगाराम पन्त, द एक्प्रोलर हिमालय ट्राभल एण्ड एड्भेन्चरका प्रवन्ध निर्देशक एवं टानका पूर्व अध्यक्ष सुमन पाण्डे, ठमेल पर्यटन परिषदका अध्यक्ष तेजेन्द्रनाथ श्रेष्ठ लगायतले प्रमाणपत्र वितरण गरेका थिए ।
कार्यक्रममा एसएनभी नेपालका कन्ट्री डाइरेक्टर निफिजले सन् २०११ बट एसएनभीले नेपालमा पर्यटन प्रवद्र्धन सम्बन्धी यस्तो तालिम सञ्चालन गर्दै आएको जानकारी दिए । उनले अहिले नेपाल सहित द्धन्द्धग्रस्त विभिन्न ७ ओटा मुलुकमा यस्तो कार्यक्रम सञ्चालन भईरहेको बताए ।
युरोपियन युनियनका नेपाल स्थित प्रतिनिधी गियाप डाङले अझै नेपालको पर्यटन प्रवद्र्धनमा पूर्वाधार विस्तारको अभाव रहेको बताए । उनले सगरमाथाको देस नेपालमा अहिलेसम्म पुराना गन्तब्यस्थल बाहेक नयाँ गन्तव्यको पूर्वाधार कमजोर भएकाले प्रवद्र्धन नै हुन नसकेको बताए ।
उनले पदयात्रा क्षेत्रमा अझै पर्यटकलाई गुणस्तरीय सेवा दिने होटल तथा अन्य सुविधा नभएकाले यहाँको भ्रमण अन्य मुलुकहरुको भन्दा निकै महँगो भएको बताए ।
सो कार्यक्रममा फास्टफुड एसोसियसनका अध्यक्ष फनिन्द्र श्रेष्ठले आगामी दिनमा पदयात्रा भ्रमण क्षेत्रका व्यवसायी पर्यटकलाई एकदमै सुद्ध एवं गुणस्तरीय खानाका परिकार प्रदान गरि सेवा दिन यस तालिम निकै फदायी हुने बताए ।  
आरुघाट महोत्सव हुने
काठमाडौ,२९ मंसिर– आगामी २७ पुस देखि धादिङ र गोरखा जोडिएको पुरानो बजार आरुघाटमा ‘ प्रथम आरुघाट महोत्सव हुने भएको छ ।  स्थानीय उत्पादनको प्रचार प्रसार गरि आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन गर्ने उदेस्यले आयोजना गरिने सो महोत्सव आगामी २ माघसम्म चल्ने छ । मनास्लु पदयात्रा मार्गमा पर्ने धादिङ र गोरखाको पुरानो बजार क्षेत्रमा भएका विभिन्न पर्यटकी गन्तब्यस्थलहरुका बारेमा जानकारी दिई दीर्घकालिन रुपमा पर्यटक आकर्षणका गतिविधी बढाउन सो महोत्सव गर्न लागेको आयोजक संस्था गोरखा उद्योग वाणिज्य संघ र आरुघाट– काठमाडौ समन्वय समितिले जनाएको छ । आरुघाट– काठमाडौ समन्वय समितिका संयोजक चिनकाजी श्रेष्ठले महोत्सवको मुख्य आकर्षण हेलिकोप्टरबाट मनास्लु क्षेत्रको दृस्यावलोकन गराईने रहेको बताए । उनले महोत्सव अवधीभर स्वदेशी र विदेशी गरि करिब ७० हजार भन्दाबढीलाई आरुघाटको भ्रमण गराउने लक्ष्य लिएको बताए । उनले भारत र चीनको पुरानो व्यापारिक एवं सामरिक नाकाको रुपमा रहेको पुरानो बजार आरुघाटको पर्यटकीय महत्वलाई थप प्रवद्र्धन गर्न स्थानीय व्यवसायीहरुको सहकार्यमा महोत्सव आयोजना गर्न लागेको जानकारी दिए ।
महोत्सवको बारेमा जानकारी दिन शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा संयोजक श्रेष्ठले महोत्सव सम्पन्न गर्न २० लाख ३८ हजार खर्च हुने अनुमान गरिएको बताए ।
उनले महोत्सवको मुख्य आयोजक बिबि एयरवेज, प्रायोजक किसोर अफसेट प्रेस र सह आयोजकमा आरुघाट गाविस र धादिङ उद्योग वाणिज्य संघ रहेको बताए । सो कार्यक्रममा राष्ट्रिय पर्यटन व्यवसायी संघका अध्यक्ष दिपक महतले महोत्सव सरकार र निजी क्षेत्रको सरोकारको विषय बन्न सफल होस भन्ने कामना गरे ।     
 उनले धादिङ, गोरखा, रसुवा र नुवाकोटको पुरानो पदयात्रा मार्ग आरुघाटलाई प्रवद्र्धन गर्न एकिकृत आर्य योजना आवस्यक भएको बताए ।

No comments:

Post a Comment