Tuesday, December 18, 2012

१४ औं पोखरा सडक महोत्सव हुने
काठमाडौ, १ पुस
आगामी १३ देखि १७ पुससम्म ‘१४ औं पोखरा सडक महोत्सव’ हुने भएको छ । रेस्टुरेन्ट एण्ड बार एसोसियसन अफ नेपाल ( रेवान) पोखरा च्याप्टरको आयोजनामा हुने पाँचदिने सो महोत्सवमा स्वदेशी र विदेशी गरी करिब ४ लाख दर्शकको सहभागिता रहने बताईएको छ ।
नेपाली खानाका विभिन्न परिकार र खाने संस्कार एवं तरिकाबारे जानकारी दिने उदेस्यले आयोजना हुन लागेको महोत्सवमा करिब ४५ लाख खर्च लाग्ने अनुमान गरिएको आयोजक संस्था रेवानले जनाएको छ । 
महोत्सव तयारी पुरा भएको जानकारी दिन आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा महोत्सव संयोजक भिमसेन भुजेलले महोत्सव अवधीभर बाहिरबाट जाने पर्यटकलाई यात्रा र होटल बसाईमा आकर्षण बढाउन स्थानीय व्यवसायीहरुले छुटको व्यवस्था मिलाएको बताए । उनले विगत १३ वर्षदेखि गर्दै आएको निरन्तरता स्वरुप यसपाली विशेष कार्यक्रममा साथ स्थानीय व्यवसायीको सक्रिएतामा महोत्सव सम्पन्न गर्न गालेको जानकारी दिए ।
उनले विगत १३ वर्षदेखि अंग्रेजीको नव वर्ष र क्रिमसको अवसरमा पोखरा सडक महोत्सव गर्दै आएको जानकारी दिँदै उनले अझै यस कार्यलाई अन्तर्राष्ट्रिय बजारमा परिचित गर्न सबैको सहयोग आवस्यक भएको बताए ।
रेवान पोखरा च्याप्टरका अध्यक्ष गोपीबहादुर भट्टराईले महोत्सवको आकर्षण एवं विशेषताहरुका बारेमा जानकारी दिँदै महोत्वसवमा सहभागी हुने जाने पाहुनालाई स्थानीय व्यवसायीले आकर्षक छुटको प्याकेजमा सेवा गर्ने बताए ।
कार्यक्रममा रेवान केन्द्रिय अध्यक्ष तेजेन्द्रनाथ श्रेष्ठले नेपाली खानाका परिकार र खाने तरिकाबारे जानकारी दिने उदेस्यले आयोजना हुने महोत्सव यहाँको खानाको संस्कृतिलाई जर्नेना गर्न   निकै उपयोगि र फलदायी हुने अपेक्षा गरिएको बताए ।
उनले मुलुककै उत्कृष्ट पर्यटकीय गन्तब्यस्थल पोखरामा रमाउने पर्यटकलाई थप मनोरञ्जन दिन महोत्सवमा मुख्य बजार क्षेत्रका ३ किमी दुरीको सडकमा विविध खानाका परिकार राखेर मरमग्दुर आनन्द दिने  बताए ।
सो कार्यक्रममा नेपाल पर्यटन बोर्डका निर्देशक दोय आदित्य बराल र काशीराज भण्डारीले पोखराको गरिमालाई अन्तर्राष्ट्रिय क्षेत्रमा थल लोकप्रिय बनाउन महोत्सव फलदायी हुने अपेक्षा गरिएको बताए ।

No comments:

Post a Comment