Saturday, December 8, 2012







विश्वका उत्कृष्ट दश आर्किटेक्चरल टावर
जसले सन् २०१२ को अवार्ड प्राप्त गरे

न्युयोर्क – सन् २०११ मा निर्माण सम्पन्न भएका विश्वका उत्कृष्ट दश टावरको सूची  सार्वजनिक गरिएको छ । यो सूचीमा न्युयोर्कको गगनचुम्बी भवनले पहिलो पुरस्कार पाएको छ । आठ स्प्रस स्ट्रिट म्यानह्याटनमा भएको न्युयोर्क ब्लक टावरलाई निर्णायकले इम्पोरिस स्काइस्क्राप्रस अवार्डमा पहिलो पुरस्कार दिए । सन् २०११ को उत्कृष्ट आर्किटेक्चरल भवनको उपाधि भएको यो ७६ तले टावरको डिजाइन फ्रान्क गेरीले गरेका थिए ।
आवासिय प्रयोजनका लागि निर्माण गरिएको  यो टावर विश्वको १२ औं अग्लो हो, यसको उचाई २६५ मिटर छ । १० हजार पाँच सय स्टिल प्यानलले निर्माण गरिएको यो टावरमा प्रयोग गरिएका स्टिल प्यानलहरु पनि फरक फरक संरचनाका छन् ।
आर्किटेक्चरको ओस्कार पुरस्कार मानिने यो सम्मानको दोस्रो स्थान कुवेतको हल हम्रा टावरले पायो । ४१२ मिटर अग्लो र ८० तले अल हम्रा टावरको आर्किटेक्चरल डिजाइन पनि अनौछ । लाइमस्टोन र कंक्रिट वालले बनाइएको यो टावरमा घामलाई छेक्ने खुबी छ । यो भवनमा राखिएको झ्यालको चर्चा पनि निर्णायकहरुको चर्चाको विषय बन्यो । यो भवनबाट कुवेतको शहरसँगै रेगिस्तान पनि देखिन्छ ।
आबुदावीमा बनेको इतिहाट टावरले यो पुरस्कारमा तेस्रो स्थान पायो । तीनवटा आवासीय टावर, एउटा अफिस टावर र एउटा होटल टावर भएको यी भवनहरु २१७ मिटरदेखि ३०५ मिटर अग्ला छन् । यी भवनहरु ५६ देखि ८९ तलासम्मका छन् । चौथो स्थानमा चीनको सेनझेनमा रहेको केके हण्डे«ड टावर परेको छ । ४४१ मिटर अग्लो यो टावर वेलायती कम्पनीले बताएको हो । टेरि फ्यारेलर एण्ड पाटर्नसले तयार गरेको यो टावरले त्यस क्षेत्रको सम्पत्ती र प्रसिद्धिलाई इगिंत गर्दछ ।
चीनको यो टावरसँगै स्टकहोमको भिक्टोरिया टावर र सिनसिनाटीको गे्रट अमेरिकन टावरले पनि चौथो स्थानमा साझेदारी गरे । २०२ मिटर अगलो ग्रेट अमेरिकी टावर ३२ करोड डलरमा निर्माण गरिएको हो । भवन र निर्माण परियोजनाको डाटावेस तयार गर्ने जर्मन कम्पनीले सन् २००० देखि यो पुरस्कार वितरण गर्न थालेको हो । अघिल्लो वर्ष बास्रिलोनाको होटल पोत्राले यो पुरस्कार प्राप्त गरेको थियो ।
न्युयोर्क शहरमा भएको आठ स्प्रस स्ट्रिट नामको यो भवन २६५ मिटर अग्लो र ७६ तले छ ।
कुवेतको अलहम्र टावर ४१२ मिटर अग्लो छ भने यो भनव ८० तल छ(दायाँ, त्यस्तै २१७ मिटरदेखि ३०५ मिटरसम्म अग्लो आबुदावीको इतिहाद टावर ५६ देखि ७९ तलेसम्म छ (बायाँ)
चीनको सेनझेनमा भएको केके १०० टावर ४४१ मिटर अग्लो छ भने यहाँ एक सय तला छ (दायाँ), स्टकहोमको ११७ मिटर अग्लो ३४ तले भिक्टोरीया टावरमा ३४ तला छन्
सिनसिनाटीमा भएको ग्रेट अमेरिकन टावर २०२ मिटर अग्लो छ भने यहाँ ४१ तला छन् (दायाँ), पनामा सिटीमा भएको एफ एण्ड एफ टावर २४२ मिटर अग्लो छ भने यो ५२ तलाको छ
इन्चेनमा भएको नर्थइस्ट एशिया टावर ३०८ मिटर अग्लो छ भने यो ६८ तालको छ (दायाँ) सिंगापुरको केप्पेल बेमा रहेको १२० देखि १७८ मिटरसम्म अग्लो यो भवनमा २१ देखि ४१ तला सम्म छ
तिनान्जिनमा रहेको ग्लोबल फाइनान्सियल टावर ३३६ मिटर अग्लो छ भने यहाँ ७२ तला छन् ।

No comments:

Post a Comment