Saturday, December 15, 2012

वैदेशीक रोजगारीका नाममा ठगी
४ महिनामै ३६ करोड नाघ्यो  

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, २७ मंसिर
विगतको तुलनामा अहिले वैदेशिक रोजगारीका नाममा ठगी हुने क्रम बढेकोे छ । मुलुकले भोग्नुपरेको राजनीतिक अस्थिरता एवं लामो समयदेखि जारी संक्रमणकालिन अवस्थाको फाइदा उठाउँदै ठगहरुले स्वदेशमा काम नपाएर बिदेश जाने तयारीमा रहेका युवालाई अनेक प्रलोभनमा पारेर संस्थागत र व्यक्तिगत रुपमा ठग्ने गरेको वैदेशिक रोजगार विभागले जनाएको छ ।
विभागका अनुसार चालू आर्थिक वर्Èको ४ महिनामा मेनपावर एजेन्सी र एजेन्टले रोजगारीका सिलसिलामा बिदेसिने कामदारस“ग ३६ करोड ४६ लाख ५६ हजार ३ सय ७ रुपैया“ ठगी गरेका छन् । सो रकम चालु आवको साउनदेखि कात्तिक मसान्तसम्मको मात्र हो । 
विभागले सोही अवधिमा वैदेशिक रोजगारीको सिलसिलामा संस्थागत र व्यक्तिगत गरि ७ सय ८२ ओटा ठगीका उजुरी परेको जनाएको छ । 
विभागका निर्देशक योगराज बरालले चालु आवको वितेका ४ महिनाको कात्तिक
मसान्तसम्म कुल ७ सय ८२ ओटा ठगीका उजुरी परेको बताए ।
बरालका अनुसार ३ सय १२ ओटा संस्थागत र ४ सय ७० ओटा व्यक्तिगत उजुरी परेको छ ।
उनले सोही अवधीमा उजुरीकर्ताले दावी गरेको व्यक्तिगत रकम २ करोड ७२ लाख ७१ हजार ३ सय ८ रुपैयाँ रहेको बताए । यसैगरि संस्थागत ( मेनपावर र कन्सल्टेन्सी ) दाबी तर्फ ९ करोड १८ लाख ६४ हजार ९ सय ९९ रुपैयाँ रहेको छ ।
जसमध्ये विभागले उजुरीको आधारमा छानविन गरि व्यक्तिगत तर्फ
९१ लाख ४६ हजार १ सय  र संस्थागत तर्फ ७५ लाख  ५१ हजार ८ सय रुपैयाँ फरफारक गरिसकेको छ । कात्तिक महिनाभित्र विभागले वैदेशिक रोजगार न्यायाधिकरणमा कुल ५१ ओटा मुद्दा दायर गरेको तथ्यांक विभागसँग रहेको छ । जसमा व्यक्तिगत तर्फ झुक्याएर ठगि गर्नेहरुलाई उनीहरुले गरेको कसुरको आधारमा ३ देखि ७ वर्षसम्म कैद र ३ देखि ५ लाख रुपैयाँसम्म विगो र जरिवाना तिराउने गरेको छ ।
अहिलेसम्म विभागमा परेको संस्थागत उजुरीमा विदेश पठाई सम्झौता बमोजिम पारिश्रमिक, सेवा–सुविधा, काम र कम्पनी नहुने विÈय उल्लेख छन् । यसैगरि व्यक्तिगतमा परेका उजुरीमा अधिकांश बढी रकम उठाई फरार भएका मुद्दा बढी छन्। 
विभागका अनुसार अहिलेसम्म एक हजार ३२ ओटा मेनपावर दर्ता भएका मध्ये २ सय ६५ ओटाको दर्ता खारेज भएका छन । बाँकी ७ सय ६७ ओटा भने पूर्ण रुपमा
सञ्चालित छन ।
विभागका संस्थागत उजुरी तथा अनुसन्धान शाखाका निर्देशक बरालले विगतका वर्षहरुको तुलनामा अहिले संस्थागत उजुरीको संख्या लगातार बढिरहेको बताए । उनले कात्तिक महिनामा मात्र संस्थागत उजुरी संख्या ४३ ओटा र दावी रकम १ करोड १६ लाख ७७ हजार ५ सय ५९ रुपैयाँ रहेको जानकारी दिए ।
विभागका अनुसार चालु आवको साउनमा ७९, भदौमा ८४, असोजमा ९२ र    कात्तिक महिनामा ४३ ओटा संथागत उजुरी परेका छन ।
गत आव २०६८÷०६९ मा संस्थागत र व्यक्तिगत दुबै गरि २ हजार १ सय ७२ ओटा उजुरी परेका थिए । सो अवधीमा उजुरीकर्ताले दावी गरेको रकम १ अर्ब २३ करोड ५५ लाख ४९ हजार १ सय ४४ रुपैयाँ रहेको थियो ।  विभागले हाल व्यक्तिगत लेनदेनका विषयमा पनि उजुरी परेको बताएको छ । वैदेशिक रोजगारीको लेनदेनसम्बन्धी उजुरी दर्ता गरेमा रकम असुल्न सजिलो हुने भएकाले नगदी कारोबार गर्दासमेत सम्झौतापत्र बनाउने क्रक बढेको विभागको भनाई छ ।

No comments:

Post a Comment