Sunday, November 6, 2011

लुक्लाको मौसम आइतबार पनि उस्तै, साना हेलिकप्टरबाट ३ सय ३१ को उद्धार, अधिकाँश पर्यटक रामेछाप र जिरी तर्फको पैदलयात्रामा


मधुजंग पाण्डे÷राजधानी
काठमाडौ २० कात्तिक
लुक्ला क्षेत्रमा अलपत्र पर्यटकको उद्धारमा संलग्न विभिन्न वायुसेवा कम्पनीका साना हेलिकप्टरले आइतबार तीन सय ३१ जना पर्यटकलाई उद्धार गरेको छ । उनीहरुको उद्धारमा जान दिनभर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तैनाथ नेपाली सेना र श्री एयरलाइन्सका दुई ठुला एमआइ-१७ हेलिकप्टर मौसम सुधार नभएकाले लुक्लातर्फ जान नसकेको विमानस्थल कार्यालयले जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय स्थित आन्तरिक ट्रर्मिनल शाखाका प्रवन्धक पूर्ण चुडालले खराव मौसमका बावजुत पनि विभिन्न साना हेलिकप्टरले करिब सवा तीनसय पर्यटकको उद्धार गरेको बताए ।
मौसममा सुधार आउने बित्तिकै उडाउन तैनाथ गरिएका सेना र श्रीएरलाइन्सको एमआइ-१७ हेलिकप्टर लुक्ला तर्फ जान नसकेको जानकारी गराउदै चुडालले राजधानीसँग भने ु विहान केही समय आकास खुलेको बेला काठमाडौबाट गएको अग्नी एयरको डोनियर जहाजले लुक्लाबाट १५ जनालाई काठमाडौ ल्याएको छ ।ु
उनले आइतबार दिनभर निजी वायुसेवा कम्पनीहरु फिस्टेलडाइनेस्टी माउन्टेन र सिमि्रक एयरका साना हेलिकप्टरले खाना र बास नपाएर अलपत्र परेका पर्यटकलाई सुर्केबाट लामीडाँडा हुँदै काठमाडौ ल्याएको बताए ।
प्रवन्धक चुडालका अनुसार डाइनेस्टी एयरले ९० जना फिस्टेलले १सय ६ सिमि्रकले ७० माउन्टेनले ५० र अग्नीको डोनियरले १५ जना गरि कुल ३ सय ३१ जना पर्यटकलाई उद्धार गर्न सफल भएको छ । अहिले धेरै पर्यटक पैदलयात्रा र साना हेलिकप्टरबाट सुर्के हुँदै लामिडाडा तर्फ लागेको उनले जानकारी गराए । बढ्दो चिसोसँगै मौसम विगि्रएर खाना र बासको समस्याले अलपत्र परेका हजारौं पर्यटक मध्ये विरामी र अन्तर्राष्ट्रिय उडान छुट्नेलाई विशेष प्राथमिक्ताको आधारमा सोलुखुम्बुको सुर्केबाट विभिन्न हेलिकप्टरले उद्धार गरेको हो ।
विमानस्थल कार्यालयका अनुसार दिनभर विभिन्न साना हेलिकप्टरले सोलुखुम्बुको सुर्केबाट करिब ३ दर्जन भन्दाबढी उडान गरेका छन । पर्यटन व्यवसायी एवं सरोकारवालाहरुले आइतबार पनि मौसम उस्तै रहेकाले लुक्ला क्षेत्रमा अलपत्र पर्यटकको उद्धार कार्य प्रभावित भएको बताएका छन ।
हिमालयन उद्धार संघका पूर्व अध्यक्ष विक्रम न्यौपानेले लुक्ला क्षेत्रको मौसममा कुनै सुधार नआएकाले उद्धार कार्य प्रभावित भएको बताए ।
अझै लुक्लामा २ हजार पाँच सय भन्दा बढी पर्यटक अलपत्र अवस्थामा रहेको बताउँदै न्यौपानेले भने ु अहिले लुक्लामा रहेका पर्यकट र स्थानीयवासीलाई खानाको समेत अभाव हुन थालेको छ ु । आपतकालिन उद्धारमा जोखिम मोलेर जान सेनासँग प्रयाप्त हेलिकप्ट भइदिएको भए अहिले लुक्लामा अलपत्र पर्यटकले यस्तो दुःख पाउनु पर्ने थिएन भन्दै उनले अझै मौसम खुल्ने छाँट नदेखिएकाले सयौं पर्यटक दोलखाको जिरी र रामेछाप तर्फबाट काठमाडौ आउन थालेको बताए । उनले लुक्ला क्षेत्रको मौसम विगि्ररहेकै अवस्थामा जोखिम मोलेरै भएपनि अहिले निजी हेलिकप्टरले सुर्केबाट प्रति व्यक्ति ४ सय देखि ६ सय अमेरिकी डलरमा अलपत्र पर्यटक ओसारीरहेको बताए । ट्रेकिङ एजे_िन्सज एसोसियसन अफ नेपाल टान का कोषाध्यक्ष अन्जनकुमार थापाले लुक्ला क्षेत्रमा अलपत्र पर्यटकको उद्धार कार्यमा व्यवसायी निरन्तर लागिरहेको बताए । उनले अहिले रामेछाप र जिरी तर्फको पैदलयात्राबाट आउनेहरुको संख्या करिब ३ हजार रहेको जानकारी दिए ।

No comments:

Post a Comment