Tuesday, November 8, 2011

हुस्सुले आन्तरिक हवाई उडान एक घण्टा ठप्प ,उद्धार कार्य प्रभावित


मधुजंग पाण्डे÷राजधानी
काठमाडौ २२ कात्तिक
काठमाडौको आकासमा लागेको बाक्लो हुस्सु कारण मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक हवाई उडान एक घण्टा ठप्प भएको छ । उडान ठप्प भएकाले गत एक सातादेखि लुक्ला क्षेत्रमा अलपत्र पर्यटकको उद्धारमा संलग्न विभिन्न वायुसेवा कम्पनीका जहाज र हेलिकप्टरको उडान समेत प्रभावित भएको थियो । जसका कारण लुक्ला र फाप्लु क्षेत्रको मौसम पूर्ण रुपले खुलेपनि विहानैदेखि उद्धारमा जाने तयारीमा रहेका हेलिकप्टर र नियमित गरि करिब २ दर्जन उडान प्रभावित भएको थियो । जसका कारण विहान ७ बजेदेखि सुरु हुने आन्तरिक हवाई उडान एक घण्टा ठप्प भएको विमानस्थल कार्यालयले जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय स्थित आन्तरिक ट्रर्मिनल शाखाका प्रवन्धक पूर्णप्रसाद चुडालले काठमाडौको आकासमा धुम्मिएको बाक्लो हुस्सु विस्तारै उर्गिएपछि विहान सवा ८ बजेबाट सबै उडान सुचारु भएको बताए । एक घण्टाको समयमा सवै विमानले काठमाडौदेखि लुक्लाको दुई ओटा उडान भर्न नपाएको जानकारी गराउँदै उनले लुक्ला क्षेत्रमा अलपत्र पर्यटकको उद्धारमा संलग्न विभिन्न वायुसेवा कम्पनीका जहाज र हेलिकप्टरको उडान प्रभावित भएको बताए । उनले मंगलबार विभिन्न वायुसेवा कम्पनीका डोनियर एवं एटिआर जहाजले लुक्ला क्षेत्रबाट ४० र हेलिकप्टरले १७ ओटा उडान गरी करिब ८ सय पर्यटकको उद्धार गरेको जानकारी दिए । बाक्लो हुस्सुका कारण लक्ष्य अनुरुप पर्यटकको उद्धार नभएको बताउँदै चुडालले भने ु मौसम खुलेपछि ५ ओटा कार्गो विमानले पनि लुक्ला क्षेत्रमा प्रयाप्त खाद्य सामाग्री पुर् याएको छ ।ु उनले काठमाडौबाट मंगलबार साना ठुला गरि २० ओटा उडानबाट करिब साढे तीन सय पर्यटक लुक्ला र फाप्लु विमानस्थल गएको बताए ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक त्रिरत्न मानन्धरले काठमाडौको आकास एक घण्टा नखुलेकाले सोमबारको भन्दा आधा कम पर्यटक हवाई उडानबाट राजधानी आएको बताए । उनले विहान काठमाडौको विमानस्थलमा भिजिविलीटीको मात्रा न्युन रहेकाले आन्तरिक उडानमा प्रभावित भएपनि अन्तर्राटि्रय उडानमा भने कुनै असर नपरेको बताए । सिमि्रक एयरलाइन्सका महाप्रवन्धक युवराज कँडेलशर्मा ले मौसम खरावीले लुक्लाको दई उडान ढिलो हुँदा सिमि्रक एयरलाई करिब ५ हजार अमेरिकी डलर घाटा लागेको बताए । उनले ६ दिनको लुक्ला बन्द र एक दिन पोखरामा उडान गर्न नसक्दा विभिन्न विमान सेवा कम्पनीले करिब ४ करोडको घाटा बेहोर्नुपरेको बताए ।
लुक्ला क्षेत्रमा अलपत्र पर्यटकको उद्धारमा संलग्न विभिन्न वायुसेवा कम्पनीका जहाज र हेलिकप्टरले सोमबार करिब १५ सय जना पर्यटकलाई उद्धार गरेको छ । गत एक सातादेखि विगि्रएको मौसममा सुधार आउने वित्तिकै अलपत्र पर्यटकको उद्धारमा जान विगत तीन दिनदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तैनाथ नेपाली सेना र श्री एयरलाइन्सका दुई ठुला एमआइ-१७ हेलिकप्टर विभिन्न कम्पनीका जहाज र हेलिकप्टरले करिब १५ सय जना पर्यटकलाई उद्धार गरि काठमाडौ ल्याएको विमानस्थल कार्यालयले जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय स्थित आन्तरिक ट्रर्मिनल शाखाका प्रवन्धक पूर्णप्रसाद चुडालले सोमबार विहानैदेखि मौसम अनुकुल भएकाले एमआइ-१७ हेलिकप्टर विभिन्न कम्पनीका जहाज र साना हेलिकप्टरले करिब १५ सय जना पर्यटकलाई काठमाडौ ल्याएको बताए । विहानै देखि साँझसम्म लुक्ला क्षेत्रको मौसम अनुकुल रहेको जानकारी गराउदै चुडालले राजधानीसँग भने ु विहानै देखि साँभसम्म विमानस्थलमा लुक्ला लगायत विभिन्न क्षेत्रमा ओहोर-दोहोर गर्ने आन्तरिक हवाई यात्रीको चाप थियो ।ु
उनले सोमबार दिनभर विभिन्न वायुसेवा कम्पनीहरु त्ाारा नेपाल वायुसेवा निगम अग्नी र सीता एयरलाइन्सका जहाजले लुक्लाबाट ५७ ओटा उडान गरेको बताए । यसैगरि सेना र श्री एयरलाइन्सको दुई ठुला एमआइ-१७ हेलिकप्टरले तीन पटक लुक्लाको उडान भरेको जानकारी गराउदै उनले फिस्टेलडाइनेस्टी माउन्टेन र सिमि्रक एयरका साना हेलिकप्टरले खाना र बास नपाएर अलपत्र परेका पर्यटकलाई लुक्ला सुर्के र लामिडाडाबाट काठमाडौ ल्याएको बताए ।
उनले सेनाको २४ सिट क्षमताको एमआइ-१७ हेलिकप्टरले पहिलो उडानमै लुक्लाबाट २८ जनालाई ल्याएको बताए । प्रवन्धक चुडालका अनुसार दिनभर साचालन भएको विभिन्न कम्पनीका जहाज र हेलिकप्टरले नियमित एवं चाटर्ड उडानबाट करिब १५ सय भन्दाबढी पर्यटक काठमाडौ आइसकेका छन । अहिलेसम्म सगरमाथा क्षेत्रको पदयात्रा भ्रमण सकेर काठमाडौ आउन खोज्ने मध्ये करिब ६० प्रतिशत पर्यटक राजधानी आएको उनको भनाई छ ।
ट्रेकिङ एजे_िन्सज एसोसियसन अफ नेपाल टान का कोषाध्यक्ष अन्जनकुमार थापाले लुक्ला क्षेत्रमा अलपत्र पर्यटकको उद्धार कार्यमा व्यवसायी निरन्तर लागिरहेको बताए । उनले सोमबार करिब ६० प्रतिशत पर्यटक काठमाडौ आएको बताए । अहिले लुक्ला क्षेत्रको मौसममा सुधार आएकाले अब पदयात्रा भ्रमणमा रहेका पर्यटकलाई खाना र बासमा कुनै समस्या नहुने उनको भनाई छ । रामेछाप र जिरी तर्फको पैदलयात्राबाट आउनेहरु पनि हेलिकप्टर र गाडीबाट काठमाडौ आइसकेको जानकारी गराउँदै उनले अलपत्र पर्यटक उद्धार गर्न सेनाको एमआई-१७ हेलिकप्टर परिचालन गर्न टानले २० लाख रुपैयाँ चेक मार्फत जम्मा गरेपनि सेनाले कैसाल ट्रासपोर्ट मार्फत उडान गरेकाले पर्यटन व्यवसायी अन्यायमा गरेको बताए ।
यसअघि गत ३१ अक्टोबर देखि मौसम विगि्रएर खाना र बासको समस्याले लुक्ला क्षेत्रमा अलपत्र परेका करिब ४ हजार पर्यटक मध्ये विरामी र अन्तर्राष्ट्रिय उडान छुट्नेलाई विशेष प्राथमिक्ताको आधारमा सोलुखुम्बुको सुर्केबाट विभिन्न साना हेलिकप्टरले मात्र उद्धार गरिरहेको थियो ।




No comments:

Post a Comment