Monday, November 7, 2011

लुक्ला क्षेत्रको हवाई उडान सुचारु, सोमबार १५ सयबढीको उद्धार




मधुजंग पाण्डे÷राजधानी
काठमाडौ २१ कात्तिक
लुक्ला क्षेत्रमा अलपत्र पर्यटकको उद्धारमा संलग्न विभिन्न वायुसेवा कम्पनीका जहाज र हेलिकप्टरले सोमबार करिब १५ सय जना पर्यटकलाई उद्धार गरेको छ । गत एक सातादेखि विगि्रएको मौसममा सुधार आउने वित्तिकै अलपत्र पर्यटकको उद्धारमा जान विगत तीन दिनदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तैनाथ नेपाली सेना र श्री एयरलाइन्सका दुई ठुला एमआइ-१७ हेलिकप्टर विभिन्न कम्पनीका जहाज र हेलिकप्टरले करिब १५ सय जना पर्यटकलाई उद्धार गरि काठमाडौ ल्याएको विमानस्थल कार्यालयले जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय स्थित आन्तरिक ट्रर्मिनल शाखाका प्रवन्धक पूर्णप्रसाद चुडालले सोमबार विहानैदेखि मौसम अनुकुल भएकाले एमआइ-१७ हेलिकप्टर विभिन्न कम्पनीका जहाज र साना हेलिकप्टरले करिब १५ सय जना पर्यटकलाई काठमाडौ ल्याएको बताए । विहानै देखि साँझसम्म लुक्ला क्षेत्रको मौसम अनुकुल रहेको जानकारी गराउदै चुडालले राजधानीसँग भने ु विहानै देखि साँभसम्म विमानस्थलमा लुक्ला लगायत विभिन्न क्षेत्रमा ओहोर-दोहोर गर्ने आन्तरिक हवाई यात्रीको चाप थियो ।ु
उनले सोमबार दिनभर विभिन्न वायुसेवा कम्पनीहरु त्ाारा नेपाल वायुसेवा निगम अग्नी र सीता एयरलाइन्सका जहाजले लुक्लाबाट ५७ ओटा उडान गरेको बताए । यसैगरि सेना र श्री एयरलाइन्सको दुई ठुला एमआइ-१७ हेलिकप्टरले तीन पटक लुक्लाको उडान भरेको जानकारी गराउदै उनले फिस्टेलडाइनेस्टी माउन्टेन र सिमि्रक एयरका साना हेलिकप्टरले खाना र बास नपाएर अलपत्र परेका पर्यटकलाई लुक्ला सुर्के र लामिडाडाबाट काठमाडौ ल्याएको बताए ।
उनले सेनाको २४ सिट क्षमताको एमआइ-१७ हेलिकप्टरले पहिलो उडानमै लुक्लाबाट २८ जनालाई ल्याएको बताए । प्रवन्धक चुडालका अनुसार दिनभर साचालन भएको विभिन्न कम्पनीका जहाज र हेलिकप्टरले नियमित एवं चाटर्ड उडानबाट करिब १५ सय भन्दाबढी पर्यटक काठमाडौ आइसकेका छन । अहिलेसम्म सगरमाथा क्षेत्रको पदयात्रा भ्रमण सकेर काठमाडौ आउन खोज्ने मध्ये करिब ६० प्रतिशत पर्यटक राजधानी आएको उनको भनाई छ ।
ट्रेकिङ एजे_िन्सज एसोसियसन अफ नेपाल टान का कोषाध्यक्ष अन्जनकुमार थापाले लुक्ला क्षेत्रमा अलपत्र पर्यटकको उद्धार कार्यमा व्यवसायी निरन्तर लागिरहेको बताए । उनले सोमबार करिब ६० प्रतिशत पर्यटक काठमाडौ आएको बताए । अहिले लुक्ला क्षेत्रको मौसममा सुधार आएकाले अब पदयात्रा भ्रमणमा रहेका पर्यटकलाई खाना र बासमा कुनै समस्या नहुने उनको भनाई छ । रामेछाप र जिरी तर्फको पैदलयात्राबाट आउनेहरु पनि हेलिकप्टर र गाडीबाट काठमाडौ आइसकेको जानकारी गराउँदै उनले अलपत्र पर्यटक उद्धार गर्न सेनाको एमआई-१७ हेलिकप्टर परिचालन गर्न टानले २० लाख रुपैयाँ चेक मार्फत जम्मा गरेपनि सेनाले कैसाल ट्रासपोर्ट मार्फत उडान गरेकाले पर्यटन व्यवसायी अन्यायमा गरेको बताए ।
यसअघि गत ३१ अक्टोबर देखि मौसम विगि्रएर खाना र बासको समस्याले लुक्ला क्षेत्रमा अलपत्र परेका करिब ४ हजार पर्यटक मध्ये विरामी र अन्तर्राष्ट्रिय उडान छुट्नेलाई विशेष प्राथमिक्ताको आधारमा सोलुखुम्बुको सुर्केबाट विभिन्न साना हेलिकप्टरले मात्र उद्धार गरिरहेको थियो ।

 
फिस्टेलको हेलिकप्टर आकस्मीक अवतरण
काठमाडौ- गत एक सातादेखि अलपत्र पर्यटकको उद्धार गर्न लुक्लाबाट काठमाडौ तर्फ उडेको फिस्टेल एयरको एउटा हेलिकप्टरमा प्राविधिक समस्या आएलगत्तै दोलखाको चरिकोटमा आकस्मिक अवतरण गरेको छ । लुक्लाबाट सोमबार विहान पौने ७ बजे ५ जना रसियन लिएर चार्टड गरि उडेको हेलिकप्टरमा सामान्य गडबढी आउने वित्तिकै ७।२० मा दोलखाको सदरमुकाम चरिकोट स्थित टुडिखेल मैदानमा अवतरण गरेको फिस्टेल एयरलाइन्सले जनाएको छ । सो हेलिकप्टर क्याप्टेन आशिष शेरचनले उडाएका थिए । फिस्टेल एयरलाइन्सका प्रवन्ध निर्देशक सुमन पाण्डेले खवर पाउनासाथ काठमाडौबाट प्राविधिक टोली पठाएर सो हेलिकप्टरमा सवार पर्यटकलाई अर्को हेलिकप्टरबाट राजधानी ल्याएको बताए । आकस्मीक अवतरण भएको हेलिकप्टरको गियरबक्समा सामान्य गडबढी भई इन्डिकेटर देखिएको जानकारी गराउँदै उनले काठमाडौबाट गएको इन्जीनियरिङ टोलीले मर्मत कार्य सक्ने वित्तिकै नियमित उडान सुरु गर्ने बताए ।


No comments:

Post a Comment