Sunday, November 6, 2011

नेपाल-चीन व्यापार मेलामा पाँच करोडको कारोबार



काठमाडौ २० कातिक
ु १३ औं नेपाल-चीन तिब्बत आर्थिक तथा व्यापार मेलाु मा करिब ५ करोडको आर्थिक कारोबार भएको छ । गत बुधबारदेखि राजधानीको भृकुटीमण्डप स्थित प्रदर्शनी हलमा साचालित सो मेला आइतबार सम्पन्न भएको हो । सो मेलामा करिब ६० हजार भन्दाबढी दर्शकले अवलोकन गरेको मेला आयोजक संस्था व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले जनाएको छ ।
नेपाल र चीनबीचको व्यापारिक सम्बन्ध थप विस्तार गर्ने उदेस्यले साचालित मेलामा विशेषगरि चिनिया पश्मिनाको सल इलोक्ट्रोनिक एवं हस्तकलाजन्य बस्तुहरुको कारोबार बढी भएको छ । भृकुटीमण्डप स्थित प्रदर्शनी हलमा साचालित मेलामा नेपाल र चीनको तर्फबाट ४०÷४० अटा स्टल राखिएका थिए । ५ दिनसम्म साचालन भएको सो मेलाको अन्तिम दिन आइतबार विहानै चीनका व्यापारीले स्टल छोडेर गएका थिए । उनीहरुले आफुसँग भएका सबै सामान सकिएकाले मेला समापन हुनु अघि नै स्टल छोडेको बताएका थिए । सो मेलामा तिब्बती हस्तकलाजन्य बस्तुहरु उनी गलैचा पश्मिना छालाजन्य बस्तुहरु जडिबुटी सेरामिक तथा इलोक्ट्रोनिक्स समागि्रहरुको स्टलमा दर्शकको बाक्लो भिड लागेको थियो । यसैगरि कृषि तथा रसायनिक मलका स्टलमा पनि अवलोकनकर्ताको भिड लागेको थियो । मेलामा सरसफाइका सामान देखि कम्प्युटर मोटरसाइकल एवं सवारी साधनमा प्रयोग हुने उपकरण र विद्युतीय सामानलाई चीनिया एवं तिब्बती व्यवसायीले आकर्षक ढंगले सजाएर राखेका थिए । यसैगरि नेपालका तर्फबाट राखिएका स्टलमा चाँदी तामा र अन्य धातुजन्य एवं काष्ठ कलाका उत्पादन छाला जुक्ता पश्मिनाजन्य बस्तु लगायतका उत्पादन प्रति चिनीया व्यवसायी आकर्षित भएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र प्रचार प्रसार शाखाका प्रमुख मनोज कुमार थापाले जानकारी गराए । उनले चिनीया व्यापारीहरुले प्रदर्शनी स्थलबाटै यस्ता बस्तुहरु आफ्नो देश लैजानकालागि अर्डट गरेको बताए ।
उनले मेलामा अपेक्षा गरिएको भन्दाबढी भीड लागेको बताए । पाँच दिने मेला अवधीभर करिब ५० हजार दर्शकले अवलोकन गरेको र करिब ५ करोडको कारोबार भएको बताए । मेला निकै उत्साहजनक एवं फलदायी भएको दावी गर्दै थापाले भने ु मेलाकै अवसरमा नेपाल-चीन तिब्बतबीचको व्यापारीक सम्बन्ध विस्तार गर्न विभिन्न ५ ओटा विषयमा सम्झौता भएको छु । यसले स्वदेशी उत्पादन बढाउन निकै सहयोग पुग्ने अपेक्षा गरिएको उनको भनाई छ ।


No comments:

Post a Comment