Tuesday, April 7, 2015

‘जगदम्बा स्टिल एफक्यान उत्कृष्ट अवार्ड’ वितरण शुक्रबार

काठमाडौ, १८ चैत
राष्ट्रिय निर्माण दिवसको अवसरमा हरेक वर्ष २२ मंसिरमा मनाउँदै आएको सो अवार्ड वितरण कार्य यसवर्ष गत २६ देखि २८ मंसिरमा सम्पन्न १७ औं साधारण सभा एवं नयाँ नेतृत्व चयन हुने निर्वाचनका कारण स्थगित भएको थियो । 
विभिन्न विद्यामा महासंघले प्रदान गर्दै आएको राष्ट्रिय सम्मान ‘एफक्यान अवार्ड’ वितरण कार्यको तयारी बारे जानकारी दिन महासंघद्धारा बुधवार राजधानीमा आयोजित पत्रकार सम्मेलन महासंघ अध्यक्ष शरदकुमार गौचनले यसवर्ष महासंघले मुलुकका विकास क्षेत्रहरुमा उत्कृष्ट कार्य गर्ने निर्माण सेवा कम्पनी, विदेशमा निर्माण कार्य गर्ने उत्कृष्ट नेपाली कम्पनी सहित निर्माण व्यवसायमा उल्लेखनीय कार्य गर्ने नेपाली निर्माण व्यवसायी, उत्कृष्ट परामर्शदाता कम्पनी, उत्कृष्ट कार्य गर्ने महिला निर्माण व्यवसायी, उत्कृष्ट निर्माणमैत्री इन्जिनियर लगायतलाई समेटेर सम्मान गर्ने बताए । उनले मुलुकको पूर्वाधार निर्माणमा व्यवसायीले वर्षभर गरेको उत्कृष्ट कामको कदर गर्दै राम्रो काम गर्नलाई थप उत्प्रेरणा दिन सम्मान रुवरुप अवार्ड वितरण गर्न लागेको बताए । उनले अहिले विकास बजेट समेत समयमा खर्च गर्न नसकिएको अवस्थामा महासंघले सरकारलाई व्यवसायीको मागबारे जानकारी  गराए । अध्यक्ष गौचनले अध्यादेस मार्फत नै सरकारले सार्वजनिक खरिद ऐन संसोधन गरेर ल्याउन लागेको बताए । उनले यसअघि महासंघले दिएको सुझावका आधारमा नै सो ऐन संसोधन भएर आउन लागेको जानकारी गराए । सो अवार्ड छनोट समितिका संयोजक एवं महासंघका वरिष्ठ उपाध्यक्ष विष्णुभाई श्रेष्ठले अहिले यस अवार्डकालागि मनोनयनमा परेकाका विभिन्न नामावली सार्वजनिक गरेका थिए । महासंघका महासचिव रामशरण देउजाले आगामी दिनमा यस अवार्ड वितरण कार्यलाई थप विस्तार गर्दै लैजाने जानकारी दिए ।

महासंघका उप महासचिव (नीतिगत) तथा प्रचार–प्रसार संयोजक बिष्णु बुढाथोकीले  उत्कृष्ट व्यवसायीसँगै निर्माण व्यवसायकाक्षेत्रमा सहयोग गर्ने सञ्चार माध्यामलाई पनि सम्मान गरिने बताए । महासंघ र जगदम्बा स्टिल्स् प्रालिको संयुक्त आयोजनमा हुन लागेको यस अवार्ड वितरणकालागि बरिष्ठ इन्जिनीयर प्रा.डा. दिपक भट्टराईको संयोजकत्वमा पुरस्कार तथा सम्मान मुल्यांकन समिति गठन गरिएको महासंघले जनाएको छ । महासंघका निवर्तमान अध्यक्ष जयराम लामिछानेले अहिले विभिन्न वाधा अवरोधका बाबजुत पनि उत्कृष्ट कार्य गरिरहेका निर्माण व्यवसायीलाई प्रोत्साहित गर्न हरेक वर्ष प्रदान गरिँदै आएको यस अवार्ड निकै प्रभावकारी भएको बताए । व्यवसायीलाई राज्यले सम्मान नगरेको अवस्थामा महासंघले व्यवसायी तथा अन्य सरोकारवालालाई सम्मान गर्नु निकै उदाहरणीय र प्रसंसनिय कार्य भएको बताए ।  उनले अहिले यहाँको निर्माण व्यवसायी खराव भन्ने कार्यलाई चिन महासंघले निकै सफलता पाएको दावी गरे ।

–नेपाल निर्माण व्यवसायी महासंघको जगदम्बा स्टिल एफक्यान उत्कृष्ट अवार्ड आगामी शुक्रवार वितरण गरिने भएको छ । मुलुकको पूर्वाधार निर्माणमा वर्षभर गरेको उत्कृष्ट कामको प्रसंसा गर्ने उदेस्यले महासंघले हरेक वर्ष वितरण गर्दै आएको सो अवार्ड यस वर्ष विभिन्न ३४ विधामा प्रदान गरिने बताईएको छ । 

No comments:

Post a Comment