Tuesday, April 7, 2015

तिब्र बिबादकाबीच सभासदहरु विदेश सयर गर्दै

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ,३० फागुन
संसदको अन्तर्राष्ट्रिय सम्वन्ध तथा श्रम समितिको टोली तिब्र बिबादका बावजुत पनि विदेश उडने भएको छ । वैदेशिक रोजगारीका क्रममा रहेका नेपालीहरुको अवस्थाको स्थलगत अध्ययनकालागि भन्दै मलेसिया, कतार र युएई भ्रमणमा सो समितीका सभापति तथा सभासद प्रभु शाहको नेतृत्वमा ८ सदस्यीय टोली आइतबार उडने भएको हो ।
यस भ्रमण टोलीमा सभापति शाह सहित सभासदहरु कमला शर्मा, जितेन्द्रनारायण देव, बलबहादुर केसी, सोमप्रसाद पाण्डे, भरत खडका तथा समितिका सचिव शान्तकुमार तुलाधर र श्रम तथा रोजगार मन्त्रालयका सल्लाहकार रमेश कोइराला रहेका छन् । सो समितिका अनुसार टोलि आगामी सोमबार मलेसिया, शुक्रबार कतार र ८ चैतमा युएई पुग्ने छन् । समितिका सभापति प्रभु शाहले वैदेशिक रोजगारीको क्रममा नेपालीहरु ठगिने तथा समस्यामा पर्ने घटनाहरु धेरै आएकाले यसको स्थलगत अध्ययनका लागि आफुहरुको टोली त्यसतर्फ जान लागेको बताए ।
शाहका अनुसार तीनवटै मुलुकमा रहेका नेपाली दुतावास तथा नेपाली समुदायसँग पनि टोलीले अन्रक्रिया कार्यक्रम गर्ने छ । भ्रमण गर्न लागिएका मुलुकका सरकारी निकायसँग पनि छलफल गर्ने कार्यक्रम रहेको समितिका सभापति शाहले जानकारी  दिए ।  अर्का सभासद कमला शर्माले रोजगारदाता मुलुकहरुसँग छलफलका लागि तीनओटै देसका परराष्ट्र मन्त्रालय तथा श्रम मन्त्रालयमा समय समेत तय भैसकेको बताइन ।   उनले यस भ्रमणले रोजगारदाता गन्तब्य मुलुकहरुवीच श्रम सम्झौता गर्न ध्यानाकर्षण गराउने समेत जानकारी गराइन । उनले आफुहरुको यस भ्रमण अहिलेसम्मकै सबै भन्दा राम्रो र फलदायी हुने दावी गरिन ।  पछिल्लो समय कामदारहरुको कल्याणकारी कोष दुरुपयोग गर्दै समितिको भ्रमण टोली विदेश जान लागेको भन्दै चौतर्फि आलोचना भैरहदा र तीब्र विवादका बाबजुद पनि सभाषदहरुको  सो भ्रमण टोली विदेश उडन लागेको हो ।
श्रम तथा रोजगार मन्त्रालयले प्रवद्र्धन बोर्डको कल्याणकारी कोषबाट खर्च भर्ने निर्णय गरेकोमा अहिले चर्को विवाद उत्पन्न भएपछि अन्य बैकल्पिक खर्चबाट सो टोली वैदेशिक भ्रमणमा जाने निर्णय गरेको जनाएको छ । बैकल्पिक खर्चको बजेट कहाँबाट निकासा हुने  भन्नेबारे अहिलेसम्म मन्त्रालयले कुनै आधार स्पष्ट बनाएको छैन् ।
समितिका सभापति तथा टोलिका संयोजक शाहले कामदारको कल्याणकारी कोष खर्चेर टोलि विदेश जान लागेको नभई कामदारकै पक्षमा काम गर्न टोली स्थलगत अध्ययनका लागि जान लागेको  दावी गरे ।  कल्याणकारी कोषको रकम यसमा खर्च नगरिने उनको दावी छ ।
यसैबीच  शुक्रवार समितिका पदाधिकारीहरुसँग भेट गर्दै गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष टिबी कार्कीले एनआरएनसँग सहकार्य गरी कामदारहरुको अवस्था अध्ययन गर्न आग्रह गरे  । सम्वन्धित मुलुकका गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद र यसकालागि सहयोग गर्न तयार रहेको बताउदै उनले भने, ‘एनआरएनसँग सहकार्य गरेर अघि बढदा नेपालीका वास्तविक अवस्था बुझन समितिलाई सहज हुनेछ’। कार्कीले समितिलाई कामदार कल्याणकारी कोषको खर्च भ्रमणमा नलगाउन समेत समितिलाई सुझाव दिएका छन ।


No comments:

Post a Comment