Sunday, April 5, 2015

टर्कीस एयरको विमान दुर्घटना ,सबै यात्रुको सकुशल उद्धार

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, २० फागुन
टर्कीस एयरलाइन्सको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको छ । टर्कीको इस्तानबुलबाट  एक काखे बालक सहित २ सय २४ जना यात्रु बोकेर काठमाडौ“ आएको उडान नम्बर टिके–७२६ विमान बुधबार बिहान ६.५५ बजे दुर्घटना भएको हो । ११ जना चालक दलका सदस्य सहित सो विमानमा सवार सबै यात्रु सकुशल रहेको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थल कार्यालयका अनुसार सो जहाज दुई ओटा रनवेको बीचको घा“से मैदानमा दुर्घटना भएको हो ।  अवतरणका क्रममा विमानको अगाडिको पाङग्रा केही समय गुढेपनि अगाडिको नोज भाग भू“ईमा गएर जोत्तिएको थियो ।  सो जहाज दुर्घटनाको कारण बाहिर केही देखिएको छैन । 
विमानस्थलस्थित जलतथा मौसम पुर्वानुमान महाशाखाका मौसम विद् बरुण पौडेलले सो जहाज दुर्घटना भएको बेला विमानस्थलभित्रको भिजिबिलीटीको मात्रा एक्कासी घटेर जम्मा ५ सय मिटर मात्र रहेको बताए । उनले बुधबार बिहान काठमाडौ उपत्यकाको भिजिबीलीटीको मात्र छिनछिनमा घटबढ भईरहेको जानकारी दिए ।  उनले विमान पहिलोपटक विमानस्थलमा अवतरण गर्न खोज्दा भिजिविलीटीको मात्रा १ हजार ५ सय मिटर थियो । मौसमविद् पौडेलका अनुसार सोही बेला अवतरण नगरि त्यो विमान पुनः माथी आकासमा नै उडेको र ६÷७ पटक सो विमान काठमाडौको आकासमा घुमेको थियो ।  उनले सो जहाज दुर्घटना हुनुमा मौसम खराबी भन्दापनि विमानभित्रै प्राविधीक गढबढी नै भएको हुनसक्ने दावी गरे । 
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयका महाप्रवन्धक बीरेन्द्रकुमार श्रेष्ठले न्युन भिजिबिलीटीका कारण सो विमान दुर्घटना भएको हुनसक्ने बताए । उनले पटक–पटकको अवतरण प्रयास असफल भएपछि चालकले विमानलाई जर्बरजस्ती अवतरण गर्ने क्रममा सो दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको बताए । उनले सो विमान जर्बरजस्ती बलपूर्वक अवतरण गर्न खोज्दा पछाडिको भागमा आगो लागेपनि तत्काल आगो नियन्त्रणमा लिइएकाले  यस दुर्घटनामा मानविय क्षति नभएको बताए । 

दुर्घटनाग्रस्त सो जहाज विमानस्थलको २ नम्बर धावनमार्गको दÔिणतर्फबाट अवतरण गर्ने क्रममा धावन मार्ग बाहिरको घाँसै मैदानमा धसारिएको थियो । विमानस्थल कार्यालयका एक कर्मचारीले पनि भिजिविलीटी कम भएकै कारण सो विमान दुर्घटना भएको दावी गरे । पहिलोपटक अवतरण गर्न खोज्दा सो विमानले धावनमार्ग भन्दा माथीको उचाई १० देखि १५ मिटर मात्र थियो भन्दै उनले तैपनि चालकले सो जहाज अकस्मात अवतरण नगरि पुनः उचाईमा लगेको र दोस्रो पटक हुँदै अन्तिम पटक अवतरण गर्न खोज्दापनि भिजिविलीटी रामै भएको बताए । उनले भिजिबीलिटीको मात्रा राम्रो भएकै बेला अवतरण गरेको भएपनि अवतरण हुने बेलासम्म सो विमान देखिएको र अकस्मान २५÷३० सेकेन्ड भित्रमा जहाज नै कहाँ गयो भन्ने नदेखिनेगरि बालो हुस्सु आएको बताए ।  त्यसपछि ठुलो आवाजमा सो जहाज जमिनमा धसारिएको थियो । आवाज  आएको ५ मिनेट भित्रमा उद्धार टोली दुर्घटना स्थलमा पुगेको थियो । 
सो जहाजमा सवार यात्रु शशी पौडेलले निकैबेर पटक पटक आकासमा घुमाएपछि केही गडबडी छ भन्ने लागेर आफुहरु निकै अतालिएपनि चालकले अतवरण गरेपछि ठूलो आवाज आएपछि दुर्घटना भयो भन्ने थाहा पाएको बताए ।  ती यात्रुका अनुसार त्यसबेला विमानभित्रका सबै यात्रुहरु निकै आत्तिएका थिए । अर्का यात्रु दीकेश मल्होत्राका अनुसार सुरुमा केही यात्रु भ¥याङबाट आएपनि अन्यलाई भने आकश्मिक ढोका प्रयोग गरेर झारिएको थियो । सो जहाजमा सवार ४ जना यात्रु भने स्केटिङ गर्दै बाहिर आउने क्रममा लगेजले लागेर सामान्य  घाइते भएका छन् । उनीहरुलाई उपचारकालागि नभिर्क अस्पतालमा पु¥याईएको थियो । अहिले घाइतेको अवस्था सामान्य रहेको छ । विमानस्थलबाट बाहिरिएका यात्रुहरुले ठूलो दुर्घटनाबाट बचेको भन्दै खुसी व्यक्त गरेका छन् ।
दुर्घटनाग्रस्त टर्किस एयरलाइन्सको नेपालस्थित आधिकारिक जिएसए जेनिथ ट्राभल हो । टर्किस एयरलाइन्सले सो विमान दुर्घटनाको कारणबारे प्राविधिक जा“च गर्ने बताएको छ । बुधबार साँझ टर्की एयरलाइन्सका तर्फबाट जारी विज्ञप्तिमा सो जहाज दुर्घटनाको पुष्टि गर्दै यस्तो बताएको हो । सो
जहाज दुर्घटनापछि अन्तराष्ट्रिय उडान तथा अवतरण बिहीबार ४ बजेसम्मकालागि स्थगित भएको छ । टर्किस एयरलाइन्सको विमान विमानस्थलको रन वेको बीचमा अलपत्र भएपछि नेपालको अन्तराष्ट्रिय उडान तथा अवतरण ठप्प भएको हो । दुर्घटनाग्रस्त जहाज धावन मार्गबाट हटाउने एयरक्राफ्ट रिमुभल किट मेसिन यहाँ नभएको र भारतबाट ल्याएर अलपत्र जहाज उठाउनुपर्ने भएकाले यस्तो समस्या उत्पन्न भएको विमानस्थल कार्यालयले जनाएको छ ।
विमान दुर्घटनाबारे छानविन गर्न समिति गठन
काठमाडौं÷रास– त्रिभुवन विमानस्थलमा भएको टर्किस एयरलाइन्सको विमान दुर्घटनाबारे छानविन गर्न सरकारले पूर्व सचिव नरेन्द्र प्रसाद घिमिरेको अध्यÔतामा चार सदस्यीय छानविन समिति गठन गरेको छ । सो समितिमा वरिष्ठ पाइलट विएम अमात्य, नेपाल वायुसेवा निगमका इन्जिनियर चुणामणी वस्याल र संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयका सह सचिव वुद्धिसागर लामिछाने रहेका छन्।

No comments:

Post a Comment