Sunday, April 5, 2015

निगमका महाप्रबन्धक खरेलले दिए राजिनामा

मधुजंग पाण्डे÷राजधानी
काठमाडौ, १ चैत
राष्ट्रिय ध्वजाबहाक नेपाल वायुसेवा निगमका महाप्रवन्धक मदन खरेलले पदबाट राजीनामा दिएका छन् । उनले आफ्नो कार्यकाल बाँकी रहदै आइतबार दिउसो निगम सञ्चालक समिति मार्फत पदबाट राजीनामा दिएका हुन् ।
राजीनामा पत्र सञ्चालक समितिमा दर्ता गरेका खरेलले आइतबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राजिनामापत्र बुझाएका छन । उनले सोही राजीनामा पत्रमा एक महिनाको विदा पनि स्वीकृत गराएका छन् ।
उनले स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएको  निगमले जनाएको छ।  निगमका प्रवक्ता रामहरी शर्माले एक महिनाको विदा स्वीकृत गरेर उनले रमेश बहादुर शाहलाई कामु दिएको जानकारी दिए । अत्यधिक राजनीतिक दवावका कारण खरेलले आफ्नो पद छाडेको निगम स्रोतले बताएको छ ।  मन्त्रालय र उच्च व्यवस्थापनबाट आफूले सहयोग नपाएको गुनासो उनले नजिकका सहकर्मीसँग गर्दै आएका थिए । निगम सञ्चालक समितिका अध्यक्ष शिवशरण न्यौपानेसँग पनि उनको कुरा मिलेको थिएन । अध्यक्ष न्यौपानेले पनि पद छाड्न उनलाई धेरै पटक दवाव दिएको स्रोतको दावी छ ।
अहिलेसम्म उनले दुई वर्ष तीन महिना महाप्रवन्धकको जिम्मेवारी निर्वाह गरेका छन । खरेल निगमकै पुर्व कर्मचारी हुन् । यसअघि पनि निगममा धेरै पटक राजनीतिक हस्तक्षेप हुने गरेको छ । सञ्चालक समितिको अध्यक्षलाई कार्यकारी बनाएर पर्यटन मन्त्रालयको नेतृत्वले निगममा बारम्बार हस्तक्षेप गर्दै आएको बताईएको छ । निगमले गत महिना मात्रै अन्तर्राीष्ट्रय उडान विस्तारकालागि नयाँ एयरवस विमान भित्रााएको छ । अर्को एयरबस विमान पनि केही महिना भित्रै एयरबस जहाज उत्पादक कम्पनीले निगमलाई हस्तान्तरण गर्दैछ ।
निगमले ल्याएको नयाँ एयरबस जहाज पनि इञ्जिनियरिङ विभागको चरम लापरबाहीका कारण उडान सुरु गरेको १० दिनमै विमानस्थलमा ग्राउन्डेड भएको थियो । यसैगरि, अन्य उडानहरु पनि समयमा नहुँदा खरेल निराश हुँदै गइरहेका थिए ।  हरेकपल निगमको सुधारमा केन्द्रित रहेका खरेललाई अध्यक्ष न्यौपानेले काम गर्न असहयोग गरिरहेको स्रोतको दावी छ । निगममा अध्यक्ष न्यौपाने प्रवेश गरेदेखि नै खरेल निराश हुँदै थालेका थिए । मन्त्रालयबाट पनि उनलाई सहयोग प्राप्त नभएको बताइन्छ ।
सन् २०१५ बाट लागू गर्ने लक्ष्यसहित मन्त्रालयमा पेश गरेको १० बर्षे व्यवसायीक कार्ययोजना एक वर्ष पुग्न लाग्दासमेत अहिलेसम्म स्वीकृत भएको छैन । १० वर्षे योजनामा ठूला साना जहाजहरू थपेर निगमको कायापलट गर्ने लक्ष्य उनले राखिएका थिए । निगममा २८ वर्षपछि आन्तरिक उडानका लागि चिनिया जहाज र अन्तर्राष्ट्रिय उडानका लागि एयरबस ल्याउन खरेलले ठूलो भूमिका खेलेका थिए । उनकै पहलमा ल्याउन लागिएका दुईवटा एयरबस मध्ये एउटाले व्यवसायीक उडान सुरु गरिसकेको छ भने अर्को दुई महिनाभित्रमा आउँदैछ । निगमको संरचनागत सुधारमा पनि उनी निकै लागिपरेका थिए। उनले लामो समयदेखि रिक्त रहेका निगमका विभिन्न पदमा ३ सय कर्मचारी समेत थपेका थिए । आफ्नो कार्यत्रालमा उनले १९ जना पाइलट कन्ट्रयाकमा राखेका थिए भने १५ विमान परिचारिका र २० जना विमान परिचारक पनि थपेका थिए । सार्वजनिक संस्थान निर्देशन बोर्डको सिफारिसमा नियूक्त भएका खरेलको कार्यअवधि अझै एक वर्ष ९ महिना बाँकी रहेको छ ।  निगम महाप्रबन्धकको कार्यअवधि ४ वर्षको हुन्छ । खरेलले २०४२ सालदेखि निगममा अधिकृत पदबाट सेवा सुरु गरेका थिए ।

No comments:

Post a Comment